Skip to main content

मन

मन सोचाइ हो । मानव शरीर भित्र लुकेर रहेको दिमागलाई कम्युनिकेट गर्ने आत्मा नै मन हो । हुन त, यो संसारमा माया भनेको के? 
मानवको रहस्य के? जस्ता प्रश्नहरु जटिल हुन् र अलग-अलग परिभाषा निस्कन्छन्, सबै सहि लाग्छन् तर ठेट यो भनेर ठोकुवा गर्न सकिँदैन । यसैप्रकार मन पनि आ-आफ्नो बुझाइ हो, सोचाइ हो, धारणा हो । सबैको अलग प्रकारको हुदो हो !

हाम्रो बुझाइमा मन २ प्रकारको हुन्छ ।
•कोमल मन
•कठोर मन
          कोमल मन यस्तो मन हो जो छिट्टै पग्लिन्छ, गल्ती सजिलै स्विकार्छ र विशेष गरि साना-साना कुरा हरुमा पनि जल्छ/आँसु बनेर बग्छ । त्यसै गरि कठोर मन ठिक विपरित पग्लिदैन, जिद्दी छोड्दैन र जो रुदैन । जिन्दगी भोगेकाहरु भन्ने गर्छन् पहिलो खाले स्वास्नी मानिसको मन रे दोस्रो खाले लोग्ने मानिसको मन रे । मलाइ त त्यस्तो लाग्दैन, किनकी मेरो मन त्यति दरो छैन । आँसु झरिहाल्ने, मन पग्लिहाल्ने । त्यो त पहिलो खाले भएन र ! त्यसैले ती भनाइहरु मलाई ठिक लागेनन् । ठिक नलागेको कुरा भन्न त पाइयो नि ! पाइएन र ?

तर बिडम्बना नेपाली समाजको के छ भने उनिहरुले (ठुलाबडा) बोल्दै गर्दा बिचमै कुरा काटेर थोरै शब्द बोल्दिनुहोस्, सुरु हुन्छ नयाँ काण्ड “ठुलो सँग मुखमुखै लाग्ने, कुरा काट्ने” । यसर्थमा मजाले बुझिन्छ कि कसको मन भित्र के छ । दया या माया । यस्तो कुरा त माथी उल्लेख गरिएकै छैन । आखिर यस्तो खाले मन कस्को ?

Comments

धेरै पढिएका कथाहरू.....

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...