Skip to main content

कथा - मनिसा

भाग-1
लेखक : शिव ढकाल
जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिवार मा भएको थियो । म एक्लो सन्तान थिए त्यसैले होला अलि जिद्दी र रिसाहा थिए । मेरो बालपन खुशी र रमाइलो को साथ नै बिते । जब म 8 कक्षा मा पढ्थे त्यतिबेला सम्म मलाई यो माया के हो थाहा थिएन । कहिले साथीहरू संग रमाइलो गर्दै त कहिले पढाइ दिन हरु यसरी नै बित्दै थिए । exam पनि आयो exam को पहिलो दिन थियो म कक्षा भित्र गए र आफ्नो सिट हेरि बसे । छेउ निरै निशा बसेकी थि । चिन्न त चिनेको थिए तर त्यति बोलचाल भने भाको थिएन । उ नै पहिला बोली मदन कत्तिको तयारी गरेर आउनु भो भनेर मैले जबाफ मा अलिअलि भनी दिए । त्यसपछि exam सुरु भयो question paper हेरेको ठिकै लाग्यो । हुन त पहिलो दिन english को exam थियो तर पनि मलाई त्यति गाह्रो विषय लाग्ने थिएन । हामी आफ्नो आफ्नै सुर मा लेख्न थालेउ पहिलो घण्टी लाग्नु भन्दा अघि नै मेरो त लगभग लगभग सिद्दिन लाग्या थ्यो घण्टी बज्यो । निशा आतिदै भनी 1 घन्टा भै सकेछ मैले त भर्खर 4 वटा लेखेको छु भन्दै थि । एक्छिन सम्म निसा लाई हेरेर बसि रहे उस्को त्यो हसिलो अनुहार लामो कपाल ठूल्ठूला आँखा रसिलो ओठ साच्चै एकदमै राम्री पो रहेछ निशा त मैले त आज भन्दा अघि कहिले ध्यानै दिएको रैनछु । निशा ले सोधी के भयो ? केही भाछैन भने त्यसपछि मैले अलि छिटो गरेर आफ्नो कपि सकेर अनि कपि थपे । अनि निशा लाई सोधेर प्रस्न नम्बर 8 देखि 13 सम्म लेखेर उसलाई दिए उस्ले thank u भनी मैले wlcm भनेर म आफ्नो कपि बुझाएर निस्के ।
साथी मलाई नै पर्खेर बसेको रहेछ मेरो बच्चै देखिको साथी मनोज । एक्छिन बाहिर बसेर साथी र म कुरा गर्दै थियौ त्यसपछि साथी ले जाउ अब त भन्यो अनि हामी हिंड्न थालेउ । त्यतिकै मा घण्टी बज्यो सबै बाहिर निस्के । कसैले मलाई पछाडि बाट बोलायो यसो पछाडी फर्केको निशा रहेछ । मदन आज तपाईंले help न गर्दिनु भाको भए म त फेल हुन्थ्यो होला भन्दै थि । मैले केही छैन साथी मा सहयोग त चल्नै पर्यो नि भनी दिए । उ बोली त्यसो भए हामी साथी है आज देखि मैले हुन्छ भन्दै टाउको हल्लाइ दिए । आधा बाटो सम्म संगै आयौ निशा को घर जाने बाटो आइ पुग्यो जान्छु है भन्दै bye भनी मैले पनि हुन्छ भनी दिए । उ गइ अनि मनोज ले सोध्यो त त एकदमै सिपालु भै सकिछस त भन्दै हास्यो म पनि खिस्स हासी दिए । त्यसपछि मेरो घर पनि आयौ हामी छुट्टीन लाग्ने बेला मनोज बोल्यो oe भोलि पनि राम्रो तयारी गरेर आइज है निशा लाई सिकाउनु पर्ला नि भन्दै जिस्कायो ।
मैले हासेरै टारिदिए । घर गए अनि खाजा खाएर पढ्न बसे तर किताब मा ध्यानै गएन किन किन आज निशा को याद मात्र आइ रह्यो । हसिलो अनुहार लामो कपाल ठुल ठुला आँखा रसिलो ओठ उस्को सुन्दर ता देखेर फिदा हुने धेरै थिए तर मैले आज भन्दा अघि कहिले उसलाई त्यति हेरेको थिन । उसलाई सम्झिदै बसिरहे त्यतिकै मा आमा बोल्नु भयो पढ्नु पर्दैन टोलाएर बसिराख भन्नू भयो त्यसपछि चुपचाप पढ्न थाले । भोलि math को exam थियो बेलुका को खाना खाएर पढ्न बसे खै किन किन निशा को याद सारै आइ राखेको थियो उसलाई सम्झिदा सम्झिदै कुन बेला निदाएछु थाहै भएन ।

