एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भोलि रिजल्ट कस्तो होला के होला कुनै मतलब थिएन भोलि फेरि निशा लाई भेट्न पाउछु यहि कुरा मात्र खेलिराथ्यो मनमा । बेलुका को खाना खाएपछि निशा लाई फोन गरे ! अरु दिन जस्तै त्यो दिन पनि धेरै बेर सम्म कुराकानी गर्यौ अनि फोन राखिदिए अनि सुते । भोलिपल्ट बिहान उठेर नुहाइ धुवाइ गरेर कपड़ा लगाए अनि खाजा खाएर निशा लाई फोन गरे ! तयार हौ है म त निस्कन लागेको भने उस्ले हुन्छ भन्यो अनि म घर बाट निस्के ! बाटोमा निशा पर्खेर बसेकी रैछे ! हामी दुबै जना स्कुल तिर लाग्यौं । स्कुल पुगेपछि मनोज लाई पनि भेटे कुन बेला होला रिजल्ट मनोज लाई सोधे ? अब एकैछिन मा रे मनोज ले जबाफ दियो । एकैछिन पछि रिजल्ट पनि सुनायो म तेस्रो र निशा सातौं भएछ ।अनि मनोज पाचौं भएछ । भोलि सबै आफ्ना आफनै अभिभावक को साथमा आउ है सर को आदेस थियो ! सबै ले हुन्छौ भन्दै घर तिर लाग्यौं । आज मनोज पनि संगै थियो त्यसैले खासै कुरा केही भएको थिएन । निशा लाई सोधे भोलि घरबाट को आउनु हुन्छ तिम्रो ? खोइ थाहा छैन निशा ले भनी । मनोज लाई सोधे को आउँछ तेरो घरबाट ? सायद बुबा आउनु हुन्छ होला मनोज ले भन्यो । कुरा गर्दागर्दै निशा को घर आएछ निशा bye भनेर गै । एकछिन पछि मनोज को घर पनि आयो हामी छुट्टियौ । म पनि घर पुगेर कपडा चेन्ज गरेर बाहिर निस्के । आमा ले सोध्नु भयो के भयो रिजल्ट ? मैले 3rd भए भने आमा पनि खुशी नै देखिनु भयो । बेलुका खाना खाने बेला बुबा लाई भने बुवा भोलि स्कुलमा विदाइ कार्यक्रम छ सबै ले आफ्नो अभिभावक ल्याउनु भनेको छ ! बुबा ले तिमी हरु हिन्दै गर मेरो अलिकति काम छ सकेर आउछु भन्नू भो । हस् भने ।
खाना खाइ सकेर कोठा मा गए अनि निशा लाई फोन गरे ! भोलि को जान्छ तिम्रो घरबाट भने? भाउजू जानुहुन्छ रे निशा ले भन्यो । भोलि घरबाट निस्के पछि फोन गर है निशा ले भनी । ल ल भने अनि फोन राखेर सुत्यौ । भोलिपल्ट उठेर नुहाए अनि खाजा खाएर कपडा लगाए अनि निशा लाई फोन गरेर म निस्कन लागेको भने । निशा ले ल ल भन्दै फोन राखी । म घरबाट निस्के ! बाटो मा निशा पर्खेर बसेकी रैछे निशा संगै 27/28 बर्ष को एउटा मान्छे थियो । मलाई अनुमान लगाउन गाह्रो भएन पक्कै निशा को भाउजू हुनुपर्छ भन्ने सोछे अनि नजिकै गएर नमस्ते भाउजू भने । भाउजू ले पनि नमस्ते भन्नू भो । हामी कुरा गर्दै स्कुल तिर लाग्यौ । स्कुल पुगेपछि एकछिन बस्यौं अनि कार्यक्रम पनि सुरु भो । बुबा पनि आइपुग्नु भो ।मैले निशा र भाउजू लाई म जान्छु है बुबा आइपुग्नु भो भने अनि बुबा भाको ठाउ तिर लागे ।
कार्यक्रम सुरु भएपछि नाम एकएक गरि नाम बोलाउदै पुरस्कार र मनतब्य राख्दै बिदा गरियो । म र निशा ले पनि मनतब्य संगै बिदा लियौ । कार्यक्रम सकिएपछि निशा र भाउजू घर गए अनि म र बुबा पनि घर गयौं । घर पुगेपछि भोलिपल्ट भर्ना गर्न जानू पर्ने थियो । भोलि आफै गएर भर्ना गरेर आइज म जान भ्याउदिन बुबा ले भन्नू भो हस् भने । भोलिपल्ट निशा लाई फोन गरेर जाने होईन भनेको म त भोलि मात्र जान्छु आज काम छ भनी । नरमाइलो लाग्यो निशा नजाने कुरा ले । एकछिन पछि मनोज लाई फोन गरे अनि मनोज र म गयौं । भर्ना गरि सकेर घर फर्के । एकछिन पछि निशा को फोन आयो ! घर आइसक्यो निशा ले सोधि ?
अ आए भने । ल ल म त भोलि जान्छु निशा ले भनी।ल ल भनिदिए । भोलिपल्ट निशा भर्ना गरेर आएपछि मलाई फोन गरि 4 दिन पछि देखि स्कुल छ भनी । ए ल ल भनिदिए । 4 दिन त फोनमा कुरा गर्दै बित्यो ! अनि स्कुल जाने दिन पनि आयो मन खुशी थियो । अनि अलिअलि डर पनि नयाँ स्कुल नयाँ साथीहरू के हुने हो भन्ने कुरा ले मनमा डर पैदा गराएको थियो । जे पर्छ त्यै टर्छ भन्दै मन लाई अलि दरो बनाए अनि स्कुल तिर लागे जाने बेला निशा म मनोज संगै थियौ । स्कुल पुगेपछि आफ्नो कक्षा भित्र छिरे । सबै नयाँ साथीहरू थिए । एक पट्टि लाइनमा केटी र अर्को पट्टि लाइनमा केटा साथीहरू बस्दा रहेछन् । निशा केटी हरु को लाइनमा अनि म र मनोज केटा हरु को लाइनमा बस्यौ । एकछिन पछि class सुरु भो । सर आउनु भयो अनि सबैलाई आफ्नो आफ्नो परिचय दिनु भन्नू भो । सबै ले आफ्नो आफ्नो परिचय दिए अनि मैलो पनि दिए ।अनि मनोज ले पनि दियो । निशा ले आफ्नो परिचय दिने बेला म मनिसा भनी म र मनोज छक्क पर्यौ ! हामी एकअर्कालाई हेर्दै बस्यौं । निशा ले किन आफ्नो नाम मनिसा राखी जान्न मअन लाग्यो । सर को class सकिएपछि बाहिर गएर निशा लाई बोलाए अनि सोधे । तिमी कहिले देखि मनिसा भयौ?? किन नाम चेन्ज गरेको मैले सोधे ??
क्रमशः .......
बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय । उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति
Comments