उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो ।
दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे पनि केटी आधुनिक । १० वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै गर्नु परेन । घरपरिवारको पनि कुरा भयो । केटाले आफ्ना परिवारका सबै युरोप र अमेरिकामा रहेको बतायो । केटाको यो कुराले केटीलाई अलिकति विदेशको लोभ लाग्यो ।
मनमा युरोप घुम्ने र फेसबुकमा युरोपका ठूलाठूला शालिक, हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने सपनाले एकै पटक पहिले मरेका आशाहरु फेरि पलाए । गएको वर्षमात्र युरोप कै कुनै देशले केटीलाई भिसा नदिएको थियो ।। कारणमा, “तिमी हाम्रो देशमा गयौ भने फर्कने आधार छैन” भनिएको थियो । त्यस यता केटीले फेसबुकमा विदेशको फोटो सजाउने सपना देख्न छोडेकी थिई ।
केटाका आफन्त पनि सबै विदेशमा छन् भने पछि केटीले कुराको रफ्तार बढाइ । केटाले पनि केटीका फेसबुकमा भएका सबै फोटा हेरि भ्यायोे । गोरा गाला, कतै घुँडाभन्दा माथिसम्म देखिएका छोटा पहिरन अनि झरनाको विचमा पालता लुगा लगाएर खिचेका फोटाले उभित्रको रसायनिक पुरुष बिउँतायो । तर, यी दुबैले आफ्ना स्वार्थका कुराको कुनै सुइँको दिएनन् ।
‘मलाई बहिनी नभन्नुस् ल । बहिनी भन्दा कस्तो कस्तो लाग्छ । खुल्नै गार्हो क्या ।’ केटीले भनी ।
उसले चाहेको यही थियो, ‘साँच्चै हो त नी । हुन्छ नी ।’ उसले सहमती जनायो ।
साथी पाएर दंग केटाले भाइवरमा नै भर्चुअल चकलेट पठायो । केटीले धन्यवाद सहित कफिका दुई कप पठाइ । कुराको गति बढ्दै गयो । केटीले आफ्ना केहि गर्नु पर्ने महत्वपूर्ण कामहरुलाई थाति राखि । केटाले पनि बल्ल पाएको सप्ताहन्तको विदामा गर्र्नै पर्ने महत्वपूर्ण कामहरु नगर्ने बरु भाइवरमैँ कुरा गर्ने निर्णय कठोर निर्णय ग-यो ।
‘वास्तवमा भन्ने हो भने’, केटाले भन्यो, ‘एउटा असल साथीको खोजीमा छु म ।’
केटी पनि फुरुगं भई उसका कुरा सुनेर । भनि, ‘साँच्चै ? म पनि । म पनि एउटा साथीकै खोजीमा थिएँ ।’
केटीले पनि आफु आजसम्म कुनै केटाको साथी नबनेको र यो साथ नै पहिलो भएको बताइ । खुशीको यो अवसरमा भाइवरमा एउटा रातो गुलाफको फूल पठायो केटाले । यो शुभ संकेतलाई सम्मानका साथ रातो ओठको चुम्वन पठाइ केटीले पनि ।
केटो खुशीले मखलेल भयो । केटी उमंगले गदगद भई ।
एकैछिन अघिको “हाई”बाट शुरु भएको कुराकानीले अब प्रेमको रुप लियो । अँध्यारो रातमा विवेक र बासना सँगै लठारिन आइपुगे । दुबैले चुम्वनको वर्षा गराए । एकले अर्कालाई खुबै माया गरेको घोषणा गरे र भविष्यमा पनि गर्ने बताए । तर यथार्थ भने दुबै जनाले भन्न चाहेनन् । दुबै जन आफ्ना स्वार्थका बन्दी थिए । राम्री केटी देख्नै नहुने कमजोरी थियो केटाको । धन भएको र विदेशमा रहेको केटालाई पासोमा पार्ने नियत केटीको । तर यतिखेर त्यस्तो देखिएन ।
