Skip to main content

कथा-रङ नम्बर (wrong number )(भाग-3 )

good morning मदन । पहिलो पटक कसैको good morning भन्ने शब्द ले बिउँझेको थिए । साच्चै कति अनौठो छ यो मन पनि कहिले हजारौं कोशिस गर्दा पनि पग्लिदैन त कहिले कुनै कोशिस बिना नै आगो मा घ्यु पग्लिए झैँ पग्लिदिन्छ । हत्तपत्त उठेर फोन गरे । फोन receive भयो ! good morning मैले ज्यान तन्काउदै भने । अझै उठनु भाछैन कि के हो उस्ले सोधी ? छैन उठने बेला नै भाको छैन भने । अल्छी मान्छे यतिबेला सम्म उठदैन हजुर को श्रीमती ले दुख पाउने भो बिचरी भन्दै जिस्किन थाली । तिम्ले त होनि दुख पाए नि सुख पाए नि भनिदिए । भयो खुब उ अलि सिरियस भै बोली । ल ल छोड ती कुरा बरु के गर्दै छौ भनेर सोधे ? ट्युसन जाँदै छु भनि ।
निकै बेर सम्म कुरा भयो ! म स्कुल आइपुगे राख्नु ल भनी । राख्ने मन त कहाँ थियो र हरेक पल उसको मिठो बोली सुनिरहु झैँ भाको थियो । तर उसको पनि बाध्यता बुझ्नु पर्ने थियो । त्यसैले हुन्छ भने अनि राखिदिए । साथीहरू अझै सुत्दै थिए ! आफू उठेर नुहाउन गए अनि नुहाएर आए अनि साथीहरू लाई उठाइ दिए । साथीहरू उठेर फ्रेस भएपछि सबै जना होटेल तिर लाग्यौं । सबै आ-आफ्नो काम गर्दै थिए तर म भने त्यतिकै बसिरहे । साथीहरू ले काम सकाए पछि खाना खायौं अनि होटेल open गर्यौ । चार जना ग्राहक हरु आएर बसे अनि म उठेर order लिन गए । order लिए र आए अनि उनीहरुको order अनुरुप लगिदिए । हेर्दा रक्सी खाएर आका जस्तै देखिन्थे चारै जना । खाना खाइसके पछि मिठो भएन पिरो भएन नुन पुगेन भनेर किचकिच गर्न थाले । मनमनै भने साला यो धोती हरु को नाटक नै बढी कहिले कहिले के । आफ्नो मन मस्तिष्क ले भने चमेली बाहेक केही सोचेकै थिएन । सबै उठेर बिल नतिरी जान्छु भनेर निउ खोज्न थाले । साथीहरू ले सम्झाउदै थिए तर उल्टो गाली दिन थाले ।मगर को छोरो न परियो चाहे ज्यान जाओस् तर पछि हट्ने वाला थिएन। मलाई पनि झनक्क रिस उठयो अनि त सबै लाई पालैपालो दिए । साथीहरू ले पनि आफ्नो आफ्नो हात साफ गर्दै थिए । एकैछिन मा पुलिस आइपुग्यो सबै लाई उठाएर लगे । जिन्दगीमा पहिलो पटक जेल जाँदै थिए । तर मनमा अलिकति पनि डर थिएन किनकि होटेल को साहु ठुलै मान्छे थियो त्यहाँ को । 2 जना साथी सहित म गरेर 3 जना जेल जाँदै थियौं जेल पुग्यौं ! हामी पुग्ने बितिक्कै साहु आइपुग्यो अनि हाम्लाइ छुटाएर लग्यो । के को निउ मा झगडा भाको सबै साहु लाई भनेपछि मलाई फोन गर्नुपर्थ्यो नि भन्दै थिए ! यति जाबो कुरामा पनि त्यसलाई कस्ले फोन गर्ने । ल ल अब देखि केही भयो भने मलाई फोन गर भन्यो अनि गयो ।
जे होस् त्यो दिन रमाइलो गरि नै बित्यो ! होटेल बन्द भए पछि रिचार्ज लिए अनि खाना खाएर रुम तिर जादै चमेली लाई फोन गरे । हिजो झैँ फोनमा मिठा मिठा कुरा हुन थाल्यो । साथीहरू अघि अघि गए म पछिपछि थिए । रुम पुगेपछि बाहिरै बसेर कुरा गरे । कुरा गर्दागर्दै रात निकै छिपिएछ अब त सुत्नु पर्छ सुत भने उसलाई । आज त निद नै लागेको छैन भन्दै थिइ । मतलब मलाई जस्तै उसलाई पनि त्यस्तै भएछ !
न देखेका थियौ न भेटेका थियौ तर खै कसरी हामी यती नजिक भयौं अचम्म लागिराथ्यो ।
जसरी हुन्छ अब त निदाउन थियो नत्र भोलि उठन गाह्रो हुन्थ्यो । अब सुतौ भने अनि फोन राखे ।
तिमी संगै काट्न पाउने साथ कति छोटो ।
चाहेर नि छुन नसक्ने हात कति छोटो ।
जब कोहि मन मुटु धड्कन भित्र बसिदिन्छ,,
लाग्न थाल्छ पुरै दिन अनि रात कति छोटो ।।
बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...