कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनको कमजोरी भन्दा पनि कमि हौ जो बिना मेरो जीवन अधुरो छ । तिम्रो त्यो न्यानो हात समायर हरेक जङ्ग तर्न चाहन्छु सायद तिमी जुन सुकै दुनियामा हरायर बसे पनि एक न एक दिन मेरो मायाले तानेर ल्याउने छ त्यसैले फेला परेउ भने मेरो यि हात कहिल्यै नछोड्ने गरि समात्नु ल । आज परपोज डे भन्छन यस्को उपलक्ष्यमा मा म अरु केही भन्न नसकेनी बस म तिमिलाइ माया गर्छु अनि तिम्रै मायामा आफ्नो जीवन समर्पण गर्न चाहन्छु मेरो पहिलो प्रेम मेरो परिवार सङ्ग सङ्गै दोश्रो प्रेम तिमी म कहिल्यै पनि छोड्ने छैन ।। जसरी तिमी रुदै तिम्रो माइती घर छाड्छौ त्यसो दोब्बर खुसी म तिमिलाइ दिन चाहन्छु मेरो यस चोखो मायालाइ अङ्गालिदेउ ल 😍😍😍😍
Comments