Skip to main content

जीवनको सम्झौता(" भाग ;- १ ")

स्याङ्जामा केटी हेर्नु गएको थिए । उसको मुहार रङ जाने कपडा धोएपछि अथवा वासी गुलाफ जस्तै फिक्का फिक्का । न रङ थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जिउडाल तर रङ उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउनका निम्ति जस्तो । पानी दिने बहानामा ऊ आफूलाई हामी बीच देखाउन ल्याउँदाको कुरा थियो । मैले ऊ ढोकाभित्र पस्दैगर्दा उसलाई हेर्ने चान्स गुमाएँ । अर्को चान्स मैले पानीको ग्लास समाउँदै गर्दा पाएको थिएँ । लाज सरम अथवा सम्मान । मेरा नयन किन झुके थाहा भएन । मसँगैको अर्को कसैले पानीको ग्लास समाउँदैगर्दा उसका ती सबै कुरा नियाल्न भ्याएको थिएँ । यति भनिरहँदा ऊ आँखामा नबसेकी चाहिँ होइन ।

एउटा पारिवारिक जमघट जहाँ आफ्ना मान्यजनदेखि नयाँ मान्यजनहरुका बीचमा उसलाई हेर्नुथियो । उ मलाई मन पर्यो परेन भन्नु पर्ने थियो । परीक्षामा ठीक बेठीक प्रश्न जस्तो । म एक्लैको मन पराइले पनि हामी अर्को चरणमा प्रवेश गर्ने माहोल बन्ने रहेछ । कस्तो भाग्यमानी हामी केटा जाति । ती मान्यजन जसका अगाडि केटीको छायाँसम्म हेर्न डर मान्ने आँखा, मन, रीति अनि संस्कृति । ती डर लाज सरम आफै हराए । रीति संस्कृति चाहिँ बिहेका लागि केटी खोज्न जाँदा मज्जाले केटी हेर्न पाउने हुने रहेछ । जिन्दगीको सवाल थियो । ऊसँग जिन्दगी बिताउन पर्ने मैले नै हो । हेरेर नै धेरै कुरा बुझ्नुथियो । अभिवादन गर्दै पानी दिने रसम पूरा गरेर ऊ ढोकाबाट बहिरिई । जति नै आँखा फाडेर हेरे पनि रङ, रुपबाहेक अरु कुरा बुझ्न टाढाको कुरा थियो । फेरि एउटा मनले आफन्त धेरै नै ल्याएको भए उसलाई अरु केहीबेर हेर्न पाउने थिएँ कि भन्ने सोचेँ । मेरो लालच वा बाध्यता । आफैं फिस्स हासेँ । त्यति आदर गर्नु नपर्ने आफन्तजनहरुले आँखाबाटै मेरो प्रतिक्रिया बुझ्न चाहेका थिए । त्योभन्दा पनि बढी अर्कोपट्टिका आँखाहरु सीसीक्यामेरा जस्तै एकोहोरो मेरो लाइभकास्ट गरिरहेका थिए । म दोस्रो चरणमा प्रवेश गर्न आतुर थिए या बाध्य । मैले आँखाको दुई परेलीलाई हलुका दुई पटक बन्द गरेँ । मुस्कान आफैँ आयो । जसको अर्थ सबैले बुझे । त्यति गाह्रो जवाफ थिएन । सबै जना मुस्कुराउन थाले । त्यहीबीचमा म पनि मेरो नजिकका आदर गर्न नपर्ने आफन्तहरुसँग आँखैबाट प्रतिक्रिया मागेँ । सबै झुटा जवाफ दिँदै छन् जस्तो लाग्यो । झुटो मुस्कान । परिवारमा एक प्रकारको हर्ष थियो । मैले केटी मन पराइदिएको अनि अब मेरो बिहे हुने भयो भनेर होला ।

यहाँको माहोलले रङ बदलेको देखेर म छक्क थिएँ । दुवैतिरका परिवार फुरुङ्ग उडे उडे जस्तै । चिया नास्ता आइरहेको थियो । राम्रो सत्कार गर्न सबै लागि परेका थिए । उसैको हातबाट खान पाए जस्तो मन बरालिएको थियो । उसलाई हेर्न म बहाना बुन्दै थिएँ । मेरो छटपटी अनि आँखाको दौडधुप । मेरो तड्पाइ मैले लुकाएको छु भन्ने भान परेको थियो । तर म फेल खाएँ । मेरो काकाकी छोरी मेरी प्यारी बहिनी मसँग आँखा तर्दै उसलाई बोलाउने भनेर इसारा गरी । मेरा आखाँ झिम्किए, मन भित्रबाट । बहिनी उसको परिवार महिला सदस्यसँग केहीबेर उहाँलाई बोलाइदिनु न भनेर आग्रह गरी । ऊ ढोकाबाट कोठाभित्र आउँदै थिई । बैहिनीले आउनु न हामीसँग गफ गरौँ भनी । ऊ मेरो व्यथाको औषधि । म आनन्दित भएँ । ऊ सोफामा आएर टुपुक्क बसी । ऊ आफ्नै घरको सोफामा बस्दा नौली केटी बसेजस्तो । यो सब नाटक हो भन्ने मनमा लग्यो । त्यसो त म पनि सकेसम्म भलाद्मी बन्ने कोसिस गर्दै थिएँ । मेरा बहिनी, भाउजुहरु मेरो यो संयमता अनि भद्रपन देखेर आफूहरुलाई रोक्न सकेनन् । उनीहरु हाँसोको फोहोरा छुटाउन थाले । ऊ अफ्ट्यारो मान्दै थिई । म पनि अफ्ट्यारोमा परेको थिएँ । तर पनि उसका शिक्षादीक्षा र कामकुरा सोधपुछ गरेँ । हाँसो रोकिएको थिएन । म दिक्क थिएँ । उसलाई मेरो बारेमा बुझ्नु केही थिएन । ऊ अभिनय नगर्दा पनि निकै सुशील देखिएकी थिई । यदि साच्चै नै उसले अभिनय नगरी यो सबै प्रस्तुति दिएकी हो भने ऊ भन्दा मेरा लागि लायक अरु कोही हुने छैन । मनभित्र छाप नै ठोकिदिएँ । हाँसो रोकिने नाम लिएको थिएन । ऊ दिक्क भई कि लजाई ‘म एकछिन है’ भन्दै बिदा भई । दिदीबहिनीहरुको हाँसो ऊ गाएपछि झन् बढ्यो । म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर ।
क्रमशः ....

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...