Skip to main content

Full Love Story ||Love Seasson|| In Nepali Language






 Love Session


मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्षामा कहिले काहिँ सरले श्री लक्ष्मीप्रसाद देवकोटाको भनाइ " मानिस ठुलो दिलले हुन्छ जातले हुदैन " भन्ने पढाउने गर्नु हुन्थ्यो । खोई आफ्नै कक्षामा साथीहरूले यत्रो ठुलो लेखक ज्यु को भनाइ लाई कसैले लागू नै गर्दैन्थे । म पनि आश्चर्य हुन्थे आखिर मेरो शरीरमा त्यसतो के छ र ? , जुन उनीहरूले मलाई देखेर साइड लाग्छन । म पनि त उनी जस्तै मान्छे हु , मेरो शरीरमा जति अँगहरू छन उसको शरीरमा पनि त्यति नै छन ।। खैर इ सब कुरा हाम्रो समाज मा जातिय भेदभाद , छुवाछुतको नामले प्रसिद्ध थिए । मैले इ सब प्रथा हटाउनु कोसिस गर्थे तर खासै केही सुधार हुन सकेन । म कक्षामा 12 मा पढ्थे । आफ्नो कक्षाको सबै जना साथीहरूलाई प्रेम मा परेको देखेर म छक्क पर्थे । खइ मेरो प्रेम कहिले पर्छ सोचेर चिन्तित हुन्थे , मेरो एउटा साथी रोहित थियो उ एउटा दलित जातको थियो । एक दिन मैले रोहित लाई मेरो प्रेम कहिले पर्छ सोध्दा तिमी पण्डित छौ , तिम्रो जात मा प्रेम गर्ने अनुमति छैन भने । यो कस्तो खाले परम्परा छ र ? पण्डितहरूले प्रेम गर्नु नपाउने । मैले भने ह्या पण्डित हरू मा के हुन्छ र त्यसतो ? जुन प्रेम गर्नु पनि नपाउने , बरु भन न यो प्रेम कसरी र कहिले हुन्छ । रोहितले भने प्रेमको एउटा मौसम हुन्छ जसलाई लभ सिजन भनिन छ , जब मान्छेको जिवनमा लभ सिजन आउँछ , उ आफै प्रेम मा पर्दै जान्छ । मैले रोहितलाई सोधे यो लभ सिजन कहिले आउछ र ? , उसले भने लभ सिजन कसैलाई सोधेर आउदैन , उ आफै आउने गर्छन । त्यै पनि केटाहरू 18 बर्ष र केटीहरू 16 बर्ष कि भएछ पछि प्राय लभ सिजन आउने गर्छन । मैले आफ्नो जन्मदिन हेर्दा 18 बर्षमा अझ मेरो केही दिन बाकी थियो । सधै म आफ्नो जन्मदिन लाई हेर्ने गर्थे र सोच्थे छिटै मेरो 18 बर्ष पुगोस र मेरो जीवन मा लभ सिजन आअोस । जे भए पनि माया कस्तो हुन्छ भन्ने कुरा बुझ्नु को लागि म यति मै उत्साहित थिए ।। ठ्याकै दसै परेको पहिलो दिन नै मेरो 18 बर्ष पुग्यो । म एकदमै खुसी भए कि अब मेरो जिवनमा पनि लभ सिजन आउने भयो तर मेरो 18 बर्ष पुगेको 6 दिन हुदा पनि खई मेरो त कसै सँग प्रेम नै परेन । म चिन्तित भएर रोहित लाई गएर सोधे अोई मेरो 18 बर्ष भएको 6 दिन भयो खोइ त लभ सिजन आएको ? । उसले हास्दै भने मैले त मात्र ठट्टा गरेको । मलाइ रोहित माथी एकदमै रिस उठ्यो । कहिले लभ सिजन आउछ भनेर म सधै राती सुत्दैन्थे र सधै कुनै केटी सँग मेरो पनि प्रेम परेको सपना देख्ने गर्थे । सपना एकदमै रमाईलो हुन्थ्यो, सधै त्यो सपनाहरू कहिले विपना बन्छ भनेर म भगवान सँग प्राथर्ना गर्थे । म त्यहा बाट निरास भई घर फर्के । अर्को दिन दसै परेको सातौ दिन भएको थियो । दसै पर्बमा हाम्रो गाउँमा मा सधै मेला लाग्ने गर्थे । त्यै भएर म पनि गाउँ को मेला हेर्नू गए । मेला मा हेरे थुप्रै जोडि हरू सँगै हजारौं मान्छेहरू अोहर दोहर गर्दै थियो । मैला भरी मान्छेहरूको , गाडी साधनहरूले गर्दा हो हल्ला हुँदै थिए । मेलामा हजारौं राम्री केटीहरूलाई हेर्दा मनमा एक खुसी को लहर छाएको हुन्थ्यो तर उनीहरूले मलाई हेरेर पनि नहेरे झै गर्दा मन एक दमै चिन्तित हुन्थ्यो । म धेरै निरास भए , सोचे सायद मेरो कहिले प्रेम पर्दैन होला ।

