Skip to main content

Mero Love


बुरुक्क उफ्रु झै भयो । खुसी को ज्वारभाटा एकैचोटि विस्फोट भए झै भयो । खुसी को सिमाना नै रहेन । मरूभुमी मा छटपटाइ रहेको माछा ले पानी पाए झै भयो । जिवनमा सबैभन्दा खुसी पाए । मन गदगद भयो ।
जब थाहा पाए रिजेल्ट ! एस.एल.सी परीक्षा को रिजेल्ट । म 83 % ले पास भएको थिए । 83 % आयो भनेर खुसी भको होइन । मेरो साथी पुजा को 82.9 % आको छ भन्ने थाहा पाएर । पुजा मेरी एउटी शत्रु भनौ वा साथी । त्यो त समय अनुहार उसले आफ्नो रुप रँग देखाइ हाल्थी । नर्सरी देखि 9 सम्म उ कक्षा मा सधै First हुन्थी र म Second । आफ्नो मार्क देखाएर उसले मलाइ सधै जिस्काउथी । हेप्थी । सके सम्म गिज्याउने गर्थी । उसले त्यसतो गर्दा मलाइ झनक्क रिस उठ्थ्यो । कुटु जस्तो लाग्थ्यो । तर कुटेर उ भन्दा अगाडी बढ्नु सक्दिन भन्ने धारना मन भित्र एकाएक उतपन्न हुन्थ्यो । यदि हामी सबै भन्दा माथी पुग्नु चाहन्छौँ भने अरु को खुट्टा तानेर पछाडी पार्नु हुदैन । आफै त्यति माथी चढ्ने प्रयास गर्नुस् कि अरू तपाईं भन्दा तल भएको देखिन्छ । त्यही कारन ले म सबै सहेर बस्थे ।
म रातदिन पढ्थे । धेरै पढ्थे । आफु First हुनु चाहन्थे । तर मैले जती पढ्दा नी उसलाइ कहिले पछाड्नु सकिन । त्यसतै एस.एल.सी. परीक्षा को दिन मैले उनलाइ चेलेन्ज गरेका थियौ । तिमी भन्दा बढी मार्क ल्याउछु भनेर । तर उनले मलाइ जा जा भनेर खिल्ली उठाएर गएकी थिइ ।
अब मेरो पालो थियो । उसको खिल्लि उठाउन । मैले आफ्नो रिजेल्ट चेक गर्नु भन्दा पहिला । उसकै चेज गरेको थिए । किनकी मेरो जति % आअोस मतलब थिएन । मात्र उनी भन्दा बढी हुनु पर्यो । मेरो चाहना , मेरो इच्छा त्यो दिन आएर पूरा भयो । यस्तो लाग्यो कि म सबै भन्दा माथी पुगे । किनकी सबैभन्दा माथी त पुजा थिइ । त्यसर्थ उ भन्दा माथी हुनु मतलब सबै भन्दा माथी हुनु ।
हाम्रो घर छेवै छाउ मा थिए । पाच मिनेटको बाटो । म हतारिदै घर बाट निस्केर उसको घर तिर गए । उसलाइ यो स्प्राइज दिनु । जिस्काउनु । कुट्न । स्कुलमा हुदा उ मलाइ धेरै कुट्थी । बादर , कमिना , कुत्ता , साले । भनेर गाली गर्थी । म पनि उनको कपाल तानि दिन्थे । कहिले काही उनको कपि मा जे पाइ त्यै लेखी दिन्थे । सम्झिदा त रमाइला नै लाग्छ त्यो पलहरु । तर त्यो बेला रिस भन्दा बढी केही लाग्दैन्थ्यो । कक्षा कै टोपर हुदा । उनलाइ सबै सरहरु धेरै माया गर्थे । कक्षा मा कुनै प्रोग्राम हुदा , सरले पहिला उसलाइ नै छनोट गर्थी । हाम्रो कक्षा की मनिटर भनेकी उहीँ हुन्थे । कसैको कारनले आफ्नो अधिकार हस्तक्षेप हुदा रिस उठ्नु समान्य कुरो थियो । त्यसतै मलाइ हुन्थ्यो । कक्षा मा सधै उ आफ्नो धाक्क देखाउथी । तर म कहिले पनि उनको केही मान्दिन्थे । चाहे उ कक्षा मनिटर भए पनि । मेरो बारेमा सधै उ पोल लगाउथी सरलाइ । सर पनि झर्किदै मलाइ गाली गर्नु हन्थ्यो । रिसाउनु हुन्थ्यो । यस्तो नगर भनेर चेतावनी दिनु हुन्थ्यो । उनकै कारनले सरको अगाडी मलाई जहिले नी बेज्जती हुनु पर्थ्यो ।।
म लुरु लुरु उसको घर पुगे । ढोका खुल्लै थियो । भित्र छिरे । अनि उनको कोठा मा हेरे । रहेनछ । किचनमा हेरे । त्यहा नी रहेनछ । छत मा होला भन ठानेर भरयाङ चढेर छतमा गए । उ पछाडी तिर फर्केर । फुलको गमला मिलाउदै रहेछ । जिस्काउने मुड थियो तर कसरी जिस्काउने । एक बाल्टी पानी छत कै कुना मा राखेका थिए । म त्यो बाल्टी उठाए । बिस्तारै बिस्तारै उनको पछाडी गए । उनलाइ थाहा नदिइकन । अनि त्यो बाल्टी को पुरै पानी । उनको शरीरमा पोखि दिए । चिसो पानीले "आ. आ.आ. " भनेर जोरले कराउनु थाले उ । म खिति तिती गरि हासिरहेका थिए । त्यतीकैमा छत को ढोका खोलेर कोइ आयो । पछाडी फर्केर हेर्दा , पुजा रहेछ । म आश्चर्यचकित भए । पुजा त्यहा छे भने यो को रहेछ । म त्यो केटी को अगाडी गएर अनुहार हेर्दा , उनी अरू कोइ रहेछ । म छक्क परे । अनि क्षमा को भाव मा आफ्नो अनुहार झुकाए ।
अँकिता के भयो , किन कराको ? पुजा उनकै छेउमा आएर सोधिन् ।
म तिर इसारा गर्दै , यसले मेरो शरीरमा पानी पोखि दिए " अँकिता ले रुन्चे स्वरमा भइ ।
अोइ कमिना , तैल किन पानी हालिस " पुजाले मलाइ झर्किदै सोधिन् ।
मलाइ के थाहा , मैले त्ही होस् भनेर हालेको " मैले भने ।
साले , कमिना , कुता ! मलाइ किन हाल्नु लागेको उनले सोधिन् ।
( उता अँकिता चिसो पानीले होला । थरथर काप्दै थिइ र हाम्रो संवाद सुन्दै थिइ । )
रिजल्ट हेरिस् , तेरो भन्दा मेरो बढी आको छ मैले भने ।
के रे ! तलाइ कति चोटी भनेको छु , त कहिले म भन्दा अगाडी बढ्नु सक्दैनस् । उनले भनि ।
मैले अहिले हेरेर आको , त भन्दा बढि छ रे , मैले भने ।
साले सपना मा हेरेको होलान् , फेरी गएर हेर त उनले भनि ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...