Skip to main content

****तिमी फुल****

एक्लो जीवन कोठामा बस्दा पनि लुगलुग कमाउने जाडो जाडो
छेक्न को लागि म ब्ल्यान्केट को साहार लिरहेको थिए तेति कै मा मेरो
आँखा झ्याल हुँदै अगाडि को एउटा सुन्दर फुल मा नजर गयो र म
त्यो फुल लाई अरुको हात पर्न नदिने भन्ने उदेश्य ले कुर्सी
मा राखेको एउटा बाक्लो ज्याकेट लगायर म त्यो बगैचा मा रहेको फुल
तर्फ लामा लामा पाइला को गति मा घर बाट बाहिर निस्किय आकाश मा
सुर्य लाई कालो बादल ले पुरै छेकेको थियो बाहिर सिर सिर चिसो हावा
चलिराको थियो र केही समय हिडाइ पछि त्यो फुल को
आमन्य सामन्य भय त्यो फुल मेरो हाइट ले पुग्न नसक्ने
अबस्थामा त्यो फुल फुलिरहेको थियो जसरी भयपनि मलाई
त्यो फुल टिप्नु पर्छ भन्ने एउटा मन भित्र छुट्टै उर्जा आइराको
थियो र त्यो फुल टिप्न मा खोजे तर सकिन कोसिस गरिरहे फुल
बाहिर बाट हेर्दा जति सुन्दर भए पनि भित्र सोचेको भन्दा धेरै
फरक रहेछ त्यो मलाई फुल टिप्ने क्रममा तिगा अनि लामा ती
काडाहरुले पटक पटक मेरो हात मा गोप्दा हात बाट रगत बगिरहेको
थियो निरन्तर को प्रयास पछि म त्यो फुल टिप्न सफल भय एक्कासि
एउटा डरलाग्दो आवाज मेरो कान मा ठोकिन पुग्यो त्यो आवाज को
वास्ता नगरी त्यो फुल लाई आफ्नो बनाउन खोजे र त्यो फुल
टिप्न सफल पनि आफ्नो बनाउन भने म सकिम मोटाएर भुडी
बाहिर निस्केको टाउको मा बाक्लो टोपि सुइटर माथि टाँक खुला छोडेर
कालो कोट झोले पाइन्ट र कालो जुत्ता लागाको अधबैंसे त्यो डरलाग्दो
मानिस ले मलाइ गाली गरिराको रहेछ तर मैले तेस्को कुनै वास्ता
नगरेको कारण त्यो मानिस मेरो अगाडि आयो एक्कासि मनमा यो मान्छे
फुल खोस्न आएको त होइन यस्तै विभिन्न किसिम का बिचार मन मा
पैदा भैराको थियो त्यो मान्छे देखेर म नबोली नुन खाको कुखुरा
को ताल मा झोक्राएर बसिरहे यो फुल टिप्ने अनुमती कस्ले
दियो ? किन टिपेको ? तथा अनेक प्रश्नहरु सोधिरयो देख्दा पनि
डरलाग्दो तेस माथी बगैंचा को माली म तेस्को सामु एक
शब्द बोल्न सकिन अनि मेरो हात मा भएको फुल मालीले लेर
गयो जाने क्रममा यो फुल मैले अरु कसैको नाम मा गर्दिय को छु यो
फुल लाई सधैको लागि बिर्सिदे भन्यो तर त्यो फुल कहिलै बिर्सन
सक्दिन किनकी त्यो फुल कोइ नभएर मेरो मुटुको टुक्रा तेइ
आशा थियो जस्लाइ म संसार को सबै खुशी उसैको नाम मा
गर्दिन चाहन्थे
तेइ फुल यानकी आशाको फेम्ली संग बिहेको कुरा पनि
नगरेको होइन आशाको मम्मी ले हाम्रो सम्बन्धलाई सहमति
जनाए पनी उसको ड्याडि ले सिधै अस्वीकार
गरेपछी आशा र मेरो सहमति मा यो गाउँ सहर देखि धेरै टाढा
जाने निर्णय भयो र हामी उज्यालो नहुदै त्यो ठाउँ छोडेर गयौ
का जाने थाहा छैन तेइ पनि हामी दुबै जानाको हिडाइको गति
तीब्र नै थियो हिड्ने क्रममा बसस्टेसन देखा पर्यो २ जानाको
लागि खनदह सम्मको टिकट बुकिङ गरे ३० मिनेट पछि बस हिड्ने
भने पछि बसस्टेशनको पछाडी पट्टी रहेको एउटा
होटेल मा बसेर खाजा खादै थियौ एक्कासि आशाको ड्याडी आयो
आशा डराइराको थिइन अनेक किसिम का प्रश्न सोध्यो मेरो बोली
नै आएन आशा को देब्रे हात मा च्याप्प समातेर आफ्नो कार को
अघिल्लो सिट मा राख्यो म ट्वा परेर हेर्नू बाहेक केही
सीप लागेन आज तेइ फुललाई सम्झेर दिन बितिरहेको छ
सायद आशाको ड्याडिलाइ बस स्टेसन को मान्छे ले हामी
भाग्न लागेको खबर आशा को ड्याडी सम्म नपुराइदिएको भए
आज आशा र म कति खुशी हुन्थ्यो होला त्यो पल म अब
कल्पना मात्र गर्न सक्छु किनकी आशा अरु कसैको भै
सकेकी छ ।

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...