कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनको कमजोरी भन्दा पनि कमि हौ जो बिना मेरो जीवन अधुरो छ । तिम्रो त्यो न्यानो हात समायर हरेक जङ्ग तर्न चाहन्छु सायद तिमी जुन सुकै दुनियामा हरायर बसे पनि एक न एक दिन मेरो मायाले तानेर ल्याउने छ त्यसैले फेला परेउ भने मेरो यि हात कहिल्यै नछोड्ने गरि समात्नु ल । आज परपोज डे भन्छन यस्को उपलक्ष्यमा मा म अरु केही भन्न नसकेनी बस म तिमिलाइ माया गर्छु अनि तिम्रै मायामा आफ्नो जीवन समर्पण गर्न चाहन्छु मेरो पहिलो प्रेम मेरो परिवार सङ्ग सङ्गै दोश्रो प्रेम तिमी म कहिल्यै पनि छोड्ने छैन ।। जसरी तिमी रुदै तिम्रो माइती घर छाड्छौ त्यसो दोब्बर खुसी म तिमिलाइ दिन चाहन्छु मेरो यस चोखो मायालाइ अङ्गालिदेउ ल 😍😍😍😍
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments