Skip to main content

जीवनको सम्झौता("अन्तिम भाग ")

म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर । म एकोहोरिएको थिएँ । ऊ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहेँ । त्यतिकैमा भित्रदेखि आवाज आयो । अब केटाकेटीलाई कुरा गराउनु प्यो भनेर । हाम्रा आफन्तभित्र उत्कृष्ट लमी पनि थिए । मनभित्र लड्डु फुटेको थियो । म केही लजाए जस्तो गरी केटी भएको ठाउँतिर लागे । उसलाई आफ्नी ममी र केही आफन्तहरुले घेरेर राखेका थिए ।  म जाने बित्तिकै ऊसँगै बस्न आग्रह गर्नुभयो । हामीले केही अफ्ट्यारो महसुस गर्यौँ । तर त्यहाँ बस्नुबाहेक केही उपाय थिएन । उहाँहरुले केही बेर आफ्ना कुरा राख्नुभयो । उहाँहरूको आसय हाम्रो मन मिले बाँकी सबै कुरा मिल्ने भन्ने नै थियो । जाडो महिना अनि छिप्पिँदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए । उसले कोट झिक्दा हुन्छ भनी । म अक्मकिँदै म ठीक छु भने । अब हामी सुरु हुन लाग्यौँ भन्ने उहाँहरुलाई लागेछ । उहाँहरु बाहिरिनु भयो ।
मेरो जिन्दगीमा गरेका डिलमध्ये ठूलो डिल थियो । आफू बेचिने डिल । आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भनेँ । यी दुई कुरा सबैभन्दा छिटो देखिने कुरा हुन् । म मेरो स्वर हाउभाउलाई निकै ध्यान दिएको थिएँ । कतै मैले धेरै होसियारी देखाएको त छैन भनेर बीचमा रमाइला कुरा पनि गरेँ । ऊ कहिले मेरो ओठका कप्चेराको मैला पुछ्दै त कहिले परेलाका रौँ गालाबाट टिप्दै मेरो कुरामा मुग्ध भएकी थिई । १५ मिनेट जति आफ्ना कुरा राखँे अनि चुप लागेँ । ऊ मेरा कुरा यति ध्यान दिएर सुनेकी थिई कि म बिक्दै छु भन्नेमा म विश्वस्त थिएँ । अब उसको पालो । ऊ निकै सरल अनि मुखभन्दा धेरै आँखाबाट कुरा गरिरहेकी थिई । म उसलाई आँखा नझिम्काई हेरिरहेँ । सुनी रहे । हाम्रा कुराहरु अनि कुरा गर्ने शैलीहरुमा धेरै समानता थिए । मानौँ हामी लामो समय सम्बन्धमा रहेका जोडी हौँ । म ऊसँग कुरा गर्दा निकै सजिलो महसुस गरेको थिएँ । हामीले लगभग ४५ मिनेट सँगै बितायौँ । बिहे गर्ने कुरा हिमाल चढ्नुजस्तै हो भन्ने महसुस भयो । एक अर्थमा यो भेटको निष्कर्ष हामी एकअर्काले बिहेको परिभाषा राम्रोसँग बुझ्यौँ ।

हामी दुईजना एकअर्कासँग बिदा भयौँ । सबै स्तब्ध थिए । सबैको नजर मसँग जुधेको थियो । मेरो नजर खुल्ला थिए तर सपनामा डुबेका । म फिस फिस्स हास्दै थिए । मलाई कसैले आँखाको इसाराले सोधे कि सोधेनन् याद भएन । उता पनि त्यस्तै भएछ । उसका आफन्तहरु पनि अन्योलमा । सबै आफन्तहरुको मुहारमा केवल आशा मात्र थियो । न हर्षित न दुखित । पक्कै ऊ पनि म जस्तै भित्रभित्र एकअर्काका लागि हौँ कि हैनौँ भन्ने जोड घटाउमा लागेकी थिई होला । मध्य राति हामी उसको घरबाट निस्कियौँ । बास बस्ने घरसम्म पुग्न लामो बाटो थियो । त्यहाँ पुग्दा फेसबुकमा उसको फ्रेन्ड रेक्वेस्ट आएको थियो । फेसबुक को केही दिनको कुरा पछि । हाम्रो बिहे खुसी साथ सम्पन्न भयो ।

समाप्त
#आशिक

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...