Skip to main content

कथा = गुम्सिएका चाहना(भाग=2)

उसले आफ्नो अनुहार म तिर गर्दै भनी hlo म मुना । साच्चै मैले सोचेको भन्दा राम्री थिइ उ ! हसिलो अनुहार काली काली हिस्सी परेकी । नसालु ती आँखा मोहनी त्यो बोली । मुख ले भन्दा आँखा ले धेरै बोल्थी उ । पहिलो भेटमै फिदा भए म त । त्यसपछि हाम्रो सामन्य कुरा भयो । भर्खर भर्खरै कलेज join गरेकी रैछे । उसको साथी संग पनि परिचय गरे अनि खाजा खान जाउ भने ,! नखाने म त मन छैन उसको जबाफ थियो । पहिलो भेटमै साथी को कुरा काट्छौ मैले जिस्किदै सोधे ? तिम्ले भन्ने बितिक्कै मान्न तिमी को हौ र उसले ठट्यौली पारा मा व्यंग्य हानी । मैले पनि सर्ट मिलाउदै भनिदिए म त आफुले आफैं लाई आर्यन सिग्देल सम्झिन्छु ।
उ हास्न थाली ! कति मिठो हासो अनि त्यसै माथी डिम्पल पर्ने गाला म त भुतुक्कै । उ धेरै बेर सम्म हासी अनि आफ्नो हासो रोक्दै गफाडि भनी । त्यसपछि हामी होटेल गयौं र आफ्नो आफ्नो इच्छा अनुसार order दियौं । उसको साथी पनि संगै थिइ । उसको साथी केही बोलेकि थिइन । त्यसैले जिस्काउदै भने तिम्रो साथी त लाटि हो कि के हो केही बोल्दिन त ? उसको साथी ले आँखा तर्दै तिम्लाइ जस्तो बिना काममा बोल्न आउदैन मलाई भनी । हल्का रिसाएको जस्तो देखिन्थी । मैले थोरै भावुक भएर भने sorry ! म त जिस्किएको मात्र थिए रिसायौ कि के हो ? छैन किन रिसाउनु उसले भनी । thank god मन मनै भने । मलाई उसको साथी रिसाएर फरक पर्ने थिएन पहिलो भेटमै मुना को नजर मा गलत साबित हुन्छु कि भन्ने डर थियो ।। त्यतिकै मा खाजा आयो हामी खाजा खाएर class तिर लाग्यौं ।
class सकिए पछि मुना म अनि उसको साथी संगै घर तिर लाग्यौं । सबै जना मौन थिए सायद पहिलो दिन भएर होला । मलाई पनि बोल्न अप्ठ्यारो लागिरहेको थियो दिउँसो को कुरा ले । हाम्रो मौनता को बाध तोड्दै मुना बोली के हो सबै चुपचाप छ त ?? मैले जिस्किदै भने मेरो मौन व्रत छ नि त ।
तिम्लाइ त कसले सक्ने कुरा गरेर मुना बोलि । पहिला त धेरै बोल्ने थिएन अझै केटी हरु संग त बोल्ने थिएन खै आज के भयो तिम्लाइ देखेपछि बोल्ने भए । मुना ले अलि सिरियस पारा मा सोधी किन नि त्यस्तो ?? सायद देबकोटा को काब्य देखि नै चिनजान भएर होला मैले भने । उ केही बोलिन ।
हाम्रो छुट्टिन पर्ने ठाँउ पनि आइसकेको रहेछ । मुना र उसको साथी bye भनेर गए । मन ले त हरपल मुना संगै हुन पाए भन्दै थियो । तर सम्भब कहाँ थियो र । खै मन भन्ने चिज पनि अचम्म को छ कोहि बर्सौ देखि साथ हुँदा नि मनमा बस्न सक्दैन कोहि एकै नजरमा बसिदिन्छन । उसलाई देखिने बेलासम्म हेरिरहे हेर्दाहेर्दै उ ओझेल परि अनि म पनि आफ्नो बाटो लागे । खै आज मन त्यसै फुरुङ्ग भएको थियो सायद आफू लाई मन पर्ने कोहि भेटेर पो हो कि । घर आएर कपडा चेन्ज गरे अनि मुबाइल चलाएर बसिरहे । बेलुका खाना खाएर आफ्नो बिस्तारामा पल्टिए । आँखा भरी दिउँसो को उसको मुहार घुमिरहेका थिए । एकैछिन आँखा बन्द गरेर बसे । उसको मिठो हासो नसालु आँखा डिम्पल गाला एकाएक गरि मेरो आँखा भरि पर्दामा झैँ घुमिरहेका थिए । मुना म संगै थिइ मेरो अङ्गालो भरी तर सब कल्पना थिए । कति सुन्दर थिए कल्पना सायद बिपना भै दिएको भए म कति भाग्यमानी ठहरिन्थे होला । छुट्टै आनन्द थियो उसको कल्पना मा हराउन । लाग्थ्यो सधैं भरी कल्पना मै हराइरहु । कल्पना मै भए पनि उसलाई अङ्गाली रहु ।यस्तै यस्तै कल्पना मा हराउदा हराउँदै कति खेर निदाएछु थाहै पाइन ।।

         बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...