Skip to main content

मोरो बाबानै मेरो मिल्ने साथी (Dad Is My Best Friend)

कोहि जिन्दगी हुन्छन्
कोहि साथी हुन्छन
कोहि सहयात्री हुन्छन् अनि
कोहि बाबा हुन्छन्
जो बेस्ट फ्रेन्ड हुन्छन् ,जो जिन्दगी हुन्छन् !
बाबा💞💞

खै कसरी लेखौँ म तिम्रो बारेमा
याद छ बाबा सानो छँदा म
कति किचकिच गर्ने गर्थेँ
यो चाहियो , यो किन्दिनु त्यो
किन्दिनु , यो मन पर्यो त्यो मन पर्यो
यहाँ जानू पर्यो त्यहाँ जानू पर्यो ,
बाबा तिमी नै पाउथेँ मैले यो सबको लागि
पिराउने ,किचकिच गर्ने अनि रिसाउने
तर अहँ तिमी लाई मेरा यी सब किचकिचले कहिल्यै झर्को लागेन
मलाई जे मन पर्यो त्यही किन्दियौ
मलाई जे खानु छ त्यही मिठास दियौ
मलाई जहाँ जानू छ त्यहीँ पुर्यायौ
शहनशिलता त कसैले तिमी सँग सिकोस बाबा !

जब म खुसी हुन्थेँ ,
ओठ तिम्रा मुस्कुराउँथे मेरो भन्दा पहिला
जब म दुखी हुन्थेँ ,
मन तिम्रो रुन्थे मेरो भन्दा पहिला
जब म गल्ती गर्थेँ ,
त्यो गल्ती तिमी आफ्नो बनाउँथ्यौ
जब म सफल हुन्थेँ ,
छाती गौरबले तिम्रो फुल्ने गर्थ्यो
अनि जब म पराजित हुन्थेँ ,
हौसला दिने तिमी हुन्थ्यौ सबिभन्दा पहिला ,
तिमी त बेस्ट फ्रेन्ड हौ नि त्यसैले
त हरेक पल मेरो साथ थियौ !

अझै याद छ बाबा ,
तिम्रा काखमा बसेर मैले संसार जित्ने सपना देखेको
अझै याद छ तिम्रो काँधमा बसेर
जुन तारा छुने रहर बुनेको
अनि अझै याद छ सानो छँदा
"fathers day " मा happy fathers day
लेखेको greetings दिएको
अनि त्यो पनि याद दशैंमा
"बाबा! बाबा! नाना, चाचा , चिची ,पैसा"गर्दै
तिम्रो पसिनामा रमाएको !

बाबा💕💞 दु:ख त तिमी लाई नि हुन्छ होला
पीडा त तिमी लाई पनि हुन्छ होला
मन त तिम्रो पनि दुख्छ होला नि है
अनि आँखामा आँसु त तिम्रो पनि आउँछ होला
तर अहँ कहिल्यै देखिन तिमी रोएको
कहिल्यै देखिन तिमिले मन दुखाएको
अनि यो पनि थाहा छ
यो सब तिमी ले किन गर्यौ
मेरो लागि
आफ्नो सन्तानको खुसीको लागि
त्यसैले Dad is my best friend💕

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...