Skip to main content

जीवनको सम्झौता("अन्तिम भाग ")

म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर । म एकोहोरिएको थिएँ । ऊ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहेँ । त्यतिकैमा भित्रदेखि आवाज आयो । अब केटाकेटीलाई कुरा गराउनु प्यो भनेर । हाम्रा आफन्तभित्र उत्कृष्ट लमी पनि थिए । मनभित्र लड्डु फुटेको थियो । म केही लजाए जस्तो गरी केटी भएको ठाउँतिर लागे । उसलाई आफ्नी ममी र केही आफन्तहरुले घेरेर राखेका थिए ।  म जाने बित्तिकै ऊसँगै बस्न आग्रह गर्नुभयो । हामीले केही अफ्ट्यारो महसुस गर्यौँ । तर त्यहाँ बस्नुबाहेक केही उपाय थिएन । उहाँहरुले केही बेर आफ्ना कुरा राख्नुभयो । उहाँहरूको आसय हाम्रो मन मिले बाँकी सबै कुरा मिल्ने भन्ने नै थियो । जाडो महिना अनि छिप्पिँदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए । उसले कोट झिक्दा हुन्छ भनी । म अक्मकिँदै म ठीक छु भने । अब हामी सुरु हुन लाग्यौँ भन्ने उहाँहरुलाई लागेछ । उहाँहरु बाहिरिनु भयो ।
मेरो जिन्दगीमा गरेका डिलमध्ये ठूलो डिल थियो । आफू बेचिने डिल । आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भनेँ । यी दुई कुरा सबैभन्दा छिटो देखिने कुरा हुन् । म मेरो स्वर हाउभाउलाई निकै ध्यान दिएको थिएँ । कतै मैले धेरै होसियारी देखाएको त छैन भनेर बीचमा रमाइला कुरा पनि गरेँ । ऊ कहिले मेरो ओठका कप्चेराको मैला पुछ्दै त कहिले परेलाका रौँ गालाबाट टिप्दै मेरो कुरामा मुग्ध भएकी थिई । १५ मिनेट जति आफ्ना कुरा राखँे अनि चुप लागेँ । ऊ मेरा कुरा यति ध्यान दिएर सुनेकी थिई कि म बिक्दै छु भन्नेमा म विश्वस्त थिएँ । अब उसको पालो । ऊ निकै सरल अनि मुखभन्दा धेरै आँखाबाट कुरा गरिरहेकी थिई । म उसलाई आँखा नझिम्काई हेरिरहेँ । सुनी रहे । हाम्रा कुराहरु अनि कुरा गर्ने शैलीहरुमा धेरै समानता थिए । मानौँ हामी लामो समय सम्बन्धमा रहेका जोडी हौँ । म ऊसँग कुरा गर्दा निकै सजिलो महसुस गरेको थिएँ । हामीले लगभग ४५ मिनेट सँगै बितायौँ । बिहे गर्ने कुरा हिमाल चढ्नुजस्तै हो भन्ने महसुस भयो । एक अर्थमा यो भेटको निष्कर्ष हामी एकअर्काले बिहेको परिभाषा राम्रोसँग बुझ्यौँ ।

हामी दुईजना एकअर्कासँग बिदा भयौँ । सबै स्तब्ध थिए । सबैको नजर मसँग जुधेको थियो । मेरो नजर खुल्ला थिए तर सपनामा डुबेका । म फिस फिस्स हास्दै थिए । मलाई कसैले आँखाको इसाराले सोधे कि सोधेनन् याद भएन । उता पनि त्यस्तै भएछ । उसका आफन्तहरु पनि अन्योलमा । सबै आफन्तहरुको मुहारमा केवल आशा मात्र थियो । न हर्षित न दुखित । पक्कै ऊ पनि म जस्तै भित्रभित्र एकअर्काका लागि हौँ कि हैनौँ भन्ने जोड घटाउमा लागेकी थिई होला । मध्य राति हामी उसको घरबाट निस्कियौँ । बास बस्ने घरसम्म पुग्न लामो बाटो थियो । त्यहाँ पुग्दा फेसबुकमा उसको फ्रेन्ड रेक्वेस्ट आएको थियो । फेसबुक को केही दिनको कुरा पछि । हाम्रो बिहे खुसी साथ सम्पन्न भयो ।

समाप्त
#आशिक

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...