 Part 2


मेला को एउटा कुना मा भगवती श्री दुर्गा माताको एक विशाल मन्दिर बनाएका थिए । मैले हेरे मन्दिर को छेउमा दुर्गा माताको दर्शन गर्नुको लागि भक्तजन हरूको थुप्रै भिड थियो । भन्छन यो दसैको बेलामा श्री दुर्गा माताको दर्शन गरि जे माग्दा , उहाले पूरा गर्नु हुन्छन रे । तर म पण्डित भए पनि मलाई भागवान माथी खासै बिश्वास लाग्दैन्थे । म सोच्थे यो पथ्थर को मुर्तीमा त्यसतो के हुन्छ र , जुन सबै भक्तजनहरूले हेर्नुको लागि यति तडपिएका हुन्छन । सानै देखि मेरो बाबाले मलाई ठुला ठुला ग्रङथ दिएर भन्नु हुन्थ्यो कि यो ग्रङथहरू मा हाम्रो भगवानको जिवनीहरू रचना गरिएका छन तर म सोच्थे यो ग्रङथहरू त मान्छेले नै लेखाएका थिए त्यसैले त्यो लेखने मान्छेहरूले भगबानलाई कसरी देखेर उहाहरूको जिवनी रचना गरेका थिए । यस्तै म आफ्नो मनमा भगवान प्रति विभिन्न प्रश्नहरू खेलाउथे । सबै भक्तजनहरू लाई बिश्वास थियो कि साच्चै त्यो पथ्थरको मुर्तीमा भगवान हुने गर्छन । त्यै भएर म पनि एक छिनो आशा का साथ त्यत्रो भक्त जनहरूको भिडमा पनि श्री दुर्गा माताको दर्शन गर्नु गए । म दुर्गा माताकी मुर्ती को छेउमा गएर दुई हात जोडी आखा बन्द गर्दै श्री दुर्गा मातालाई कोेटी कोेटी प्रणाम गर्दै , मेरो पनि जीवनमा लभ सिजन छिट्टै आअोस भनेर मनमनै श्री दुर्गा माता बाट अपेक्षा राखे । त्यतिकै मा मेरो नाकमा कुनै केटी को परफ्युम को सुगँध आयो । म आखा खोलेर हेर्दा एउटी सुन्दर कोमल अनुहार भएकी , आखामा गाजल , अोठमा रातो लाली , कालो पोशाकमा सजिएकि एउटी स्वर्ग कि परी जस्तै केटी आखा बन्द गरेर भागबानलाई दुई हात जोडी ढोग्दै थिई । त्यो केटीलाई हेरेर मेरो मनमा भगवान प्रति भएका ती प्रश्नहरू एकाएक नष्ट भए । साच्चै नै ती पथ्थरको मुर्ती मा भगवान रहेछन । म एकदमै खुसी भए , भगवान प्रति मेरो बिश्वास अरू भन्दा नि बढयो । दुर्गा माताले मेरो पुकार एति छिटो सुन्नु हुन्छ भन्ने मैले कहिले सोचेको पनि थिएन । मैले फेरी आखा बन्द गर्दै मातालाइ ढोग्दै धन्यबाद भनेर आखा खोल्दा त्यो केटी तर्फ हेर्दा उनी त्यहा थिएन ।। उनी कहाँ गई होली सोचेर मन एकदमै बिचलित भयो । म मन्दिरको भीड बाट निस्किदै त्यो केटी लाई खोज्दा कतै भेटेन । मेलामा थुप्रै केटीहरूले कालो पोशाक लगाएकी थिई मैले त्यै केटालाई सम्झेर कालो पोशाक लगाएकी सबै केटीहरू लाई बोलाए उनी भेटिन तर केही केटीहरूले मलाई गाली गरिन र केही केटीहरूले मेरो गालामा थप्पडको चट्कन बर्साएर गईन । जिबनमा पहिलो चोटी म यति धेरै गाली र कुटाई खाएका थिए त्यो पनि अन्जान केटीको लागि । अचानक उनी मेरो जिवनमा मधुमास झै आएर हावाको लहर झै बनेर फर्कीन । दिन भरी म मेला मा उनीलाई खोजि रहे तर उसकी केही पतो नलाग्दा मन एकदमै बिचलित भयो । मात्र 1 मिनेट उनीले आफ्नो सुमधुर अनुहार देखाएर मेरो मुटुलाइ चोरी बेचेनी छोडि दिईन । उनी मेला मा नभेट्दा म घर फर्के । रात भरी उसकी अनुहार को दृश्य मेरो आखामा स्तम्भ बनि देखिरहियो । सपना मा पनि उनी मात्र थिईन खई कस्तो जादु गरेर गइन , न त उनी बिना निन्द्रा लाग्यो , न त दिमागले उनी बिना अरू कसैको बारेमा सोच्नु सके । जे भए पनि उनी लाई देख्दा मन भित्र एक अनौठौ नसा छाएको थियो सायद यसलाई नै लभ सिजन भन्छन होला । अर्को दिन उनी फेरी त्यो मन्दिरमा आउछिन सोचेर एक छिनो आशा लिई फेरी मन्दिर मा गए । मन्दिरमा आउदै गरेको भक्तजनहरूको अनुहार प्रष्ट रुपले देख्ने गरि मन्दिरको साईड मा भएको एउटा घरको छानामा गएर बसे । कुनै कालो पोशाकमा आएकी केटीलाइ देख्दा उनी नै होली भनेर म छाना बाट अोर्लिदै उसकी नजिक गएर हेर्थे तर उनी नहुदा मेरो हालत अझ बिजोग हुँदै गयो । उनीलाई हेर्ने आशामा खई त्यो दिन न त भोक लाग्यो , न त एक थोपा पानीको प्यास लाग्यो । बिहान 6 बजे देखि राती 8 बजे सम्म म त्यै छाना मा बसिरहे । त्यै पनि उसकी कुनै यतो पतो लागेन , फेरी मनमा निरासा का साथ म घर फर्के घर पुग्दा आमा बुाबाले के भयो किन तेरो पेट खुम्चिएको छ भन्नु भयो । सोचे सायद भोक र तिर्खाले पेट खुम्चिएका थिए होला । मैले व्रत बसेको छु भन्दै बहाना बनाउनु खोजे तर आमाले भन्नु भयो यो कस्तो खाले व्रत हो र ? बिहान त चिया खाएर गएको थिइस नी ? । टाउको मा हात राख्दै सोचे ला म त चिया खाएको कुरा बिर्से , मैले बहाना बनाएको आमा ले थाहा पाई सक्नु भयो । म चुपचाप उभिएर तल सिर गर्दै आमाको कुरा सुनिरहे , उहाँ ले भन्नु भयो बढी नाटक नगर , आईज भित्र खाना राख्देको छु ।

