Skip to main content

#part_2

science विषय तेसै गाह्रो ....
जेनतेन पढी रहेको थिए...

कान मा Ear-phone घुसार्दै कलेज हिड्ने म...
मलाइ बाटो तिर का हो-हल्ला ले खासै छुदैन थियो...

गित का सब्द मा भिज्दै उन्को याद मा डुब्न सिकेर होला...
मन मस्तिष्क भरी उन्का आँखा ले कब्जा जमाइ सकेका थिए...

मलाइ पड्नु थिएन..तर पनि म हतार मा थिए...
मलाइ पढेर केही बन्नु थिएन तर पनि म हतार मा थिए...

हतार त्यो पुरानो स्कुटर को आवाज सुन्नु मा थियो सायद..
हतार उन्ले आज चै नजिक बाटै फर्केर हेरिदियोस भन्ने आश मा थियो सायद...

हिजो जस्तै मेरा साथी हरु छिटै आइ सकि सकेछन...चुरोट को धुवाँ उडाउदै भन्दै थिए....

"उ आयो बुर्का वाली को पति देब  सलाम वालेकुम भाइजान !! साच्ची यिनी हरु को बिहे भए पछि बुर्का वाली ले यस्लाइ पतिदेब भन्ली र ...अरे !! साले  हुनै नसक्ने कुरा मा किन डुब्छ्स बे...तलाइ त्रि-चन्द्र मा केटि को कमि भयो र ?? एक सय एक मिलाइ दिउला.

छाड्दे पछि लाग्न !! पछि लागि रहिस भने हामी चुरोट को धुवा ले जलेर मर्छौ त प्रेम को आगो ले सल्किने छ्स भन्दै हास्दै थिए...

म सरासर क्लास भित्र छिरे....
मन मा लागेको थियो गएर जुधौ केटा हरु सग !! फेरि सम्झिए मेरो प्रेम नि स्वार्थ छ एक न एक दिन सफल गराएरै देखाउछु भन्दै चित्त बुझाए....

घडि हेरे....१० बज्नै लागेको थियो...गए उन्को प्रतीक्षा को लागि..

मेरा कान ले उन्को स्कुटर को आवाज ठम्याउने भै सकेका थिए..र मन ले उन्को आगमन ले ल्याउने हलचल महसुस गर्ने भै सकेको थियो...

हेरि रहे....
महसुस भयो त्यो आवाज...महसुस भयो उन्को आगमन...
त्यही स्कुटर
तिनै मान्छे
अनि त्यही कालो बुर्का मा उनी....

मन भित्र लाग्थ्यो...ठूलो हावा चलि दियोस र उडाइ दियोस मुख छोपेको त्यो एक पत्र..
मन भित्र लाग्यो आज श्रीफ मेरा लागि.हटाइ दिउन उन्ले त्यो छोपिएको एक पत्र...

उन्ले आज परै बाट मलाइ हेरिन...सधै झै आँखा मात्र देखाइ रहेकिन उनी आज पनि उस्तै थिन...तर !! आज उन्का आँखा मा केही फरक महशुस गरे !! ठुला- ठुला आँखा हलचल गर्दै थिए... जति जति स्कुटर नजिक आउँछ उति उति आँखा ले उनी भुइ तिर इसारा गरे झै लाग्यो...

मैले ठम्याउनै सकिन...
हिजो अस्ति जस्तो जाम पनि थिएन आज...
स्कुटर मेरो नजिकै बाट पार हुनै लागेको थियो...
म तिर हेर्दै उनी ले फेरि भुइँ तिर आँखा गाडिन...
र खसालिन एक टुक्रा कागज....

मैले हत्तपत्त पत्त टिपि हाले...स्कुटर म भए बाट पार भैसकेको थियो..
मैले कागज टिप्दै उनी तिर हेरे...उनी दाइ सग केही कुरा गर्दै थिन..
आश थियो..आज पनि एक पटक फर्केर हेर्ने छिन भनी....

सरासर गेट तिर हानिएकी उनी...म तिर फेर्केर हात ले इसारा गर्दै थिन.. "कल गर"  यति इसारा गर्दै भित्र छिरी हालिन...

मैले उन्ले दिएको कागज को टुक्रा खोले...

Hi ....म  "मिल्ला खान"

किन हेर्छौ मलाइ जहिलै?? को हौ तिमी अन्जान मान्छे??
के देखेउ म भित्र  कि म तिम्रो लागि एक सुभ बिहानी भए??
मेरो त आँखा मात्र देखेको छौ !! कि प्रेम भयो म सग??
यदि मेरो नाक थेप्चो र ठूलो रहेछ भने के गर्छौ
मेरो दात बाहिर निस्किएको र ओठ काटेको रहेछ भने के गर्छौ !!
मेरो बोली नराम्रो र म काली रहेछु भने के गर्छौ !!

यो मेरो नम्बर 981333**** हो.. साझ ४ बजे तिर कल गर !!
म तिम्रो नाम र यी माथी का प्रस्न हरुको उत्तर को पर्खाइ मा छु

To be continue ....

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...