Skip to main content

कथा-रङ नम्बर (wrong number )(भाग-2)

आहा ! कति मिठो स्वर सुनिरहु झैँ लाग्ने । सुनेको थिए कसै कसैको बोलिमा मोहनी हुन्छ रे साच्चै उसको बोली मा कुनै मोहनी हुनुपर्छ नत्र त म सदा wrong number call गर्ने मान्छे लाई किन आज पहिलोपटक कसैको बोली यति प्यारो लाग्दै थियो त । म यहि कुरा हरु मा हराउँदै थिए उता बाट किन नबोल्नु भाको भनेपछि पो झसङ्ग भए । मैले आफुलाइ ठिक गर्दै कस्लाइ खोज्नु भाको भने ? दाइ लाई भनेर जबाफ आयो । मेरो त कुनै बैनी छैन त मैले जिस्कने पारा मा भने । चिन्ता नगर्नु अब देखि मलाई बैनी भन्नू न भन्दै मज्जाले हास्न थाली । मैले पनि जिस्किदै तिम्लाइ त मेरि मन कि रानी भन्न पो मन लाग्यो भनिदिए । उ हास्न छोडेर कति मातेको मान्छे चिन्नु न जान्नु अर्कालाई जे मन लायो त्यै भन्छ ,अलि नर्भस पारा मा भनी । भनेको त छैन नि भनु झैँ पो लाग्यो त भने ।केटा हरु को जात नै यस्तै केटी त देख्न देखि लिएर सुन्न सम्म नहुने सुरु भै हाल्छन उस्ले रिसाए झैँ गरि भनी । मैले पनि अलि रिसाए झैँ गरेर भनिदिए हुन सक्छ त्यस्तो केटा हरु पनि तर मलाई उनीहरु संग नदाज भने । उस्ले sorry भनि मैले its ok भने । सधैं रङ नम्बर मा फोन गरेर बस्ने मान्छे आज महापुरुस बन्न खोज्दै थिए आफैलाइ हासो लागि राथ्यो आफ्नो पारा देखेर । अनि मैले अलि सिरेस पारा मा सोधे साच्चै भन त कस्लाइ फोन गरेको ? दाइ लाई भनेर फोन गरेकी थिए डाएल गर्ने बेला नम्बर मिस्टेक भएर हजुर लाई परेछ भनी । दाइ यतै हुनुहुन्छ र मैले सोधे ? अ ब्याङ्लोर मा हुनुहुन्छ उस्ले जबाफ दिई । म त महारास्ट मा थिए त्यहाँ देखि धेरै नै टाढा थियो ब्याङ्लोर ।
घर कहाँ होर मैले सोधेँ ? धादिङ अनि हजुर को उस्ले सोधी ? मेरो पनि धादिङ नै हो भने । ए कुन ठाउ उस्ले सोधी? खाल्टे मेरो जबाफ थियो । अनि तिम्रो कुन ठाउ र मैले पनि सोधेँ ? मेरो मैदी उस्ले भनी । नाम त मैले सोधे ? चमेलि अनि हजुर को ? मदन मैले छोटो जबाफ दिए । जिन्दगीमा पहिलो पटक मैले नाम घर सबै साचो बताउदै थिए । थाहा थिएन मलाई के भाको थियो । उस्ले कुनै जादु गरे झैँ म सबै सच बताउदै गए । मैले पनि उसको बारेमा सबै सोधेँ । घरमा बुबा आमा अनि दाइ र उ रैछे ! 10 मा पढ्दै रैछे । निकै बेर सम्म हाम्रो कुरा कानी चल्यो । अब त मुबाइल मा ब्यालेन्स सकिएको म्यासेज आउन थाल्यो । मैले म पछि फोन गर्छु ल भन्दै राखिदिए ।
रुम नजिकै एउटा पसल थियो अनि त्यही गएर रिचार्ज गरे अनि उसैलाई फोन गरे । फोन receive भयो । हजुर को बुढी को फोन आको हो भनेर सोधी ? बुढी को फोन आको होईन बुढी लाई चाहिँ फोन गर्दै छु भनिदिए । पहिल्यै देखि रङ नम्बर डाएल गरेर बोल्न सिपालु भाको मान्छे न परे । उसले रिसाउदै के रे भनी ? sorry म त जिस्किदै थिए भने उ केही बोलिन । नचिनेको मान्छे संग बोल्नु हुदैन रे आमा ले भन्नू भाको भन्दै थिइ । umm हुदैन नि मैले पनि थपिदिए । अनि किन म संग बोलिराख्नु भाको त उसको प्रश्न थियो ??
बर्सौ पहिले चिने झैँ आभास भयौ र पो ।
तिमी आफ्नै भए झैँ एहेसास भयौ र पो ।
जति बोल्यो उति बोलु लाग्छ तिमी संग,,
अन्जान मै पनि तिमी खास भयौ र पो ।।
waw! super ! उस्ले भनी । thanks भने ।
धेरै बेर सम्म कुरा चलिरह्यो! अब त सुत्नु पर्छ भनी । मलाई त निद लागेको छैन तिमी सुत भनिदिए । हजुर लाई चाहिँ किन निद नलागेको नि उस्ले सोधी ? आज निदाउनै मन छैन भने ।
के गरेर बस्ने त रातै भरी उसले सोधी ? तिम्लाइ सम्झेर मैले छोटो जबाफ दिए । कती गफाडि तपाईं त उस्ले भनी । गफ होइन साच्चै भनेको मैले भने । ल ल अब चाहिँ सुत्नु पर्छ भनी हुन्छ भने फोन राखिदिए ।
खै आज एकैदिन मा म उसलाई धेरै पहिले देखि नै चिन्छु झैँ लागेको थियो । आज आखामा निद थिएन ! पहिलोपटक यस्तो हुँदै थियो मलाई । पहिला पनि रङ नम्बर त डाएल गरेकै हो तर आज जस्तो कहिले भएको थिएन । जसोतसो निदाए । बिहान पख मुबाइल बज्यो हेरेको म्यासेज आको रैछ । उसैको म्यासेज थियो । म्यासेज खोले ..............
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...