म यतिबेला सम्झिरहेछु ती पुराना दिनहरु...जति बेला एक रुपैयाको १६ वटा पिपल-मेठ आउथ्यो...पाँच रुपैयाको Hurray चाउचाउ भित्र,एउटा चकलेट पर्थ्यो...एक रुपैया को Coconut चकलेट,आठ वटा आउथ्यो...दस रुपैयाको गोल-मोल चाउचाउ भित्र कुपन पर्थ्यो...दुई रुपैयामा eraser भएको pencil आउथ्यो...अनि म पाँच रुपैयाको कपीमा लेख्ने गर्थे...!
स्कुलमा केही केटिहरु "बनमासा" को चुङ्गी र ढ्याक खेल्ने गर्थे...अनि हामी मात्तिएका केहि केटाहरू,त्यो चुङ्गी र ढ्याक...खोसेर फालिदिन्थ्यौ...! Multiplication table भन्न नसकेर,Math सरले हामि केही विद्यार्थीहरु लाई बाहिर निकालिदिनु हुन्थ्यो...हामी भने बाहिर आएर हल्ला गरेर बस्थ्यौ...! एक रुपैयाको 'डल्ले माडा' चार वटा आउथ्यो...हामी भने त्यो डल्ले-माडा हत्केलामा राखेर जिब्रै रातो हुने गरि चाट्थ्यौ...! अझै त्यो चाउचाउको नुन झन...सबै साथीहरूलाई अलिकति-अलिकति बाडेर चाट्नुको पनि मज्जा छुट्टै हुन्थ्यो...!
यस्तै जाडो महिनाको बेलामा,मिसले हामिलाइ चौर मा घाम ताप्न लैजानु हुन्थ्यो...अनि गोलो घेरा लगाएर बस्न भन्नुहुन्थ्यो...! अनि केटा र केटि हात समाउन पर्यो भने,प्राय हामी केटाहरू हात समाउन मान्दैन थियौ...किनकी हामिलाइ केटिको हात समाउन निकै लाज लाग्थ्यो...! अनि केही केटिहरु मिस लाई भनिदिन्थे,"मिस...हेर्नू न...! यसले त मेरो हात समाउनै मान्दैन...!"
अनि त हात समाउन कर नै लाग्थ्यो...त्यसपछि हामी सबै मिलेर एक्कै स्वरमा भन्थ्यौ...
"-गोलो...गोलो...गोलो घेरा बनाउ...!
-आउ साथी सबै...हात मिलाउ...!!"
यता घरमा आएपछि "लुकि-डुम" र "भाडा-कुटि" निकै खेलिन्थ्यो...! भाडा-कुटि खेल्दा...माटो कै भात...अनि माटो कै तरकारी हुन्थ्यो...! अनि मेरो बेहुली बन्ने एउटि थिइ...र त्यो माटोको भात र तरकारी...एउटा पातमा राखेर भन्थी..."भात खान आउनु...!"
यस्तै क्रममा हामी पाँच कक्षा पुगेपछि...कलमले लेख्नु पर्थ्यो...! त्यतिबेला आठ रुपैयामा fountain pen आउथ्यो...अनि पन्ध्र रुपैयामा Camel मसि एक डिब्बा आउथ्यो...! कहिलेकाहीँ लेख्दा-लेख्दै कक्षामै मसि सकिन्थ्यो...अनि त्यो fountain pen को थोपा-थोपाको हिसाबमा मसि सापटी माग्ने गरिन्थ्यो...अनि भोलिपल्ट त्यही थोपाको हिसाबले तिर्ने गरिन्थ्यो...! एउटि केटि थिइ...जस्ले म सग ३-४ दिनमा,२४ थोपा मसि सापटी लगेकी थिइ...अझै सम्म तिरेकी छैन...कहिले तिर्ने हो कुन्नी...!!!
ती साथीहरू...ती साथहरु...निकै नै रमाइला थिए...! समयको बेग संगै हामी पनि निकै पर धकलिएछौ...! कोहि साथी कता...कहि साथी कता...अनि म छु यता...! बेखबर छौ...तर पनि यादहरु भने टाढा भएका छैनन्...!!!
कहिलेकाहीँ एकान्तमा...पहिलेको आफू र अहिलेको आफुलाइ जोडा मिलाएर हेर्छु...अनि म आफू पनि धेरै परिवर्तन भएको महसुस गर्छु...! सानोमा त्यस्तो चकलेट र डल्ले-माडा खाने म...अहिले त्यसैगरी त्यो चकलेट र डल्ले-माडा खान मन लाग्दैन...! किनकी...उमेर संगै मेरा सोचाइहरु परिवर्तन भएका छन्...! अनि लाग्दैछ...ती पुराना साथीहरूको पनि...धेरै कुराहरू परिवर्तन भए होलान्...! उनिहरु जहाँ भए पनि...जे गर्दै भए पनि...सम्झिरहेको छु ती पुराना साथीहरूलाई...! र मलाइ लाग्छ...उनीहरुले पनि कुनै-कुनै बखत...सम्झिरहेका हुनेछन्...मैले जस्तै गरेर...आखिर उनिहरु सग पनि त छ एउटा मन...! त्यो स्कुल...ती साथीहरू...र ती पुराना दिनहरू नै मेरा लागि "Sweet Memory" भएर बसेका छन्...! सानोमा त म सोच्ने गर्थे,"पैसा भएपछि सबै कुरा किन्न मिल्छ...!"
तर होइन रहेछ...यदि पैसाले सबै कुरा किन्न मिल्छ भने,"के म ती पुराना दिनहरु किन्न सक्छु ???"
# by_shiva_Dhakal
for more please Like our facebook page
www.facebook.com/dhakalvi
or visit
http://dhakalvi98.blogspot.com/
Comments