Skip to main content

#part_2

science विषय तेसै गाह्रो ....
जेनतेन पढी रहेको थिए...

कान मा Ear-phone घुसार्दै कलेज हिड्ने म...
मलाइ बाटो तिर का हो-हल्ला ले खासै छुदैन थियो...

गित का सब्द मा भिज्दै उन्को याद मा डुब्न सिकेर होला...
मन मस्तिष्क भरी उन्का आँखा ले कब्जा जमाइ सकेका थिए...

मलाइ पड्नु थिएन..तर पनि म हतार मा थिए...
मलाइ पढेर केही बन्नु थिएन तर पनि म हतार मा थिए...

हतार त्यो पुरानो स्कुटर को आवाज सुन्नु मा थियो सायद..
हतार उन्ले आज चै नजिक बाटै फर्केर हेरिदियोस भन्ने आश मा थियो सायद...

हिजो जस्तै मेरा साथी हरु छिटै आइ सकि सकेछन...चुरोट को धुवाँ उडाउदै भन्दै थिए....

"उ आयो बुर्का वाली को पति देब  सलाम वालेकुम भाइजान !! साच्ची यिनी हरु को बिहे भए पछि बुर्का वाली ले यस्लाइ पतिदेब भन्ली र ...अरे !! साले  हुनै नसक्ने कुरा मा किन डुब्छ्स बे...तलाइ त्रि-चन्द्र मा केटि को कमि भयो र ?? एक सय एक मिलाइ दिउला.

छाड्दे पछि लाग्न !! पछि लागि रहिस भने हामी चुरोट को धुवा ले जलेर मर्छौ त प्रेम को आगो ले सल्किने छ्स भन्दै हास्दै थिए...

म सरासर क्लास भित्र छिरे....
मन मा लागेको थियो गएर जुधौ केटा हरु सग !! फेरि सम्झिए मेरो प्रेम नि स्वार्थ छ एक न एक दिन सफल गराएरै देखाउछु भन्दै चित्त बुझाए....

घडि हेरे....१० बज्नै लागेको थियो...गए उन्को प्रतीक्षा को लागि..

मेरा कान ले उन्को स्कुटर को आवाज ठम्याउने भै सकेका थिए..र मन ले उन्को आगमन ले ल्याउने हलचल महसुस गर्ने भै सकेको थियो...

हेरि रहे....
महसुस भयो त्यो आवाज...महसुस भयो उन्को आगमन...
त्यही स्कुटर
तिनै मान्छे
अनि त्यही कालो बुर्का मा उनी....

मन भित्र लाग्थ्यो...ठूलो हावा चलि दियोस र उडाइ दियोस मुख छोपेको त्यो एक पत्र..
मन भित्र लाग्यो आज श्रीफ मेरा लागि.हटाइ दिउन उन्ले त्यो छोपिएको एक पत्र...

उन्ले आज परै बाट मलाइ हेरिन...सधै झै आँखा मात्र देखाइ रहेकिन उनी आज पनि उस्तै थिन...तर !! आज उन्का आँखा मा केही फरक महशुस गरे !! ठुला- ठुला आँखा हलचल गर्दै थिए... जति जति स्कुटर नजिक आउँछ उति उति आँखा ले उनी भुइ तिर इसारा गरे झै लाग्यो...

मैले ठम्याउनै सकिन...
हिजो अस्ति जस्तो जाम पनि थिएन आज...
स्कुटर मेरो नजिकै बाट पार हुनै लागेको थियो...
म तिर हेर्दै उनी ले फेरि भुइँ तिर आँखा गाडिन...
र खसालिन एक टुक्रा कागज....

मैले हत्तपत्त पत्त टिपि हाले...स्कुटर म भए बाट पार भैसकेको थियो..
मैले कागज टिप्दै उनी तिर हेरे...उनी दाइ सग केही कुरा गर्दै थिन..
आश थियो..आज पनि एक पटक फर्केर हेर्ने छिन भनी....

सरासर गेट तिर हानिएकी उनी...म तिर फेर्केर हात ले इसारा गर्दै थिन.. "कल गर"  यति इसारा गर्दै भित्र छिरी हालिन...

मैले उन्ले दिएको कागज को टुक्रा खोले...

Hi ....म  "मिल्ला खान"

किन हेर्छौ मलाइ जहिलै?? को हौ तिमी अन्जान मान्छे??
के देखेउ म भित्र  कि म तिम्रो लागि एक सुभ बिहानी भए??
मेरो त आँखा मात्र देखेको छौ !! कि प्रेम भयो म सग??
यदि मेरो नाक थेप्चो र ठूलो रहेछ भने के गर्छौ
मेरो दात बाहिर निस्किएको र ओठ काटेको रहेछ भने के गर्छौ !!
मेरो बोली नराम्रो र म काली रहेछु भने के गर्छौ !!

यो मेरो नम्बर 981333**** हो.. साझ ४ बजे तिर कल गर !!
म तिम्रो नाम र यी माथी का प्रस्न हरुको उत्तर को पर्खाइ मा छु

To be continue ....

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...