Skip to main content

Story:- Special Holi My Own Story

उ जिस्किदै मेरो नजिक आउदै भनी "टीका मात्र लगाइ दिन्छु के।"
मैले उस्लाइ घुरेर हेर्दै भने "धेरै रंग दलिस भने खान्छेस पिटाइ।"
उस्ले मेरो निधारमा रंगको टीका लगाइदिने बित्तिकै हत्तपत्त गालामा पनि रंग दलिदिई

 अनि भागी। मैले रिसाउदै उस्को पिछा गरे। अनि उस्लाइ पकडेर उस्को हात बाट रंग खोसी उस्को अनुहारमा दल्न खोजें। उस्ले टाउको घुमाएर तर्किन खोजी। मेरो हातको रंग उस्को सिउंदोमा पोतियो। उस्ले अनौठो नजरले मेरो अनुहारमा हेरि। मलाइ पनि अफ्ठ्यारो महसुस भयो तर त्यो भाव मैले मेरो अनुहारमा झल्कन दिइन। मैले रिसाए झैं 
गर्दै भनें "मैले भनेको हैन, टीका मात्र लगाइदे भनेर ?"
उस्ले केहीबेर पछि थोरै मुस्कुराउदै भनी "तैले मलाइ सिन्दुर लगाइ दिस।"
मैले उस्को कुरा सुनेर पनि नसुने झैं गरे। उस्ले फेरि हांस्दै भनी "अब मलाइ छोड्न पाउदैनस तैले कहिले।"
मैले झर्कदै भने "तं को होस र मेरि ?"

उस्ले उस्तै जिस्किदै भनी "अहिले सिन्दुर लगाइ दिन्छ अनि फेरि सोध्छ को होस भनेर...।"
मैले नजर झुकाएर रुखो स्वरमा भने "तं धेरै नजिस्की है, जा यहाँ बाट....... बांदर्नी।"
उस्ले मलाइ हेरेर हांस्दै सानो स्वरमा भनी "बाँदर्निको बुढा।"
यति भनेर उ उस्का साथिहरु भए तिर लागि। म भने त्यहिं उभिएर उस्लाइ हेर्दै मुस्कुराइ रहें ।







For more like me in FACEBOOK

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...