Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग-10)(अन्तिम भाग)

चमेली ले म तिर हेर्दै भनी मदन मैले तपाईं लाई त्यस्तो माया को नजर ले कहिले हेरेकि छैन ।मैले त मात्र एलिसा लाई सहयोग गरेकी थिए । तपाईंको लागि एलिसा साच्चै पागल थिइ त्यसैले मैले र एलिसा मिलेर नै यो प्लान बनाएको थियौं । मेरो जिन्दगीमा पहिल्यै देखि अरु नै कोहि छ ! त्यसैले मैले हजुर लाई त्यो नजर ले हेरेकी छैन । मलाई थाहा छ यो काम गलत थियो तर मैले एलिसा को हालत देखेर यो गरेकी हु सक्नु हुन्छ माफ गरिदिनु ।

कति सजिलो छ है माफ माग्न । कसैको मन संग खेलेर कसैको बिश्वास अनि भरोसा तोडेर कति सजिलै माफि दिनु भन्छन् मान्छे हरु । उनीहरु लाई के थाहा कसै प्रती भएको प्रेम भरोसा सबै टुक्राटुक्रा बनाएर माफि दिन कती गाह्रो हुन्छ । चमेली ले त मात्र एलिसा को मर्म बुझेकी थिइ उसलाई के थाहा कि उसको दुई चार बात ले नै मेरो यस्तो हालत हुन्छ । भनिन्छ नि कुनै निर्णय लिनु अघि सय पटक सोच्नु पर्छ । तर चमेली ले त मेरो यो मन अनि उ प्रति को बिश्वास एकपटक पनि नसोची टुक्राटुक्रा पारिदिइ । साच्चै कति कठोर उसको मन । अर्काको भावना अनि जिन्दगी संग खेलेर उल्टै माफी दिनु अरे । अह म चमेली लाई जिन्दगी भर माफ दिन सक्दिन थिए  । चमेली लाई माथी लिएर आए । एलिसा पर्खेर बसेकी रैछे । हाम्लाइ देख्ने बितिक्कै मुसुक्क मस्की ! म सरासर गएर एलिसा लाई एक थप्पड हाने अनि भने तिमी यति सम्म को निच छौ भन्ने मैले सोचेको थिएन । हो म तिम्रो माया को कदर गर्छु तर कसैलाई माया गर्दैमा उसलाई पाउन कै लागि उसैको भावना संग खेल्नु पर्ने जरुरत के थियो ?? आफुले चाहे को मान्छे सबै भाग्य मा कहाँ हुन्छ र ! तिम्ले यो सब गर्नु अघि एकपटक पनि सोचेनौ कसैको जिन्दगी संग खेल्दा को परिणाम के हुन्छ भनेर ?? तिम्ले सोचेकी थियौ होला यो सब गरेपछि मलाई पाउछौ भनेर ! तिम्ले मलाई यो जुनि त के हजार जुनि मेरै पर्खाइमा बसे पनि पाउने छैनौं । तिमी ले यति मन दुखाइ दियौ कि त्यति त मैले चाहेको पनि थिएन । म तिम्लाइ र चमेली लाई यो जुनि मात्र होईन हजार जुनि सम्म पनि माफ गर्ने छैन । अब आइन्दा यो घटिया अनि निच अनुहार मेरो अघि कहिले नदेखाउ ।
( good bye )

त्यसपछि म आफ्नो घर फर्के त्यो दिन देखि न मैले एलिसा र चमेली लाई खोजे न त उनीहरु ले मलाई । म चाहन्छु कि यो जिन्दगी को कुनै पनि मोड मा उनिहरु संग भेट नहोस् । माफी लाइक को गल्ती लाई मात्र माफ दिन सक्छौ जुन माफी लाएक नै छैन भने कसरी माफ दिन सक्छौं र !

मोरल = कसैलाई माया गर्नु गलत होईन तर कसैलाई पाउन को लागि कसैको भावना संग खेल्नु भने पक्कै गलत हो । चाहेको मान्छे पाउनै पर्छ भन्ने छैन कहिलेकाही हामी यस्तो कुरा चाहन्छौ कि जुन कुरा कसैको भाग्य मा लेखिएको हुन्छ । चाहेको चिज सबै पाउने भए सायद यो संसार मा कुनै पनि चिज को महत्व हुने थिएन । यो दुनियाँमा नरसाएको आँखा र नदुखेको मन कसको छ र ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...