Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-9)

म केही नबोली चमेली को कुरा सुनिरहे । चमेली ले धेरै पटक आग्रह गरि कि एलिसा लाई स्वीकारनु भनेर  । तर चमेलीले भनेको जस्तो सजिलो कहाँ थियो र यो मन मनाउन । हजार बार हजारौं पटक कोशिस नगरेको कहाँ होर एलिसा लाई स्विकार्न तर यो मन कहिले मानेन त मेरो के दोष ?? भनिन्छ नि कसैलाई माया गर्न पहिला मन ले खानु पर्छ । एलिसा लाई नराम्रो सोचेको पनि होईन । उ राम्री नभएको पनि होईन ! तर खै यो मन ले उसलाई प्रेमिका को रूपमा कहिले लिएन त म के गरुँ ??

मैले त नेदेखे पनि नभेटे पनि यो मन मुटु मस्तिष्क अनि धड्कन भरी चमेली लाई सजायको थिए । उसै संग जिन्दगी बिताउने ठुलो सपना सजायको थिए ! मन का सारा रहर उसै संग पूरा गर्न थियो ! अनि हजारौं सपना थिए जो चमेली को साथ बिना सदा अधुरो नै हुन्थे । मन भरी कति खुशी अनि कति मिठा मिठा सपना सजाएर आएको थिए चमेली लाई भेट्न । तर यो दिन यस्तो होला मैले सोचेको थिएन । मलाई लाग्थ्यो चमेली ले मलाई माया गर्छे मै संग जिन्दगी बिताउन चाहन्छे । तर यहाँ सब उल्टो हुँदै थियो । चमेली त मात्र एउटा पुल बनेर एलिसा लाई पार गराउदै रैछे यहि आसा र यहि भरोसा संगै कि एलिसा म भएको ठाउ सम्म पुग्न सकोस् भनेर । चमेली को त्यो साथी बिचको त्याग लाई मान्नै पर्छ । किनकि यतिसम्म साथ दिने साथी कसै कसैको भाग्य मा मात्र हुन्छ ।

चमेली भन्दै थिइ मदन मलाई बिर्सिदिनु अनि एलिसा लाई स्विकार्नु किनकि जिन्दगीमा साचो र चोखो मन ले माया गर्ने मान्छे पटक पटक भेटिदैन । म संग भएको कुरा हरु लाई एउटा कहानी सम्झेर बिर्सिदिनु ! म संग को साथ लाई एउटा नराम्रो सपना सम्झेर भुलिदिनु ! चमेली तिम्ले भनेको जस्तो सजिलो छैन कसैलाई भुल्न । तिम्ले एलिसा को हालत देखेकी छौ नि उ कति पागल छे मेरो माया मा ? हो म पनि त्यस्तै पागल हुनेछु तिम्रो माया मा । एलिसा मेरो माया मा पागल छे त म तिम्रो माया मा पागल छु । मेरा त जिन्दगी पनि उल्टो चल्दै थियो ! म जसलाई चाहन्छु उ मलाई चाहन्न थिइ ! जस्ले मलाई चाहन्छ म उसलाई चाहन्न थे ।

चमेली संग यस्तै यस्तै कुरा हरु धेरै बेर सम्म भयो ! चमेली अझै भन्दै थिइ मलाई बिर्सिदिनु र म देखि टाढा जानू । मैले पनि भनिदिए मलाई तिमी चिया मा घुलिसकेको चिनी र तरकारी मा घुलिसकेको नुन छुट्याएर देखाउ त्यसपछि म सदा सदा को लागि तिमी देखि टाढा जाने छु र तिम्ले भनेको जस्तै गरि म एलिसा लाई आफ्नो जिन्दगी सुम्पिदिने छु । चमेली पनि केही बोलिनन उ सिर निहुराएर बसिरही । चमेली को टाउको म तिर गराउदै सोधे तिमी मेरो एउटा प्रश्न को जबाफ देउ त्यसपछि म तिमी देखि टाढा जानेछु भने । कस्तो प्रश्न चमेली ले सोधी ?? तिमी संग भेट नभए पनि यतिका दिन सम्म फोनमा कुरा गर्यौ मनमा भएको भावना हरु साटासाट गर्यौ । म त यति कुरै मा तिम्लाइ माया गर्न पुगेछु । यो मुटु भरी तिम्लाइ सजाइसकेछु । तिमी संगै जिउने मर्ने सपना देखि सकेछु । जब म यतिसम्म भए भने , के तिमिले मलाई कुनै पल एक पल पनि माया गरेकी थिएनौं ? के तिमी एलिसा र मलाई मिलाउन मात्र मेरो जिन्दगीमा आएकी थियौ ? के तिमी मलाई चाहन्नौ ? के मलाई तिम्ले कुनै पनि पल तिम्रो मनमा सजाएकि थिएनौं ??? मनमा भएको लागेको सबै प्रश्न एकैपटक सोधे । चमेली आफ्नो आँखा मेरो आँखा संग जुधाउदै बोली मदन---------

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...