Skip to main content

बिहेको पहिलो रातमा Part 6


"मैले तिमीलाई डिस्टर्ब त गरेको छैन नि है ? आज तिम्रो बिहेको पहिलो दिन ! तिमी आफ्नो श्रीमानसँग सँगै हुनुपर्ने ! भविष्यका सपनाहरु देख्ने दिन आज एकअर्कामा भएका कुराहरू एकआपसमा साटसाट गर्नु पर्ने दिन ! मलाई माफ गरिदेउ जुनु मैले तिमी लाई डिस्टर्ब गरिदिएँ !
म अब तिमी सँग यसरी खुल्ला भएर बोल्नु पनि ठिक नहोला !"

मेरो आँखामा कहिल्यै आँसु देख्न नसक्ने मेरो मुहारमा कहिल्यै उदासी देख्न नसक्ने आभास आज मलाई आफ्ना कुराहरुले रुवाइरहेको थियो , उसका हरेक शब्दहरु मेरो आँसुको कारण बनेका थिए , ऊ बोलिरहेको थियो अब म सिर्फ रोइरहेको थिएँ ! के बोलम म अलमल्लमा थिएँ ! रुन्छे स्वर लगाएर बोलेँ ,"अभु ! यदि फेरि म तिम्रो सामु आएँ भने ,तिम्रो जिवनमा आएँ भने तिमी मलाई स्विकार्छौ ?"

केही बेर मौन बसेर मलाई उसले बोल्यो ! "जुनु अब यो कुरा सम्भव छैन ! तिमी अरु कसैको भइ सक्यौ , अब तिमीले नयाँ अध्याय सुरु गर्नु पर्छ आफ्नो जीवन को , अब तिम्रो परिवारको खुसी को कुरा सोच्नु पर्छ !
तिमी र म एक हुने सायद किस्मतमै थिएन ! जुनु तिमी सबैतिर थियौ बस , किस्मतमा थिएनौ ! अनि तिमी ले भन्यौ नि स्विकार्छौ? भनेर ! जुनु प्रेम गर्ने मान्छे म , प्रेम गर्नेले पर्खन सक्नु पर्छ , टाढा भएर के भयो त तिम्रो र मेरो दुरि लाई प्रेमले जोडेको छ ! प्रिय तिमी जहिले जुन अवस्थामा जसरी आए पनि म स्विकार्ने छु ! प्रेम जो गर्छु तिमीलाई !
तर छोड यी सब कुरा ! असम्भव कुरा गरेर के फाइदा !  "
म केही बोल्नै सकिन ! रातको २:१५ भै सकेको रहेछ ! कोठाबाट ढोका खुलेको आवाज आयो ! अतीत ब्युँझनु भएछ मलाई देख्नु भयो उहाँले ! म तिरै आउँदै हुनुहुन्थ्यो बरन्डामा !
हतार हतार "अभु म पछि कुरा गर्छु ल लभ यु आफ्नो ख्याल गर्नु मिसिङ यु प्यार !" यति बोलेँ र फोन काटिदिएँ !
अतीत मेरो सामुन्ने आउनुभयो ! सायद म अझै नसुतेको देखेर अचम्ममा पर्नुभयो !
नजिकै आएर सोध्नुभयो "किन नसुतेको तिमी ?"
अलि डराए झैँ बोलेँ ,"निद्रा नै लागेन त्यसैले यहाँ आएर बसेँ ! "
मेरो फोन हातमा देख्नुभयो कुरा गरेको नि देख्नु भएछ ! सोध्नुभयो "कोसँग बोल्दै थियौ? यति राती ?"
उहाँले हक जमाए झैँ लाग्यो ! तर मैले उहाँलाई सबै कुरा भनिसकेको थिएँ त्यसैले डराइनँ ! "आभाससँग !"
मैले आभास र म बिच भएका सबै कुराहरु सुनाएँ उहाँलाई !
अलि उदासी अनुहार पारेर बोल्नुभयो ,"एउटा कुरा भनौँ ?"....................

To be continue in next part

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...