Skip to main content

साँचो प्रेम र त्याग

VALENTINE को दिन भिषण आफ्नो गर्लफ्रेनड "अँजली"लाई भेटन जाँदै हुन्छ कि अचानक बाटोमा एउटी
केटी सँग ACCIDENT हुन्छ । उसले केटीलाई
हस्पिटल लान्छ र तुरून्त केटीलाई ICU कोठामा
भर्ना गर्छ । उता उसकी अँजली उसलाई बिहान
देखि पर्खिरहेकी हुन्छ तर उ नआएकोले घर फर्किन्छ ।
अर्को दिन केटीको आखा खुल्छ र  भिषण उसको नजिक
गएर SORRY भन्छ तर केटीको कुरा सुनेर उसको आखा बाट
आशु झर्न थाल्छ ।
कुरो यो हो कि "केटीको BOYFRIEND ले उ लाई धोका
दिएकोले उ जानीजानी अत्महत्या गर्न  भिषणको गाडीको
अगाडी आएकी थिईन " ।
उसकी कुरा सुनेर उसलाई दया लाग्छ र उसलाई हेरचाह
गर्न थाल्छ । उता अँजली उलाई धेरै मैसेज
पठाएकी हुन्छ तर  भिषणले मैसेज हेरेर मोबाइल SWITH OFF गर्छ ।
त्यसपछि  भिषणले आफै त्यो केटीलाई खाना खुवाउने, औषधी खुवाउने इतियादी आफु सके सम्म उसलाई
हेरचाह गर्न थाल्छन । 

समय बितीदै जान्छ , केटी पनि
बिस्तारै बिस्तारै निको हुन लाग्छ र  भिषणले
उसलाई मन पराउन थाल्छ । करीब ३ महिना पछि केटी
बल्ल हिडन लाग्छिन ।  भिषणले त्यैबेला उनलाई
प्रोपोज पनि गर्छ । केटी धेरै खुसी हुन्छ र सायद  भिषण
जस्तो राम्रो केटा मिल्नु पनि सक्दैन । त्यसैले केटीले पनि
स्विकार गर्छिन ।
१ महिना पछि
त्यो दिन केटीको हस्पिटलमा अन्तिम दिन हुन्छ ।  भिषणले
आफ्नो अनुहारमा मुस्कान देखाउदै हातमा फुल
लिएर त्यो केटीलाई लिन जान्छ । उसले बिस्तारै बिस्तारै
खुशीले "HY PARI " भन्दै ढोका खोल्छ कि अचानक त्यो भयानक दृश्य हेरेर उसको खुटाको जमिन हटिनु थाल्छ , आकाश फाटिनु थाल्छ , चारै तिर अँध्यारो हुन थाल्छ , उसको अनुहारको खुशी एकै छिनमा आखाबाट आसुको धारा बनि बग्न थाल्छ ।
" त्यो केटीले बीस खाएर आत्महत्या गरेकी हुन्छ "
 भिषणले उसकी नजिक गएर उलाई आफ्नो काखमा राखी
धेरै रुन्छ , कराउछ र हेर्छ कि एउटा कागजमा केही लेखेकी
हुन्छ । उसले कागजलाई पढ्छ ;-
" भिषण
मलाई नयाँ जीवन दिएकोमा तिमीलाई धेरै धेरै धन्यबाद ।
सायद तिमी जस्तो यो सँसारमा कोई पनि छैन होला ,
आशिक.....
हिजो मैले तिम्रो मोबाईलबाट तिम्रो गर्लफ्रेन्डको मैसेज
हेरेर थाहा पाए कि तिमीले मेरो लागि आफ्नो काम,
घरपरिवार , यहाँ सम्म कि आफ्नो गर्लफ्रेन्डलाई त्यागी
दियौं । म कति स्वार्थी भई सके , जस्ले मेरो लागि
यति गरेछन , आज म उसैको खुसी छिन्न जाँदै छु ।
त्यसैले मेरो पनि कर्तव्य बन्दैछ कि म पनि तिम्रो लागि केई गरेर जाउ । म अँजलीलाई फोन गरेर हाम्रो बारेमा सबै
सत्य कुरो बताई दिई सकेकी छु ।
मलाई थाहा छ जब सम्म तिमीलाई यो कुरा थाहा हुन्छ ,
म तिमी सबैलाई छोडी टाढा गईसकेकी हुनेछु । PLEASE
न रुनु ल म तिमीहरूलाई छोडेर गए पनि सधैं तिम्रो यादमा
रहनेछु । यदि तिमीले मलाई कहिले पनि सच्चा साथी मानेछौ भने अँजलीलाई स्विकारनु र उनी सँगै जीवन बिताउनु ।
अलविदा
तिम्रो साथी परी......................
यो सबै पढेर  भिषण धुरु धुरू रुदै हुन्छ र त्यति कै बेला
अँजली पनि त्याहा पु्ग्छ ।
त्यसपछि उनीहरू परीको डाह सँस्कार गरेर खुशीयाली
भई बस्न थाल्छन र अहिले पनि कहिले काहीँ  भिषण र
अँजलीले परीलाई सम्झिने गर्छन ।
THE END
Moral ;- त्याग पनि हाम्रो कर्तव्य हो । सधैं तपाईं नै
खुसी रहनुहुन्छ भने छैन । यदि कसैले हाम्रो खुसीको लागि
केही गरेछ भने हामीले पनि उसको लागि केहि राम्रो गर्नुपर्छ ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...