Skip to main content

पवन्जु एक प्रेम कथा(भाग ७)

बिबाह भन्दा अघिल्लो दिन बेलुका यस्तै ७ बजेको थियो ठ्याक्कै बाख्रा कराउने बेला ! यतिकै मा एकाएक अन्जुको फोन आयो ! "हेल्लो " भन्दै मैले फोन उठाय ! फोन उठाउना साथ उनी डाको छाडेर रुन लागिन म तपाइलाइ छाड्न सक्दिन ! यस्तै दुखका कुरा सुन्दा सुन्दै बाख्रा कराउन सुरु गर्यो ...उनी रुदै गाकी थिइन र कता कति मेरा आखामा पनि आशु देखियका थिय । भोलि मेरो बिहे घर भरी पतेका टाङ्गियका छन ...डेग बजिरहेको छ .. म हजुरलाइ सम्झिराछु यस्तै यस्तै भनी रहेकी थिइन उता बाख्रा कराइ रहेका थिय । मलाइ रिस उठेको थियो उन्लाइ झेउ । खै एकाएक उन्लाइ के भयेछ हामि भागम मलाइ माया गर्नु हुन्छ भने मलाइ भगाउनु भनिन जङ्गिदै ! म पनि जोसमा होस गुमायर उनलाइ भगाउनको लागि गोजिमा ५००० रुपिया हालेर उन्को घर तिर गय । उनि पनि एउटा झोलामा आफ्ना कपडा हालेर म भय तिर आइपुगिन ..

   मन भरी डर बोकि हामी सिधै चोरमाराको मनकामना होटेलमा आयेर बसेउ । खै कसो कसि गरि उस्को दाइ हरुले था पायर हामी कहाँ आइपुग्नु भयो । मैले सुनिलको वाइक लिगेर आयेको थिय । अनि त्यो होटेल बाट पनि भागेर सिधै अन्कलकोमा गयेर बसेउ  । अनि अन्कललाइ सबै कुरा बताइ सके पछि अन्कलले अन्जुको बाबालाइ चिन्नु भयेको रहेछ म कुरा गर्छु भन्दै उस्को घर खबर गर्दिनु भयो । मलाइ डर लाग्यो अनि दाइलाइ फोन गरेर बोलाय । उन्का परिवार र हाम्रो परिवार सबै एकैचोटी अन्कलको मा जम्मा भयेउ । सबै जना आइपुगे पछि अन्जुका दाइहरु झगडा गर्न लाग्यो अन्जुलाइ फर्काउने कुरा गर्दै हुनुन्थ्यो  । मेरो दाइ गयेर कुरा गर्दै थियो अनि हामी भित्र कोठामा लुकेर बसेका थियेउ । एकाएक अन्टि आउनु भयो र मेरो र अन्जुको बिबाह त्यही गर्ने तरखर गर्नु भयो । हातमा सिन्दुर अनि मङ्गल्सुत्र ल्यायर अन्जुलाइ लगाइदे भन्नू भयो मैले पनि भने अनुसार गरे । नभन्दै हामिले एउटा सिन्दुरको भरमा बिहे गरेउ अब कसैले रोक्न सक्दैन थ्यो । उन्को दाइ अन्जु भय तिर आयेर रिस को नजर ले हेर्दै त्यहा बाट जानू भयो अनि हामी घर गयेउ  त्यो दिन यतिकै बित्यो । अनि भोलिको दिन अन्जुको घरमा बिहे थियो । आयेको डोलि फर्काउन हुदैन भनेर अन्जुको बहिनिको बिहे गर्दिनु भयेछ् । अन्जुको बिहे पक्का गरेको केटालाइ अन्जुको बहिनिले मन पराउनी रैछिन जुन पछि था भयो । उनी हरुको बिहे को करिब ३ महिना पछि हाम्रो पनि टीका फुकाइदिनु भयो अनि सम्बन्ध राम्रै चल्न थाल्यो । अनि टीका फुकायको अर्को दिन बिहान
कान्छू !कान्छू उठ्नु अब ढिलो भाछ.. -"सानू !चिया बनाउन म रेडि हुँदै गर्छु भन्दै उन्को हात समातेर आफू तिर ताने ! उनी लाजले भुतुक्कै भयेकी थिन फेस पुरै राती भयको । केही बेर सानुको सिरलाइ आफ्नो छातिमा राखेर कपाल चलाइरहे । "कान्छू खै छोड्नु म चिया बनाउछु ढिलो हुन लाको छ म गये " ..येतिकै त कहाँ जान दिन्छु भन्दै उन्को हात झन कसेर समाइ रहे । उनी पनि फुत्किन कोसिस गर्दै थिइन । "के गरौ भन्नू न त " उन्ले भनिन । मैले केही गर्नु पर्दैन भन्दै उन्को हात आफू तिर तानेर निधारमा माया स्वरुप चुम्बन गरे ! अनि सानु केही बेरमा चिया बनायेर मलाइ दिन आइन ! मलाइ त चिया भन्दा तिम्लाई पिउन मन लाग्यो भन्दै जिस्काइ रहेको थिय । उनी झन लाजले भुतुक्कै भयेकि थिइन । अनि चुप चाप चियाको कप समाय बसि रहिन । म उठेर झ्यालको पर्दा खोले ओहो घाम पो लागेको त्यो घामको किरण ठ्याक्कै सानुको मुहारमा ठोकियो । घामको किरण पर्दा त आकासकी परिको  सिङ्गो प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो । उनी मुसु मुसु हास्दै बसि रहिन मैले पनि किन लजायेकी भन्या आफ्नै पोइ त होनि भन्दै बिस्तारै हातमा समातेर उनिलाइ समीप लाये । उन्का ती हातहरुमा चुम्बन गरे । अनि घरी गालामा चुम्बन गर्दै थिय जब उनिलाइ तानेर आखामा आँखा जुदायेर आफ्ना यी होठ ले उन्को होठको प्रतीक्षा गरि रहेको थियो ......एक्कासी उता बाट ममि ले "बाबू ! बाबू ! बुहारी लाई येता पठाइदिये त भोलि मैतालु फर्काउन जाने भन्या केहि सामन बनाको छैन अब । अनि अब येहा कति काम गर्नु छ ८ बजे सम्म सुत्छ लाज छैन ! हामी झसङ्ग भयेउ ! मन भरी धेरै रिस बोकि सानू हास्दै बाहिर गैन । अनि म पनि उठेर फ्रेश भये ....
समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...