Skip to main content

एकतर्फी प्रेमको कथा


एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो ।
आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।
यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु ।
प्रसङ् राधा-कृष्णको हो । जब कृष्ण गाई चराउन जंगलमा जान्थे, उनी एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब उक्त धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठिदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँसु पनि बग्न थ्ााल्थ्यो । यो क्रम कहिलेकाहीँ घन्टौंसम्म चलिरहन्थ्यो ।
एक दिन कृष्णले राधासँग सोधे, 'राधे, तिमी किन यसरी बेला-कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।'
'तिम्रो धुन सुनेपछि म अरू केही गर्नै सक्दिनँ । तानिँदै तिमी नजिक आइपुग्छु ।' राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुँदैन ।'
'त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?'
'काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्दैनौ ।' राधाले भनिन्, 'त्यसका लागि तिमी नै राधा हुनुपर्छ ।'
'अन्यथा नलेऊ राधे... ।' कृष्णले हाँस्दै भने, 'तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । म तिम्रो यो भाषा बुझ्न असमर्थ छु ।'
'हाँस र रमाइलो पनि मान ।' राधाले रुँदै भनिन्, 'कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।'
त्यसपछिको कथा त धेरैलाई थाहा छ । यो संवादको केही समयपछि कृष्णले बृन्दाबन छाडे । यसरी छाडे कि फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभर कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकुल (राजधानी) गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।
एक दिन जब कृष्णले रुक्मिणीलाई भेटे, एक नजरमा कृष्णलाई प्रेम भयो, तर राधाले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिइन्, त्यो मेटिएन । जति-जति समय बित्दै गयो, कृष्णले विवाह गर्दै गए । जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रवृन्दा नाग्नजीति, सत्या, भद्राजस्ता अनेक नारी उनको जीवनमा आए तर उनको प्रेमप्यास तृप्त भएन । कतिसम्म भने उनले १६ हजार १ सय रुपसीसँग प्रेम गरेको प्रसङ्ग कृष्ण कथाहरूमा पाइन्छ । यति गर्दा पनि कृष्णले राधाको जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाएनन् । जीवनको अन्तिम क्षणमा धेरै पटरानीमध्ये कसैले कृष्णसँग सोधेकी थिइन्, 'तपाईं आफ्ना रानीमध्ये कसलाई बढी माया गर्नुहुन्छ ?' कृष्णले एकक्षण पनि नसोची उत्तर दिए- राधा । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् ।
राधे, यो पारिलो मौसममा तिम्रो प्रेम कस्तो थियो होला भनेर कल्पना गरिरहेको छु । तिम्रो प्रेमपीडा महसुस गरिरहेको छु ।

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...