Skip to main content

"लाटा तँ छस र त म जिउँदो छु !"


आमा बेला बेलामा यो शब्दावली दोहोर्याइ रहनु हुन्छ !
मैले आजसम्म बुझ्न सकेको छैन कि आमा
किन यसो भन्नू हुन्थ्यो !
म कक्षा ३ मा पढ्थेँ ! दिदिहरु हुनुहुन्थ्यो मेरो दुई जना !
यो पनि थाहा पाइन कि दिदिहरु किन मसँगै स्कुल जानू हुन्न?
दिदिहरु कहिलेकाही रुन्चे स्वरमा भन्ने गर्नुहुन्थ्यो " बुबा हामी नि स्कुल जाने नि !"
दिदिहरुक बुबाले " हुन्छ भाइसँगै जानू " भनेको सुन्ने आशा निराशामा बदलियो जब बुबाले भन्नुभयो
" के को स्कुल जाने ? तिमी हरु स्कुल गए घरको काम कस्ले गर्ने नि ? बाख्रा कसले चराउँछ ? भैंसीलाई घाँस कसले काट्छ ?  पर्दैन स्कुल जान ! "
रुखो स्वरले दिदी हरुलाइ थर्काए झैँ गर्दा आमा पिडिको थाम समाएर सुँक्क सुँक्क रुँदै हुन्थिन!
मैले आजसम्म थाहा हुन सकेन कि घरको काम गर्न दिदिहरुलाइ मात्र किन लगाइन्थ्यो !यस्तै धेरै प्रश्नहरुबाट अन्जान थिएँ !
महिनै पछि दिदी हरु घरभन्दा अलि टाढा एउटा गोठमा गएर चार पाँच दिन हराउनु हुन्थ्यो ! अचम्म लाग्थ्यो हावा छिर्न नसक्ने त्यो गोठको ढोकाबाट दिदिहरु कसरी पस्नु हुन्थ्यो होला अनि त्यहाँका सपना कस्ता हुन्थे होलान ?
बेकुका आमाले बुबालाई " छोरी हरुलाइ नि त्यो जग्गाबाट आएको पैसाले अलिकती राम्रो कपडा किन्दिउँ न !"
आमालाई बुबा झकार्दै भन्नुहुन्थ्यो " तेरो दाइजोको पैसा हो र यो ? जहाँ मन लाग्यो त्यहीँ खर्च गर्न ?"
दिदिहरुको यो पाली पनि नयाँ कपडा लगाउने सपना  अधुरै रह्यो !
बिहानै पल्लो घरमा मान्छेको भिडभाड रहेछ ! पल्ला घरे साइँलाबा बित्नु भएछ !
उहाँ बितेको दिन देखि साइँली आमाले कहिल्यै रङ्गिन कपडा लगाएको देखिन मैले ! साँच्चै उहाँले सपना चाहिँ कस्तो देख्नु हुन्थ्यो होला ?
रङिन कि रङ्गहिन ?
घरमा काकी सुत्केरी हुनुभयो ! उहाँले छोरी जन्म दिनुभयो ! बोक्सी , डायन , अलछिना यस्तै अनेकौँ अपशब्द प्रयोग भै रहेको थियो सिर्फ यो कारण कि उहाँले छोरी जन्माउनु भयो !
म अझैसम्म यो कुराबाट अन्जान छु कि किन छोरी जन्मँदा छोरा जन्मँदा झैँ खुसी हुँदैनन मान्छेहरु ?

यी त केही उदाहरण मात्र थिए
कति छन होला हाम्रो समाजमा अझै
बलात्कृत जीवन बाँचिरहेका
रङ्गहिन सपना देखिरहेका
छोरि जन्माएर घृणित भएका !
यो सब कहिलेसम्म ?

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...