Skip to main content

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये ।

अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...
      ....केही बेर येस्तै कुरा कानी पछि उनी जान लागिन । अनि बाइ भन्दै आफ्ना हात हल्लाउदै त्यहा बाट गैन । अब परेन त फसाद मैले उस्को नाम सोध्न नि बिर्सियछु । अनि अड मानि मानी गयेर दिदिलाइ को हुन र इनि ? दिदिले नितु हुन भन्नु भयो ! अनि उस्कि तारिफ गर्नु भयो । पढाइमा जान्ने छिन घर व्यवहार जानेकी छ काम जानेकी छ । दिदिको त्यो तारिफमा सत्यता मिसियेको थियो
म पनि त्यही तारिफमै मोहित हुँदै गये ।। अनि आफ्नो फेसबुक। खोलेर नितु भनेर सर्च गरे तर अपसोच फेला पार्न सकिन ! धन्न उस्को घर हाम्रो कलेज नजिकै पर्दो रहेछ उस्को घर तिर बाट हाम्रो कलेजमा पढ्न आउने सबैलाइ नितु लाई चिन्छस भन्दै प्रश्न गरे तर सबैले चिन्दैनम पो भन्छन त । करिब एक हप्ता सम्म उस्को आइडी फेला पार्न सकिन सायद फेसबुक नचलायेर नि हुन  सक्छ  । सुनिता दिदिले त्यो फोटो अपलोड गर्नु भयेको रहेछ भन्ने पनि बिर्सियको थिय  । बस सब साथिलाइ नितु नितु भन्दै बसि रहे ...तर अपसोच फेला पार्न सकिन ... अब भनौ त भनौ कस्लाइ भनौ दिदी लाई भनौ त के भनौ ? साथी हरु ले था नै पायेनन ... नितु सङ्ग Add हुने चाहना सकिनै लागेको थियो तर ..

क्रमश :...

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...