Skip to main content

एकतर्फी प्रेमको कथा


एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो ।
आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।
यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु ।
प्रसङ् राधा-कृष्णको हो । जब कृष्ण गाई चराउन जंगलमा जान्थे, उनी एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब उक्त धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठिदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँसु पनि बग्न थ्ााल्थ्यो । यो क्रम कहिलेकाहीँ घन्टौंसम्म चलिरहन्थ्यो ।
एक दिन कृष्णले राधासँग सोधे, 'राधे, तिमी किन यसरी बेला-कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।'
'तिम्रो धुन सुनेपछि म अरू केही गर्नै सक्दिनँ । तानिँदै तिमी नजिक आइपुग्छु ।' राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुँदैन ।'
'त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?'
'काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्दैनौ ।' राधाले भनिन्, 'त्यसका लागि तिमी नै राधा हुनुपर्छ ।'
'अन्यथा नलेऊ राधे... ।' कृष्णले हाँस्दै भने, 'तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । म तिम्रो यो भाषा बुझ्न असमर्थ छु ।'
'हाँस र रमाइलो पनि मान ।' राधाले रुँदै भनिन्, 'कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।'
त्यसपछिको कथा त धेरैलाई थाहा छ । यो संवादको केही समयपछि कृष्णले बृन्दाबन छाडे । यसरी छाडे कि फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभर कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकुल (राजधानी) गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।
एक दिन जब कृष्णले रुक्मिणीलाई भेटे, एक नजरमा कृष्णलाई प्रेम भयो, तर राधाले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिइन्, त्यो मेटिएन । जति-जति समय बित्दै गयो, कृष्णले विवाह गर्दै गए । जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रवृन्दा नाग्नजीति, सत्या, भद्राजस्ता अनेक नारी उनको जीवनमा आए तर उनको प्रेमप्यास तृप्त भएन । कतिसम्म भने उनले १६ हजार १ सय रुपसीसँग प्रेम गरेको प्रसङ्ग कृष्ण कथाहरूमा पाइन्छ । यति गर्दा पनि कृष्णले राधाको जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाएनन् । जीवनको अन्तिम क्षणमा धेरै पटरानीमध्ये कसैले कृष्णसँग सोधेकी थिइन्, 'तपाईं आफ्ना रानीमध्ये कसलाई बढी माया गर्नुहुन्छ ?' कृष्णले एकक्षण पनि नसोची उत्तर दिए- राधा । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् ।
राधे, यो पारिलो मौसममा तिम्रो प्रेम कस्तो थियो होला भनेर कल्पना गरिरहेको छु । तिम्रो प्रेमपीडा महसुस गरिरहेको छु ।

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

Story

अस्ती तिमी थियो हिजो अरु कोहि आज एक्लो छु भोलि अरु कोहि हुनेछ ।।। यो सिलसिला जारी नै हुनेछ जबानि रहन्जेल सम्म। तर पहिलो माया . तिमीलाई मन मुटुमा सजाएर राखेको छु . जति सुकै ह...