Skip to main content

कथा = गुम्सिएका चाहना(भाग=2)

उसले आफ्नो अनुहार म तिर गर्दै भनी hlo म मुना । साच्चै मैले सोचेको भन्दा राम्री थिइ उ ! हसिलो अनुहार काली काली हिस्सी परेकी । नसालु ती आँखा मोहनी त्यो बोली । मुख ले भन्दा आँखा ले धेरै बोल्थी उ । पहिलो भेटमै फिदा भए म त । त्यसपछि हाम्रो सामन्य कुरा भयो । भर्खर भर्खरै कलेज join गरेकी रैछे । उसको साथी संग पनि परिचय गरे अनि खाजा खान जाउ भने ,! नखाने म त मन छैन उसको जबाफ थियो । पहिलो भेटमै साथी को कुरा काट्छौ मैले जिस्किदै सोधे ? तिम्ले भन्ने बितिक्कै मान्न तिमी को हौ र उसले ठट्यौली पारा मा व्यंग्य हानी । मैले पनि सर्ट मिलाउदै भनिदिए म त आफुले आफैं लाई आर्यन सिग्देल सम्झिन्छु ।
उ हास्न थाली ! कति मिठो हासो अनि त्यसै माथी डिम्पल पर्ने गाला म त भुतुक्कै । उ धेरै बेर सम्म हासी अनि आफ्नो हासो रोक्दै गफाडि भनी । त्यसपछि हामी होटेल गयौं र आफ्नो आफ्नो इच्छा अनुसार order दियौं । उसको साथी पनि संगै थिइ । उसको साथी केही बोलेकि थिइन । त्यसैले जिस्काउदै भने तिम्रो साथी त लाटि हो कि के हो केही बोल्दिन त ? उसको साथी ले आँखा तर्दै तिम्लाइ जस्तो बिना काममा बोल्न आउदैन मलाई भनी । हल्का रिसाएको जस्तो देखिन्थी । मैले थोरै भावुक भएर भने sorry ! म त जिस्किएको मात्र थिए रिसायौ कि के हो ? छैन किन रिसाउनु उसले भनी । thank god मन मनै भने । मलाई उसको साथी रिसाएर फरक पर्ने थिएन पहिलो भेटमै मुना को नजर मा गलत साबित हुन्छु कि भन्ने डर थियो ।। त्यतिकै मा खाजा आयो हामी खाजा खाएर class तिर लाग्यौं ।
class सकिए पछि मुना म अनि उसको साथी संगै घर तिर लाग्यौं । सबै जना मौन थिए सायद पहिलो दिन भएर होला । मलाई पनि बोल्न अप्ठ्यारो लागिरहेको थियो दिउँसो को कुरा ले । हाम्रो मौनता को बाध तोड्दै मुना बोली के हो सबै चुपचाप छ त ?? मैले जिस्किदै भने मेरो मौन व्रत छ नि त ।
तिम्लाइ त कसले सक्ने कुरा गरेर मुना बोलि । पहिला त धेरै बोल्ने थिएन अझै केटी हरु संग त बोल्ने थिएन खै आज के भयो तिम्लाइ देखेपछि बोल्ने भए । मुना ले अलि सिरियस पारा मा सोधी किन नि त्यस्तो ?? सायद देबकोटा को काब्य देखि नै चिनजान भएर होला मैले भने । उ केही बोलिन ।
हाम्रो छुट्टिन पर्ने ठाँउ पनि आइसकेको रहेछ । मुना र उसको साथी bye भनेर गए । मन ले त हरपल मुना संगै हुन पाए भन्दै थियो । तर सम्भब कहाँ थियो र । खै मन भन्ने चिज पनि अचम्म को छ कोहि बर्सौ देखि साथ हुँदा नि मनमा बस्न सक्दैन कोहि एकै नजरमा बसिदिन्छन । उसलाई देखिने बेलासम्म हेरिरहे हेर्दाहेर्दै उ ओझेल परि अनि म पनि आफ्नो बाटो लागे । खै आज मन त्यसै फुरुङ्ग भएको थियो सायद आफू लाई मन पर्ने कोहि भेटेर पो हो कि । घर आएर कपडा चेन्ज गरे अनि मुबाइल चलाएर बसिरहे । बेलुका खाना खाएर आफ्नो बिस्तारामा पल्टिए । आँखा भरी दिउँसो को उसको मुहार घुमिरहेका थिए । एकैछिन आँखा बन्द गरेर बसे । उसको मिठो हासो नसालु आँखा डिम्पल गाला एकाएक गरि मेरो आँखा भरि पर्दामा झैँ घुमिरहेका थिए । मुना म संगै थिइ मेरो अङ्गालो भरी तर सब कल्पना थिए । कति सुन्दर थिए कल्पना सायद बिपना भै दिएको भए म कति भाग्यमानी ठहरिन्थे होला । छुट्टै आनन्द थियो उसको कल्पना मा हराउन । लाग्थ्यो सधैं भरी कल्पना मै हराइरहु । कल्पना मै भए पनि उसलाई अङ्गाली रहु ।यस्तै यस्तै कल्पना मा हराउदा हराउँदै कति खेर निदाएछु थाहै पाइन ।।

         बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...