‘यु आर क्युट । आइ आइक यु ‘
‘डन्ट से द्याट । यु लुक रफ एण्ड स्टील हेण्डसम । आइ लब यु ‘
‘बेबी लभ मी ‘
‘बेबी एम डाइङ फर लभ’
कुराको सिलसिला अझै सकिएन । केटीको मोवाइलको व्याट्रीले आफु मर्न लागेको संकेत ग¥यो । लोडसेडिङ्ग जो थियो । धन्न, त्यसै बखत यो अमर प्रेमलाई बचाउन भगवानले साथ दिए झैं भयो उसलाई । बत्ति आयो ।
अमर प्रेममा देखा पर्ने सानातिना व्यवधानहरु यसरी नै बाटो लाग्दै गए । यो प्रेम अब विवाहमा परिणत हुन कुनै बेर नलाग्ने कुरा केटीको मनमा फूुलझैं फक्रियो । अनि सँगै फक्रियो युरोप घुम्ने सपना । केटाको हाल अलग थियो । भाइवरमा भेटिएकीलाई जति नै गफ दिए पनि युरोपको एक्लो जीवनले उसलाई गलत बाटोमा लगि सकेको थियो ।
कमाएको पैसा जति गोरीहरुले लिन्थे ।
पहिला कमजोरी र त्यहि कमजोरी नै अहिलेको बाध्यता बन्न गयो । उ विद्यार्थी भिसामा छिरेको थियो युरोप । तर, पढाई पूरा गर्न नसके पछि देश फर्कन नसकेर उतै भासिएको । स्त्री उसको कमजोरी । पढाई पनि विगारेर घरको न घाटको भए पछि कमाएको पैसा जति सबै रातको जीवनलाई मात्र खर्चने आदत । रक्सि र चुरोटसँगको अन्तहिन र अटुट सम्बन्ध ।
भाइबरमा उनीहरु एक अर्काका राजारानी भइसके । कुराहरुको अन्तहीन श्रृङखला एक पछि अर्र्काे विषयमा गए तर कुरा टुङ्गिएन । दुबै जनाले त्यो दिन मात्र होइन, रात भर पनि गफ गरेरै विताए । रातमा के कुरा हुन सक्छ ? उही जीन्दगी, सम्बन्ध, साथ । प्रेम र प्रेमका मात्रै कुरा भए । आधुनिक जमानाका केटाकेटीलाई कुनै कुराले उनीहरुको मनको कुरा गर्न कसैले छेक्न सक्ने कुरै भएन । यहाँ त पनि कोही निस्किएन । मनका कुरा, तनका कुरा । अनि नितान्त शरिरका कुरा । उनीहरुले साइबरमै हनिमुन मनाए । शरीर बाहेक अरु सबै कुरा प्राप्त हुने गरी । रात बित्यो ।
‘हनी, रातै पो बितेछ ‘
‘कस्तो थकाई लागेझैँ पो भयो त डीयर’
अनि भोली भाइबरमै भेट्ने सहमती भयो । अब यो भन्दा बढि कुरा गर्न न त विषय थियो न त शक्ति नै । दुबै जनाको शक्ति क्षीण भएको थियो रात भरमा । दुनिया बिउँझियो, तर उनीहरु निदाए प्रेमको बिउ रोपेर ।
……………………………………………..
तर भाइवरमा त्यो भोलि फेरि कहिल्यै आएन । केटा त्यस यता कुनै दिन पनि भाइवरमा देखा परेन । केटीले इन्टरनेटका सारा विकल्पमा सर्च गरी । फेसबुकमा सन्देश पठाइ । तर उताबाट कुनै जवाफ फर्केन । केटीले यो कुरा सायद कहिल्यै बुझ्न सक्ने पनि छैन किनभने त्यसै रात पुलिसले गैरकानुनी रुपले बसेको भन्दै केटालाई जेल पु¥याएको थियो ।
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments