Skip to main content

Mero Love " Part 2 "


म कोठा मा फर्केर । फेरी मार्क चेज गरे । Oh shit , मेरो पो 82.9 % र उसको 83 % आको रहेछ । खइ मेरो आखा को कमजोरी थियो कि मनको । थाहा भएन । तर गुनासो चाही भयो । बेकार मा खुसी भएको रहेछु । बेकार मा अँकिता लाई गएर पानी हाल्देको रहेछु । सम्झेर मुसु मुसु हासि रहे । अँकिता लाई सोरी भन्ने भाव एकाएक उतपन्न भयो । म फेरी पुजा कि घर गए । त्यो बेला अँकिता कुर्सीमा बसेर टिभी हेर्देै थिइ । फिल्म पनि रोमान्टिक थियो । " मेने प्यार किया" । म अर्को कुर्सी तानेर उनको छेउ मै बसे । अँकित आफ्नो आखा म तिर घुमाइ । उसको आखाले केही प्रश् सोधै झै लाग्यो । सोरी मैले नम्र हुँदै भने । केही जवाफ दिएनन् उनले । मैले पुजा सम्झेर पानी हालेको थिए , सोरी प्लिज मैले भने । It'S Ok भनि उनले आखा टिभी तिर केन्द्रित गरे ।
By the Way , तिम्रो घर कहाँ हो , आज पहिलो पटक देख्दैछु तिमीलाइ ? मैले सोधे ।
पुजा को पापा मेरो मामा ज्यु हुनु हुन्छ ? उनले आखा टिभी तिर नै केन्द्रित गरी भनिन ।
अनि कती मा पढ्छौँ ? मैले सोधे
भरखरै एस.एल.सी देको उनले भनि
कति % आयो ? मैले फेरी प्रश्न गरे
80 % उनले भनि ।
मतलब उ पनि टेलेन्ड नै रहेछ । हुन त मेरो उ भन्दा बढी % आको थियो । तर म पुजा लाइ पछाड्नु चाहेर टेलेन्ड हुनु परेका थिए । नत्र किताब देखेर मलाइ नी झ्याउ लाग्थ्यो । एकछिन दुबै जना शान्त भइ टिभी तिर ध्यान राखे ।
तिम्रो नाम के हो ? उनले ध्यान भङग गरेर सोधिन् ।
रमन ! मैले जवाफ दिए ।
त्यति कै मा पुजा आइन । एउटा प्लेटमा पोपकर्न लिएर ।
अोइ कमिना त फेरी आईश ? उनले मलाइ हेर्ने बितिकै सोधिन् ।
तेरै बाउ को घर हो र , आउनै नहुने ? मैले ठाडो स्वरमा भने ।
अनि तेरो बाउ को हो त ? उनले भनि ।
हो मेरो बाउको , Uncle लाई गएर सोध ! मैले भने
उनी चुप भइ । सायद मलाई व्यङ्ग्य गर्ने अरू शब्द भेटाकी रहेनछ । नत्र सिधै घोची हाल्थी ।
( हुन त सधै हामी बिच स-साना झग्डा , गाली गलौज भइ रहन्थ्यो । त्यो कुरा हामीलाइ समान्य लाग्थ्यो । तर अँकिता नौलौ थिइ । हाम्रो बानी ब्यहोरा बाट अपरिचित थिइ । हाम्रो यस्तो संवाद सुनेर उ छक्क पर्नु समान्य कुरो थिए )
अँकिता टक्क परेर हामीलाइ हेर्दै थिइ । मानौं कुनै युद्ध हुदैछ र उ त्यसबाट हल्का डराउदै छिन । हल्का रोमाञ्चक मानिरहेकी छिन ।
म कुर्सी बाट उठेर पुजाको हात मा भएको प्लेट बाट केही पोपकर्न खोसे । अनि मुखमा राखी क्रेक क्रुक गरी खाइ दिए ।
साले मेरो पपकर्न खाइस् निकाल छिट्टै पुजाले भनि ।
हात ले अनि दिन्छु ? मैले भने ।
उनले आफ्नो हात अगाडी बढाइ ।
मैले छाद गरे झै मुखलाइ अमिलो पारेर ! उनको हातमा छादे झै गरे ।
छि साले ! उनले हात झिमिक्क हटाइ ।
उनले हातमा भएको प्लेट हाम्रो अगाडि भएको टेबुलमा राखि र अँकिता लाई खान भनि । अँकिता ले दुई तीन पटक पोपकर्न क्रेक क्रुक गरि खाइ सकेकी थिइ । मैले बिस्तारै प्लेट तिर आफ्नो हात बढाउदा पुजा ले प्याट्ट रिमोटले मेरो हात मा हिर्काइ । मलाइ साह्रै रिस उठ्यो । मैले उनको कपाल तानि दिए । उनले म सँग चल्नु थाले । पुजा तरकारि हेर त पाक्यो कि नाइ भित्र बाट उसकी आमाले बुलाएको अवाज सुनियो । आउदैछु आमा भनि उ उठेर भान्सा कोठा तिर गई । माहोल हल्का शान्त भयो । पुजा हुदा जहिले नै हो हल्ला भइरहन्थ्यो ।
तिमी हरू सधै यसरी नै झग्डा गरि रहन्छौ ? अँकिताले मलाइ सोधिन् ।
म गर्दिन उसले आफै झग्डा गर्नु खोज्छ ! मैले उनको अगाडी सिम्पल भएको नाटक गरे ।
रमाइलो लाग्छ है तिमीहरू लाई झग्डा गर्दा ? उनले भनि
हल्का हासो लाग्यो । तिमी गर्नु चाहन्छौ त झग्डा ! मैले भने
नाइ नाइ मलाइ मन पर्दैन । उनले भनि
यस्तै हामी बिच यता उताको बिषय लिइ कुरा भइ रहियो ।
भित्र बाट Aunty को फेरी अवाज सुनियो । अँकिता खाना खानु आउ भन्दै उहाले अँकिता लाई बुलाउनु भयो । ल जान्छु है उनले कुर्सी बाट उठेर डाइनिङ हल तिर गए । म पनि कोठा बाट निस्के । रमन तिमी कहिले आको Aunty ले मलाइ देख्नु साथ सोध्नु भयो । दस मिनेट जति भयो मैले भने । ल तिमी पनि आउ खाना खानु उहाले अाग्रह गर्नु भयो । होइन Aunty म घर गएर खान्छु मैले भने । पर्दैन यो बादर लाई ख्वाउनु पुजा पुलुक्क आएर घोची हाली । मलाइ हल्का बेज्जती जस्तो फिल भयो । अब त म खाएर नै जान्छु मैले भने । तेरो लागि खाना बनाको छैन पुजा ले फेरी भनि । चुप त्यसतो भन्नु हुदैन AuntY ले पुजालाइ भन्नु भयो । पुजा चुप भइ । ल जाउ रमन Aunty ले भन्नु भो । हस् भनि हामी सबै जना डाइमिङ हल तिर लागे । अँकिता डाइमिङ टेवल मा बसेर प्लेट लाई खटखटाउदै थिइ ।
क्रमश.....

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Nepali

हातमा घडी बाधेर मोबाईल मा Time हेर्नू Hotel मा खाजा खाने भने पछी मो:मो र चाऊमीन मात्र Order दीनू TV को रीमोट चलेन भने भीत्तामा ठाक ठाक ठूक ठूक पार्नू अझै भएन भने दूईटै Battery झीकेर टोकेर फेरी ल...