Skip to main content

जीवनको सम्झौता(" भाग ;- १ ")

स्याङ्जामा केटी हेर्नु गएको थिए । उसको मुहार रङ जाने कपडा धोएपछि अथवा वासी गुलाफ जस्तै फिक्का फिक्का । न रङ थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जिउडाल तर रङ उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउनका निम्ति जस्तो । पानी दिने बहानामा ऊ आफूलाई हामी बीच देखाउन ल्याउँदाको कुरा थियो । मैले ऊ ढोकाभित्र पस्दैगर्दा उसलाई हेर्ने चान्स गुमाएँ । अर्को चान्स मैले पानीको ग्लास समाउँदै गर्दा पाएको थिएँ । लाज सरम अथवा सम्मान । मेरा नयन किन झुके थाहा भएन । मसँगैको अर्को कसैले पानीको ग्लास समाउँदैगर्दा उसका ती सबै कुरा नियाल्न भ्याएको थिएँ । यति भनिरहँदा ऊ आँखामा नबसेकी चाहिँ होइन ।

एउटा पारिवारिक जमघट जहाँ आफ्ना मान्यजनदेखि नयाँ मान्यजनहरुका बीचमा उसलाई हेर्नुथियो । उ मलाई मन पर्यो परेन भन्नु पर्ने थियो । परीक्षामा ठीक बेठीक प्रश्न जस्तो । म एक्लैको मन पराइले पनि हामी अर्को चरणमा प्रवेश गर्ने माहोल बन्ने रहेछ । कस्तो भाग्यमानी हामी केटा जाति । ती मान्यजन जसका अगाडि केटीको छायाँसम्म हेर्न डर मान्ने आँखा, मन, रीति अनि संस्कृति । ती डर लाज सरम आफै हराए । रीति संस्कृति चाहिँ बिहेका लागि केटी खोज्न जाँदा मज्जाले केटी हेर्न पाउने हुने रहेछ । जिन्दगीको सवाल थियो । ऊसँग जिन्दगी बिताउन पर्ने मैले नै हो । हेरेर नै धेरै कुरा बुझ्नुथियो । अभिवादन गर्दै पानी दिने रसम पूरा गरेर ऊ ढोकाबाट बहिरिई । जति नै आँखा फाडेर हेरे पनि रङ, रुपबाहेक अरु कुरा बुझ्न टाढाको कुरा थियो । फेरि एउटा मनले आफन्त धेरै नै ल्याएको भए उसलाई अरु केहीबेर हेर्न पाउने थिएँ कि भन्ने सोचेँ । मेरो लालच वा बाध्यता । आफैं फिस्स हासेँ । त्यति आदर गर्नु नपर्ने आफन्तजनहरुले आँखाबाटै मेरो प्रतिक्रिया बुझ्न चाहेका थिए । त्योभन्दा पनि बढी अर्कोपट्टिका आँखाहरु सीसीक्यामेरा जस्तै एकोहोरो मेरो लाइभकास्ट गरिरहेका थिए । म दोस्रो चरणमा प्रवेश गर्न आतुर थिए या बाध्य । मैले आँखाको दुई परेलीलाई हलुका दुई पटक बन्द गरेँ । मुस्कान आफैँ आयो । जसको अर्थ सबैले बुझे । त्यति गाह्रो जवाफ थिएन । सबै जना मुस्कुराउन थाले । त्यहीबीचमा म पनि मेरो नजिकका आदर गर्न नपर्ने आफन्तहरुसँग आँखैबाट प्रतिक्रिया मागेँ । सबै झुटा जवाफ दिँदै छन् जस्तो लाग्यो । झुटो मुस्कान । परिवारमा एक प्रकारको हर्ष थियो । मैले केटी मन पराइदिएको अनि अब मेरो बिहे हुने भयो भनेर होला ।

यहाँको माहोलले रङ बदलेको देखेर म छक्क थिएँ । दुवैतिरका परिवार फुरुङ्ग उडे उडे जस्तै । चिया नास्ता आइरहेको थियो । राम्रो सत्कार गर्न सबै लागि परेका थिए । उसैको हातबाट खान पाए जस्तो मन बरालिएको थियो । उसलाई हेर्न म बहाना बुन्दै थिएँ । मेरो छटपटी अनि आँखाको दौडधुप । मेरो तड्पाइ मैले लुकाएको छु भन्ने भान परेको थियो । तर म फेल खाएँ । मेरो काकाकी छोरी मेरी प्यारी बहिनी मसँग आँखा तर्दै उसलाई बोलाउने भनेर इसारा गरी । मेरा आखाँ झिम्किए, मन भित्रबाट । बहिनी उसको परिवार महिला सदस्यसँग केहीबेर उहाँलाई बोलाइदिनु न भनेर आग्रह गरी । ऊ ढोकाबाट कोठाभित्र आउँदै थिई । बैहिनीले आउनु न हामीसँग गफ गरौँ भनी । ऊ मेरो व्यथाको औषधि । म आनन्दित भएँ । ऊ सोफामा आएर टुपुक्क बसी । ऊ आफ्नै घरको सोफामा बस्दा नौली केटी बसेजस्तो । यो सब नाटक हो भन्ने मनमा लग्यो । त्यसो त म पनि सकेसम्म भलाद्मी बन्ने कोसिस गर्दै थिएँ । मेरा बहिनी, भाउजुहरु मेरो यो संयमता अनि भद्रपन देखेर आफूहरुलाई रोक्न सकेनन् । उनीहरु हाँसोको फोहोरा छुटाउन थाले । ऊ अफ्ट्यारो मान्दै थिई । म पनि अफ्ट्यारोमा परेको थिएँ । तर पनि उसका शिक्षादीक्षा र कामकुरा सोधपुछ गरेँ । हाँसो रोकिएको थिएन । म दिक्क थिएँ । उसलाई मेरो बारेमा बुझ्नु केही थिएन । ऊ अभिनय नगर्दा पनि निकै सुशील देखिएकी थिई । यदि साच्चै नै उसले अभिनय नगरी यो सबै प्रस्तुति दिएकी हो भने ऊ भन्दा मेरा लागि लायक अरु कोही हुने छैन । मनभित्र छाप नै ठोकिदिएँ । हाँसो रोकिने नाम लिएको थिएन । ऊ दिक्क भई कि लजाई ‘म एकछिन है’ भन्दै बिदा भई । दिदीबहिनीहरुको हाँसो ऊ गाएपछि झन् बढ्यो । म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर ।
क्रमशः ....

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...