Skip to main content

त्यो रातमा (भाग १)

"के बाँचौँला खै माया के बाँचौँला खै
मुटु टुक्रा भै माया मुटु टुक्रा भै ..."

भरखरै निद्रा परेको थियो ! १०:४५ मा सुतेको थिएँ ! फेसबुक बन्द गरेर भरखरै निद्रामा डुबेको म लाई मोबाइलको रिङ्गटोनले ब्युँझाईदियो ! यो गित खुब मन पर्छ सयद मेरो जीवन कहानिसँग मिल्नाले नि हुन सक्छ ! पहिलो चोटि वास्तै गरिन , बारम्बार बजिरह्यो जुरुक्क उठेँ र आँखा मिच्दै उठेर टेबुलको मोबाईल तानेँ र ब्ल्यान्केट भित्र पसेँ !

मोबाइल हेरेँ रातको ११:५२ भएको रहेछ ! घन्टी बज्दै थियो ! "गुड्डु " नामबाट आएको रहेछ ! झस्काइदियो मलाई त्यो नामले ! उसको नाम सेभ गरेको थिएँ बर्षौँ अघि ! उठाउनै सकिन काटिदिएँ ! फेरि गरि गरि रहि ! मन नै कस्तो कस्तो बनाउँदै उठाएँ ! "हजुर!"
"ओइ पागल ! म तिम्रो गुड्डु बिर्स्यो जस्तो छ यो मान्छेले त !" उसको स्वरमा निद्रा मिसिएको थिएन , जोसिली भएर बोली !

राति फोन गर्ने मलाई मन पर्दैनथ्यो ! अलि रिसाउँदै बोलेँ "ह्याँ पापि किन फोन गरेको यो राति ? मान्छे भरखर सुतेको थियो ! डिस्ट्र्व गर्नु पर्छ है यो नाटकि लाई ? मैले त केही एमरजेन्सी होला भनेर उठाएको ! फोन काट ! सुतेँ म !"
"चुप लाग खुरुखुरु सुन मेरो कुरा सुत्न पर्या छैन अहिले नै कत्तिन ! आज केही कुरा भन्नू छ तिमीलाई  ! धेरै समयदेखी लुकाइराखेको कुरा आज खोल्नु छ मलाई त्यसैले फोन गरेको नि पागल मान्छे ! " आत्मबिश्वासका साथ बोली !

"अनि यति राती फोन गर्नु पर्छ त पागल्नी ! भोलि भनेको भए नि हुन्थ्यो नि !ल छिटो भन !" निद्रा लागेको थियो त्यसैले हतारिएँ ! ११:५९ भै सकेको थियो !
"म भन्छु त्यो कुरा नि..........
तर मलाई पहिला तिम्रो बिर्थ्डे विस गर्न देउ ! आज तिम्रो जन्मदिन याद छ पागल? आज चैत्र १३ गते ! तिमी रुंदा तिम्री आमा मुस्कुराएको दिन !
ह्याप्पी बर्थ्डे टु यु , ह्याप्पी बर्थ्डे टु यु आरव ! स्टे ह्यापी स्टेय ब्लेस्ड ! दिप झैँ बलिरहनु फुल झैं चम्किरहनु ,किप स्माइलिङ राजा !........

to be continue in next part

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...