Skip to main content

बिहेको पहिलो रातमा Part 4


"अब किन सम्झेको ?"
रुन्छे स्वरमा उसले फर्कायो !
मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिसिएको थियोे उसको आवाजमा ! युद्ध हारेको सिपाहीको जस्तो मलिन थियो उसको आवाज !

"ओइ पागल ! ओइ हिरो ! तिमी त मेरो आफ्नो मान्न्छे ! तिमी त मेरो प्रिय  मान्छे ! तिमि मेरो मनले खाएको मान्छे ! तिमी त मेरो मनले रोजेको मान्छे ! मनले मन पराएको मान्छे ! तिमी त मेरो प्रेम अनि तिमी लाई नसम्झे कसलाई सम्झनु ?
अझै बानी गएन है अबेरसम्म जुन तारा हेरेर बस्ने ?" मैले मुस्कुराए झैँ गरि जवाफ फर्काएँ !

उताबाट केही जवाफ आएन ! ऊ मौन बस्यो ! मलाई सबैभन्दा पिडा उसको मौनताले दियो !
ओइ पागल केहि त बोल ! गाली गर कराउ , जिस्काउ , पहिलाको जस्तै बन न !
धेरै समयपछि उताबाट सुँक्क ,सुँक्क आवाज आयो ! ऊ रोएछ !
मैले सहनै सकिन ! मुटु काँप्न थाल्यो ! आँखाहरु भरिएर आए ! रुन पुगेछु !
कहिल्यै देखेको थिइन ऊ रोएको ! आज पहिलोपटक सुनेँ !आफुलाइ सम्हाल्न खोजेँ उसलाई सम्म्हाल्नु थियो त्यसैले !
आँसु पुछेर बोलेँ ! ओइ पागल छ्या छ्या रोएको ? सुहाएन है सुहाएन ! तिमी रोएको त सुहाउँदै सुहाएन ! नरोउ न के पागल !म त तिम्रो मान्छे यार ! तिम्रो प्यार् यार बोल्दैनौ मसँग नि ?"
अँह उताबाट केही जवाफ आएन !

मोबाइल टु~~~~~~ गरेको आवाज आयो ! फोन काटेछ हुन त बोलोस पनि कसरी ? म अरुको भै सकेको थिएँ !
खुब रुन मन लाग्यो उसलाई सम्झेर , हामिले भेट्ने गरेको ठाउँ सम्झेर , हामिले सँगै बिताएका यादगार पलहरु सम्झेर,हामिले देखेका सपनाहरु सम्झेर अनि हामीले खाएको कसम सम्झेर ! 
उसँग नबोली बस्नै सकिन !
फेरि फोन गरेँ ,बारम्बार गरेँ ! बारम्बार गरेँ ! हरेक चोटि
The number you have dialed is busy please try again later....
.....
धेरै समयपछि फोन लाग्यो ! एकैचोटिमा उठायो उसले !
बोलेँ "ओइ पागल बोल्न मन छैन मसँग ?"
उसले जवाफ फर्कायो "वैवाहिक जिवनको हार्दिक शुभकामना जुनु ! ह्याप्पी म्यारिड लाइफ..............

To be continue in next part !

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...