म एउटा माध्यम परिवार मा हुर्केको मान्छे ! मेरो बालपन खुसी संगै बिते ! चाहेको कुरा पाउनै पर्छ भन्ने आदत बसेको थियो मलाई । जुनसुकै कुरा होस् मलाई मन परेको चिज पाउनै पर्छ भन्ने धारणा थियो त्यो मेरो बाल्यकाल देखि नै बसेको आदत थियो । जब उमेर बढदै गए तब सारिरिक बनावट संगै मेरो सोचाइ पनि बद्लिदै गए ! सारिरिक बनावट देखि मेरो मन मस्तिष्क मा भएको सारा सोच परिवर्तन भए तर आफुलाइ मन परेको चिज पाउनै पर्छ भन्ने आदत कहिले हटेन । जब बुझ्ने हुदै गए तब देखि आफ्नो त्यो बानी आफैलाइ मन परेन कोशिस को नगरेको पनि होईन त्यो आदत हटाउन तर सधैं असफल भैरहे । भनिन्छ नि सानै देखि लागेको बानी छोडन गाह्रो हुन्छ रे ! हो मलाई पनि त्यस्तै भाको थियो ।
संगै का साथीहरू पैसा कमाउन तिर लागे ।समय संगै साथीहरु पनि परिवर्तन हुँदै गए अनि म पनि । एस एस लि कटाए पछि पैसा कमाउने भन्दा पनि घुमघाम र रमाइलो मा दिन हरु जान थाले ।घरमा बुबा को सधैं गाली सुन्न पथ्र्यो न पढ्छ न पैसा कमाउन जान्छ हामिलाइ सान्ती संग बस्न नदिने भो यस्ले हरेक दिन बुबा को यहि कुरा सुन्दा सुन्दा थाकिसकेको थिए । हुन पनि हो बुबा आमा ले कति कर गर्नु भो तर पढ्न जाने मन नै भएन । आफ्नो छोराछोरी को भबिस्य को बारेमा कुन चाहिँ आमा बाबु लाई चिन्ता हुदैन र । बुबा को कुरा पनि ठिकै जस्तो लाग्न थाल्यो त्यसैले म पनि india जाने निर्णय गरे । केही दिन पछि india गए । नंया ठाउ नंया मान्छे नयाँ परिवेश ! पहिला पहिला त अलि अप्ठ्यारो महशुस भाको थियो तर आज भन्दा भोलि भन्दा सबै कुरा राम्रै लाग्न थाल्यो । होटेल लाइनमा काम गरे पहिलो पटक भाडा धुने । घरमा आफू ले खाएको भाडा धरी नधुने मान्छे आज दुनियाँ ले खाको भाडा धुदै थिए । मेरै उमेर का साथीहरू पनि धेरै थिए । छुट्टी को दिन कि त घुम्न जान्थ्यौ कि त हचुवा नम्बर मा call गरेर बसिरहन्थ्यौ । बानी नै भएको थियो हचुवा नम्बर मा call गरेर जिस्काउने । कहिलेकाही त केटा हरु पर्थे अनि नमज्जा ले गाली खाइन्थ्यो । तर पनि कसैको एक सब्द ले पनि यो गलत काम हो भन्ने आभास भएन । साथीहरू पनि त्यस्तै भएको ले होला सायद ।
दिन हरु खुसी संगै कट्दै थिए । पैसा पनि राम्रै कमाउदै थिए । 3 महिना भाडा माझे पछि waiter को काम पाए । तलब पनि बढयो । tip पनि हुन्थे लगभग तलब जति नै । दिन भरी कमाएको tip ले मुबाइल मा ब्यालेन्स हाल्यो अनि फेरि त्यै हर्कत सुरु हचुवा नम्बर मा call गर्ने । एउटा कुरा अचम्म लाग्यो जति पनि नम्बरमा call गरे 99% केटी हरु नै पर्थे । हुन त नेपाल मा केटा साथीहरू कहाँ बस्छन् र हुर्किन पाको छैन बिदेस भन्दै हिड्थे । त्यसैले होला सायद प्राय केटी साथीहरू नै पर्थे ।
एकदिन होटेल बाट रुम फर्किदै थिए अचानक मुबाइल बज्यो हेरेको कुनै नंया नम्बर थियो । हचुवा त call गर्ने मान्छे लाई आज त झन् मिस्कल आको थियो । ढिला नगरी तुरुन्तै call back गरे । एकपटक उठेन फेरि गरे यो पटक फोन receive भयो । मैले hello भने उता बाट सानो स्वरमा हजुर भनी -------
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments