Skip to main content

बिहेको पहिलो रातमा(Part 7)

"जुनु एउटा कुरा भनौँ ?"
अलि मलिन अनुहार अलि निरास मन पारेर बोल्नु भयो  !
"भन्नुस  न !हजुरको हक छ मलाई सोध्ने यतिको लागि नि सोधिरहन पर्छ त ? भन्नू के कुरा हो !" मैले जवाफ फर्काएँ !
मैले मेरो र आभाससँग भएका सबै कुरागरु अतिती लाई बताएको थिएँ ! त्यसैले सायद केहि सोध्न चहानु हुन्थ्यो !

बरन्डाको वालमा समाउँदै बोल्नु भयो ,"अझै प्रेम गर्छौ आभास लाई ?अझै पनि ? आज तिम्रो र मेरो बिहेको दिन ! अझै त्यही महसुस छ आभास प्रती जुन महसुस पहिला थियो ? "

नसोचेको प्रश्न आयो ! अब म डराइनँ ! डराउनुको कुनै मतलब नै थिएन ! "प्रेम गर्नेहरु डराउँदैनन् !" म पनि प्रेम गर्थेँ मेरो आभास लाई त्यसैले म पनि डराइनँ ! अलि नजिक गएर बोलेँ ,"अतीत ! आभास मेरो पहिलो प्रेम ! उसलाई भुल्न असम्भव ! उसलाई प्रेम नगर्न पनि असम्भव ! उसलाई जति प्रेम मैले कसैलाई गरिनँ सायद , गरेको पनि छैन र गर्दा पनि गर्दिन ! ऊ मेओ एकमात्र प्रेम थियो ! आभासँग मेरो हरेक कुरा जोडिएको छ , मेरो सास जोडिएको छ , मेरो आश जोडिएको छ मेरो जीवन जोडिएको छ ! हजुरसँग बिहे भएर के भयो त बिहे भए पनि एक अर्काप्रतिको भावना नबदलिने रहेछ !  मैले नि बदलिन सकिनँ !"

अतित अझै केही बोल्न चहानु हुन्थ्यो सायद ! त्यसैले मेरो आँखामा आँखा जुधाउँदै बोल्नु भयो ! "जुनु ! तिमी लाई अझै लाग्छ आभासले तिमी लाई अब अपनाउँछ ? अब तिम्रो बिहे पनि भै सक्यो ! नयाँ सुरुवात गर्नु छ , लाग्छ अब तिमी फेरि उसको सामु गयौ भने अझै अपनाउँछ जस्तो लाग्छ ,उतिकै प्रेम गर्छ जस्तो लाग्छ जति हिजो गर्थ्यो? अझै त्यही भावना होला त तिमिप्रति उसको?"

म अचम्मममा परेँ अतितको यस्तो कुरा सुनेर ! तहि पनि बोलेँ, "मलाई बिश्वास छ आभासले मलाई अपनाउने छ ! मलाई उतिकै प्रेम गर्ने छ जति हिजो गर्थ्यो ! भन्छन नि "जे सुकै होस न साँचो प्रेम गर्नेको भावना बदलिँदैन!" आभासले नि मलाई सँचो प्रेम गर्छ त्यसैले उसले हाँसी हाँसी मलाई अपनाउने छ ! ऊ मुटु हो म चाल हुँ !मुटुले चाललाइ कसरी बिर्सन सक्छ र ?बिर्सँदैन अपनाउँछ म बिश्वस्त छु !"

अतीत मुसुमुसु मुस्कुराउनु भयो ! म चकित परेँ ! न उहाँकि श्रीमती थिएँ ! म अरु कसैलाई प्रेम गर्छु भन्दा अनुहारमा त्यो मुस्कान देखेर अचम्म परेँ !
उहाँ अझै नजिक आउनु भयो र भन्नू भयो !,फोन गर आभासलाई ! मैले हारेँ तिमिहरुको प्रेमको अगाडी , तिमी हरुको बिश्वासको अगाडि ! तिमी हरुको एकअर्काप्रतिको आस्था देखेर ! "

म ढिला नगरी आभासलाइ फोन गरेँ ! घन्टी गइ रह्यो टुँ~~~~ टुँ~~~~ टुँ~~~~
अहँ उसको फोन उठेन ! १० पटक गर्दा नि उठाएन , म गरिरहेँ ! फोन उठ्यो तर त्यो फोनमा फोनमा बोल्ने आवाज आभासको थिएन ! अनि त्यो आवाजले मेरो सासै रोकिदियो......................

To be continue in next part !

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।