भाग: 2

निशा लाई सम्झिदा सम्झिदै कति बेला निदाएछु थाहै भएन । आमा ले उठनु पर्दैन सुतिराख exam भाको मान्छे छिटो उठेर पढ्छ होला भनेको त तेरो पारा यहि हो भनेर कराउनु भएपछि पो बिउझिए । घडी हेरेको 8 बज्न लागि सकेछ । उठेर फ्रेस भएर नास्ता गरे अनि पढ्न बसे एकै छिन पढे अनि कपडा लगाएर स्कुल निस्के । बाटो मा मनोज ले पर्खेको रहेछ । किन ढिलो गरेको म कुर्दा कुर्दै थाके यार मनोज ले भन्यो । हिजो ढिला सुतेको उठनै ढिलो भएछ त्यै भएर भने । मनोज फेरि बोल्यो निशा लाई सम्झिदै थिइस कि के हो रातै भरी?? होईन यार पढ्दै थिए त्यै भएर सरल जबाफ दिए । हामी हिंड्दै थियौ कसैले मदन भनेर बोलायो पछाडी फर्केको निशा पो रेहेछ । कति छिटो हिडेको भेट्नै नसकिने गरि निशा ले भनी । मदन ले त निशा लाई पर्खिउ भन्दै थ्यो मैले नै कर गरेर हिंड्न् लगाको यस्लाइ मनोज फेरि जिस्किन सुरु भयो । यस्को कुरा सुनेउ भने पागल हुन्छौ हामी हिड जाउ भने निशा लाई । निशा हास्दै हिंड्न थाली । एकै छिन पछी स्कुल आइ पुग्यौ मनोज र म अलग अलग कोठा परेको हुनाले मनोज आफ्नो कोठा मा गयो अनि निशा र म आफ्नो कोठा मा गयौं । एकछिन पछि घण्टी लाग्यो exam सुरु भयो । question हेरेको प्राय आफुले गरेर आएको हिसाब हरु नै थियो त्यति गाह्रो लागेन । 1 घण्टी बज्दा आधा अलि बढी भएको थियो आज निशा लाई हेरेको उ पनि त्यतिमै रहेछे । निशा कहिलेकाही फर्केर मलाई हेर्दै मुस्कुराउथि म पनि मुसुक्क मस्की दिन्थे । सबै प्रश्न हरु हल गरि सकेर निशा लाई सोधे सक्केन अझै ? निशा ले सकियो जाम भनी हामी दुबै जना pepper बुझाएर बाहिर निस्कयौ । कस्तो भयो तिम्रो भनेर निशा सोध्दै थि । जबाफ मा भनी दिए मेरो 2:30 मिनेट त तिम्लाइ हेर्दै सकियो । बदमाश भन्दै हास्न थाली । एकैछिन पछि मनोज पनि आयो अनि घर तिर लाग्यौ । बाटो भरी जिस्किदै गयौ कुरै कुरा मा निशा को घर आइ सकेछ । निशा भन्दै थि भोलि जाने बेला बोलाउ है भनेर । कसरी बोलाउनु तिम्लाइ यहाँ बाट बोलायो भने सुन्दिनौ तिम्रो घरमै आउ भने बा ले मार्ला भनेर जिस्काइ दिए । एकछिन सबै हास्यौ अनि निशा ले एउटा कागज मा केही लेखेर मलाई दियो यो मेरो मुबाइल नम्बर भोलि जाने बेला फोन गर भनी । म पनि यै मौका को पर्खाइमा थिए । निशा लाई हुन्छ भन्दै हामी छुट्टीयौ । मनोज ले फ़ेरि जिस्कायो त पनि गैस अब भनेर । मैले किन र सोधे ? त पनि आजभोलि निशा लाई प्रेम गर्न थालेको छस यो प्रेम रोग लाग्ने हरु कि त सन्सार कै सबै भन्दा खुशी कि त सबै भन्दा दुखी हुन्छ रे । मैले सोधे कस्ले भन्यो म निशा लाई प्रेम गर्छु भनेर निशा त मात्र साथी हो भनिदिए ।मनोज ले भन्यो जब देखि होस् सम्हालेको छु तब देखि तेरो संगत गरे तेरो मन मा के छ त के चाहन्छस तैले भनी राख्नु पर्दैन । हुन पनि हो हामी बच्चै देखि को साथी भएर होला त्यस्को कुरा मलाई र मेरो कुरा त्यस्लाइ थाहा हुन्थ्यो भनी राख्नु पर्ने थिएन । त्यतिकै मा मनोज घर आयो हामी छुट्टीयौ । घर आएर कपडा चेन्ज गरेर खाना खाए अनि फेरि पढ्न बसे । पढ्न मन नै लागेन खाली निशा को मात्र याद आइरहेको थियो । त्यसैले निशा लाई फोन गर्छु भनी फोन गरे । उता बाट hello मदन भन्यो ! म अचम्म मा परे निशा ले कसरी चिनी मलाई न मेरो नम्बर उसलाई थाहा थियो न त म बोलेको थिए ! मैले सोधे कसरी चिनेउ म मदन नै हो भनेर ??

