Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-4)

थाहा थिएन उ कस्ति थिइ ! तर यो मन अनि मुटु ले उसलाई चाहन थालेको थियो ! मेरो हरेक कल्पना मा उहीँ आउन थालेकी थिइ । भन्ने हरु ले त पागल भन्छन् होला मलाई ! न चिनेको थिए उसलाई न त देखेको नै , खै कस्तो प्रेम भयो हामी बिच एकाअर्कालाई नदेखी र नचिनी नै प्रेम गर्न थालेका थियौ ।मन भरी अब उसलाई भेट्ने चाहना बढन थालेको थियो । सायद मलाई झैँ उसलाई पनि भएको थियो होला म अनुमान लगाउन सक्थे । कसैलाई नदेखी र नचिनी नै प्रेम गर्नु कतै गलत त होईन मन ले मन लाई नै बारबार सोधिरहेको थियो । म पनि अलमल्ल मा थिए के गलत के सहि छुट्टाउन गाह्रो भै रहेको थियो । जे पर्ला पर्ला अब त उसलाई भेट्न भए नि नेपाल फर्किन्छु भन्ने जोस बढन थाल्यो । तर कता कता डर पनि लागिराथ्यो कतै उस्ले मलाई प्रेम गर्दिन कि एउटा असल साथी मात्र सोचेकी छिन् कि भन्ने डर पैदा भयो मनमा । जे हुन्छ हुन्छ आज उसलाई प्रपोज गर्छु भन्ने अठोट गरे अनि फोन लगाए ।
फोन receive त भयो तर के बोलु र कहाँ देखि सुरु गरौं म अलमल्ल मा परे ! सधैं खुलेर बोल्ने मान्छे आज एक्कासि के भयो भयो बोल्ने शब्द नै भेटिन । किन नबोल्नु भाको भने पछि पो झसङ्ग भए । खै के हो यो प्रेम भन्ने चिज पनि मन मुटु भरी उहीँ हुदा पनि उ संग एक शब्द पनि बोल्न गाह्रो भै रहेको थियो । चमेली तिम्लाइ केही कुरा भन्न थियो भने ! के कुरा हो भन्नुन भनी । तर यता मुटु ले काम गर्न छोडि सकेको थियो मन भरी हजारौं कुरा हरु थिए तर मुख ले एक शब्द बोल्न सकिराको थिएन । जसोतसो आफू लाई सम्हाल्दै चमेली I love you भने । उ मौन भइ । कतै मेरो कुरा ले उसको मन त दुखेन ! हुन सक्छ उसले मलाई मात्र साथी सम्झेकी थिइ कि । sorry मैले तिम्रो मन दुखाउन चाहेको थिएन । मात्र मन को कुरा भनेको हु । मलाई स्वीकार गर या नगर त्यो तिम्रो इच्छा भने । मदन मैले त्यस्तो केही सोचेको छैन ।फेरि हजुर लाई देखेको पनि छैन र चिनेको पनि छैन । म पनि कता कता हजुर लाई चाहन थालेकी छु तर डर लाग्छ एक अन्जान मान्छे लाई स्विकार्न । कसैलाई प्रेम गर्न देख्नै र चिन्नै पर्छ र चमेली यो त मन को कुरा होनि यो मन ले कसलाई चाहन्छ उसैलाई पो प्रेम गरिन्छ त । देखेर चिनेर मात्र गरिने प्रेम मा त स्वार्थ लुकेको हुन्छ चमेली । जसलाई यो मन ले साचो प्रेम गर्छ उसलाई न देख्न जरुरत छ न त चिन्न नै । कसैलाई चिनेर अनि देखेर गरिने लाई प्रेम भनिदैन त्यसलाई त आकर्षक भनिन्छ । तर पनि म हजुर लाई नचिनी र नदेखि स्वीकार गर्न सक्दिन भनी । म पनि मौन रहे उसको कुरा सुनेर । अब के गरु के भनु आफैं अबाक थिए ।
अब घर गएर उसलाई भेटेर प्रपोज गर्नु भन्दा अरु उपाए थिएन । त्यसैले घर जाने निर्णय लिए ।साहु संग कुरा गरेर घर जाने पक्का गरे । सबै साथीहरू ले एक्कासि किन घर जान खोजेको भन्दै थिए तर उनी हरु लाई काम गर्न मन लागेन भन्दै झुट बोले । अब सपिङ्ग गर्न लागे आमा लाई कपडा र घडी किने अनि बुबा लाई पनि कपडा र घडी अनि एउटा मुबाइल किने ।आफू लाई पनि कपडा किने अनि मुबाइल किने । अब सपिङ्ग पनि सकिएको थियो अब मात्र घर जाने पल को प्रतीक्षा मा थिए l भोलिपल्ट बिहानै उठेर कपडा हरु र सामान प्याक गरे । अनि साथीहरू संग बिदा लिएर बस चढे । यो मन उसलाई भेट्न पाउने खुशी ले भरिएको थियो । अनि घर नगाको पनि धेरै नै भएको थियो आमा बुबा को पनि न्यास्रो लागेको थियो । चाहे जतिसुकै गाली किन नगरोस् बुबा आमा भनेको भगवान सरह हुनुहुन्छ । मन फुरुङ्ग भएको थियो घर जाने कुरा ले अझै उसलाई भेट्ने कुरा ले त झन् मन खुशी ले उड्न थालेको थियो । थाहा थिएन यो खुशी कति पल को थियो । यस्तै यस्तै कल्पना मा मन हराउँदै गएको थियो एक्कासि हामी चढेको बस अर्को बस संग ठोकियो ।
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...