good morning मदन । पहिलो पटक कसैको good morning भन्ने शब्द ले बिउँझेको थिए । साच्चै कति अनौठो छ यो मन पनि कहिले हजारौं कोशिस गर्दा पनि पग्लिदैन त कहिले कुनै कोशिस बिना नै आगो मा घ्यु पग्लिए झैँ पग्लिदिन्छ । हत्तपत्त उठेर फोन गरे । फोन receive भयो ! good morning मैले ज्यान तन्काउदै भने । अझै उठनु भाछैन कि के हो उस्ले सोधी ? छैन उठने बेला नै भाको छैन भने । अल्छी मान्छे यतिबेला सम्म उठदैन हजुर को श्रीमती ले दुख पाउने भो बिचरी भन्दै जिस्किन थाली । तिम्ले त होनि दुख पाए नि सुख पाए नि भनिदिए । भयो खुब उ अलि सिरियस भै बोली । ल ल छोड ती कुरा बरु के गर्दै छौ भनेर सोधे ? ट्युसन जाँदै छु भनि ।
निकै बेर सम्म कुरा भयो ! म स्कुल आइपुगे राख्नु ल भनी । राख्ने मन त कहाँ थियो र हरेक पल उसको मिठो बोली सुनिरहु झैँ भाको थियो । तर उसको पनि बाध्यता बुझ्नु पर्ने थियो । त्यसैले हुन्छ भने अनि राखिदिए । साथीहरू अझै सुत्दै थिए ! आफू उठेर नुहाउन गए अनि नुहाएर आए अनि साथीहरू लाई उठाइ दिए । साथीहरू उठेर फ्रेस भएपछि सबै जना होटेल तिर लाग्यौं । सबै आ-आफ्नो काम गर्दै थिए तर म भने त्यतिकै बसिरहे । साथीहरू ले काम सकाए पछि खाना खायौं अनि होटेल open गर्यौ । चार जना ग्राहक हरु आएर बसे अनि म उठेर order लिन गए । order लिए र आए अनि उनीहरुको order अनुरुप लगिदिए । हेर्दा रक्सी खाएर आका जस्तै देखिन्थे चारै जना । खाना खाइसके पछि मिठो भएन पिरो भएन नुन पुगेन भनेर किचकिच गर्न थाले । मनमनै भने साला यो धोती हरु को नाटक नै बढी कहिले कहिले के । आफ्नो मन मस्तिष्क ले भने चमेली बाहेक केही सोचेकै थिएन । सबै उठेर बिल नतिरी जान्छु भनेर निउ खोज्न थाले । साथीहरू ले सम्झाउदै थिए तर उल्टो गाली दिन थाले ।मगर को छोरो न परियो चाहे ज्यान जाओस् तर पछि हट्ने वाला थिएन। मलाई पनि झनक्क रिस उठयो अनि त सबै लाई पालैपालो दिए । साथीहरू ले पनि आफ्नो आफ्नो हात साफ गर्दै थिए । एकैछिन मा पुलिस आइपुग्यो सबै लाई उठाएर लगे । जिन्दगीमा पहिलो पटक जेल जाँदै थिए । तर मनमा अलिकति पनि डर थिएन किनकि होटेल को साहु ठुलै मान्छे थियो त्यहाँ को । 2 जना साथी सहित म गरेर 3 जना जेल जाँदै थियौं जेल पुग्यौं ! हामी पुग्ने बितिक्कै साहु आइपुग्यो अनि हाम्लाइ छुटाएर लग्यो । के को निउ मा झगडा भाको सबै साहु लाई भनेपछि मलाई फोन गर्नुपर्थ्यो नि भन्दै थिए ! यति जाबो कुरामा पनि त्यसलाई कस्ले फोन गर्ने । ल ल अब देखि केही भयो भने मलाई फोन गर भन्यो अनि गयो ।
जे होस् त्यो दिन रमाइलो गरि नै बित्यो ! होटेल बन्द भए पछि रिचार्ज लिए अनि खाना खाएर रुम तिर जादै चमेली लाई फोन गरे । हिजो झैँ फोनमा मिठा मिठा कुरा हुन थाल्यो । साथीहरू अघि अघि गए म पछिपछि थिए । रुम पुगेपछि बाहिरै बसेर कुरा गरे । कुरा गर्दागर्दै रात निकै छिपिएछ अब त सुत्नु पर्छ सुत भने उसलाई । आज त निद नै लागेको छैन भन्दै थिइ । मतलब मलाई जस्तै उसलाई पनि त्यस्तै भएछ !
न देखेका थियौ न भेटेका थियौ तर खै कसरी हामी यती नजिक भयौं अचम्म लागिराथ्यो ।
जसरी हुन्छ अब त निदाउन थियो नत्र भोलि उठन गाह्रो हुन्थ्यो । अब सुतौ भने अनि फोन राखे ।
तिमी संगै काट्न पाउने साथ कति छोटो ।
चाहेर नि छुन नसक्ने हात कति छोटो ।
जब कोहि मन मुटु धड्कन भित्र बसिदिन्छ,,
लाग्न थाल्छ पुरै दिन अनि रात कति छोटो ।।
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।
बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय । उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति
Comments