आफ्नो छोरी घरमा खुशी हुँदा मन खुशी हुन्छ तर बुहारी खुशी छ भने राम्रो लाग्दैन !
ज्वाइँले छोरी लाई सहयोग गर्दा राम्रो लाग्छ तर आफ्नो छोराले बुहारीलाई सहयोग गर्दा फरिया मन्त्री रे !
छोरी जिन्स लगाउँछे आधुनिक रे तर बुहारीले त्यही जिन्स लगाउँदा लाज नभाकी रे !
छोरी घरमा एक्लै काम गर्दा छोरी थाक्छे रे तर बुहारी दिन भरी मरीमरी काम गर्दा पनि काम न काजको रे !
छोरीको सासु र नन्दले काममा सहयोग नगर्दा कत्रो चिन्ता तर बुहारीलाई तनावै तनाव दिएर काम लगाउँनु चाहिँ ठिक रे !
छोरीलाई सासु सासुराले कराउँदा रिस उठ्छ तर बुहारीलाई कराउँदा सम्झाएको रे !
छोरीलाई रानी जस्तो बनाएर राख्नु पर्ने बुहारीलाई नोक्कर जस्तो व्यवहार गर्ने !
# मान्छेले _______किन बिर्सन्छ त्यो बुहारी पनि कसैको छोरी हो भनेर ??
आफुलाई परिवर्तन गर्नुस समाज आफै परिवर्तनशील छ !!???????
के म पागल हु जो हर दिन हर रात यो फेसबुकमा कराएर बस्न लाई ।
हैन हाम्रो यो गए गुज्रिएको समाजले कहिले बुज्ने हो ।?
के मैले गल्ती भने जस्तो त लागेन ।
एदि तपाईंलाइ गलत र सहि छुटाउने तरिका थाहा छ भने।
प्लिज तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला ????।
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments