Skip to main content

बिहेको पहिलो रातमा (Part 8)

"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहुन्थ्यो , त्यसैले रुन्चे आवाज आइरहेको थियो ! उताबाट बोल्नु भयो "आभासको बाइक दुर्घटना भयो ! हामी हस्पिटलमा छौँ ! जीवन र मृत्युसँग लडिरहेको छ मेरो छोरो !"
बस ! यति भन्नुभयो ! टुँ~~~~ फोन काट्नु भएछ !

आँसु रोकिने कुरै थिएन ! आँखा भन्दा मन दुखिरहेको थियो ! आँखा भन्दा मेरो मन रोइरहेको थियो ! यो सबको कारण म आफैँ थिएँ ! मैले आफ्नो प्रेमलाइ धोका दिएको थिएँ! प्रेम गर्नेलाई धोका दिएर अरु कसैसँग वैवाहिक जिवन मा बाँधिएको थिएँ !
आभास भन्ने गर्थ्यो ,"मलाई केही भयो भने प्रिय तिमी आँसु नखसाल्नु ल , म तिम्रो आँखामा आँसु देख्न सक्दिन ! " आज मलाई सिर्फ रुन मात्र आइरहेको थियो !मलाई आभास भेट्नु थियो , उसको आवाज सुन्नु थियो , उसलाई भेटेर सबै कुरा भन्नू थियो !
अतीतले फोनमा भएको सबै कुरा सुन्नुभएको थियो ! मैले अलि हिम्मत गरेर भनेँ " अतीत ! मलाई आभाससँग भेट्नु छ , मलाई हस्पिटल पुर्याइदिनु हुन्छ ? बिन्ती छ म हजुरको यो गुन कहिल्यै भुल्ने छैन ! अहिले मेरो प्रेम अप्ठ्यारोमा छ मलाई उस्को दु:ख आफ्नो बनाउनु छ ! "
अतीत मुस्कुराउँदै बोल्नु भयो ! हुन्छ हिँड म पुर्याइदिन्छु ! एउटा प्रेम गर्नेले अर्को प्रेम गर्नेलाई सहयोग गर्नु मेरो कर्तव्य हो ! मेरो प्रेमले यहि भन्छ ! जुनु म तिमी लाई प्रेम गर्न लागि सकेको थिएँ ! भन्छन प्रेम कहिले हुन्छ कसरी हुन्छ थाहा नै हुँदैन ! त्यस्तै भयो मलाई पनि ! हो म तिमी लाई प्रेम गर्छु ! तिम्रो खुसी नै मेरो खुसी हो ! तिम्रो हाँसो नै अब मेरो हाँसो हो !
आफुले प्रेम गरेको मान्छेअरु कसैसँग खुसी छ भने अपनाउन सक्नु पर्छ ! मपनी अपनाउँला ! तिम्रो र आभासको प्रेम सफल रहोस ! मेरो पनि शुभकामना छ !"

आफ भरखर अतीत र मेरो बिहे भएको थियो , भन्ने हो भने उहाँ मेरो श्रीमान अनि म उहाँकि श्रीमती थिएँ !  तर उहाँ त्यो अभिव्यक्तिले मलाई अचम्म पार्यो ! उहाँ मलाई अरु कसैलाई सुम्पन तयार हुनुहुन्थ्यो ! भन्छन नि प्रेम गर्नेले त्याग्न सक्नु पर्छ ! अतीत पनि त्याग्न तयार हुनुभयो !
म अतितलाई अङ्गालेर धन्यवादको वर्सात गर्दै रुन थालेँ ! "थ्याङ्क यु अतीत !" म अतितको अङ्गालोमा अरु कसैको लागि रोइरहेको थिएँ ! कति पीडा भएको थियो होला अतितलाइ जब आफुले प्रेम गर्ने मान्छे आफ्नो अङ्गालोमा अरु कसैको लागि रोइरहँदा !

बिहानको ३:५० भै सकेको थियो ! मैले बिहेमा लगाएको कपडा पनि फेरेको थिइन ! अतितले पनि ! कसैले थाहा नपाउने गरि अतीत र म बाहिर निस्कियौँ !अतितले बाइक निकाल्नु भयो , म पछाडि बसेँ ! अस्पताल पुग्दा सम्म म कति रोएँ त्यो म आफैँलाइ मात्र थाहा छ ! सम्झना केवल आभासको मात्र आइरह्यो !
अस्पताल पुग्दा ४:०५ भएको थियो ,आभासको सबै आइपुग्नु भएको रहेछ ! आभास अस्पतालको बेडमा लडिरहेका थियो , त्यतिबेला सम्म थाहा थिएन ! आभास जिउँदो थियो या.... ! आभासको आमा उसलाई अङ्गालेर रोइरह्नु भएको थियो र बोल्दै हुनुहुन्थ्यो "छोरा ...
to be continue

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...