Skip to main content

मनिसा भाग=10


निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज गर्न मन लागेन र अहिले चेन्ज गरेको ! मैले केही बुझेन अलि बुझ्ने गरेर भन भने ! निशा ले सरल भासा मा भनी , तिमी मेरो जिन्दगीमा आए देखि मैले आफ्नो हर चिज तिम्रो नाममा गरेको छु ! त्यसैले आज हिजोसम्म म निसा थिए आज देखि मनिसा भए (मदन+निसा = मनिसा ) हो म हिजो सम्म निशा बनेर बाचेकी थिए आज देखि मदन को मनिसा बनेर बाच्ने छु !
निसा ले मलाई माया गर्छे त्यो त थाहा थियो तर यति धेरै माया गर्छे त्यो थाहा थिएन । मेरो खुसीको सिमा थिएन म कति खुशी थिए म आफैले अन्दाज गर्न सकेको थिएन । त्यो दिन म जति खुशी यो सन्सार मा कोहि थिएन होला !! साच्चै म आफैले आफैलाइ भाग्यमानी सम्झेको थिए ! यति धेरै माया गर्ने मान्छे पाएको मा भगवान लाई मनै देखि धन्यवाद दिए ।
दिन हरु यसरी नै बित्दै गए ! साथीहरू संग पनि चिन्जान बढ्दै गयो । त्यै बिचमा एउटि केटी संग मेरो चिन्जान भयो ! उसको नाम पारु अनि उ त्यही गाउको रैछे ! पछि बुझ्दै जादा धनी बाउ कि एक्लि छोरी रैछे । स्कुल को केटा हरु पारु भनेपछि भुतुक्कै हुन्थे । राम्री थिइन् अनि घमन्डि पनि । पहिला पहिला त त्यस्तो केही कुरा भएन । दिन हरु जति बित्दै पारु म संग उति नजिक हुन थाली ।मैले मनिसा लाई र पारु लाई पनि चिन्जान गराइ दिए । पूरा स्कुल लाई थाहा थियो मेरो र मनिसा को बारे त्यसैले पारु ले पनि सोधी तपाई हरु एकाअर्कालाई माया गर्नु हुन्छ हो ? मैले र मनिशा ले हो भन्यौ । पारु ले मनिसा तिर हेर्दै भनी तपाईं साच्चै भाग्यमानी हुनुहुन्छ मनिसा मदन जस्तो जीवन साथी पाउनु भाको छ । मनिसा केही बोलिन । हामी पारु लाई bye भनेर आफ्नो घर तिर लाग्यौ ।
दिन हरु नर्मल तरिका ले बित्दै थिए अनि पारु संग पनि नर्मल कुराकानी हुन्थ्यो । पारु पहिला भन्दा चेन्ज भाकी थि ! आजभोलि अलि धेरै जिस्कन्थी । एकदिन म र मनिसा अनि मनोज हाफ टाएममा कुरा गर्दै थियौ । पारु र उस्को केही साथीहरू पनि आए । पारु ले मलाई जिस्काउदै भनी कहिलेकाही त हाम्लाइ पनि आँखा लाउनु न मदन ,मनिसा मा त्यस्तो के र स्पेसल जुन हामी मा छैन । मैले भनिदिए पारु माया कुनै स्पेसल मान्छे संग गरिदैन जस्लाइ माया गर्छौ नि उहीँ स्पेसल भै दिन्छ । पारु केही बोलिनन । पढ्ने बेला पनि पारु सधैं मलाई नि हेरि बस्थी । कहिलेकाही कागज मा केही लेखेर डल्ला बनाएर हान्थी अनि म कागज खोलेर हेर्थे ।( कागज मा लेखिएको हुन्थ्यो मदन I love you ) म त्यै कागज मा don't love you लेखेर उसैलाई अपस हान्थे । हरेक दिन त्यस्तै हर्कत ले मलाई रिस उठ्यो अनि पारु लाई कक्षा को सबैको अगाडी भने आखिर तिमी के चाहन्छौ ?? तिम्लाइ मात्र होईन पूरा स्कुल लाई थाहा छ त म मनिसा लाई र मनिसा ले मलाई माया गर्छ भनेर । तिमी हाम्रो बिचमा किन पर्खाल बनेर उभिदै छौ ? तिमी मलाई मनिसा देखि किन टाढा गराउन खोज्दै छौ ?? सबै साथीहरू म र पारु लाइ एकोहोरो हेर्दै थिए । पारु आँखा भरी आँसु बनाउदै बोली मदन -------
बाकी भाग को प्रतीक्षा गर्नु होला

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...