Skip to main content

कथा-रङ नम्बर (wrong number )(भाग-2)

आहा ! कति मिठो स्वर सुनिरहु झैँ लाग्ने । सुनेको थिए कसै कसैको बोलिमा मोहनी हुन्छ रे साच्चै उसको बोली मा कुनै मोहनी हुनुपर्छ नत्र त म सदा wrong number call गर्ने मान्छे लाई किन आज पहिलोपटक कसैको बोली यति प्यारो लाग्दै थियो त । म यहि कुरा हरु मा हराउँदै थिए उता बाट किन नबोल्नु भाको भनेपछि पो झसङ्ग भए । मैले आफुलाइ ठिक गर्दै कस्लाइ खोज्नु भाको भने ? दाइ लाई भनेर जबाफ आयो । मेरो त कुनै बैनी छैन त मैले जिस्कने पारा मा भने । चिन्ता नगर्नु अब देखि मलाई बैनी भन्नू न भन्दै मज्जाले हास्न थाली । मैले पनि जिस्किदै तिम्लाइ त मेरि मन कि रानी भन्न पो मन लाग्यो भनिदिए । उ हास्न छोडेर कति मातेको मान्छे चिन्नु न जान्नु अर्कालाई जे मन लायो त्यै भन्छ ,अलि नर्भस पारा मा भनी । भनेको त छैन नि भनु झैँ पो लाग्यो त भने ।केटा हरु को जात नै यस्तै केटी त देख्न देखि लिएर सुन्न सम्म नहुने सुरु भै हाल्छन उस्ले रिसाए झैँ गरि भनी । मैले पनि अलि रिसाए झैँ गरेर भनिदिए हुन सक्छ त्यस्तो केटा हरु पनि तर मलाई उनीहरु संग नदाज भने । उस्ले sorry भनि मैले its ok भने । सधैं रङ नम्बर मा फोन गरेर बस्ने मान्छे आज महापुरुस बन्न खोज्दै थिए आफैलाइ हासो लागि राथ्यो आफ्नो पारा देखेर । अनि मैले अलि सिरेस पारा मा सोधे साच्चै भन त कस्लाइ फोन गरेको ? दाइ लाई भनेर फोन गरेकी थिए डाएल गर्ने बेला नम्बर मिस्टेक भएर हजुर लाई परेछ भनी । दाइ यतै हुनुहुन्छ र मैले सोधे ? अ ब्याङ्लोर मा हुनुहुन्छ उस्ले जबाफ दिई । म त महारास्ट मा थिए त्यहाँ देखि धेरै नै टाढा थियो ब्याङ्लोर ।
घर कहाँ होर मैले सोधेँ ? धादिङ अनि हजुर को उस्ले सोधी ? मेरो पनि धादिङ नै हो भने । ए कुन ठाउ उस्ले सोधी? खाल्टे मेरो जबाफ थियो । अनि तिम्रो कुन ठाउ र मैले पनि सोधेँ ? मेरो मैदी उस्ले भनी । नाम त मैले सोधे ? चमेलि अनि हजुर को ? मदन मैले छोटो जबाफ दिए । जिन्दगीमा पहिलो पटक मैले नाम घर सबै साचो बताउदै थिए । थाहा थिएन मलाई के भाको थियो । उस्ले कुनै जादु गरे झैँ म सबै सच बताउदै गए । मैले पनि उसको बारेमा सबै सोधेँ । घरमा बुबा आमा अनि दाइ र उ रैछे ! 10 मा पढ्दै रैछे । निकै बेर सम्म हाम्रो कुरा कानी चल्यो । अब त मुबाइल मा ब्यालेन्स सकिएको म्यासेज आउन थाल्यो । मैले म पछि फोन गर्छु ल भन्दै राखिदिए ।
रुम नजिकै एउटा पसल थियो अनि त्यही गएर रिचार्ज गरे अनि उसैलाई फोन गरे । फोन receive भयो । हजुर को बुढी को फोन आको हो भनेर सोधी ? बुढी को फोन आको होईन बुढी लाई चाहिँ फोन गर्दै छु भनिदिए । पहिल्यै देखि रङ नम्बर डाएल गरेर बोल्न सिपालु भाको मान्छे न परे । उसले रिसाउदै के रे भनी ? sorry म त जिस्किदै थिए भने उ केही बोलिन । नचिनेको मान्छे संग बोल्नु हुदैन रे आमा ले भन्नू भाको भन्दै थिइ । umm हुदैन नि मैले पनि थपिदिए । अनि किन म संग बोलिराख्नु भाको त उसको प्रश्न थियो ??
बर्सौ पहिले चिने झैँ आभास भयौ र पो ।
तिमी आफ्नै भए झैँ एहेसास भयौ र पो ।
जति बोल्यो उति बोलु लाग्छ तिमी संग,,
अन्जान मै पनि तिमी खास भयौ र पो ।।
waw! super ! उस्ले भनी । thanks भने ।
धेरै बेर सम्म कुरा चलिरह्यो! अब त सुत्नु पर्छ भनी । मलाई त निद लागेको छैन तिमी सुत भनिदिए । हजुर लाई चाहिँ किन निद नलागेको नि उस्ले सोधी ? आज निदाउनै मन छैन भने ।
के गरेर बस्ने त रातै भरी उसले सोधी ? तिम्लाइ सम्झेर मैले छोटो जबाफ दिए । कती गफाडि तपाईं त उस्ले भनी । गफ होइन साच्चै भनेको मैले भने । ल ल अब चाहिँ सुत्नु पर्छ भनी हुन्छ भने फोन राखिदिए ।
खै आज एकैदिन मा म उसलाई धेरै पहिले देखि नै चिन्छु झैँ लागेको थियो । आज आखामा निद थिएन ! पहिलोपटक यस्तो हुँदै थियो मलाई । पहिला पनि रङ नम्बर त डाएल गरेकै हो तर आज जस्तो कहिले भएको थिएन । जसोतसो निदाए । बिहान पख मुबाइल बज्यो हेरेको म्यासेज आको रैछ । उसैको म्यासेज थियो । म्यासेज खोले ..............
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

Friendship

पहिलो साथी ; ओई हेर्न मैले आज नयाँ मोबाइल किनेर ल्याए . . . . दोस्रो साथी :- वाह , त्यसो भए आज पार्टी हुने भयो , ल पार्टीमा म तलाई एउटा गिफ्ट दिन्छु । . . बेलुका दुबै जना होटेलमा गए ( डिनर ...

#ढकाल

एकदिन आँसु लाई भने! म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न । तब आँसु ले भन्यो ! हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

SunShower-part1

म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै ...