Skip to main content

बिहेको पहिलो रातमा (भाग २)

"म .....म..म अरु ...अरु कसैलाई मन पराउँछु !"
खाट्मा बसि रहनु भएको अतीत जुरुक्क उठ्नु हुन्छ , टेबलमा राखेको पानी पिउँदै बोल्नु हुन्छ ," व्ह्वाट ? आर यु किडिङ मि ?"
"हो म अरु कसैलाई प्रेम गर्छु ! मैले हजुरसँग बिहे आफ्नालाइ खुसी बनाउन मात्र गरेको हो ! " म अलि हौसिएर बोलेँ यो पाली ! प्रेम गर्नेहरु डराउँदैनन भन्थे ! आज मलाई त्यही भयो !

अतीत झन मेरो नजिक आउनुभयो , मेरो टाउकोमा सिउरिएको घुम्टो पन्छाउनु भयो र उहाँको दुइटा हात मेरो काँधमा राखी मेरा आँखामा आँखा जुधाएर बोल्न थाल्नु भयो ,"जुनु ! तिमीले यो सब मलाई किन भनिनौ बिहे अघि नै ? हामी यति अघि बढ्ने नै थिएनौँ , न त तिमी न त मेरो नै जीवन दोधारमा आएर अडिने थियो ! कास ! तिमी ले भनिदिएको भए ! " अलि रुन्छे उदासी स्वर बनाएर बोलिरहनु भएको थियो अतीत ! मेरो काँधमा रहेका दुई हातले मलाई अङ्गालोमा बाँध्नु भयो र भन्नू भयो " आइ स्टिल लभ यु जुनु ! मैले तिमी लाई देख्दै मन पराइ सकेको थिएँ ! भन्छन प्रेम एकै नजरमा हुन्छ हो त्यही भयो मलाई पनि !"

अतितको हातले कसिएको म बिस्तारै हातलाइ मेरो अङ्गालोबाट हटाएँ र बोलेँ "हजुरलाइ भन्न सजिलो छ कास !भनिदिएको भए ! मैले प्रेम गर्ने मान्छे र मेरो बिहे सम्भव थिएन ऊ नेवार थियो म बाहुनी , त्यो सम्बन्धलाई न त समाजले स्विकार्थ्यो न त मेरो परिवारले नै ! मैले उसलाई भुल्न नि प्रयास गरेँ तर सकिँदो रहेनछ ! हजुरसँग बिहे मैले परिवारको करले गरेँ , म हजुरको सम्मान गर्छु , इज्जत गर्छु हजुरको परिवार समाज सबैको ख्याल गर्छु तर म हजुरलाइ त्यो प्रेम दिन सक्दिन जो एक श्रीमानले एक श्रीमतीबाट चहान्छ !

अतित बोल्दै जानू भयो ," केही छैन ! म तिमी लाई बिश्वास गर्छु , म बिश्वास दिलाउने छु म पनि तिमी लाई उति नै प्रेम दिन्छु भनेर ! म तिमिलाइ मलाई प्रेम गर्ने बनाउँछु !"
अतीत झन मेरो नजिक आउँदै हुनुहुन्थ्यो , उहाँ मेरो आँखामा आँखा जुधाएर , उहाँको ओठले मेरो ओठमा छुनै लागिसकेका थिए , मेरो मुटु जोडले धडकिँदै थियो ! उहाँले मलाई अङ्गालोमा कस्नु भयो , ति ओठले मेरा ओठमा स्पर्श गरि सकेका थिए , नजिकैको बत्तिको स्विच प्याटट थिचेको आवाज आयो , बत्ती निभ्यो , अङगालोमा बाँधिएको अवस्थामै म खाटमा पल्टिएँ ,!
हामी भौतिक आनन्दमा चुर्लुम्मै डुब्न पुग्यौँ !"

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...