Skip to main content

प्यारी हुने वाली बुढी ....

प्यारी हुने वाली बुढी ....

मेरो हुने वाला बूढो आज को को नखर्मौली हरु लाई चक्लेट दिदै होला भनेर एक इन्च पनि सन्का नगर्नु....

अरु दिन जस्तै आझ पनि office मा ""अ रबिन  सुन त....आज शुक्रवार यो हप्ता भरी को काम सकिएन
Over Time काम गर्न २५० दिन्छु भन्यो Boss ले""

office का अरु staff good friday र भ्यालेन्टाइन्डे के के भन्दै
छिटै निस्किए...
मेरो अझ ९:३० सम्म काम छ

काठमाडौ को महङ्गी सग जुध्दै छु...बाहिर खाना खाए १०० लिग्दिन्छ तेस्माथी फोहोर...अनि छात्त -छुत्त पनि हुन्छ के के पकाउछन ...प्रणामी  परे...जथाभावी गएर खान भएन 😑

भोको पेट लिएर  मेरो सानो परिवार र भबिस्य कि तिमी प्रती काम गर्दै छु !! मैले तिमी लाइ नदेखे पनि नभेटे पनि...

ज्ञानि भएर बस !! तिमी अहिले उत्ताउली भएर हिड्नु भनेकै मेरो भबिस्य माथी धोका दिनु हो...अनि तिमी ले आफ्नो परिवार र आफ्नो अस्तित्व लाई पनि धोका दिनु हो....

बिहे पछि त छदै छ नि हाम्रो भ्यालेन्टाइडे...
दुख गरेर एउटा सेकेन्ड ह्यान्ड बाइक किनौला...बेला बेला स्टार्ट भएन भने तिमी पछाडी बाट ठेलौलि..💞

बुढा -बुढी घुम्न जाउला...
त्यही पुरानो बाइक तिमी लाई पनि सिकाइ दिउला...
मेरा आवस्यकता मारेरै भए पनि तिमी लाई नया स्कुटर किनि दिउला..

तर अहिले बा आमाले जे भन्नु भा छ सबै मान पढेर बस...
बिहे गरे पछि तिमी हाम्रो घर लुगा धुन र भात पकाउन मात्र आउने हैनौ....

हामी दुई मिलेर काम गरौला...बा आमा का अधुरा सपना र हाम्रा अनगिन्ती सपना बिस्तारै पूरा गरौला....

हुन त यो २५० ले केही हुदैन भनौली...यो २५० कमाउन मैले सयौ हप्ता काम गरि सके...

अरु चै बिदेश गएर डलर का डलर कमाउछन तिमी चै २५० कमाएर बस भनौली...
ती डलर का डलर कमाउन जाने सग तिम्रो बाटो छेक्न सक्दिन...गरिब को छोरो परे हरेक कुरा मा sacrifices गर्न सक्छु 😎
कहिले काहीँ त मर्न मन लाग्छ !! काठमाडौ को यो अध्यारो कोठा मा एक्लै बस्दा...मन मा कुरा नखेल्ने पनि हैनन...तैट !! मर्ने भनेका त नितान्त आफ्नो लागि मात्र बाचेका ले हो...म अरु को खुसी को लागि बाचेको ले मर्नु हुन्न भन्ने कुरा आउँछ र !! यो ग्रुप लाई साथी बनाएको छु..

मलाइ नै माया गर...मेरै याद मा डुब भन्न सक्दिन..तिमी यो विशाल आकाश मा उड्दै गरेकी चरी हौ...तिमी ले यो रंगिन दुनिया देख्नु छ...
तिमी स्वतन्त्रता छौ जान सक्छौ...
मेरि पनि त होलिन कोहि जो २५० मै म भित्र करोडौं का सपना देख्ने वाली....

(मलाइ हावा सोच्छौ भने सोच ...अक्सर हामी गरिब हरु हावा जस्तै देखिन्छौ...मन को कुरा खुलस्त भन्छौ )
💞💞
😂😂

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...