Skip to main content

"लाटा तँ छस र त म जिउँदो छु !"


आमा बेला बेलामा यो शब्दावली दोहोर्याइ रहनु हुन्छ !
मैले आजसम्म बुझ्न सकेको छैन कि आमा
किन यसो भन्नू हुन्थ्यो !
म कक्षा ३ मा पढ्थेँ ! दिदिहरु हुनुहुन्थ्यो मेरो दुई जना !
यो पनि थाहा पाइन कि दिदिहरु किन मसँगै स्कुल जानू हुन्न?
दिदिहरु कहिलेकाही रुन्चे स्वरमा भन्ने गर्नुहुन्थ्यो " बुबा हामी नि स्कुल जाने नि !"
दिदिहरुक बुबाले " हुन्छ भाइसँगै जानू " भनेको सुन्ने आशा निराशामा बदलियो जब बुबाले भन्नुभयो
" के को स्कुल जाने ? तिमी हरु स्कुल गए घरको काम कस्ले गर्ने नि ? बाख्रा कसले चराउँछ ? भैंसीलाई घाँस कसले काट्छ ?  पर्दैन स्कुल जान ! "
रुखो स्वरले दिदी हरुलाइ थर्काए झैँ गर्दा आमा पिडिको थाम समाएर सुँक्क सुँक्क रुँदै हुन्थिन!
मैले आजसम्म थाहा हुन सकेन कि घरको काम गर्न दिदिहरुलाइ मात्र किन लगाइन्थ्यो !यस्तै धेरै प्रश्नहरुबाट अन्जान थिएँ !
महिनै पछि दिदी हरु घरभन्दा अलि टाढा एउटा गोठमा गएर चार पाँच दिन हराउनु हुन्थ्यो ! अचम्म लाग्थ्यो हावा छिर्न नसक्ने त्यो गोठको ढोकाबाट दिदिहरु कसरी पस्नु हुन्थ्यो होला अनि त्यहाँका सपना कस्ता हुन्थे होलान ?
बेकुका आमाले बुबालाई " छोरी हरुलाइ नि त्यो जग्गाबाट आएको पैसाले अलिकती राम्रो कपडा किन्दिउँ न !"
आमालाई बुबा झकार्दै भन्नुहुन्थ्यो " तेरो दाइजोको पैसा हो र यो ? जहाँ मन लाग्यो त्यहीँ खर्च गर्न ?"
दिदिहरुको यो पाली पनि नयाँ कपडा लगाउने सपना  अधुरै रह्यो !
बिहानै पल्लो घरमा मान्छेको भिडभाड रहेछ ! पल्ला घरे साइँलाबा बित्नु भएछ !
उहाँ बितेको दिन देखि साइँली आमाले कहिल्यै रङ्गिन कपडा लगाएको देखिन मैले ! साँच्चै उहाँले सपना चाहिँ कस्तो देख्नु हुन्थ्यो होला ?
रङिन कि रङ्गहिन ?
घरमा काकी सुत्केरी हुनुभयो ! उहाँले छोरी जन्म दिनुभयो ! बोक्सी , डायन , अलछिना यस्तै अनेकौँ अपशब्द प्रयोग भै रहेको थियो सिर्फ यो कारण कि उहाँले छोरी जन्माउनु भयो !
म अझैसम्म यो कुराबाट अन्जान छु कि किन छोरी जन्मँदा छोरा जन्मँदा झैँ खुसी हुँदैनन मान्छेहरु ?

यी त केही उदाहरण मात्र थिए
कति छन होला हाम्रो समाजमा अझै
बलात्कृत जीवन बाँचिरहेका
रङ्गहिन सपना देखिरहेका
छोरि जन्माएर घृणित भएका !
यो सब कहिलेसम्म ?

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...