Skip to main content

कथा : प्रेम #part2



सुधिर, तिमीले अगाडि भनेको भए म मेरो सबै प्रोग्राम पछि सार्थे, तर यहाँ मेरो सबै तयारी भइसकेको छ, म भोलि मेलबर्न जाँदै छु -- एक महिनाको लागि । फेरि तिमी आएर पनि त एक्लै हुन्छौ। साथि कोहि हुदैन ।  बरु तिम्रो टिकट एक महिना पछि सार।  अब हामी एक महिना पछि मात्र भेट्ने छौं। दुःख नमान। बाई!!

मलाई विश्वास लागेन फेरि पढे, तर जति पटक पढे पनि त्यी अक्षर बदलिएनन्, म एउटा असफल कल्पनामा  पिल्सिन थालेँ। एक छिन लाग्यो कोही आओस् अनि त्यो मेरो स्थिती लाई सपना होस् भन्दै विउँझाओस। अगाडी घटेको सबै सत्यको अनभिज्ञ झैं भएर आफैलाई एकपटक चीमोटे, तर चिमोट्नुको कुनै अर्थ बाँकी थिएन, थाहा थियो -- यो सपना थिएन ।

मलाई अब लडीबुडी गर्न मन लाग्यो, कुन चीजले यो कुरालाई भुलु- उसको तितो प्रतिक्रियालाई भुल्न हरेक प्रयत्न गर्न मन लाग्यो.. मलाई उसलाई भुल्न मन लाग्यो.. चोखो माया गर्न अनि निभाउन किन यत्ति गार्हो हुन्छ... कुद्न मन लाग्यो, आफ्नै  जीवन देखि टाढा तर भाग्ने  त कुरा  छोडौ एक पाइला  सार्न सम्म नसक्ने स्थितिमा थिएँ म..।

ढोका बन्द गरें, मलाई अब रुनु थियाे पेट भरुन्जेल। तर सोचें, फेरि  एक पटक बिन्ती गर्छु जे होला होला -- मायाले मान्छेलाई कति सम्म झुकाउँदो रहेछ, म उसको सामु सबै आत्मसमर्पण गर्न तयार थिएँ। ऊ सँग शुन्य डिग्रीमा झुन तयार थिएँ,  तर  बस् ऊ म देखि नबिलाओस मेरो चोखो माया देखि म देखि नभागोस।

फेसबुक खोले, उँ अन नै थिई, कल गरे तर सिग्नल बिजी देखायो। मैले पटक पटक गरें तर दश मिनेट सम्मको प्रयास उसको निरन्तर व्यस्तताले हराइदियो, मैले  फेरि गर्न उचित ठानिनँ। उसको फोनमा मेरा सम्झनाका missed call   हरु थामी नसक्नु भएका थिए। प्रिय आयशा एक पटक त कल गर। तर मेरा अनुनय-विनय एक एक गर्दै  बेवास्ता हुँदै गए, मैले भुई टेक्न सकिनँ।

मन एक तमासले गल्न थाल्यो । छटपटी, बेचैनी र पीडा मिश्रित मेरो अवस्था हेर्न लायकको थियो। कोठाका भित्तामा सजाइएको बाबा मामुको हँसिलो तस्वीरले समेत जिस्क्याए झैं लाग्न थाल्यो।  हो रहेछ जब प्रेममा पागल भइन्छ, आफू वरपरका निर्जीव बस्तुले पनि छुरा प्रहार गर्छन्, मलाई मेरो कोठाका, हरेक निर्जीव बस्तुले जिसक्याई रहेझै भान हुन थाल्यो। मुटु रेटिने गरी। तर आफैंमा  कति शान्त छन् यो कोठाका पर्दाहरु, हावा लागे हलिन्छन् नत्र शान्त भएर वर्षौं एकै ठाउँमा झुण्डिन सक्छन्। अनि कति निर्दाेष छन्, यी चिसा भित्ताहरू। न यिनीहरूलाई प्रेम हुन्छ, न कुनै मिलनको चाहना। कति सुखी छ यिनीहरूको निर्जीवता । मलाई जीवन देखि इर्ष्या लागेर आयो। किन दुखी हुन्छ मान्छे, किन प्रेम गर्छ याे जीव, अनि प्रेम गर्छ त किन फेरि रुन्छ,किन छट्पटीन्छ, किन विछोडिन्छ। यहाँ प्रेम गलत हो कि मान्छे? मेरो मानसपटल पड्केला जस्तै भयो।

कुल सुधिर कुल....