भाग -3

म अचम्म परे निशा ले कसरी चिनी मलाई न मेरो नम्बर उसलाई थाहा थियो न त म बोलेको थिए ! त्यसैले निशा लाई सोधे कसरी चिनेउ म मदन नै हो भनेर ? उस्ले हास्दै भनी आज भोलि त तिम्लाइ स्पर्श गरेर आउने हावा लाई सम्म चिन्ने भाकी छु भन्दै फेरि हास्न थाली । थाहा थिएन उस्ले मजाक गरेकी थि या मन को कुरा भनेकी थि तर मेरो मनमा भने चारैतिर घण्टी बजिसकेको थियो ! मुटु तेज धड्किन थाली सकेको थियो ! खुशी हरु चारैतिर छाएको जस्तो महसुस हुँदै थियो । दिमागमा एकाएक मनोज ले भनेको कुरा घुम्न थाल्यो त पनि निशा लाई प्रेम गर्छस ! आफुले आफै लाई सोधे के त साच्चै निशा लाई प्रेम गर्छस ? मन ले भन्यो हो त निशा लाई प्रेम गर्छस यदि गर्दैन न थिइस भने हिजो भर्खर बोल्न थालेको मान्छे संग त किन यति धेरै नजिक हुन्थिस? अनि उसको स-साना कुरा हरु ले तलाइ किन खुशी बनाउथ्यो ? साच्चै म निशा लाई मन पराउन थालेको रैछु अनि निशा लाई माया गर्न थालेको रैछु । खै कहिले देखि र कहाँ देखि म निशा लाई माया गर्न थालेछु थाहै भएन । यति सोच्दा सोच्दै निशा बोली के भयो किन नबोलेको ? sorry मदन मैले त जिस्केर भनेको थिए त्यति धेरै सिरेस नबन । उसको यो कुरा सुन्ने बितिक्कै एकैचोटी सबै खुशी हरु एकाएक गरि हराउन थाले ! मुटु को धड्कन चल्न गाह्रो मान्दै थियो । के बोलु बोलु बोली नै फुटेन ! मन सम्हाल्दै भने म एकछिन पछि फोन गर्छु ल bye भनेर फोन काटिदिए ।
खै के हो यो माया बुझ्नै सकिरहेको थिएन । कहिले खुशी को बाढी लिएर आउँछ त कहिले दुख को महासागर । खाना बना है म बाहिर जानू छ आमा ले भन्नू भयो । हस् भनेर किचेन रुम गएर सब्जी काटदै थिए मुबाइल बज्यो । हेरेको निशा ले गरेकी रैछे ! मन त्यसै फुरुङ्ग भयो भर्खरै हराएको खुशी हरु फेरि आसपास आउन थाले । हत्तपत्त फोन उठाएर hello भने निशा अलि रिसाए झैँ गरि बोली म चाहिँ हजुर को फोन पर्खिदा पर्खिदै थाकी सके फोन गर्छु भनेर फोन गर्न पर्दैन ? कि कुन चाहिँ संग मस्त bg हुनुहुन्छ ? निशा को यस्तो कुरा सुन्ने बितिक्कै जबाफ दिए um bg होईन रोजिना संग कुरा गर्दै थिए त्यसैले । ल ल bg मान्छे लाई disturb गरे sorry भन्दै फोन काटि दिइन । न म कोहि संग बोलेको थिए न म रोजिना लाई चिन्थे ! यो त मैले निशा ले मलाई माया गर्छे या गर्दैन त्यही थाहा पाउन को लागि झुट बोलेको थिए । निशा लाई call back गरे फोन उठेन फेरि गरे फेरि उठेन । मलाई पक्का भयो कि निशा ले पनि मलाई माया गर्छे मन पराउछे । यदि गर्दिन थि भने त्यति कुरामा किन फोन उठाएन त ? किन रिसाउ थि र ? फेरि फोन गरे उस्ले काटि दिइन । उ काट्दै थि म गर्दै थिए धेरै पटक गरे पछि बल्ल बल्ल उठाइन मैले sorry भने । निशा रिसाउदै भन्दै थि---

