Skip to main content

मनिसा भाग=10


निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज गर्न मन लागेन र अहिले चेन्ज गरेको ! मैले केही बुझेन अलि बुझ्ने गरेर भन भने ! निशा ले सरल भासा मा भनी , तिमी मेरो जिन्दगीमा आए देखि मैले आफ्नो हर चिज तिम्रो नाममा गरेको छु ! त्यसैले आज हिजोसम्म म निसा थिए आज देखि मनिसा भए (मदन+निसा = मनिसा ) हो म हिजो सम्म निशा बनेर बाचेकी थिए आज देखि मदन को मनिसा बनेर बाच्ने छु !
निसा ले मलाई माया गर्छे त्यो त थाहा थियो तर यति धेरै माया गर्छे त्यो थाहा थिएन । मेरो खुसीको सिमा थिएन म कति खुशी थिए म आफैले अन्दाज गर्न सकेको थिएन । त्यो दिन म जति खुशी यो सन्सार मा कोहि थिएन होला !! साच्चै म आफैले आफैलाइ भाग्यमानी सम्झेको थिए ! यति धेरै माया गर्ने मान्छे पाएको मा भगवान लाई मनै देखि धन्यवाद दिए ।
दिन हरु यसरी नै बित्दै गए ! साथीहरू संग पनि चिन्जान बढ्दै गयो । त्यै बिचमा एउटि केटी संग मेरो चिन्जान भयो ! उसको नाम पारु अनि उ त्यही गाउको रैछे ! पछि बुझ्दै जादा धनी बाउ कि एक्लि छोरी रैछे । स्कुल को केटा हरु पारु भनेपछि भुतुक्कै हुन्थे । राम्री थिइन् अनि घमन्डि पनि । पहिला पहिला त त्यस्तो केही कुरा भएन । दिन हरु जति बित्दै पारु म संग उति नजिक हुन थाली ।मैले मनिसा लाई र पारु लाई पनि चिन्जान गराइ दिए । पूरा स्कुल लाई थाहा थियो मेरो र मनिसा को बारे त्यसैले पारु ले पनि सोधी तपाई हरु एकाअर्कालाई माया गर्नु हुन्छ हो ? मैले र मनिशा ले हो भन्यौ । पारु ले मनिसा तिर हेर्दै भनी तपाईं साच्चै भाग्यमानी हुनुहुन्छ मनिसा मदन जस्तो जीवन साथी पाउनु भाको छ । मनिसा केही बोलिन । हामी पारु लाई bye भनेर आफ्नो घर तिर लाग्यौ ।
दिन हरु नर्मल तरिका ले बित्दै थिए अनि पारु संग पनि नर्मल कुराकानी हुन्थ्यो । पारु पहिला भन्दा चेन्ज भाकी थि ! आजभोलि अलि धेरै जिस्कन्थी । एकदिन म र मनिसा अनि मनोज हाफ टाएममा कुरा गर्दै थियौ । पारु र उस्को केही साथीहरू पनि आए । पारु ले मलाई जिस्काउदै भनी कहिलेकाही त हाम्लाइ पनि आँखा लाउनु न मदन ,मनिसा मा त्यस्तो के र स्पेसल जुन हामी मा छैन । मैले भनिदिए पारु माया कुनै स्पेसल मान्छे संग गरिदैन जस्लाइ माया गर्छौ नि उहीँ स्पेसल भै दिन्छ । पारु केही बोलिनन । पढ्ने बेला पनि पारु सधैं मलाई नि हेरि बस्थी । कहिलेकाही कागज मा केही लेखेर डल्ला बनाएर हान्थी अनि म कागज खोलेर हेर्थे ।( कागज मा लेखिएको हुन्थ्यो मदन I love you ) म त्यै कागज मा don't love you लेखेर उसैलाई अपस हान्थे । हरेक दिन त्यस्तै हर्कत ले मलाई रिस उठ्यो अनि पारु लाई कक्षा को सबैको अगाडी भने आखिर तिमी के चाहन्छौ ?? तिम्लाइ मात्र होईन पूरा स्कुल लाई थाहा छ त म मनिसा लाई र मनिसा ले मलाई माया गर्छ भनेर । तिमी हाम्रो बिचमा किन पर्खाल बनेर उभिदै छौ ? तिमी मलाई मनिसा देखि किन टाढा गराउन खोज्दै छौ ?? सबै साथीहरू म र पारु लाइ एकोहोरो हेर्दै थिए । पारु आँखा भरी आँसु बनाउदै बोली मदन -------
बाकी भाग को प्रतीक्षा गर्नु होला

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...