फेरि फोन चेक गरें, तर उसको नामको हरियो बत्ति पाँच मिनेट अघि नै निभिसकेको रहेछ, अब  मलाई आफ्नै जिन्दगीको बत्ती निभाउन मन लाग्यो। एक मिनेट पनि म कतै  उँभिन सकिन, मनमा उसको संदेश, प्रतिध्वनित भईरह्यो - म भोलि मेलबर्न जाँदै छु ,  म भोलि मेलबर्न जाँदै छु , म भोलि मेलबर्न जाँदै छु। मलाई सुत्न मन लाग्यो कहिले नउठ्ने गरी। तर अर्को मनले सोच्यो सुधिर जीवन हार्नेको हुँदैन। त यत्ति सानो कुरामा नहार। एकपटक मृत्यु लाई जितिसकेको त अब फेरि त्यही भावनामा नबग् । बरु बगाईदे आँशु तर जीवन नबागा। तैंले बाँच्नु पर्छ।

कुल डाउन सुधिर..

मैले मनको सुने तर आँशु कहाँ रोकिन्थ्यो, पीडा त मेरो मनलाई थाहा छ, मेरो मनको मन जति बलियो भए पनि, मेरो मन सम्हालिन सकेन। आयशा का अपत्यारिलो कदम सम्झिदै म  सिरानीमा घोप्टो परी रुँदै थिए, ढोकामा कसैले नक गर्यो। एक छिन है भन्दै म रुमाल खोज्न थालेँ। आफू जति रोए पनि संसारलाई कहाँ देखाउन सकिन्छ र पीडा। मान्छेको सबै भन्दा प्रिय गुण यही होला  सायद -- भित्र जत्रै ज्वालामुखी ले पोले पनि बाहिर शान्त, केही नभए जस्तै नाटक गर्न सक्छ मान्छे। कति आप्रदायी हुन सक्छ यो जीव।  एकछिनमा ढोका खोले, सर लन्च रेडी छ, मुनाले  सधा झैं मुस्काउँदै भनी। अनि सर हजुरको आँखा रातो भएछ, सञ्चै होइसिन्न जस्तो छ हजुर। ऊ प्वाक्क बोली हाली। अनि तिम्रो आज कलेज छैन? यतै रैछौ त? मैले विषय मोड्न चाहें।  एक महिना बिदा छ मेरो। ऊ किचेन दिर दौडीई, छिटो आईस्यो लन्च सेलाउन थालिसक्यो।

मलाई मेरो अनुहार हेर्न मन लाग्यो, बाथरूम छिरे, पाकेको गोडभेला भन्दा कम्ती रातो भएनछ। फ्रेश भएर किचेन छिरे। हजुरमा मेरै पर्खाइमा हुनुहुन्थ्यो।

के बुहारीले नआइजो भनी तँलाई, मेरो पहिलो गास , मुखमा पुग्नै आँट्दा हजुरमा बोल्नु भयो। मेरो चम्चा तीन सेकेण्डलाई होल्ड भयो। एकछिन अगाडि सबै पीडा  बगाइसकेको मेरो मनमा अर्को हुरी आयो, म फेरि दुखे। तर यो पटक मैले आफूलाई सम्हाले, चम्चा भूईमा राखेर बेस्सरि गिलास अँठ्याए, स्टिल भएको भए कुच्चिई सक्थ्यो, काँचले आफ्नो धर्म छोडेन।
अब म अर्को महिना जाने भए, हजुरमा, टिकटमा अलि समस्या आयो -- मैले जीवनमा पहिलो पल्ट हजुरमा सँग झुट बोले। देख्यौ आयशा मायाले कति सम्म गर्छ। मलाई मेरी आँखा नदेख्ने हजुरमा लाई हेर्न लाज लाग्यो। मैले झुट बोले, कति गार्हो हुँदो  रहेछ झूट बोल्न, मैले पहिलोपटक अनुभव  गरेँ। आई एम सरी हजुरमा मैले मनमनै भने। झुटले घरवार भन्छ भने त्यो झुट हुँदैन रे, अब यहि थियो एउटा झुटलाई जित्ने बाटो...

फोन बज्यो, टिकटको लागि रहेछ। मैले एक महिनाको लागि स्थगित गर्न  भनिदिए । अब बाकि आश नै के थियो र हरेक सेकेण्डलाई मार्दै जो बाच्नु थियो । एक महिना जो कुर्नु थियो । मलाई एक महिना सुत्न पाए इ हुने नि जस्तै भयो ।
मेस्सेंजर  हेरें, 'एक्टिभ वान आवर्स'अगो लेखिएको उसको, च्याट रूम  सुनसान थियो, मैले रातो अक्षरमा लेखिदिएँ,  'आई  डिड इट' ।
To be continue..

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...