Skip to main content

Mero Love " Part 2 "


म कोठा मा फर्केर । फेरी मार्क चेज गरे । Oh shit , मेरो पो 82.9 % र उसको 83 % आको रहेछ । खइ मेरो आखा को कमजोरी थियो कि मनको । थाहा भएन । तर गुनासो चाही भयो । बेकार मा खुसी भएको रहेछु । बेकार मा अँकिता लाई गएर पानी हाल्देको रहेछु । सम्झेर मुसु मुसु हासि रहे । अँकिता लाई सोरी भन्ने भाव एकाएक उतपन्न भयो । म फेरी पुजा कि घर गए । त्यो बेला अँकिता कुर्सीमा बसेर टिभी हेर्देै थिइ । फिल्म पनि रोमान्टिक थियो । " मेने प्यार किया" । म अर्को कुर्सी तानेर उनको छेउ मै बसे । अँकित आफ्नो आखा म तिर घुमाइ । उसको आखाले केही प्रश् सोधै झै लाग्यो । सोरी मैले नम्र हुँदै भने । केही जवाफ दिएनन् उनले । मैले पुजा सम्झेर पानी हालेको थिए , सोरी प्लिज मैले भने । It'S Ok भनि उनले आखा टिभी तिर केन्द्रित गरे ।
By the Way , तिम्रो घर कहाँ हो , आज पहिलो पटक देख्दैछु तिमीलाइ ? मैले सोधे ।
पुजा को पापा मेरो मामा ज्यु हुनु हुन्छ ? उनले आखा टिभी तिर नै केन्द्रित गरी भनिन ।
अनि कती मा पढ्छौँ ? मैले सोधे
भरखरै एस.एल.सी देको उनले भनि
कति % आयो ? मैले फेरी प्रश्न गरे
80 % उनले भनि ।
मतलब उ पनि टेलेन्ड नै रहेछ । हुन त मेरो उ भन्दा बढी % आको थियो । तर म पुजा लाइ पछाड्नु चाहेर टेलेन्ड हुनु परेका थिए । नत्र किताब देखेर मलाइ नी झ्याउ लाग्थ्यो । एकछिन दुबै जना शान्त भइ टिभी तिर ध्यान राखे ।
तिम्रो नाम के हो ? उनले ध्यान भङग गरेर सोधिन् ।
रमन ! मैले जवाफ दिए ।
त्यति कै मा पुजा आइन । एउटा प्लेटमा पोपकर्न लिएर ।
अोइ कमिना त फेरी आईश ? उनले मलाइ हेर्ने बितिकै सोधिन् ।
तेरै बाउ को घर हो र , आउनै नहुने ? मैले ठाडो स्वरमा भने ।
अनि तेरो बाउ को हो त ? उनले भनि ।
हो मेरो बाउको , Uncle लाई गएर सोध ! मैले भने
उनी चुप भइ । सायद मलाई व्यङ्ग्य गर्ने अरू शब्द भेटाकी रहेनछ । नत्र सिधै घोची हाल्थी ।
( हुन त सधै हामी बिच स-साना झग्डा , गाली गलौज भइ रहन्थ्यो । त्यो कुरा हामीलाइ समान्य लाग्थ्यो । तर अँकिता नौलौ थिइ । हाम्रो बानी ब्यहोरा बाट अपरिचित थिइ । हाम्रो यस्तो संवाद सुनेर उ छक्क पर्नु समान्य कुरो थिए )
अँकिता टक्क परेर हामीलाइ हेर्दै थिइ । मानौं कुनै युद्ध हुदैछ र उ त्यसबाट हल्का डराउदै छिन । हल्का रोमाञ्चक मानिरहेकी छिन ।
म कुर्सी बाट उठेर पुजाको हात मा भएको प्लेट बाट केही पोपकर्न खोसे । अनि मुखमा राखी क्रेक क्रुक गरी खाइ दिए ।
साले मेरो पपकर्न खाइस् निकाल छिट्टै पुजाले भनि ।
हात ले अनि दिन्छु ? मैले भने ।
उनले आफ्नो हात अगाडी बढाइ ।
मैले छाद गरे झै मुखलाइ अमिलो पारेर ! उनको हातमा छादे झै गरे ।
छि साले ! उनले हात झिमिक्क हटाइ ।
उनले हातमा भएको प्लेट हाम्रो अगाडि भएको टेबुलमा राखि र अँकिता लाई खान भनि । अँकिता ले दुई तीन पटक पोपकर्न क्रेक क्रुक गरि खाइ सकेकी थिइ । मैले बिस्तारै प्लेट तिर आफ्नो हात बढाउदा पुजा ले प्याट्ट रिमोटले मेरो हात मा हिर्काइ । मलाइ साह्रै रिस उठ्यो । मैले उनको कपाल तानि दिए । उनले म सँग चल्नु थाले । पुजा तरकारि हेर त पाक्यो कि नाइ भित्र बाट उसकी आमाले बुलाएको अवाज सुनियो । आउदैछु आमा भनि उ उठेर भान्सा कोठा तिर गई । माहोल हल्का शान्त भयो । पुजा हुदा जहिले नै हो हल्ला भइरहन्थ्यो ।
तिमी हरू सधै यसरी नै झग्डा गरि रहन्छौ ? अँकिताले मलाइ सोधिन् ।
म गर्दिन उसले आफै झग्डा गर्नु खोज्छ ! मैले उनको अगाडी सिम्पल भएको नाटक गरे ।
रमाइलो लाग्छ है तिमीहरू लाई झग्डा गर्दा ? उनले भनि
हल्का हासो लाग्यो । तिमी गर्नु चाहन्छौ त झग्डा ! मैले भने
नाइ नाइ मलाइ मन पर्दैन । उनले भनि
यस्तै हामी बिच यता उताको बिषय लिइ कुरा भइ रहियो ।
भित्र बाट Aunty को फेरी अवाज सुनियो । अँकिता खाना खानु आउ भन्दै उहाले अँकिता लाई बुलाउनु भयो । ल जान्छु है उनले कुर्सी बाट उठेर डाइनिङ हल तिर गए । म पनि कोठा बाट निस्के । रमन तिमी कहिले आको Aunty ले मलाइ देख्नु साथ सोध्नु भयो । दस मिनेट जति भयो मैले भने । ल तिमी पनि आउ खाना खानु उहाले अाग्रह गर्नु भयो । होइन Aunty म घर गएर खान्छु मैले भने । पर्दैन यो बादर लाई ख्वाउनु पुजा पुलुक्क आएर घोची हाली । मलाइ हल्का बेज्जती जस्तो फिल भयो । अब त म खाएर नै जान्छु मैले भने । तेरो लागि खाना बनाको छैन पुजा ले फेरी भनि । चुप त्यसतो भन्नु हुदैन AuntY ले पुजालाइ भन्नु भयो । पुजा चुप भइ । ल जाउ रमन Aunty ले भन्नु भो । हस् भनि हामी सबै जना डाइमिङ हल तिर लागे । अँकिता डाइमिङ टेवल मा बसेर प्लेट लाई खटखटाउदै थिइ ।
क्रमश.....

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: