Skip to main content

बिहेको पहिलो रातमा(Part 7)

"जुनु एउटा कुरा भनौँ ?"
अलि मलिन अनुहार अलि निरास मन पारेर बोल्नु भयो  !
"भन्नुस  न !हजुरको हक छ मलाई सोध्ने यतिको लागि नि सोधिरहन पर्छ त ? भन्नू के कुरा हो !" मैले जवाफ फर्काएँ !
मैले मेरो र आभाससँग भएका सबै कुरागरु अतिती लाई बताएको थिएँ ! त्यसैले सायद केहि सोध्न चहानु हुन्थ्यो !

बरन्डाको वालमा समाउँदै बोल्नु भयो ,"अझै प्रेम गर्छौ आभास लाई ?अझै पनि ? आज तिम्रो र मेरो बिहेको दिन ! अझै त्यही महसुस छ आभास प्रती जुन महसुस पहिला थियो ? "

नसोचेको प्रश्न आयो ! अब म डराइनँ ! डराउनुको कुनै मतलब नै थिएन ! "प्रेम गर्नेहरु डराउँदैनन् !" म पनि प्रेम गर्थेँ मेरो आभास लाई त्यसैले म पनि डराइनँ ! अलि नजिक गएर बोलेँ ,"अतीत ! आभास मेरो पहिलो प्रेम ! उसलाई भुल्न असम्भव ! उसलाई प्रेम नगर्न पनि असम्भव ! उसलाई जति प्रेम मैले कसैलाई गरिनँ सायद , गरेको पनि छैन र गर्दा पनि गर्दिन ! ऊ मेओ एकमात्र प्रेम थियो ! आभासँग मेरो हरेक कुरा जोडिएको छ , मेरो सास जोडिएको छ , मेरो आश जोडिएको छ मेरो जीवन जोडिएको छ ! हजुरसँग बिहे भएर के भयो त बिहे भए पनि एक अर्काप्रतिको भावना नबदलिने रहेछ !  मैले नि बदलिन सकिनँ !"

अतित अझै केही बोल्न चहानु हुन्थ्यो सायद ! त्यसैले मेरो आँखामा आँखा जुधाउँदै बोल्नु भयो ! "जुनु ! तिमी लाई अझै लाग्छ आभासले तिमी लाई अब अपनाउँछ ? अब तिम्रो बिहे पनि भै सक्यो ! नयाँ सुरुवात गर्नु छ , लाग्छ अब तिमी फेरि उसको सामु गयौ भने अझै अपनाउँछ जस्तो लाग्छ ,उतिकै प्रेम गर्छ जस्तो लाग्छ जति हिजो गर्थ्यो? अझै त्यही भावना होला त तिमिप्रति उसको?"

म अचम्मममा परेँ अतितको यस्तो कुरा सुनेर ! तहि पनि बोलेँ, "मलाई बिश्वास छ आभासले मलाई अपनाउने छ ! मलाई उतिकै प्रेम गर्ने छ जति हिजो गर्थ्यो ! भन्छन नि "जे सुकै होस न साँचो प्रेम गर्नेको भावना बदलिँदैन!" आभासले नि मलाई सँचो प्रेम गर्छ त्यसैले उसले हाँसी हाँसी मलाई अपनाउने छ ! ऊ मुटु हो म चाल हुँ !मुटुले चाललाइ कसरी बिर्सन सक्छ र ?बिर्सँदैन अपनाउँछ म बिश्वस्त छु !"

अतीत मुसुमुसु मुस्कुराउनु भयो ! म चकित परेँ ! न उहाँकि श्रीमती थिएँ ! म अरु कसैलाई प्रेम गर्छु भन्दा अनुहारमा त्यो मुस्कान देखेर अचम्म परेँ !
उहाँ अझै नजिक आउनु भयो र भन्नू भयो !,फोन गर आभासलाई ! मैले हारेँ तिमिहरुको प्रेमको अगाडी , तिमी हरुको बिश्वासको अगाडि ! तिमी हरुको एकअर्काप्रतिको आस्था देखेर ! "

म ढिला नगरी आभासलाइ फोन गरेँ ! घन्टी गइ रह्यो टुँ~~~~ टुँ~~~~ टुँ~~~~
अहँ उसको फोन उठेन ! १० पटक गर्दा नि उठाएन , म गरिरहेँ ! फोन उठ्यो तर त्यो फोनमा फोनमा बोल्ने आवाज आभासको थिएन ! अनि त्यो आवाजले मेरो सासै रोकिदियो......................

To be continue in next part !

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...