Skip to main content

बियोग भाग २


लेखक :- Sangita Bhandari

बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भएन रिसाएकी त छैनौ नि मैले पनि उहाँ तिर हेर्दै जवाफ फर्काए छैन हजुर😊।मेरो नजिकै आएर हात समाउनु भयो अङ्गालोमा बेर्नु भयो अनि सानो स्वरले भन्नू भयो भयो जाउ सामान प्याक गर हनिमुन मनाउन हामी काठमाडौ जाँदै छौ।यति सुने पछि म फुरुक्क परे खुसी नहुने कारण पनि त थिएन जन्मिएसी खोलाको तिर ,हुर्किदा पाल्पाको सानो गाउँ बाहेक मैले कुनै ठाउँ देखेकी थिइन।बेला नै घुम्ने अनि रमाउने थियो।। उहाले नै ल्याइदेको रातो कुर्ता सुरुवाल लगाए हातभरी चुरा आखामा गाजल सिउदोमा सिन्दुर गलामा पोते अनि ओठमा रातै लिपिस्टिक लाएर सजिएकी थिए त्यो देखेर उहाँले नजिकै आएर भन्नू भयो अप्सरा हेर्न स्वर्ग जानै नपर्ने भयो मलाइ भन्दै मुस्कुराउनु भयो।उमेरमा आफू भन्दा १९ बर्ष जेठोलाइ जिबनसाथिको रुपमा पाए पनि उहाले गर्ने व्यबहार अनि मायाले मलाइ त्यस्तो महसुस हुन्थेन।हामी गाडी चढेर काठमाडौको रमाइलो यात्रामा निस्किएउ। करिब ११ घन्टाको यात्रा पछि हामी कलन्की पुगेउ। त्यहा नजिकै उहाको साथिको डेरा रहिछ हामी एकछिन त्यही आराम गर्ने भनेर त्यतै मोडिएउ ।फ्रेस हुनु है भन्दै उहाँ हरु बाहिर निस्किनु भयो अनि २ घन्टा पछि हातमा केही खानेकुराको पोको थियो भने अर्को हातमा कपडा जस्तो देखिन्थ्यो ।खाजा खाइसके पछि उहाले त्यो कपडा मलाइ लगाएर घुम्न जाने अनुरोध गर्नु भयो ।अब म अप्ठ्यारोमा परे लगाउ भने आफ्नो मर्यादाले दिदैन नलगाउ भने पतिदेब रिसाउलान भन्ने पिर लाग्यो।अब म मा बअअकि के नै छ र? उहाको खुसिलाइ मैले आफ्नो धर्म मान्नु पर्छ जस्तो लायो त्यो आधा कपडा लाएर बाहिर निस्के मलाइ देख्नासाथ उहाले हातको चुरा स्वयम्बरमा लगाइदिएको औँठी गलाको पोते अनि सिउदोको सिन्दुर सबै निकाल्न भन्नू भयो तर मैले मानिन यो सहर हो यहाँ यस्तो लगाउन हुदैन भने पछि निकाल्न बाध्य भए।करिबको रातको १० बजि सकेको थियो !
हामी २ जना सडकमा प्रेमिल जोडि सरह रमाउदै एक अर्का सङ जिस्किदै हिडिरहेक थिएउ।काठमाडौ सपनाको सहर जहाँ एउटा सपना पूरा गर्न कयौं सपनाको बलि चढाउनु पर्ने हुन्छ कि एउटा सपना पूरा गर्न हजारौं सपनाहरुलाइ धितो राख्नु पर्ने हुन्छ। एउटा गल्ली थियो जुन सुनसान थियो अधेरी रात अनि त्यो गल्ली आफ्नै लोग्नेको साथ भएपनी खोइ मलाइ डर लागि रह्यो ।ओठ फुरुक्क परेर मुस्कुराइ रहेपनी मन भने डराइ रहेको थियो।मनमनै  आफैलाइ सम्हाल्न खोजे किन डराउनु म मेरै लोग्ने सङ छु जस्तो लायो अनि फेरि हात समाउदै हाम्रा पाहिला हरु अगि बढी रहे।उहाले एउटा होटेलमा लग्नु भयो त्यस होटेल भित्रको माहोल रमणीय भएतापनी वास्तविक भने निकै दर्दनाक छ भन्ने मेरो मनलाइ लागेको थियो र त्यहा बस्न मनले मानेन तर पनि मेरो केही लागेन हामी त्यही बस्यौं ।खाना सङै रक्सी अर्डर गर्नुभयो गन्दले नै लठ्ठ भैसकेकी थिए म एक गिलास दुई गिलास गर्दै बोटल रित्ताउदै थिए। बिहान भयो घाम उदायो, आँखा खुल्यो टाउको भारी भएको रहेछ कोठामा म एक्लै थिए कहाँ छु पत्तो थिएन कोठा बाहिर निकै हल्ला थियो लोग्ने भन्दा आइमाईको नै चर्को थिए बोलि हरु।आफुलाइ सम्हाल्दै बिस्तारा बाट झरे ।ढोका खुला थियो बाहिर निस्के आइमाइहरु केटाहरु सङ जिस्किरहेका थिए त्यो दृश्य मलाइ अचम्म लायो।त्यहा बस्नु ठिक छैन भनेर निस्किन खोजे बाथरुम गएर मुख धोए आफुलाइ ऐनामा हेरे खोइ किन आफ्नै अनुहारले आफैलाइ थुकेको जस्तो अनुभब भयो। कपाल मिलाएर कपडा मिलाएर बाहिर निस्किन ढोकामा पुग्नासाथ एउटा २५/२६ बर्सिए केटो आयो अनि भन्यो कता जान लायौ आज दिनभरी लाई तिमी मेरो हौ भर्खरै ३५००० तिरेर आएको छु।........continue

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...