Skip to main content

कथा = गुम्सिएका चाहना १

भाग - 1
लेखक = शिब ढकाल
खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कहिले आफ्नै मन बिना त कहिले कसैको साथ बिना । जिन्दगीमा अनगिन्ती चोट हरु सहे अनि अनगिन्ती दुःख हरु । जिन्दगी ले हरपल हर घडी चोट दिई रह्यो तर म सदा मुस्कुराइ रहे । छुट्टै मजा थियो समय संग को खेल मेरो समय ले कहिले जित्न दिन्न थ्यो म कहिले हार मान्दिन थे । मानिस को सबैभन्दा ठुलो जित नै कोशिस हो भनिन्छ मलाई सहि लाग्थ्यो यो भनाइ । चाहे फैसला आफ्नो पक्ष मा किन नहोस् तर कोशिस भने गरि रहनु पर्छ ।कोशिस गर्दै जानू एकदिन पक्कै सफलता तपाईंको सहयात्री बन्ने छ । हो यहि सिद्धान्त लाई मान्यता दिएर अघि बढेको थिए म पनि । सफलता नमिलेको पनि होईन आफ्नो कोशिस अनुसार सफलता हरु मिले कै थियो । आफन्त भन्ने हरु नै पहिला टाढिएको थियो दुख पर्दा । हिजो उनीहरुको आफन्त भनेर हाम्लाइ चिनाउदा लाज हुन्छ भन्ने हरु आज हाम्रो आफन्त भनेर चिनाउदै छाती फुलाउछन । भनिन्छ नि दुनियाँ स्वार्थी छ तर यहाँ दुनियाँ होइन मान्छे हरु स्वार्थी छन् । मन भरी स्वार्थ को खाली भकारी लिएर नजिकिन्छन अनि जब कसैको सहायता मा त्यो भकारी भरिन्छ तब उसैलाई भुलिदिन्छन ।
जिन्दगी मा जस्तोसुकै बाधा किन नआओस् त्यसको सामना गर्न सक्ने क्षमता राख्नुस । भगवान ले भन्छ अरे त आट म पुर्याउछु । त्यसैले जिन्दगी देखि कहिले पछाडी कदम नसार्नुस किनकि समस्या को अर्को रुप नै समाधान हो । जस्तोसुकै समस्या होस् त्यसको समाधान भएकै हुन्छ मात्र हामी लाई पत्ता लगाउन गार्हो हो ।
यो जिन्दगी ले मलाई कहिले भोको पेट बाच्न सिकायो कहिले खाली पकेट । मनमा जस्तोसुकै ब्यथा भएपनी म सधैं अघि बढने कोशिस गर्दै थिए । मेरो हर कोशिस ले सफलता पनि मिलेको थियो । म अन्त्यन्त खुशी र प्रसन्न थिए । घर परिवार को साथ अनि आफ्नो मेहनत सबैले सफलता मिलेको थियो मलाई । सोच्थे जिन्दगीमा मेरो कहिले हार हुने छैन अनि मलाई कहिले समय ले पछार्न सक्ने छैन । तर मेरो सोचाइ अनि मेरो बुझाइ एकदमै गलत रहेछ मलाई समय र परिस्थिति ले यस्तो ठाँउ मा लगेर पछारी दियो कि म हजारौं कोशिस ले पनि कहिले उठन नसक्ने भए । यो सब को पछाडि एउटै कुरा को हात थियो त्यो हो मेरो अधुरो प्रेम अनि गुम्सिएका चाहना ।
म त्यति बेला कलेज पढ्दै थिए भर्खर भर्खरै कलेज जान थालेको थिए । रमाइलो लाग्थ्यो दिन हरु दिनभरि साथीहरू संग रमाइलो गर्यो अनि कलेज मा केही नयाँ कुरा सिक्यो । यसै गरि दिन हरु बित्दै गयो । खुशी थिए त्यो पल अनि त्यो क्षण लाग्छ अहिले पनि त्यै उमेरमा पुगेर त्यसैगरी रमाउन पाए । तर अब सम्भब थिएन ।
कलेज को दिन हरु रमाइलो संग नै बित्दै थियो । एकदिन साथीहरू संग चौरमा बसेर कुरा गर्दै थिए त्यतिकै मा पर देखि कोहि आउदै थियो । टाढा बाटै भएपनी उसको अनुहार त ठम्याउन सक्ने थिएन तर मिलेको जिउ डाल अनि अनि लामो कपाल माथी अलिकति बानेर तल खुल्ला छोडेकि थिइन् । उसलाई हेर्दै थिए उ नजिक नजिक आउदै थिइ । एकैछिन मा हामी बसेको चौरमा आइपुगी र अलि पर बसि ।उ सङ्गै एउटा साथी पनि थिइ तर साथी कस्ति छे चासो गरिन । म त उसलाई मात्र हेरिरहे । उसलाई नजिक बाट हेर्ने चाह पूरा भयो तर अनुहार अझै राम्रो संग देखिएको थिएन । त्यसैले त्यहाँ देखि उठेर उ नजिकै गए र hy म मदन भने । उसले आफ्नो अनुहार म तिर गर्दै भनि-----------------
बाकी भाग को प्रतीक्षा गर्नुहोला

Comments

धेरै पढिएका कथाहरू.....

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...