भाग-4

निसा ले रिसाउदै भनी किन फोन गरेको मलाई ? तिमी संग बोल्न मन लागेर नि भनिदिए । रोजिना संग बोल्न पुग्यो र निसा ले सोधी ? अब के भन्ने ! न म रोजिना लाई चिन्थे न म उ संग बोलेको थिए । निसा ले मलाई चाहन्छ वा चाहदैन त्यति बुझ्न् मात्र झुट बोलेको थिए । अब फ़ेरि अर्को झुट बोल्नु पर्यो रोजिना लाई चिन्दिन भनौ भने निशा ले बिश्वास गर्ने थिनन त्यसैले रोजिना मेरो बैनी हो काका छोरी भनिदिए । बल्ल निशा ले बिश्वास गरिन । भोलि को लागि कत्तिको तयारी गर्यौ निशा ले सोधी ? मैले हिम्मत जुटाएर भनिदिए के को तयारी गर्नु जति गरेपनि 2:30 मिनेट त तिम्लाइ हेर्नै पुग्दैन । निशा हास्न थाली !! म मेरो मन को कुरा भन्दै थिए उ हासेरै टारिदिन्थी । धेरै बेर कुरा भएपछि अब सुतौ भनि फोन राखिदिए । तर खै निन्द्रा देबि कता भागी भागी जति कोशिस गरे पनि निदाउनै सकिन ।त्यो दिन थाहा पाए कि मान्छे हरु भन्ने गर्थें love परेपछि निन्द्रा भोक केही लाग्दैन रे भन्थे हो रहेछ साच्चै आज म भोग्दै थिए त्यो कुरा । आँखा बन्द गरेनी निशा आँखा खोले पनि निसा । म के गर्न लाग्दै छु के गर्नु छ त्यो मैले बिर्सिसकेको थिए । साच्चै कति अनौठो यो माया भन्ने चिज पथ्थर जस्तो मन हुने हरुलाइ पनि मैन झैँ पगाली दिने । भोलि नै निशा लाई मन को कुरा भन्छु भनी सोचे तर निसा ले no भनी भने हाम्रो भै रहेको साथी को नाता पनि टुट्ला भन्ने डर पैदा भयो मनमा । फेरि भनिन भने निसा अरुकै पो हुने हो कि त्यो डर थियो मनमा । जे सुकै होस भोलि त निशा लाई प्रपोज गरेरै छोड्छु यहि कुरा सोच्दा सोच्दै निदाएछु । बिहान आमा ले उठ है बाबू कत्ती सुतेको भन्नु भए पछि पो बिउझे । उठेर फ्रेस भएर नास्ता गरे अनि पढ्न बसे । एकछिन पढेपछि कपडा लगाए अनि तयार भएर निसा लाई फोन गरे निस्किउ है म पनि निस्किन लागेको भनी दिए । निसा ले ल ल भन्दै फोन काटिदी । घरबाट निस्केको मात्र थिए मनोज आउदै रहेछ मेरै घरतिर । मलाई देख्ने बितिक्कै छिटो आइज जाउ भन्यो म र मनोज हिंड्न थाल्यौ ।
निसा हाम्लाइ नै पर्खेर बसेकी रहेछे । मैले कुन बेला देखि भने?? भर्खरै हो निशा ले जबाफ दिइन । हामी स्कुल तिर लाग्यौ ।स्कुल पुगेपछि मनोज आफ्नो कोठा मा गयो अनि हामी आफ्नो कोठा मा । दुबै जना बस्यौ , अनि निशा लाई हेरेको आज त ओठ मा लिपिस्टिक आँखा मा कालो गाजल साच्चै एकदमै सुहाएको थियो निशा लाई । जति हेरे पनि हेरिरहु लाग्ने । उस्को त्यो नसालु आँखा को गहिराइमा डुबु लाग्ने । त्यो रसिलो ओठ मा चुमु चुमु लाग्ने । पक्कै भगवान् ले फुर्सद मा बनाएको थियो होला निसा लाई ।
ओइ के हेरेको कहिले न देख्या झैँ गरि निसा ले त्यति भनेपछि पो झसङ्ग भए म त कल्पना मा पो हराएछु । केही होईन सरल जबाफ दिए । त्यसपछि exam पनि सुरु भयो । exam सके पछि सानो कागज मा u r looking so beautiful nisha यति लेखेर उस्लाइ दिए अनि आफ्नो कपि बुझाएर बाहिर निस्के । निशा ले पनि सकेर आइछे अनि मलाई त्यै अघिको कागज फिर्ता दिएर गै । सोचे के लेखेका होला त निसा ले खोलेर हेरेको म त छक्क परे u r so funny पो लेखेकी रैछे । खोइ के चाहन्थि निशा बुझ्न सकेको थिन ।म बल्ल बल्ल हिम्मत जुटाएर मन को कुरा भन्छु उ भने हासेरौ टारिदिन्थे । केही समयपछि मनोज पनि आयो अनि हामी घर तिर लाग्यौ । निशा पनि पर्खेर बसेकी रैछे । गाको छैन अझै मैले भने । तिमी बिना एक पाइला पनि चाल्न मन लाग्दैन भन्दै निसा हासी अनि मनोज पनि हास्न थाल्यो । म चुपचाप उनिहरुलाइ हेरि रहे मात्र । एकछिन पछि निशा को घर आयो निशा bye भन्दै गै । निशा गए पछि मनोज ले भन्यो निसा ले पनि तलाइ मन पराउछे त्यसैले ढिलो नगरि प्रपोज गरिहाल भोलि के हुन्छ कस्ले देखेको छ र । मनोज को कुरा पनि ठिकै लाग्यो त्यसैले घर पुगेपछि कपडा चेन्ज गरेर खाना खाए अनि निशा लाई फोन गरे । फोन उठे पछि भने निशा तिम्लाइ केही कुरा भन्नू छ । भनन त के कुरा हो निशा ले सोधी । हिम्मत गरेर भने निशा I love you !!!! ( म तिम्लाइ माया गर्छु ) !!

