Skip to main content

पवन्जु एक प्रेम कथा(भाग ७)

बिबाह भन्दा अघिल्लो दिन बेलुका यस्तै ७ बजेको थियो ठ्याक्कै बाख्रा कराउने बेला ! यतिकै मा एकाएक अन्जुको फोन आयो ! "हेल्लो " भन्दै मैले फोन उठाय ! फोन उठाउना साथ उनी डाको छाडेर रुन लागिन म तपाइलाइ छाड्न सक्दिन ! यस्तै दुखका कुरा सुन्दा सुन्दै बाख्रा कराउन सुरु गर्यो ...उनी रुदै गाकी थिइन र कता कति मेरा आखामा पनि आशु देखियका थिय । भोलि मेरो बिहे घर भरी पतेका टाङ्गियका छन ...डेग बजिरहेको छ .. म हजुरलाइ सम्झिराछु यस्तै यस्तै भनी रहेकी थिइन उता बाख्रा कराइ रहेका थिय । मलाइ रिस उठेको थियो उन्लाइ झेउ । खै एकाएक उन्लाइ के भयेछ हामि भागम मलाइ माया गर्नु हुन्छ भने मलाइ भगाउनु भनिन जङ्गिदै ! म पनि जोसमा होस गुमायर उनलाइ भगाउनको लागि गोजिमा ५००० रुपिया हालेर उन्को घर तिर गय । उनि पनि एउटा झोलामा आफ्ना कपडा हालेर म भय तिर आइपुगिन ..

   मन भरी डर बोकि हामी सिधै चोरमाराको मनकामना होटेलमा आयेर बसेउ । खै कसो कसि गरि उस्को दाइ हरुले था पायर हामी कहाँ आइपुग्नु भयो । मैले सुनिलको वाइक लिगेर आयेको थिय । अनि त्यो होटेल बाट पनि भागेर सिधै अन्कलकोमा गयेर बसेउ  । अनि अन्कललाइ सबै कुरा बताइ सके पछि अन्कलले अन्जुको बाबालाइ चिन्नु भयेको रहेछ म कुरा गर्छु भन्दै उस्को घर खबर गर्दिनु भयो । मलाइ डर लाग्यो अनि दाइलाइ फोन गरेर बोलाय । उन्का परिवार र हाम्रो परिवार सबै एकैचोटी अन्कलको मा जम्मा भयेउ । सबै जना आइपुगे पछि अन्जुका दाइहरु झगडा गर्न लाग्यो अन्जुलाइ फर्काउने कुरा गर्दै हुनुन्थ्यो  । मेरो दाइ गयेर कुरा गर्दै थियो अनि हामी भित्र कोठामा लुकेर बसेका थियेउ । एकाएक अन्टि आउनु भयो र मेरो र अन्जुको बिबाह त्यही गर्ने तरखर गर्नु भयो । हातमा सिन्दुर अनि मङ्गल्सुत्र ल्यायर अन्जुलाइ लगाइदे भन्नू भयो मैले पनि भने अनुसार गरे । नभन्दै हामिले एउटा सिन्दुरको भरमा बिहे गरेउ अब कसैले रोक्न सक्दैन थ्यो । उन्को दाइ अन्जु भय तिर आयेर रिस को नजर ले हेर्दै त्यहा बाट जानू भयो अनि हामी घर गयेउ  त्यो दिन यतिकै बित्यो । अनि भोलिको दिन अन्जुको घरमा बिहे थियो । आयेको डोलि फर्काउन हुदैन भनेर अन्जुको बहिनिको बिहे गर्दिनु भयेछ् । अन्जुको बिहे पक्का गरेको केटालाइ अन्जुको बहिनिले मन पराउनी रैछिन जुन पछि था भयो । उनी हरुको बिहे को करिब ३ महिना पछि हाम्रो पनि टीका फुकाइदिनु भयो अनि सम्बन्ध राम्रै चल्न थाल्यो । अनि टीका फुकायको अर्को दिन बिहान
कान्छू !कान्छू उठ्नु अब ढिलो भाछ.. -"सानू !चिया बनाउन म रेडि हुँदै गर्छु भन्दै उन्को हात समातेर आफू तिर ताने ! उनी लाजले भुतुक्कै भयेकी थिन फेस पुरै राती भयको । केही बेर सानुको सिरलाइ आफ्नो छातिमा राखेर कपाल चलाइरहे । "कान्छू खै छोड्नु म चिया बनाउछु ढिलो हुन लाको छ म गये " ..येतिकै त कहाँ जान दिन्छु भन्दै उन्को हात झन कसेर समाइ रहे । उनी पनि फुत्किन कोसिस गर्दै थिइन । "के गरौ भन्नू न त " उन्ले भनिन । मैले केही गर्नु पर्दैन भन्दै उन्को हात आफू तिर तानेर निधारमा माया स्वरुप चुम्बन गरे ! अनि सानु केही बेरमा चिया बनायेर मलाइ दिन आइन ! मलाइ त चिया भन्दा तिम्लाई पिउन मन लाग्यो भन्दै जिस्काइ रहेको थिय । उनी झन लाजले भुतुक्कै भयेकि थिइन । अनि चुप चाप चियाको कप समाय बसि रहिन । म उठेर झ्यालको पर्दा खोले ओहो घाम पो लागेको त्यो घामको किरण ठ्याक्कै सानुको मुहारमा ठोकियो । घामको किरण पर्दा त आकासकी परिको  सिङ्गो प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो । उनी मुसु मुसु हास्दै बसि रहिन मैले पनि किन लजायेकी भन्या आफ्नै पोइ त होनि भन्दै बिस्तारै हातमा समातेर उनिलाइ समीप लाये । उन्का ती हातहरुमा चुम्बन गरे । अनि घरी गालामा चुम्बन गर्दै थिय जब उनिलाइ तानेर आखामा आँखा जुदायेर आफ्ना यी होठ ले उन्को होठको प्रतीक्षा गरि रहेको थियो ......एक्कासी उता बाट ममि ले "बाबू ! बाबू ! बुहारी लाई येता पठाइदिये त भोलि मैतालु फर्काउन जाने भन्या केहि सामन बनाको छैन अब । अनि अब येहा कति काम गर्नु छ ८ बजे सम्म सुत्छ लाज छैन ! हामी झसङ्ग भयेउ ! मन भरी धेरै रिस बोकि सानू हास्दै बाहिर गैन । अनि म पनि उठेर फ्रेश भये ....
समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...