Skip to main content

#part_1

" उ तेरि छमिया आइ  हेर ...ओइ !! हेर त हेर केटा हो आइ बुर्का वाली क्या मस्त छे यार ."

केटा हरु त्रि-चन्द्र को छत मा बसि केटि को नाम लिइ मलाइ जिस्काउदै  थिए..आफ्नै साथी हरु हुन !! तर केटि को मामला मा हरामी..साले हरु ले मलाइ कलेज आएको ३ महिना मै बिगारी दिए.. धन्न चुरोट तान्न र  धुवाँ उडाउन चै सिकेको छैन ...

" क्या मस्त आँखा !! अरे वा रे वा केटा ले छम्मा चै बबाल नै पट्याएको हो..हैन त केटा हो..."

केटा हरु भन्दै थिए.." पट्याएर के गर्नु !! छत बाट एकोहोरो हेर्दै मा केटि कहाँ पटिन्छ्न र !! त्यो पनि मुस्लिम केटि..कुन दिन मुसलमान हरु जम्मा भएर राम धुलाइ हान्छन अनि थाहा पाउछ !! थाहा छैन तिमी हरु लाई  पाकिस्तान ,साउदी अरब कतार तिर केटि लाई हेरेको निहुँ मा मार्देको ....

....केटा हरु चुरोटको धुवाँ मा आनन्द लिइ रहेका थिए..म उन्को आगमन को प्रतीक्षा मा मेरा आँखा डुलाइ रहेको थिए.. फरक यत्ती थियो..
कोहि चुरोट को सुर्की मा मस्त त
कोहि कसैको अन्जान प्रेम मा मस्त 💞

बिहान को १० बजे...प्राय उनी त्यही बाटो..त्यही कालो रङ्ग को बुर्का अनि त्यही स्कुटर मा आउथिन..
उनी लाई स्कुटर मा ल्याउने लाने सायद उन्का दाइ या भाइ हुनु पर्छ !! मेरो कलेज छेवै बाट पार हुने उनी....सगै को जामे मस्जिद मा खै कुन्नी के गर्न पस्थिन...कुन बेला फर्किन्थिन थाहा थिएन...तर प्रत्येक दिन को बिहानी म उन्को आगमन मा बिताउने गर्थ्ये...

उन्को प्रत्येक बिहानी को आगमन ले मेरो मन मा प्रेम का अनगिन्ती किरण हरु छरेर जान्थ्ये...
त्यो पुरानो स्कुटर...
काले र मोट्टे आफ्नो जुँगा लाई सर्लक्क्कै काटेर लामो दारी पालेका उन्का दाइ...
अनि पछाडी बुर्का मा सजिएकि उनी...
म श्रीफ उन्का आँखा मात्र देख्थ्ये...
ती आँखा ...
ती आँखा थिएनन..
ती  समुन्द्र मा आउने आधी हरु थिए.
जस्ले मेरो मन उथलपुथल बनाएर जान्थ्ये...

खै किन हो थाहा छैन...उन्को प्रतीक्षा मा बसेको म..
घन्टा घर ले प्रत्येक पटक सुइ घुमाउदा छिटो छिटो घुमाइ दियोस जस्तै लाग्थ्यो...अनि जब उन्को आगमन हुन्थ्यो...लाग्थ्यो समय नै रोकि दियोस..यो घन्टा घर स्थिर भैइ दियोस...

केही समय ट्राफिक जाम भैइ दियोस!! रोकियोस उन्को स्कुटर र हेरौ  धित मरुन्जेल उन्का ती गाजलु आँखा !!

हाम्रो पटक - पटक आँखा नजुधेको पनि हैनन!! कयौ पटक जुधी सके...र त उनी पनि म कतै बसेको छु कि भनी यता उता हेर्थिन..मलाइ हेर्दै अघाडी बढेकी उनी..कहिलै पछाडी फर्केर पुन हेर्दिन थिन...सायद उन्लाइ दाइको डर थियो होला...

तर...मस्जिद छिर्नु अघि..एक पटक मेरो कलेज तिर आँखा पुर्याउथिन ...

मन भित्र खुसी का छुट्टै लहर हरु उठ्थ्ये...मन लाग्थ्यो हात उठाइ प्रेम को केही सिग्नल दिम..
फेरि साला साथी हरु को कुरा सम्झिहाल्थ्ये...

"मुस्लिम केटि जिस्कायो भने साला सिधै मृत्यु हो
पाकिस्तान, साउदी अरब कतार तिर फाँसी हो..
मर्लास है होस गर....मुसलमान को कुटाइ भेट्लास..."

जबर्जस्ति हात लाई तलै राख्थ्ये...उनी गेट बाट भित्र पस्थिन..
उनी स

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...