भाग=5

हिम्मत गरेर भने निशा I love you!!!! निशा एकछिन सम्म केही बोलिनन ! मन त्यसै आत्तियो , कतै निशा संग भएको साथिको नाता पनि टुट्छ कि भन्ने डर पैदा भयो मनमा ! निशा ले म तिम्लाइ भोलि जबाफ दिन्छु भन्दै फोन काटि दिइन । निशा ले कतै no भन्छिन कि, भै रहेको त्यै एउटा साथी को नाता पनि तोडदिन्छन कि यस्तै यस्तै कुरा हरु ले मन भारी बनायो ! भोलि को लागि केही तयारी गरेको थिएन ! पढ्छु भनी बस्यो पढ्न मन नै लागेन ! निशा को जबाफ के हुन्छ होला खाली यही कुरा मात्र दिमागमा फनफनी घुम्यो ! के गरु कसो गरु केही सोच्नै सकिन ! जे सुकै होस् भनी किताब बन्द गरेर सुत्ने तर्खर गरियो तर निद फिटिक्कै लागेन । पढ्न बस्यो पढ्न मन न लाग्ने ,सुत्न लाग्यो निद न लाग्ने अब के गरु कसो गरु मन त्यसै बिचल्लीत हुँदै गयो । खै के हो यो माया बुझ्नै सकिन भरखरै सकुशल भाको मेरो मन लाई एकै छिन मा तहसनहस गरिदियो ,! निशा ले यदि no भनी भने पनि हामी बिच भएको साथिको नाता नटुटोस भगवान संग यहि प्राथाना गरे ! जब जरुरत पर्छ नि तब मात्र भगवान लाई सम्झिने गर्छन् मान्छे हरु हो म पनि त्यै गर्दै थिए । जे होला होला भन्दै मन दरो बनाएर सुते बिहान 5:30 बजे नै निद खुल्यो आँखा खोल्ने बितिक्कै निशा लाई सम्झिए । अनि हात मुख धोएर पुजा गर्न थाले । कहिले मन्दिर जान न खोज्ने मान्छे म पहिलो पटक आज पुजा गर्दै थिए ! भगवान संग यहि एउटा कुरा मागे यदि निशा लाई तिम्ले मेरो भाग्यमा लेख्देको छैनौ भने पनि म गुनासो गर्दिन तर हामी बिच भएको साथिको नाता कहिले नतोडिदेउ ! पुजा गरि सकेर पछाडि फर्केको आमा मलाई हेरिरहनु भा रैछ ! के हो आज कता देखि घाम लाग्यो सधैं 7 /8 बजे उठने मान्छे 5:30 बजे नै उठेर पुजा गर्दै छस त ? त्यस्तो केही होईन आमा exam चलीराछ अनि त्यसैले पुजा गरेको नि भनेर झुट बोले । पुजा सकेर पढ्न बसे पढ्न मन फिटिक्कै लागेन त्यै पनि किताब हेरेको जस्तो गरे । मन मुटु दिमाग् सबै तिर निशा छाएकी थि ! आमा ले खाना खान बोलाउनु भो खाने मअन फिटिक्कै थिएन ! त्यै पनि गएर थोरै खाए अनि कपडा लगाएर स्कुल जान तयार हुँदै थिए मनोज आइपुग्यो निशा संग भाको सबै कुरा मनोज लाई भने, त्यो बाहेक को थियो र मन को कुरा बुझिदिने ! मनोज ले सबै सुनेपछि म हिंड्दै गर्छु त पछि आइज भन्यो ! मैले किन भनेर सोधे ? निशा र त मात्र भयो भने मात्र निशा ले तलाइ मन को कुरा भन्छे भन्यो मनोज को कुरा पनि ठिकै लाग्यो त्यसैले ल ल हिंड्दै गर भनिदिए ! मनोज अघि अघि गयो म पनि पछिपछि गए निशा अघिनै देखि मलाई पर्खेर बसेकी रहिछे ! निशा लाई देख्ने बितिक्कै मन भारी भो ! निशा ले के भन्छिन होला यस्तै यस्तै सोच्दै निसा को छेउमा पुगे निशा ले hi भनी मैले पनि hi भने ।
निशा ले जाउ हिंड्दै गरु भने मैले पनि ल भने अनि हिंड्न थाल्यौ ! दुबै जना चुपचाप थियौ ! हाम्रो मौनता को बाध तोडदै निशा ले भनी हिजो तिम्ले भनेको कुरा को जबाफ दिनु छ भनी ! अलिकति खुशी अनि धेरै डर लाग्यो ! भनन त छिटो भने ! निशा ले लामो स्वास फाल्दै भनी ,मदन हामी साथी मात्र हौ जीवन साथी बन्न सक्दैनौ किनकि मैले तिम्लाइ साथी भन्दा अरु नजर ले हेरेको थिएन तर तिम्ले त मलाई अर्कै सोचेको रैछौ त्यसैले आज देखि हाम्रो साथी को नाता पनि तोडदै छु भनी !! मन त्यसै भारी भो मुटु चल्नै छोडेको जस्तो भो ,पूरा आकाश झरेर मलाई थिचे जस्तो भो, चारैतिर अन्धकार भो , मेरो शरीर मात्र थियो त्यहाँ मन उडिसकेको थियो ! निशा लाई हेर्न पनि सकेको थिन त्यसैले सिर झुकाएरै भने ! निशा हो म तिमिलाइ माया गर्छु र गरिरहने छु ! माया कसैलाई गर्छु भनेर अनि गर्दिन भनेर हुने कुरा होईन यो त आफ्सेआफ भै दिन्छ हाम्लाइ पनि थाहा नहुने गरि ! म तिम्लाइ माया गर्छु तर माया गर्नु को मतलब यो होईन कि मैले तिम्लाइ माया गरे भन्दै मा पाउनै पर्छ । आफुले चाहेको मान्छे को खुशी हेर्नु पनि प्रेम नै हो ! त्यसैले मैले तिम्लाइ पाइन भनेर म कहिले गुनासो गर्दिन ! सोचौला तिमी मेरो भाग्य मै थिएनौ । तिम्लाइ माया गर्नु मेरो गल्ती थियो र आज त्यै गल्तीको सजाय भोग्न बाध्य हुदैछु । सजाय यो थियो कि निशा संग भएको एउटा साथिको नाता पनि गुमाए । निशा लाई सिर झुकाएरै भने निशा माफ गरिदेउ ! निशा चुपचाप थिइन ! मलाई त्यहाँ धेरै बेर बस्न मन लागेन र म त्यहाँ बाट हिडे ! अलि पर पुगेको थिए कसैले मलाई पछाडी बाट अङ्गाल्दै love you so much भन्यो उसलाई अङ्गालो बाट छुटाएर पछाडी फर्केको त--------

