Skip to main content

बम्बैबाट आमालाई पत्र ...


आमा !
खै सम्बोधन नै गर्न आएन ! तिमी यति महान छौ शब्दमा सम्बोधन गर्नै आएन ! बुबा , भाइ ,बहिनी ,सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु ! म खै के भनौं सन्चो या बिसन्चो ! यस्तै जीवन आफ्नै भन्नेले परदेशमा बेचिदिए !
आमा हजुर भन्ने गर्नु हुन्थ्यो नि कसैको छिटो भरोसा नगर्नु भनेर ! आज सम्झँदै छु ती शब्दहरु ! आमा तिमी लाई त सबै थाहा छ ! म अहिले कहाँ छु, कस्तो अवस्थामा छु लेख्न त मन थिएन तर मेरो नि तिमी बाहेक को नै छ र सुनाउने पनि !
हरेक दिन म पुरुषहरुको जमात बाट बलत्कृत हुन्छु ,
चिच्याउँछु , कराउँछु , तर मेरो सुनिदिने कोहि भेट्दिन , मान्छे भन्ने गर्छन नि भित्ताको नि कान हुन्छ भनेर के मेरो पीडा मेरो आँसु त्यो भिताले सुनेर तिमिलाइ सुनाइदेला त आमा ?
जब चिच्याहाटमा आँसु खस्छन तब तिमिले म रुँदा फकाएको सम्झन्छु ,
जब मेरो शरीरबाट बल्कृत भएका रगतहरु बग्छ्न्
तब म तिमी ले मलाई चोट लाग्दा आफू रोएको सम्झन्छु !
आज म यो बिरानो सहरको अँध्यारो कोठामा पशु को जीवन जिइरहेको छु , आमा मेरो इज्जत लुट्नेहरुले किन सोच्दैनन आमा कि उसको दिदिबहिनीलाई नि यस्तै भयो भने के हुन्छ भनेर ?
किन सोच्दैनन आमा , म पनि उनिहरुकै दिदी बहिनी हुँ भनेर !
आमा ! लेख्ने आँट आएन अरु त ! केही छैन आँसु र दु:खको कहानि बाहेक ! यदि मरेछु भने यहि मेरो अन्तिम सम्झना हुनेछ तिम्रो लागि ! यदि बाँचेछु भने म सम्झिरहने छु !
आमा मलाई नबिर्सनु ल ! सम्झिरहनु ल !
म तिम्रो ओठमा मुस्कान बनेर मुस्कुराइरहेको हुने छु !
उही तिम्रो प्यारि छोरी
........................

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...