Skip to main content

कथा = गुम्सिएका चाहना १

भाग - 1
लेखक = शिब ढकाल
खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कहिले आफ्नै मन बिना त कहिले कसैको साथ बिना । जिन्दगीमा अनगिन्ती चोट हरु सहे अनि अनगिन्ती दुःख हरु । जिन्दगी ले हरपल हर घडी चोट दिई रह्यो तर म सदा मुस्कुराइ रहे । छुट्टै मजा थियो समय संग को खेल मेरो समय ले कहिले जित्न दिन्न थ्यो म कहिले हार मान्दिन थे । मानिस को सबैभन्दा ठुलो जित नै कोशिस हो भनिन्छ मलाई सहि लाग्थ्यो यो भनाइ । चाहे फैसला आफ्नो पक्ष मा किन नहोस् तर कोशिस भने गरि रहनु पर्छ ।कोशिस गर्दै जानू एकदिन पक्कै सफलता तपाईंको सहयात्री बन्ने छ । हो यहि सिद्धान्त लाई मान्यता दिएर अघि बढेको थिए म पनि । सफलता नमिलेको पनि होईन आफ्नो कोशिस अनुसार सफलता हरु मिले कै थियो । आफन्त भन्ने हरु नै पहिला टाढिएको थियो दुख पर्दा । हिजो उनीहरुको आफन्त भनेर हाम्लाइ चिनाउदा लाज हुन्छ भन्ने हरु आज हाम्रो आफन्त भनेर चिनाउदै छाती फुलाउछन । भनिन्छ नि दुनियाँ स्वार्थी छ तर यहाँ दुनियाँ होइन मान्छे हरु स्वार्थी छन् । मन भरी स्वार्थ को खाली भकारी लिएर नजिकिन्छन अनि जब कसैको सहायता मा त्यो भकारी भरिन्छ तब उसैलाई भुलिदिन्छन ।
जिन्दगी मा जस्तोसुकै बाधा किन नआओस् त्यसको सामना गर्न सक्ने क्षमता राख्नुस । भगवान ले भन्छ अरे त आट म पुर्याउछु । त्यसैले जिन्दगी देखि कहिले पछाडी कदम नसार्नुस किनकि समस्या को अर्को रुप नै समाधान हो । जस्तोसुकै समस्या होस् त्यसको समाधान भएकै हुन्छ मात्र हामी लाई पत्ता लगाउन गार्हो हो ।
यो जिन्दगी ले मलाई कहिले भोको पेट बाच्न सिकायो कहिले खाली पकेट । मनमा जस्तोसुकै ब्यथा भएपनी म सधैं अघि बढने कोशिस गर्दै थिए । मेरो हर कोशिस ले सफलता पनि मिलेको थियो । म अन्त्यन्त खुशी र प्रसन्न थिए । घर परिवार को साथ अनि आफ्नो मेहनत सबैले सफलता मिलेको थियो मलाई । सोच्थे जिन्दगीमा मेरो कहिले हार हुने छैन अनि मलाई कहिले समय ले पछार्न सक्ने छैन । तर मेरो सोचाइ अनि मेरो बुझाइ एकदमै गलत रहेछ मलाई समय र परिस्थिति ले यस्तो ठाँउ मा लगेर पछारी दियो कि म हजारौं कोशिस ले पनि कहिले उठन नसक्ने भए । यो सब को पछाडि एउटै कुरा को हात थियो त्यो हो मेरो अधुरो प्रेम अनि गुम्सिएका चाहना ।
म त्यति बेला कलेज पढ्दै थिए भर्खर भर्खरै कलेज जान थालेको थिए । रमाइलो लाग्थ्यो दिन हरु दिनभरि साथीहरू संग रमाइलो गर्यो अनि कलेज मा केही नयाँ कुरा सिक्यो । यसै गरि दिन हरु बित्दै गयो । खुशी थिए त्यो पल अनि त्यो क्षण लाग्छ अहिले पनि त्यै उमेरमा पुगेर त्यसैगरी रमाउन पाए । तर अब सम्भब थिएन ।
कलेज को दिन हरु रमाइलो संग नै बित्दै थियो । एकदिन साथीहरू संग चौरमा बसेर कुरा गर्दै थिए त्यतिकै मा पर देखि कोहि आउदै थियो । टाढा बाटै भएपनी उसको अनुहार त ठम्याउन सक्ने थिएन तर मिलेको जिउ डाल अनि अनि लामो कपाल माथी अलिकति बानेर तल खुल्ला छोडेकि थिइन् । उसलाई हेर्दै थिए उ नजिक नजिक आउदै थिइ । एकैछिन मा हामी बसेको चौरमा आइपुगी र अलि पर बसि ।उ सङ्गै एउटा साथी पनि थिइ तर साथी कस्ति छे चासो गरिन । म त उसलाई मात्र हेरिरहे । उसलाई नजिक बाट हेर्ने चाह पूरा भयो तर अनुहार अझै राम्रो संग देखिएको थिएन । त्यसैले त्यहाँ देखि उठेर उ नजिकै गए र hy म मदन भने । उसले आफ्नो अनुहार म तिर गर्दै भनि-----------------
बाकी भाग को प्रतीक्षा गर्नुहोला

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...