Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-8)

म अचम्म मा परे ! एकछिन त दिमाग ले काम गर्नै छोडयो । किनकि म पछाडि एलिसा थिइन । एलिसा लाई देखेर रिस पनि उठयो अहिलेसम्म म संग किन चमेली बनेर नाटक गर्दै थियौ ? के यहि हो तिम्रो चोखो माया ? के यहि हो तिम्रो माया गर्ने तरिका ? म उसलाई हजारौं प्रश्न एकैपटक सोध्दै थिए । तर एलिसा चुपचाप मेरो प्रश्न सुने पनि नसुने झैँ गरि बसिरही । एलिसा किन मेरो प्रश्न को जबाफ दिन्नौ किन केही बोल्दिनौ कि अझै कुनै नाटक बाकी छ तिम्रो ??  मैले त चमेली लाई यो मुटु भरी राखेको थिए यो धड्कन भरी सजायको थिए । हुन त तिमी जस्तो अर्काको feelings संग खेल्ने ले के बुझ्थ्यौ यो सब । तिम्रो अस्लि रुप पनि देखे आज । म एलिसा लाई त्यहीँ छोडेर आफ्नो बाटो तिर पाइला अगाडि बढाए त्यतिकै मा कसैले मेरो हात समायो ! मलाई पक्का थियो त्यो एलिसा नै हो भनेर मनमा अझै बढी रिस उठन थाल्यो त्यसैले पछाडी केही नहेरी गालामा एक चड्कन हाने । अनि पछाडि हेरेको त एलिसा अलि पर थिइ । मैले त एलिसा भनेर चड्कन हानेको थिए तर एलिसा होईन रहेछ ।
मैले उसलाई sorry भने उ टाउको म तिर गर्दै एउटा मिठो मुस्कान संगै its ok भनी ।

रातो सुरुवाल अनि रातो कुर्था रातै सल डल्लि डल्लि मोटि मोटि डिम्पल पर्ने गाला कालो कपाल घोडा सम्म आइपुग्ने हेर्दा सिम्पल थिइ तर कुनै स्वर्ग कि परि झैँ । म उसलाई हेरिरहेको थिए त्यतिकै मा एलिसा आएर उ चमेली भनी । ला मैले त चिन्दै नचिनि चमेली लाई पो त्यस्तो गरेछु अब उ संग कसरी बोल्ने अलि अप्ठ्यारो महसुस  भयो । एलिसा लाई तिमी कहिले देखि चिन्छौ चमेली लाई भने ?? हामी भेट भएको लगभग 2 बर्ष हुन लाग्यो । 9 मा पढ्दा भेट भएको थियो ! त्यो दिन मलाई फोन एलिसा ले गरेकि अरे तर एलिसा संग बोल्दैन होला भनेर चमेली बोलेकी थिइ रैछे ! मतलब यो सबै प्लान दुबै जना मिलेर बनाएको रहेछ ।

चमेली केही बोलेकी थिनन एलिसा र म मात्र बोलिरहेका थियौं । मनमा डर पनि थियो कतै चमेली ले एलिसा को लागि मात्र म नजिक भएको त होईन ? उसले मलाई चाहन्न कि ? एलिसा र मलाई मिलाउन को लागि मात्र नजिक भएकी हुन् कि ? यस्तै यस्तै प्रश्न हरु ले घोच्न थाल्यो ।एलिसा ले चमेली लाई बोलाएर तिमी हरु कुरा गरेर आउ म माथी गएर पर्खिन्छु भनी । मैले हुन्छ भने अनि एलिसा गै ।

फोनमा त धेरै बोल्ने थियौं ! मनमा धेरै कुरा पनि थिए उ संग सोध्न र उसको बारे जान्न पनि । तर खै किन हो फोनमा त्यति धेरै बोल्ने हामी आज एक शब्द पनि मुख बाट निस्कन गाह्रो भैरहेको थियो । मैले चमेली लाई एलिसा ले तिम्लाइ के के भनेको छ मेरो बारे भनेर सोधे खै कहाँ देखि आए यी प्रश्न ? सबै भनेको छ एलिसा ले भनी । हामि भेटेको देखि नै हामी साथी भयौं एकअर्काको कुरा हरु सबै सेयर हुन्थ्यो हामी बिच । कहिलेकाही स्कुल का केटा हरु ले जिस्काउदा एलिसा खुब गाली गर्थिन ! मैले उसलाई भयो छोडदे यो केटा हरु को जात नै यस्तै हो भनेर सम्झाउथे ,तर मदन बाहेक अरु केटा हरु यस्तो छ उसले हजुर को नाम उच्चारण गर्दै भन्थी । एलिसा को मुख बाट सधैं हजुर को तारिफ सुन्दा सुन्दै मलाई बोर लाग्न थालिसकेको थियो । त्यसैले को हो मदन ? कस्तो छ मदन ? मलाई जान्न मन लाग्यो त्यसैले एलिसा लाई सोधे । एलिसा र म तपाईंको घर गएका थियौं अनि तपाईंको नम्बर लिएर आयौं अनि तपाईं लाई फोन गर्यौ तर के बोल्ने कसरी बोल्ने भन्ने कुरा बिच छलफल भयो । त्यसैले तपाईं लाई मिस्कल मात्र गरेका थियौ एकैछिनमा तपाईं ले call back गर्नु भो । एलिसा ले मलाई बोल्न आग्रह गरेकी थिइ तर बोल्ने शब्द थिएन म संग त्यसैले पहिलोपटक फोन न उठाएको । पछि फेरि गर्नु भो त्यसैले जे होला होला भनेर मैले फोन उठाए । त्यो दिन देखि तपाईं ले सधैं फोन गर्न थाल्नु भो अनि म र एलिसा दुबै सुन्थ्यौ तर बोल्न चाहिँ म बोल्थे ।

मदन तपाईं लाई एलिसा ले असाध्यै माया गर्छे उ जस्तो माया गर्ने साथी पाउनु हुन्न त्यसैले एलिसा लाई स्वीकारनुस भनी । म एकछिन सम्म केही नबोलि बसिरहे ---------

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...