Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-9)

म केही नबोली चमेली को कुरा सुनिरहे । चमेली ले धेरै पटक आग्रह गरि कि एलिसा लाई स्वीकारनु भनेर  । तर चमेलीले भनेको जस्तो सजिलो कहाँ थियो र यो मन मनाउन । हजार बार हजारौं पटक कोशिस नगरेको कहाँ होर एलिसा लाई स्विकार्न तर यो मन कहिले मानेन त मेरो के दोष ?? भनिन्छ नि कसैलाई माया गर्न पहिला मन ले खानु पर्छ । एलिसा लाई नराम्रो सोचेको पनि होईन । उ राम्री नभएको पनि होईन ! तर खै यो मन ले उसलाई प्रेमिका को रूपमा कहिले लिएन त म के गरुँ ??

मैले त नेदेखे पनि नभेटे पनि यो मन मुटु मस्तिष्क अनि धड्कन भरी चमेली लाई सजायको थिए । उसै संग जिन्दगी बिताउने ठुलो सपना सजायको थिए ! मन का सारा रहर उसै संग पूरा गर्न थियो ! अनि हजारौं सपना थिए जो चमेली को साथ बिना सदा अधुरो नै हुन्थे । मन भरी कति खुशी अनि कति मिठा मिठा सपना सजाएर आएको थिए चमेली लाई भेट्न । तर यो दिन यस्तो होला मैले सोचेको थिएन । मलाई लाग्थ्यो चमेली ले मलाई माया गर्छे मै संग जिन्दगी बिताउन चाहन्छे । तर यहाँ सब उल्टो हुँदै थियो । चमेली त मात्र एउटा पुल बनेर एलिसा लाई पार गराउदै रैछे यहि आसा र यहि भरोसा संगै कि एलिसा म भएको ठाउ सम्म पुग्न सकोस् भनेर । चमेली को त्यो साथी बिचको त्याग लाई मान्नै पर्छ । किनकि यतिसम्म साथ दिने साथी कसै कसैको भाग्य मा मात्र हुन्छ ।

चमेली भन्दै थिइ मदन मलाई बिर्सिदिनु अनि एलिसा लाई स्विकार्नु किनकि जिन्दगीमा साचो र चोखो मन ले माया गर्ने मान्छे पटक पटक भेटिदैन । म संग भएको कुरा हरु लाई एउटा कहानी सम्झेर बिर्सिदिनु ! म संग को साथ लाई एउटा नराम्रो सपना सम्झेर भुलिदिनु ! चमेली तिम्ले भनेको जस्तो सजिलो छैन कसैलाई भुल्न । तिम्ले एलिसा को हालत देखेकी छौ नि उ कति पागल छे मेरो माया मा ? हो म पनि त्यस्तै पागल हुनेछु तिम्रो माया मा । एलिसा मेरो माया मा पागल छे त म तिम्रो माया मा पागल छु । मेरा त जिन्दगी पनि उल्टो चल्दै थियो ! म जसलाई चाहन्छु उ मलाई चाहन्न थिइ ! जस्ले मलाई चाहन्छ म उसलाई चाहन्न थे ।

चमेली संग यस्तै यस्तै कुरा हरु धेरै बेर सम्म भयो ! चमेली अझै भन्दै थिइ मलाई बिर्सिदिनु र म देखि टाढा जानू । मैले पनि भनिदिए मलाई तिमी चिया मा घुलिसकेको चिनी र तरकारी मा घुलिसकेको नुन छुट्याएर देखाउ त्यसपछि म सदा सदा को लागि तिमी देखि टाढा जाने छु र तिम्ले भनेको जस्तै गरि म एलिसा लाई आफ्नो जिन्दगी सुम्पिदिने छु । चमेली पनि केही बोलिनन उ सिर निहुराएर बसिरही । चमेली को टाउको म तिर गराउदै सोधे तिमी मेरो एउटा प्रश्न को जबाफ देउ त्यसपछि म तिमी देखि टाढा जानेछु भने । कस्तो प्रश्न चमेली ले सोधी ?? तिमी संग भेट नभए पनि यतिका दिन सम्म फोनमा कुरा गर्यौ मनमा भएको भावना हरु साटासाट गर्यौ । म त यति कुरै मा तिम्लाइ माया गर्न पुगेछु । यो मुटु भरी तिम्लाइ सजाइसकेछु । तिमी संगै जिउने मर्ने सपना देखि सकेछु । जब म यतिसम्म भए भने , के तिमिले मलाई कुनै पल एक पल पनि माया गरेकी थिएनौं ? के तिमी एलिसा र मलाई मिलाउन मात्र मेरो जिन्दगीमा आएकी थियौ ? के तिमी मलाई चाहन्नौ ? के मलाई तिम्ले कुनै पनि पल तिम्रो मनमा सजाएकि थिएनौं ??? मनमा भएको लागेको सबै प्रश्न एकैपटक सोधे । चमेली आफ्नो आँखा मेरो आँखा संग जुधाउदै बोली मदन---------

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...