Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-4)

थाहा थिएन उ कस्ति थिइ ! तर यो मन अनि मुटु ले उसलाई चाहन थालेको थियो ! मेरो हरेक कल्पना मा उहीँ आउन थालेकी थिइ । भन्ने हरु ले त पागल भन्छन् होला मलाई ! न चिनेको थिए उसलाई न त देखेको नै , खै कस्तो प्रेम भयो हामी बिच एकाअर्कालाई नदेखी र नचिनी नै प्रेम गर्न थालेका थियौ ।मन भरी अब उसलाई भेट्ने चाहना बढन थालेको थियो । सायद मलाई झैँ उसलाई पनि भएको थियो होला म अनुमान लगाउन सक्थे । कसैलाई नदेखी र नचिनी नै प्रेम गर्नु कतै गलत त होईन मन ले मन लाई नै बारबार सोधिरहेको थियो । म पनि अलमल्ल मा थिए के गलत के सहि छुट्टाउन गाह्रो भै रहेको थियो । जे पर्ला पर्ला अब त उसलाई भेट्न भए नि नेपाल फर्किन्छु भन्ने जोस बढन थाल्यो । तर कता कता डर पनि लागिराथ्यो कतै उस्ले मलाई प्रेम गर्दिन कि एउटा असल साथी मात्र सोचेकी छिन् कि भन्ने डर पैदा भयो मनमा । जे हुन्छ हुन्छ आज उसलाई प्रपोज गर्छु भन्ने अठोट गरे अनि फोन लगाए ।
फोन receive त भयो तर के बोलु र कहाँ देखि सुरु गरौं म अलमल्ल मा परे ! सधैं खुलेर बोल्ने मान्छे आज एक्कासि के भयो भयो बोल्ने शब्द नै भेटिन । किन नबोल्नु भाको भने पछि पो झसङ्ग भए । खै के हो यो प्रेम भन्ने चिज पनि मन मुटु भरी उहीँ हुदा पनि उ संग एक शब्द पनि बोल्न गाह्रो भै रहेको थियो । चमेली तिम्लाइ केही कुरा भन्न थियो भने ! के कुरा हो भन्नुन भनी । तर यता मुटु ले काम गर्न छोडि सकेको थियो मन भरी हजारौं कुरा हरु थिए तर मुख ले एक शब्द बोल्न सकिराको थिएन । जसोतसो आफू लाई सम्हाल्दै चमेली I love you भने । उ मौन भइ । कतै मेरो कुरा ले उसको मन त दुखेन ! हुन सक्छ उसले मलाई मात्र साथी सम्झेकी थिइ कि । sorry मैले तिम्रो मन दुखाउन चाहेको थिएन । मात्र मन को कुरा भनेको हु । मलाई स्वीकार गर या नगर त्यो तिम्रो इच्छा भने । मदन मैले त्यस्तो केही सोचेको छैन ।फेरि हजुर लाई देखेको पनि छैन र चिनेको पनि छैन । म पनि कता कता हजुर लाई चाहन थालेकी छु तर डर लाग्छ एक अन्जान मान्छे लाई स्विकार्न । कसैलाई प्रेम गर्न देख्नै र चिन्नै पर्छ र चमेली यो त मन को कुरा होनि यो मन ले कसलाई चाहन्छ उसैलाई पो प्रेम गरिन्छ त । देखेर चिनेर मात्र गरिने प्रेम मा त स्वार्थ लुकेको हुन्छ चमेली । जसलाई यो मन ले साचो प्रेम गर्छ उसलाई न देख्न जरुरत छ न त चिन्न नै । कसैलाई चिनेर अनि देखेर गरिने लाई प्रेम भनिदैन त्यसलाई त आकर्षक भनिन्छ । तर पनि म हजुर लाई नचिनी र नदेखि स्वीकार गर्न सक्दिन भनी । म पनि मौन रहे उसको कुरा सुनेर । अब के गरु के भनु आफैं अबाक थिए ।
अब घर गएर उसलाई भेटेर प्रपोज गर्नु भन्दा अरु उपाए थिएन । त्यसैले घर जाने निर्णय लिए ।साहु संग कुरा गरेर घर जाने पक्का गरे । सबै साथीहरू ले एक्कासि किन घर जान खोजेको भन्दै थिए तर उनी हरु लाई काम गर्न मन लागेन भन्दै झुट बोले । अब सपिङ्ग गर्न लागे आमा लाई कपडा र घडी किने अनि बुबा लाई पनि कपडा र घडी अनि एउटा मुबाइल किने ।आफू लाई पनि कपडा किने अनि मुबाइल किने । अब सपिङ्ग पनि सकिएको थियो अब मात्र घर जाने पल को प्रतीक्षा मा थिए l भोलिपल्ट बिहानै उठेर कपडा हरु र सामान प्याक गरे । अनि साथीहरू संग बिदा लिएर बस चढे । यो मन उसलाई भेट्न पाउने खुशी ले भरिएको थियो । अनि घर नगाको पनि धेरै नै भएको थियो आमा बुबा को पनि न्यास्रो लागेको थियो । चाहे जतिसुकै गाली किन नगरोस् बुबा आमा भनेको भगवान सरह हुनुहुन्छ । मन फुरुङ्ग भएको थियो घर जाने कुरा ले अझै उसलाई भेट्ने कुरा ले त झन् मन खुशी ले उड्न थालेको थियो । थाहा थिएन यो खुशी कति पल को थियो । यस्तै यस्तै कल्पना मा मन हराउँदै गएको थियो एक्कासि हामी चढेको बस अर्को बस संग ठोकियो ।
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

बिहेको पहिलो रातमा (Part 8)

"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहु...

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...