म एउटा माध्यम परिवार मा हुर्केको मान्छे ! मेरो बालपन खुसी संगै बिते ! चाहेको कुरा पाउनै पर्छ भन्ने आदत बसेको थियो मलाई । जुनसुकै कुरा होस् मलाई मन परेको चिज पाउनै पर्छ भन्ने धारणा थियो त्यो मेरो बाल्यकाल देखि नै बसेको आदत थियो । जब उमेर बढदै गए तब सारिरिक बनावट संगै मेरो सोचाइ पनि बद्लिदै गए ! सारिरिक बनावट देखि मेरो मन मस्तिष्क मा भएको सारा सोच परिवर्तन भए तर आफुलाइ मन परेको चिज पाउनै पर्छ भन्ने आदत कहिले हटेन । जब बुझ्ने हुदै गए तब देखि आफ्नो त्यो बानी आफैलाइ मन परेन कोशिस को नगरेको पनि होईन त्यो आदत हटाउन तर सधैं असफल भैरहे । भनिन्छ नि सानै देखि लागेको बानी छोडन गाह्रो हुन्छ रे ! हो मलाई पनि त्यस्तै भाको थियो ।
संगै का साथीहरू पैसा कमाउन तिर लागे ।समय संगै साथीहरु पनि परिवर्तन हुँदै गए अनि म पनि । एस एस लि कटाए पछि पैसा कमाउने भन्दा पनि घुमघाम र रमाइलो मा दिन हरु जान थाले ।घरमा बुबा को सधैं गाली सुन्न पथ्र्यो न पढ्छ न पैसा कमाउन जान्छ हामिलाइ सान्ती संग बस्न नदिने भो यस्ले हरेक दिन बुबा को यहि कुरा सुन्दा सुन्दा थाकिसकेको थिए । हुन पनि हो बुबा आमा ले कति कर गर्नु भो तर पढ्न जाने मन नै भएन । आफ्नो छोराछोरी को भबिस्य को बारेमा कुन चाहिँ आमा बाबु लाई चिन्ता हुदैन र । बुबा को कुरा पनि ठिकै जस्तो लाग्न थाल्यो त्यसैले म पनि india जाने निर्णय गरे । केही दिन पछि india गए । नंया ठाउ नंया मान्छे नयाँ परिवेश ! पहिला पहिला त अलि अप्ठ्यारो महशुस भाको थियो तर आज भन्दा भोलि भन्दा सबै कुरा राम्रै लाग्न थाल्यो । होटेल लाइनमा काम गरे पहिलो पटक भाडा धुने । घरमा आफू ले खाएको भाडा धरी नधुने मान्छे आज दुनियाँ ले खाको भाडा धुदै थिए । मेरै उमेर का साथीहरू पनि धेरै थिए । छुट्टी को दिन कि त घुम्न जान्थ्यौ कि त हचुवा नम्बर मा call गरेर बसिरहन्थ्यौ । बानी नै भएको थियो हचुवा नम्बर मा call गरेर जिस्काउने । कहिलेकाही त केटा हरु पर्थे अनि नमज्जा ले गाली खाइन्थ्यो । तर पनि कसैको एक सब्द ले पनि यो गलत काम हो भन्ने आभास भएन । साथीहरू पनि त्यस्तै भएको ले होला सायद ।
दिन हरु खुसी संगै कट्दै थिए । पैसा पनि राम्रै कमाउदै थिए । 3 महिना भाडा माझे पछि waiter को काम पाए । तलब पनि बढयो । tip पनि हुन्थे लगभग तलब जति नै । दिन भरी कमाएको tip ले मुबाइल मा ब्यालेन्स हाल्यो अनि फेरि त्यै हर्कत सुरु हचुवा नम्बर मा call गर्ने । एउटा कुरा अचम्म लाग्यो जति पनि नम्बरमा call गरे 99% केटी हरु नै पर्थे । हुन त नेपाल मा केटा साथीहरू कहाँ बस्छन् र हुर्किन पाको छैन बिदेस भन्दै हिड्थे । त्यसैले होला सायद प्राय केटी साथीहरू नै पर्थे ।
एकदिन होटेल बाट रुम फर्किदै थिए अचानक मुबाइल बज्यो हेरेको कुनै नंया नम्बर थियो । हचुवा त call गर्ने मान्छे लाई आज त झन् मिस्कल आको थियो । ढिला नगरी तुरुन्तै call back गरे । एकपटक उठेन फेरि गरे यो पटक फोन receive भयो । मैले hello भने उता बाट सानो स्वरमा हजुर भनी -------
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments