"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहुन्थ्यो , त्यसैले रुन्चे आवाज आइरहेको थियो ! उताबाट बोल्नु भयो "आभासको बाइक दुर्घटना भयो ! हामी हस्पिटलमा छौँ ! जीवन र मृत्युसँग लडिरहेको छ मेरो छोरो !"
बस ! यति भन्नुभयो ! टुँ~~~~ फोन काट्नु भएछ !
आँसु रोकिने कुरै थिएन ! आँखा भन्दा मन दुखिरहेको थियो ! आँखा भन्दा मेरो मन रोइरहेको थियो ! यो सबको कारण म आफैँ थिएँ ! मैले आफ्नो प्रेमलाइ धोका दिएको थिएँ! प्रेम गर्नेलाई धोका दिएर अरु कसैसँग वैवाहिक जिवन मा बाँधिएको थिएँ !
आभास भन्ने गर्थ्यो ,"मलाई केही भयो भने प्रिय तिमी आँसु नखसाल्नु ल , म तिम्रो आँखामा आँसु देख्न सक्दिन ! " आज मलाई सिर्फ रुन मात्र आइरहेको थियो !मलाई आभास भेट्नु थियो , उसको आवाज सुन्नु थियो , उसलाई भेटेर सबै कुरा भन्नू थियो !
अतीतले फोनमा भएको सबै कुरा सुन्नुभएको थियो ! मैले अलि हिम्मत गरेर भनेँ " अतीत ! मलाई आभाससँग भेट्नु छ , मलाई हस्पिटल पुर्याइदिनु हुन्छ ? बिन्ती छ म हजुरको यो गुन कहिल्यै भुल्ने छैन ! अहिले मेरो प्रेम अप्ठ्यारोमा छ मलाई उस्को दु:ख आफ्नो बनाउनु छ ! "
अतीत मुस्कुराउँदै बोल्नु भयो ! हुन्छ हिँड म पुर्याइदिन्छु ! एउटा प्रेम गर्नेले अर्को प्रेम गर्नेलाई सहयोग गर्नु मेरो कर्तव्य हो ! मेरो प्रेमले यहि भन्छ ! जुनु म तिमी लाई प्रेम गर्न लागि सकेको थिएँ ! भन्छन प्रेम कहिले हुन्छ कसरी हुन्छ थाहा नै हुँदैन ! त्यस्तै भयो मलाई पनि ! हो म तिमी लाई प्रेम गर्छु ! तिम्रो खुसी नै मेरो खुसी हो ! तिम्रो हाँसो नै अब मेरो हाँसो हो !
आफुले प्रेम गरेको मान्छेअरु कसैसँग खुसी छ भने अपनाउन सक्नु पर्छ ! मपनी अपनाउँला ! तिम्रो र आभासको प्रेम सफल रहोस ! मेरो पनि शुभकामना छ !"
आफ भरखर अतीत र मेरो बिहे भएको थियो , भन्ने हो भने उहाँ मेरो श्रीमान अनि म उहाँकि श्रीमती थिएँ ! तर उहाँ त्यो अभिव्यक्तिले मलाई अचम्म पार्यो ! उहाँ मलाई अरु कसैलाई सुम्पन तयार हुनुहुन्थ्यो ! भन्छन नि प्रेम गर्नेले त्याग्न सक्नु पर्छ ! अतीत पनि त्याग्न तयार हुनुभयो !
म अतितलाई अङ्गालेर धन्यवादको वर्सात गर्दै रुन थालेँ ! "थ्याङ्क यु अतीत !" म अतितको अङ्गालोमा अरु कसैको लागि रोइरहेको थिएँ ! कति पीडा भएको थियो होला अतितलाइ जब आफुले प्रेम गर्ने मान्छे आफ्नो अङ्गालोमा अरु कसैको लागि रोइरहँदा !
बिहानको ३:५० भै सकेको थियो ! मैले बिहेमा लगाएको कपडा पनि फेरेको थिइन ! अतितले पनि ! कसैले थाहा नपाउने गरि अतीत र म बाहिर निस्कियौँ !अतितले बाइक निकाल्नु भयो , म पछाडि बसेँ ! अस्पताल पुग्दा सम्म म कति रोएँ त्यो म आफैँलाइ मात्र थाहा छ ! सम्झना केवल आभासको मात्र आइरह्यो !
अस्पताल पुग्दा ४:०५ भएको थियो ,आभासको सबै आइपुग्नु भएको रहेछ ! आभास अस्पतालको बेडमा लडिरहेका थियो , त्यतिबेला सम्म थाहा थिएन ! आभास जिउँदो थियो या.... ! आभासको आमा उसलाई अङ्गालेर रोइरह्नु भएको थियो र बोल्दै हुनुहुन्थ्यो "छोरा ...
to be continue
Comments