Skip to main content

=========="Sweet Memory"==========

म यतिबेला सम्झिरहेछु ती पुराना दिनहरु...जति बेला एक रुपैयाको १६ वटा पिपल-मेठ आउथ्यो...पाँच रुपैयाको Hurray चाउचाउ भित्र,एउटा चकलेट पर्थ्यो...एक रुपैया को Coconut चकलेट,आठ वटा आउथ्यो...दस रुपैयाको गोल-मोल चाउचाउ भित्र कुपन पर्थ्यो...दुई रुपैयामा eraser भएको pencil आउथ्यो...अनि म पाँच रुपैयाको कपीमा लेख्ने गर्थे...!
स्कुलमा केही केटिहरु "बनमासा" को चुङ्गी र ढ्याक खेल्ने गर्थे...अनि हामी मात्तिएका केहि केटाहरू,त्यो चुङ्गी र ढ्याक...खोसेर फालिदिन्थ्यौ...! Multiplication table भन्न नसकेर,Math सरले हामि केही विद्यार्थीहरु लाई बाहिर निकालिदिनु हुन्थ्यो...हामी भने बाहिर आएर हल्ला गरेर बस्थ्यौ...! एक रुपैयाको 'डल्ले माडा' चार वटा आउथ्यो...हामी भने त्यो डल्ले-माडा हत्केलामा राखेर जिब्रै रातो हुने गरि चाट्थ्यौ...! अझै त्यो चाउचाउको नुन झन...सबै साथीहरूलाई अलिकति-अलिकति बाडेर चाट्नुको पनि मज्जा छुट्टै हुन्थ्यो...!
यस्तै जाडो महिनाको बेलामा,मिसले हामिलाइ चौर मा घाम ताप्न लैजानु हुन्थ्यो...अनि गोलो घेरा लगाएर बस्न भन्नुहुन्थ्यो...! अनि केटा र केटि हात समाउन पर्यो भने,प्राय हामी केटाहरू हात समाउन मान्दैन थियौ...किनकी हामिलाइ केटिको हात समाउन निकै लाज लाग्थ्यो...! अनि केही केटिहरु मिस लाई भनिदिन्थे,"मिस...हेर्नू न...! यसले त मेरो हात समाउनै मान्दैन...!"
अनि त हात समाउन कर नै लाग्थ्यो...त्यसपछि हामी सबै मिलेर एक्कै स्वरमा भन्थ्यौ...
"-गोलो...गोलो...गोलो घेरा बनाउ...!
-आउ साथी सबै...हात मिलाउ...!!"
यता घरमा आएपछि "लुकि-डुम" र "भाडा-कुटि" निकै खेलिन्थ्यो...! भाडा-कुटि खेल्दा...माटो कै भात...अनि माटो कै तरकारी हुन्थ्यो...! अनि मेरो बेहुली बन्ने एउटि थिइ...र त्यो माटोको भात र तरकारी...एउटा पातमा राखेर भन्थी..."भात खान आउनु...!"
यस्तै क्रममा हामी पाँच कक्षा पुगेपछि...कलमले लेख्नु पर्थ्यो...! त्यतिबेला आठ रुपैयामा fountain pen आउथ्यो...अनि पन्ध्र रुपैयामा Camel मसि एक डिब्बा आउथ्यो...! कहिलेकाहीँ लेख्दा-लेख्दै कक्षामै मसि सकिन्थ्यो...अनि त्यो fountain pen को थोपा-थोपाको हिसाबमा मसि सापटी माग्ने गरिन्थ्यो...अनि भोलिपल्ट त्यही थोपाको हिसाबले तिर्ने गरिन्थ्यो...! एउटि केटि थिइ...जस्ले म सग ३-४ दिनमा,२४ थोपा मसि सापटी लगेकी थिइ...अझै सम्म तिरेकी छैन...कहिले तिर्ने हो कुन्नी...!!!
ती साथीहरू...ती साथहरु...निकै नै रमाइला थिए...! समयको बेग संगै हामी पनि निकै पर धकलिएछौ...! कोहि साथी कता...कहि साथी कता...अनि म छु यता...! बेखबर छौ...तर पनि यादहरु भने टाढा भएका छैनन्...!!!
कहिलेकाहीँ एकान्तमा...पहिलेको आफू र अहिलेको आफुलाइ जोडा मिलाएर हेर्छु...अनि म आफू पनि धेरै परिवर्तन भएको महसुस गर्छु...! सानोमा त्यस्तो चकलेट र डल्ले-माडा खाने म...अहिले त्यसैगरी त्यो चकलेट र डल्ले-माडा खान मन लाग्दैन...! किनकी...उमेर संगै मेरा सोचाइहरु परिवर्तन भएका छन्...! अनि लाग्दैछ...ती पुराना साथीहरूको पनि...धेरै कुराहरू परिवर्तन भए होलान्...! उनिहरु जहाँ भए पनि...जे गर्दै भए पनि...सम्झिरहेको छु ती पुराना साथीहरूलाई...! र मलाइ लाग्छ...उनीहरुले पनि कुनै-कुनै बखत...सम्झिरहेका हुनेछन्...मैले जस्तै गरेर...आखिर उनिहरु सग पनि त छ एउटा मन...! त्यो स्कुल...ती साथीहरू...र ती पुराना दिनहरू नै मेरा लागि "Sweet Memory" भएर बसेका छन्...! सानोमा त म सोच्ने गर्थे,"पैसा भएपछि सबै कुरा किन्न मिल्छ...!"
तर होइन रहेछ...यदि पैसाले सबै कुरा किन्न मिल्छ भने,"के म ती पुराना दिनहरु किन्न सक्छु ???"
# by_shiva_Dhakal
for more please Like our facebook page
www.facebook.com/dhakalvi
or visit
http://dhakalvi98.blogspot.com/

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन ज...