भाग=6

उसलाई अङ्गालो बाट हटाएर पछाडी हेरेको त निशा पो रहेछ । भरखरै बादल लागेको मेरो अनुहार मा एकाएक बिहानी को किरण परे झैँ भो । भरखरै हराएका सारा खुशी एकएक मेरो आसपास हुन थाले ! मन त्यसै फुरुङ्ग भो ! निशा लाई फ़ेरि अङ्गाले ! निशा मेरो अङ्गालो मा हुँदा सारा दुनियाँ जिते जस्तो महसुस भो ! साच्चै त्यो पल यति खुशी थिए कि म शब्दमा बर्णन गर्नै सक्दिन !! आफुले चाहेको मान्छे आफ्नै साथमा हुँदा त्यो पल कति खुसीको हुन्छ होला त्यो त तपाईं हरु नै अन्दाज लगाउनुस । निशा अझै मेरो अङ्गालो मै थि ! निशा अङ्गालो बाट हट्दै भनी जाउ हिड फ़ेरि exam दिन ढिला हुन्छ !! हुन्छ भने अनि हिंड्न् थाल्यौं ! निशा लाई सोधे निशा तिमी मलाई साच्चै माया गर्छौ ?? तिम्रो कस्सम आफुलाइ भन्दा धेरै गर्छु निशा को जबाफ थियो !! अनि अहिलेसम्म किन नभनेको त मैले सोधे ? भन्ने हिम्मत त गरेको थिए तर तिम्ले नराम्रो मान्छौ होला भनेर भन्नै सकिन । ( म उ संग भएको साथी को नाता पनि टुट्छ कि भन्ने डर ले मनको कुरा भन्न डराए झै निशा पनि डराएकी रैछे ) हिजो तिमिले आफैं फोन गरेर निशा I love you भन्दा म यति खुशी थिए कि म त्यो पल को खुशी शब्दमा व्यक्त गर्न सक्दिन । तिम्रो जबाफ भेटेरै दिने सोचे अनि त्यसैले भोलि जबाफ दिन्छु भने ! अघि जब तिम्लाइ देखे मन त तिम्लाइ अङ्गालेर love you too मदन भन्ने थियो ! तर तिम्ले साच्चै कत्ति माया गर्छौ भन्ने दाज्न मन लाग्यो त्यसैले यो सब गरेको । थाहा पायौ त कत्ति माया गर्छु ?? umm थाहा पाए मैले भन्दा धेरै गर्दो रैछौ निशा लए भनी ।। स्कुल पनि आइपुग्यो हामी class भित्र छिरेउ ।
एकछिन पछि exam सुरु भयो ! निशा मलाई हेर्दै मस्किन्थी अनि म पनि । खै कत्ति छिट्टै सकिए छ time पनि । आफुले चाहेको मान्छे साथमा हुँदा time गाको पत्तै नहुने । हामी exam सकेर बाहिर निस्क्यौ ! मनोज पनि हाम्लाइ पर्खेर बसेको रैछ ! मैले जाउ हिड भनेपछि मनोज ले मेरो त काम छ त्यसैले तिमी हरु हिंडदै गर म पछि आउछु भन्यो ! के खोज्छस कानो आँखा भने झैँ भयो हाम्लाइ पनि । ल ल त्यसो भए त आउँदै गर हामी हिडदै गर्छौ भने । भोलि अन्तिम दिन थियो exam को अरु दिन त ठिकै भाको थियो भोलि कस्तो हुने हो त्यै सोच्दै थिए । निशा लाई सोधे निशा अब 9 कहाँ पढ्ने ? खानी गाउँ पढ्ने हुदैन र भनी ? मैले नि हुन्छ भनिदिए । कुरा गर्दागर्दै निशा को घर पनि आएछ निशा ले जान्छु है भनी ? कति छिटो आइसकेछ निशा को घर पनि मन ले त छुटन मानेकै थिएन तर समय को अगाडी हाम्रो के लाग्थ्यो र । मन भारी बनाउदै ल ल जाउ भने ! bye भन्दै निशा गै ! म पनि बाटो भरी भोलि त भेटि हाल्छु नि भन्दै मन दर्हो बनाएर घर तिर लागे । घर पुगेपछि कपडा change गरेर खाजा खाए अनि निशा लाई फोन गरे । के गर्दै छौ भनी सोधे ?? खाजा खादै छु ! तिमी नि निशा ले सोधी ?? मलाई फुर्सद नै कहाँ छ र अरु काम गर्न भने । के गरिराछौ र त्यस्तो ब्यस्त हुने गरि निशा ले सोधी ? अरु के गर्नु तिम्लाइ सम्झिदै ! गफाडि निशा को जबाफ थियो । धेरै बेर सम्म यस्तै यस्तै कुरा गर्दै बस्यौ अनि फोन राखी दिए । एकछिन पढ्न बसे । त्यतिकै मा आमा ले बोलाउनु भो बाबू यहाँ आइज त ! किताब बन्द गरेर आमा भाको ठाउ तिर गए ! यहाँ अलिकति साग लगाउनु पर्यो खनिदेन भन्नू भो ! मैले नि हुन्छ भन्दै खनिदिए ! खनेर सकेपछि धारा मा गएर हात मुख धोएर फ़ेरि पढन बसे । पढ्ने मन नै लागेको थिएन तर भोलि त अन्तिम दिन थियो त्यसैले पढ्नै पर्ने बाध्यता थियो ।
आमा ले खाना बनाएर सक्नु भएपछि खाना खान बोलाउनु भो । बुबा म आमा खाना खान बस्यौ ! खाना खादै गर्दा बुबा लाई भने बुबा 9 त खानी गाउँ मा पढ्छु भने । ल ल जता पढेनि पढ बरु राम्रो संग पढ भन्नू भो । बुबा त्यति बोल्नै हुन्न थ्यो कोइ संग पनि ! काम परेको बेला मात्र र बोल्नै पर्ने बेला मात्र बोल्नु हुन्थ्यो । हस् भनी बुबा को जबाफ दिए ।खाना खाइ सकेर कोठा मा गए अनि निशा लाई फोन गरे तर उठेन फेरि गरे फेरि उठेन ! मन त्यसै आत्तियो निशा लाई के भो होला? किन फोन नउठाएको होला ? यस्तै यस्तै कुरा मनमा खेल्दै थियो उता बाट फोन आयो ! किन फोन नउठाको मैले सोधे ? किन उठाउनु त उता बाट जबाफ आयो । ।

