Skip to main content

Story:- Special Holi My Own Story

उ जिस्किदै मेरो नजिक आउदै भनी "टीका मात्र लगाइ दिन्छु के।"
मैले उस्लाइ घुरेर हेर्दै भने "धेरै रंग दलिस भने खान्छेस पिटाइ।"
उस्ले मेरो निधारमा रंगको टीका लगाइदिने बित्तिकै हत्तपत्त गालामा पनि रंग दलिदिई

 अनि भागी। मैले रिसाउदै उस्को पिछा गरे। अनि उस्लाइ पकडेर उस्को हात बाट रंग खोसी उस्को अनुहारमा दल्न खोजें। उस्ले टाउको घुमाएर तर्किन खोजी। मेरो हातको रंग उस्को सिउंदोमा पोतियो। उस्ले अनौठो नजरले मेरो अनुहारमा हेरि। मलाइ पनि अफ्ठ्यारो महसुस भयो तर त्यो भाव मैले मेरो अनुहारमा झल्कन दिइन। मैले रिसाए झैं 
गर्दै भनें "मैले भनेको हैन, टीका मात्र लगाइदे भनेर ?"
उस्ले केहीबेर पछि थोरै मुस्कुराउदै भनी "तैले मलाइ सिन्दुर लगाइ दिस।"
मैले उस्को कुरा सुनेर पनि नसुने झैं गरे। उस्ले फेरि हांस्दै भनी "अब मलाइ छोड्न पाउदैनस तैले कहिले।"
मैले झर्कदै भने "तं को होस र मेरि ?"

उस्ले उस्तै जिस्किदै भनी "अहिले सिन्दुर लगाइ दिन्छ अनि फेरि सोध्छ को होस भनेर...।"
मैले नजर झुकाएर रुखो स्वरमा भने "तं धेरै नजिस्की है, जा यहाँ बाट....... बांदर्नी।"
उस्ले मलाइ हेरेर हांस्दै सानो स्वरमा भनी "बाँदर्निको बुढा।"
यति भनेर उ उस्का साथिहरु भए तिर लागि। म भने त्यहिं उभिएर उस्लाइ हेर्दै मुस्कुराइ रहें ।







For more like me in FACEBOOK

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...