Skip to main content

पवन्जु एक प्रेम कथा(भाग २ )


पवन पाण्डे
मैले चस्स मिस्कल हान्ने बितिकै केही बेर पछि उता बाट पनि मिस्कल फिर्ता आयो ! दुई घन्टीमै काटिदिने फेरि ! भरखर भरखर मोबाइल आयेको फेसबुक पनि थियन एउटा नोकिया ५१३० मोडलको मोबाइल ! त्यही पनि एक जनाको मिस्कलले दिक्क बनायेको । उन्को त्यो मिस्कल पनि बढो अजबको थियो ! छुटटै आनन्द आउने ! त्यहि नि मिस्कल कुरेरै बसे ! रातिको ११ बजे हामी बिच मिस्कल बाटै कुरा कानी भयो भन्नू पर्छ ! मैले चस्स मिस्कल दिन्थे अनि उता बाट पनि मिस्कल आइहाल्ने ! करिब १ घन्टा पछि मैले मोबाइललाइ साइलेन्ट मोडमा राखेर सुते ! …..जब बिहानै निन्द्र खुलेर मोबाइल हेरेको ११ ओटा मिस्कल ! रात भरी सुति न छिन बिचरी ! भोलि बिहान पनि मैले मिस्कल गरे तर उता बाट रिप्लाइ आयेन ! करिब १ घन्टा पछि टुर~टुर~टुर~टुर फोनै पो आयो त ! म लजाइ लजाइ भयेनि फोन उठाय ! फोन उठाउना साथ ! उन्ले फोन काटिन !

  …….केही बेर मिस्कलले नै काम चलाय पछि ! मैले उस्लाइ सुन्नु न भनेर मेसेज गरे ! उन्ले पनि तुरुन्तै हजुर भन्दै मेसेजको रिप्लाइ गरिन ! मैले पनि "म हजुरको दाइ हैन है" भन्दै मेसेज गरे उन्ल पनि हस भन्दै मेसेज गरे ! त्यस पछि हामी बिच मेसेजमै बोल्ने क्रम जारी रहयो त्यस्पछि हामी मेसेजमा कुरा गर्न लागेउ ! केही बेर मेसेज रिप्लाइ भयेन भने तुरुन्तै मिस्कल आइ हाल्ने! एक्दिन हामि फोनमै बोल्ने निर्णय गरेउ ! शनिबारको दिन पारेर हामी फोनमै बोल्ने भनी निर्णय गरेउ ! शनिबार दिउँसो ठ्याक्कै २ बजे मैले फोन गरे ! उन्ले पनि झ्याप्पै फोन उठाइन तर बोलिनन ! म पनि केइ बेर चुप लायेसि उन्ले "हेलो भनिन" मैले पनि हजुर भन्दै जवाफ फर्काय !

   हामी बिच सामन्य कुरा भयो ! हजुरको नाम चाइ के नि भन्दै प्रश्न गरे ! हजुर हैन तिमि भन्नू मेरो नाम चाइ अन्जु अनि हजुरको भन्दै उत्तर स्वरुप प्रती प्रश्न गरिन ! मैले पनि पवन भन्दै जवाफ फर्कायसी उन्ले के गर्नु हुन्छ भनिन मैले पनि +२ लाई साइन्स पढाउछु नारायणघाटमा भन्दै जवाफ फर्काय ! उन्ले पनि होर यहि नजिकै भनिन मैले तिम्रो घर कहाँ नि भन्दा उन्ले पनि नारायणघाट नै हो# भनिन ! मन त्यसै रमायो नजिकै भयेको खबर पाउदा अनि  ए , अरु जस्ता शब्द हरु भन्दा भन्दै मोबाइलको ब्यालेन्स सकियो !...

#क्रमश :..

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...