भाग=7

किन उठाउनु त उता को जबाफ थियो ? म अचम्म मा परे के भन्दै छिन निशा ? एकैछिन मा किन बद्लियो उ ? निशा लाई के भयो किन यति धारिलो सब्द प्रयोग गर्दै छिन् केही सोच्नै सकिन ! जसोतसो सम्हालिदै भने sorry .अनि फोन काटि दिए ! फोन राख्ने बितिक्कै उता बाट फोन आयो ! मैले काटिदिए फेरि फोन गरि फेरि काटिदिए । निशा ले बोलेको शब्द मन मस्तिष्क दिमाग कान सबै तिर गुन्जिरह्यो ! म होस् हराएको मान्छे झै टोलाएर बसिरहे ! मुबाइल मा msg आयो ! msg open गरेर हेरेको निशा को रहेछ ,लेखिएको थियो [ [ sorry मदन मैले त जिस्केर भनेको थिए तिमी रिसाइ हाल्छौ भन्ने थाहा थिएन plz एकचोटी त फोन उठाउ plz ] ]
उसलाई के थाहा उस्ले बोलेको शब्द ले मेरो मुटु छियाछिया भएको थियो ! फोन आयो receive गरे उताबाट निशा बोली sorry plz forgive me .मैले पनि भनिदिए एउटा सर्त मा मात्र माफ गरिदिन्छु ! के सर्त निशा ले सोधी? अब देखि यस्तो कहिले बोल्न पाउदिनौ मन्जुर छ ? मन्जुर निशा को जबाफ थियो । फेरि फोन मा मिठा मिठा कुरा गर्दै बस्यौं अब त सुत्नु पर्छ भोलि last day exam को तयारी पनि गर्नु पर्छ निशा ले भनी । जुन बेला exam छ त्यै बेला चाहिँ किन love परेको होला है हाम्रो romantic पारा ले भनिदिए । यदि exam नभाको भए त तिम्ले मलाई कहिले वास्ता नै गर्ने थिएनौं नि निशा ले भनि ।(( हुन पनि हो त्यति धेरै दिन संगै एउटै class मा पढ्यौ तर मैले कहिले ध्यान दिएको थिएन निशा लाई । यही exam को बाहाना ले त हामी नजिक भएका थियौं ।)) त्यै त है छोटो जबाफ दिए । सुत्नु पर्छ अब त निशा ले भनी / छुट्ने मन नै छैन तिमी संग मैले भने । मन त मलाई पनि कहाँ हो र सम्भब पनि त छैन नि 24 घन्टै फोन मा बोल्न निशा ले भनी । umm त्यति जबाफ दिए अनि bye भनी फोन राखिदिए । निद पटक्कै लाग्या थिएन । त्यै पनि निदाउने कोशिस गरे ,आँखा बन्द गरेर निशा लाई याद गरे ! हाम्रो छुट्टै सन्सार थियो जहाँ मात्र हामी थियौ माया नै माया को सागर थियो कुनै स्वर्ग जस्तो हामी धेरै खुशी थियौ ! हरेक पल खुशी नै खुशी ले भरिएको थियो ! हामी रमाउदै खुशी हुँदै एकअर्काको अङ्गालो मा थियौ ! त्यतिकै मा बर्सात भयो लाग्थ्यो आकाश पनि हाम्रो खुशी मा सामेल भै हाम्लाइ स्वागत गर्दै थिए । निशा लाई आफ्नो अङ्गलो बाट हटाउदै पर को एउटा गुलाफ टिपेर फर्किदै थिए अचानक निशा लाई कोहि आएर उठाइ लगे म दौडिदै निशा को पछि भाग्दै थिए अचानक मलाई कसैले पछाडी बाट हिर्काए ! म झसङ्ग बिउँझे सपना पो रहेछ ! सपना पनि कति डरलाग्दो थियो । पसिनाले पुरै भिजी सकेछु घडी हेरेको 3 बजे छ ।