लेखक :- Sangita Bhandari
बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भएन रिसाएकी त छैनौ नि मैले पनि उहाँ तिर हेर्दै जवाफ फर्काए छैन हजुर😊।मेरो नजिकै आएर हात समाउनु भयो अङ्गालोमा बेर्नु भयो अनि सानो स्वरले भन्नू भयो भयो जाउ सामान प्याक गर हनिमुन मनाउन हामी काठमाडौ जाँदै छौ।यति सुने पछि म फुरुक्क परे खुसी नहुने कारण पनि त थिएन जन्मिएसी खोलाको तिर ,हुर्किदा पाल्पाको सानो गाउँ बाहेक मैले कुनै ठाउँ देखेकी थिइन।बेला नै घुम्ने अनि रमाउने थियो।। उहाले नै ल्याइदेको रातो कुर्ता सुरुवाल लगाए हातभरी चुरा आखामा गाजल सिउदोमा सिन्दुर गलामा पोते अनि ओठमा रातै लिपिस्टिक लाएर सजिएकी थिए त्यो देखेर उहाँले नजिकै आएर भन्नू भयो अप्सरा हेर्न स्वर्ग जानै नपर्ने भयो मलाइ भन्दै मुस्कुराउनु भयो।उमेरमा आफू भन्दा १९ बर्ष जेठोलाइ जिबनसाथिको रुपमा पाए पनि उहाले गर्ने व्यबहार अनि मायाले मलाइ त्यस्तो महसुस हुन्थेन।हामी गाडी चढेर काठमाडौको रमाइलो यात्रामा निस्किएउ। करिब ११ घन्टाको यात्रा पछि हामी कलन्की पुगेउ। त्यहा नजिकै उहाको साथिको डेरा रहिछ हामी एकछिन त्यही आराम गर्ने भनेर त्यतै मोडिएउ ।फ्रेस हुनु है भन्दै उहाँ हरु बाहिर निस्किनु भयो अनि २ घन्टा पछि हातमा केही खानेकुराको पोको थियो भने अर्को हातमा कपडा जस्तो देखिन्थ्यो ।खाजा खाइसके पछि उहाले त्यो कपडा मलाइ लगाएर घुम्न जाने अनुरोध गर्नु भयो ।अब म अप्ठ्यारोमा परे लगाउ भने आफ्नो मर्यादाले दिदैन नलगाउ भने पतिदेब रिसाउलान भन्ने पिर लाग्यो।अब म मा बअअकि के नै छ र? उहाको खुसिलाइ मैले आफ्नो धर्म मान्नु पर्छ जस्तो लायो त्यो आधा कपडा लाएर बाहिर निस्के मलाइ देख्नासाथ उहाले हातको चुरा स्वयम्बरमा लगाइदिएको औँठी गलाको पोते अनि सिउदोको सिन्दुर सबै निकाल्न भन्नू भयो तर मैले मानिन यो सहर हो यहाँ यस्तो लगाउन हुदैन भने पछि निकाल्न बाध्य भए।करिबको रातको १० बजि सकेको थियो !
हामी २ जना सडकमा प्रेमिल जोडि सरह रमाउदै एक अर्का सङ जिस्किदै हिडिरहेक थिएउ।काठमाडौ सपनाको सहर जहाँ एउटा सपना पूरा गर्न कयौं सपनाको बलि चढाउनु पर्ने हुन्छ कि एउटा सपना पूरा गर्न हजारौं सपनाहरुलाइ धितो राख्नु पर्ने हुन्छ। एउटा गल्ली थियो जुन सुनसान थियो अधेरी रात अनि त्यो गल्ली आफ्नै लोग्नेको साथ भएपनी खोइ मलाइ डर लागि रह्यो ।ओठ फुरुक्क परेर मुस्कुराइ रहेपनी मन भने डराइ रहेको थियो।मनमनै आफैलाइ सम्हाल्न खोजे किन डराउनु म मेरै लोग्ने सङ छु जस्तो लायो अनि फेरि हात समाउदै हाम्रा पाहिला हरु अगि बढी रहे।उहाले एउटा होटेलमा लग्नु भयो त्यस होटेल भित्रको माहोल रमणीय भएतापनी वास्तविक भने निकै दर्दनाक छ भन्ने मेरो मनलाइ लागेको थियो र त्यहा बस्न मनले मानेन तर पनि मेरो केही लागेन हामी त्यही बस्यौं ।खाना सङै रक्सी अर्डर गर्नुभयो गन्दले नै लठ्ठ भैसकेकी थिए म एक गिलास दुई गिलास गर्दै बोटल रित्ताउदै थिए। बिहान भयो घाम उदायो, आँखा खुल्यो टाउको भारी भएको रहेछ कोठामा म एक्लै थिए कहाँ छु पत्तो थिएन कोठा बाहिर निकै हल्ला थियो लोग्ने भन्दा आइमाईको नै चर्को थिए बोलि हरु।आफुलाइ सम्हाल्दै बिस्तारा बाट झरे ।ढोका खुला थियो बाहिर निस्के आइमाइहरु केटाहरु सङ जिस्किरहेका थिए त्यो दृश्य मलाइ अचम्म लायो।त्यहा बस्नु ठिक छैन भनेर निस्किन खोजे बाथरुम गएर मुख धोए आफुलाइ ऐनामा हेरे खोइ किन आफ्नै अनुहारले आफैलाइ थुकेको जस्तो अनुभब भयो। कपाल मिलाएर कपडा मिलाएर बाहिर निस्किन ढोकामा पुग्नासाथ एउटा २५/२६ बर्सिए केटो आयो अनि भन्यो कता जान लायौ आज दिनभरी लाई तिमी मेरो हौ भर्खरै ३५००० तिरेर आएको छु।........continue
Comments