Skip to main content

बिबाहको त्यो दिन !

बज्यो चर्को आवाजले डेग ! जाग्यो मनमा हर्ष अनि उल्लास !!
राता, पहेला, निला, रङ्गका पतेका हरु घर भरी टाङियका !
सबै आफ्ना आफ्नै धुनमा मगमस्त !सारा जगत रमायको थियो  !!
म त्यो बिबाह घरको एउटा कुनामा गयेर रमिता हेर्दै थिय !!
म एउटा कुनामा फाटियेका निलो रङ्गको पुरानो कोट लगाएर बसि रहेको थिय । एउटा हातमा फुलको गुच्छा !
अनि आर्को हातमा बेहुलिको निम्ति राखियेको दाइजो स्वरुपको १००१ रुपियाको सेतो खाम !! मलाइ चिन्ने कोहि थियन ! बस एक जना त्यपनी बेहुली !! सबै मान्छे अस्त ब्यस्त ! अनि त्यस्लाइ ब्यस्बस्तित बनाउन नौमति बाजा गाजा भित्रियो । माहोल शान्त ! केही बेरमा एउटा रातो रङ्गको साडी अनि अनेकौ मेक अपले सजियेर बेहुलीलाइ निम्त्याइयो ! उनी बेहुली अरु कोहि होइन ! मेरै सानू थिन !! आकाशकी परि जस्ती सजियर आयेकी मेरि सानू कुनै परि भन्दा कम थिइनन ! साच्चै नै !!
जन्तिलाइ घेरा हालिसके पछि दुबैलाइ ! मन्डपमा राखी दिये !!
म चुप चाप माहोल हेरि रहेको थिय । मेरो रिस अनि दुख चरम सिमामा पुग्यो ! आफ्नो कोटलाइ पुछ्दै सायद मेरो औकात येहि थियो भन्दै मनलाइ शान्त बनाय ! नभन्दै सिन्दुर हाल्ने बेला भयेछ !
आफ्नो मनलाइ धैर्य गर्दै त्यो चर्तिकला हेरिरहेको थिय ! जहाँ आफ्नो प्राण भन्दा प्रिय लाइ अरु कोहिको जिम्मा लगाइदिदै थियो ।
माइती टोलिलाइ सिन्दुर हालेको हेर्न हुन्न भन्दै थियो पन्डितले तर म न माइती तिरको न त जन्ती एक टकले हेरि रहे । आँखा बाट अनायासै आसुको बर्सात ! बढयो मुटुको चाप । मन थियो त्यो चलिरहेको कार्य लाई भताभुङ्ग गराइदिउ तर कसरि त्यही कार्यमै मेरि सानुको खुसी लुकेको थियो त्यसैले त त्यो खुसी लुट्न सकिन ! बस एक्लै तड्पि रहे ! त्यस्पछी टिका टालोको कार्य सुरु भयो । सबैले त्यहा गयेर गिफ्ट दिदै थिय । मन थियो मलाइ पनि त्यहि गयर आफुले ल्यायेक ती फुलका गुच्छा उस्को हातमा थमाइदिउ तर के गरु यो पापी मनले मानेन । एउटा कुनामा गयेर बसि सानुलाइ नियाल्दै मुसुक्क हासे ! त्यही मुस्कान पनि सायद हजारौ पीडा मिसियर आयेको थियो । मुसुक्क हास्ना साथ सानुले आफ्ना तल झुकेका ती सिरलाइ माथी उठाउदै येता उति हेरिन सायद ! म आयेको मेसो पाइछन क्यार । जब उनिले म तिर हेरिन अनि म आफुले ल्यायेका ती फुलका गुच्छाले आफ्नो मुहार लुकाउने जमर्को गरे । पराइको हात समातेर ७ जुनि सङ्गै बाच्ने र मर्ने कसन खादै थिन सानू ! तर मेरो मनमा भने बस एक जुनिको लागि सानुलाइ आफ्नो बनाउन पाम भन्ने सपना !! सात फेरा समपन्न हुना साथ बिदाइ कार्यक्रम हुँदै थियो । सबै देखाओटी आँसु देखाइ रहेका थिय । तर त्यहा दुई  जना मात्र रोयेका थिय सायद एक सानु अनि आर्को चाइ म !एउटा मोटे अनि काले ज्याङ्गो मान्छे आयेर सानुलाइ आफ्नो ढाडमा बोकि कार भये तिर लग्यो । सायद उस्को दाइ थियो ! कार निर पुग्ना साथ रुवाबासी चल्यो । मलाइ पनि सानुलाइ झम्टियेर आफ्ना आँसु बगाउन मन थियो तर अपसोच त्यो हुन सकेन । आफुले ल्यायेका ती फुलका गुच्छा दिन बाकी थियो  ।। उस्को बैनिलाइ आफू तिर बोलाउदै एउटा कार्डमा लेखे "सानू बैबाहिक जिबनको धेरै धेरै सुभकामना तर एउटै बिन्ती त्यो तिमी सङ्ग भयेको मेरो मुटु कहिले नदुखाउनु ल " । अनि त्यो कार्ड र फुल सानुलाइ दिन भनेर उस्को बैनिलाइ भने सङ्गै बैनिले सानुलाइ दिइन । अनि केही बेर पछि जब सानुलाइ कोइ पराइले लियेर जाँदै थियो सानुले पछाडी फर्कियेर गह भरी आँसु बनाउदै मुसुक्क हासिन .. मेरो दिमागमा केहि आयेन अनि बस बिदाइका हातहरु हल्लाइरहे .....

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...