फेरि निदाउने कोशिस गरे निदाउनै सकिन कतै बिपना मै निशा लाई म बाट कसैले त खोस्दैन नि ? आफुले आफै लाई प्रश्न गरे । अह म त्यो कदापि हुन दिन्न म मरुला तर निशा मात्र मेरि हुन्छे मन अलि दरो बनाएर निदाए ।
बिहान आमा ले उठाउनु भयो उठ है बाबू उठेर पढ भन्नू भो । हस् भने अनि उठे फ्रेस भएर चिया पिए अनि पढ्न बसे । दिमागमा बारबार त्यै सपना को घटना ले राज गरिरहेका थिए पढ्नै सकिन । सपना को कुरा कहिले बिपना मा हुदैन रे भन्ने सुनेको थिए त्यै कुरा सम्झिएर मनमा थोरै हौसला बढाए । अलिअलि पढेको झैँ गरि बसिरहे त्यतिकै मा मनोज आइपुग्यो ! ओइ के सोचेर बसेको हिंड जाउ भन्यो । ल ल एकछिन है म कपडा लगाएर आउछु भने । त कपडा लगाएर आइज म हिंड्दै गर्छु मनोज ले भन्यो । नाइँ हुदैन संगै जाने क्या पख न एकछिन मनोज लाई अनुरोध गरे । म हलुवा मा बालुवा बन्नु छैन मलाई त र निशा आउदै गर म हिंड्दै गर्छु ! तैले कुनै पनि कुरा मलाई भनिराख्नु पर्दैन म सब बुझ्छु मनोज ले भन्यो ।हुन पनि मन को कुरा भन्नै पर्ने थिएन सजिलै मनोज ले बुझिदिन्थे ! यस्तो साथी दिलाएको मा मन मनै भगवान लाई धन्यवाद दिए । साथी त हजारौं पाइन्छ दुनियाँमा तर बिना स्वार्थ जस्तोसुकै कठिन मा पनि साथ दिने साथी भनेको लाखौं मा एक भेटिन्छ । त्यस्तै मेरो जीवन मा मनोज थियो । ल ल हुन्छ भने मनोज गयो । म पनि कपडा लगाएर हिडे । निशा पर्खी राकी रैछे हिंड जाउ भने निशा लाई । बोकेर लैजाउन निशा बच्चा झैँ बोल्दै थि । नजिस्किउन हिंड भनेपछि बल्ल हिडि । कुरा गर्दै गयौ स्कुल पनि आयो कोठा भित्र छिरेउ ! exam सुरु भयो exam सकिएपछि बाहिर सबै जमा हुनु sir को आदेस थियो । के रैछ आज भनेर exam सकिएपछि बाहिर बस्यौ एकैछिन मा सबै जमा भए अनि सर ले आज exam को last day अब 8 का बिद्यार्थी भाइ बैनी हाम्रो स्कुल बाट बिदा हुदैछ त्यसैले रिजल्ट को भोलिपल्ट बिदाइ कार्यक्रम राख्ने भएका छौ । त्यसैले सबै आफ्नो अभिभावक को साथ उपस्तिथि हुनु भन्नू भो । सबै हुन्छ भन्दै घर तिर लाग्यौं ।

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: