Skip to main content

दिदी 💕💕

आज तिम्रो बिदाइको दिन रे
आज तिमी अरु कसैसँग यो घर,
यो भाइ लाई छोडेर नयाँ जीवन
सुरु गर्ने दिन रे!
समय कति छिटो बित्छ है दिदी !

दिदी💕💕हिजो जस्तै लाग्छ तिम्रा
हात समाएर म बन पाखा, घर गोठालो
स्कुल गएको पनि !
हिजो जस्तै लाग्छ बाबाआमाले नदेख्ने
गरि राती राति चाउचाउ बिस्कुट किनेर खाएको
हिजो जस्तै लाग्छ  हजुरलाइ घोडा बनाएर
मक हजुरको अङ्गालोमा रमाएको
अनि हिजै जस्तो लाग्छ
म रुन्छ भनेर तिमिले मलाई फकाउँदै
कथा सुनाएको !

दिदी💘💕
हामी कति लड्ने गर्थ्यौँ है टिभिको रिमोटको लागि
हामी कति झगडा गर्ने गर्थ्यौँ है पहिला कसले खाना सक्ने भनेर
हामी कति जिस्काउने गर्थ्यौँ है दिदी एउटाले गल्ती गर्दा
हामी कति छिटो अर्काको गल्ती कुरा लाउने गर्थ्यौँ है बाबाआमालाइ !
अनि हामी कति किचकिच गर्ने गर्थ्यौ है यो किन्दिनु त्यो किन्दिनु भनेर ?
अनि याद छ दिदी हामी दशैमा कसको बढी पैसा हुने भनेर
पहिले देखि नै प्लान गर्ने गर्थ्यौँ !

दिदी😍💕 समय फेरिएको छ अब त
अब म कोसँग झगडा गर्नु
अब म कोसँग लड्ने गर्नु
दिदी अब म बिरामी हुँदा हजुरले जस्तै गरि फकाएर कसले खुवाउँछ ?
हजुरले अब अरु कसैको लागि आफ्नो
बढी समय दिनु पर्ने छ
अब हजुर अरु कसैको लागि खुसी हुनु पर्ने छ
अनि अरु कसैको लागि आँसु बगाउने पर्ने छ !
दिदी💕💕 म आइरहने छु हजुरकोमा
जिस्काइरहने छु हजुरलाइ
झगडा  गरि रहने छु हजुरसँग
तड्पाइरहने छु ,
र माया गरिरहने छु अहिलेझैँ

दिदी 💕💕बिन्ती छ बिदा गर्दै गर्दा
हजुर आँसु नखसालिदिनु ल 
म हजुरको आँखामा आँसु देख्न सक्दिन !😍

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...