 Part 3


मनमनै सोचे उनी कस्तो खालकी केटी रहेछे उनीले त मेरो सोच्नशक्ति को सन्तुलन नै बिगारेर गइन । सोचे बेकारमा किन त्यो अन्जान केटीको लागि आफुले टेनसन लिउ , उनीलाइ एकछिनको लागि म बिर्सि दिए । एकदमै भोक लागे थ्यो कोठा भित्र गएर दुई थाल भात खाए । त्यपसछि सुत्नु गए तर उनी फेरी मेरो सपनामा आएर सुत्नु नै गाह्रो बनाई दिएकी थिई । अर्को दिन फेरी सोचे सायद आज उनी आएकी होली त्यै भएर फेरी मेला जानू मन लाग्यो । मेला तिर जादा जादै खई यो मनलाई के भयो , मनले एक्कासी भन्यो बेकारमा किन त्यो अन्जान केटीको लागि त्यहा जादै छस , यदि उनी मेला आइ छैन भने फाल्तु मा अझ बढी टेनस्न हुन्छ त्यै भएर म आधा बाटो बाट फर्केर घर पुगे । करिब दुई घण्टा पछि मन मा उनीलाई हेर्ने खुलडुली भयो । अनि फेरी मेला तिर गएर मन्दिर कि छेउ मा उभेएर उसकी प्रतीक्षा गरिरहे । हिजो को जस्तै त्यो दिन पनि उनी नआउदा , मन भित्र उनी प्रति एकदमै रिस उठ्यो , सोचे ह्या फाल्तु मा म किन उसकी लागि टेनसन लिदै छु जसलाई मैले चिनेको पनि छैन । दुई दिन पछि दसै गयो र दसै सँग मेरो मन पनि त्यै केटीको पछाडी गएर हरायो । उनीलाई हेर्ने रहर थियो तर उनीलाई भेट्नु नसकेर मन एकदमै निरास भए ।। एकदिन म आफ्नो कोठा मा बसेर किताब पढ्दै थिए । कसैले ढोका खटखटाए , आमा भित्र बाट आएर ढोका खोल्दा एउटी महिला थिईन । उहाले मेरो बाबा कहाँ छन भनेर सोध्नु भयो । आमाले बाहिर कामको सिलसिला जानू भएको छ भन्नु भयो । महिलाले चिन्तित हुँदै भन्नु भयो मेरो घरमा आज कुल देउताको पुजा छन , मैले पण्डित बाजे ( मेरो बाबा ) लाई दुई दिन पहिला नै आज को दिन मेरो घर आउनु भनेका थिए तर सायद उहाले बिर्सिनु भएछ , अब के गर्ने होला । आमाले भन्नु भयो तपाईं नआतिनु प्रेम छदै छ , उ तपाइको घर मा गएर पुजा गरि दिन्छ ।। मलाई त जानू मन थिएन तर त्यो महिलालाई अतिधिक चिन्तित भएको हेर्दा उनी प्रति माया लाग्यो । मैले पनि हुन्छ भन्दै एउटा झोला मा केही किताब र पुजा गर्ने सामाग्रीहरू ईत्यादी लिदै आफ्नो साईकल मा चढेर उसकी पछि पछि लागे ।। अर्को गाउमा पुग्दा "महिला ले भन्नु भयो मलाई केहि काम छ , तपाईं अगाडीको बाटो तिर गएर गाउँको बिचमा जानू , त्यहा बच्चाहरू खेल्दै होला तपाईं सिजन कि घर कुन हो भनेर कुनै बच्चालाई सोध्नु , बच्चाहरूले तपाईं लाई मेरो घर देखाई देला । मैले हुन्छ भन्दै जानू थाले , जादा जादै म गाउको ठिक बिचमा पुगे मैले हेरे केही बच्चाहरू सानो भुटवल लिएर खेल्दै थिए । म साईकल बाट अोर्ले ती बच्चाहरूले खेल्दै गरेको फुलबल मेरो नजिक आयो । फुटवल मेरो तर्फ आउदै गरेको हेर्दा मैले जोर ले फुटबल लाई हानेर अलि पर पुर्याए । मैले एउटा फुच्चे लाई सोधे अोई सिजनको घर कुन हो ? उसले आफ्नो अौलाले इसारा गर्दै भने उ पर भएको घर उसकै हुन । म साईकल लिएर त्यो घर नजिक पुगे । घरको ढोला खटखटाउदा कसैले खोलेन , म अातिए , उसकी घर बाट राँगाको दुर्गन्ध आउदै थियो । सोचे होईन म कस्को घरमा आई पुगे , खाली राँगा कै दुर्गन्ध आउदैछ , ढोका मा हेर्दा नेवार निवास लेखेको थिए । ला नेवारको घरमा पुजापाठ गर्नु पुगेछु भनेर म मनमनै सोच्दै थिए ।। 5 मिनेट सम्म त्यहा उभिदा पनि कोई आएन । त्यो दिन म नुहाउनु बिर्सेकोले पुजा गर्नु अघि नुहाउनु आवश्यक थियो । म आफ्नो आखा डुलाई घरको छेउछाउमा हेर्दा त्यहा कुनै धारा थिएन ।। म फेरी त्यो बच्चाहरू को नजिक जादा फेरी फुटवल आउदै गरेको हेरर फेरी जोरले त्यो फुटबल लाई हानेर एउटा घरको छाना माथी पुर्याए ।। मैले त्यै बच्चालाई सोधे " अोइ धारा खोई ? उसले ठासो स्वर मा भने " किन " ? मैले भने " नुहाउनुको लागि ! उसले भने " यहाँ धारा छैन ! मैले सोधे " अनि तिमीहरू कहाँ नुहाउछौ ? उसले ( अलि परको ठाउमा इसारा गर्दै ) उ पर भएको पोखरी मा नुहाउछु भने । मैले जाउ त म सँगै भनेर त्यो बच्चा सँग त्यो पोखरीको नजिक गए । पोखरी अलि ठुलो भएको हेर्दा मैले उसलाई सोधे यो कति गहिरो छ ? । उसले "गहिरो छैन , हामी सबै यस मै नुहाउछौ भनेर जवाफ दिए । मैले ल ल हुन्छ , अब त जा भने । उ त्यहा बाट गयो मैले आफ्नो कपडा खोलेर भगवानको नाम जपदै त्यो पोखरी मा हाम फाले । पोखरीमा हाम फाल्दा अ बोई पोखरी धेरै नै गहिरो थियो । त्यसमा नि मलाई पौडी खेल्नु आउदैन्थे । म बचाउ बचाउ भनेर धेरै चिच्याए तर त्यहा कोई आएन । म पौडी खेल्नु नसकेर छट्पटीदै थिए , म पौडी खेल्नु प्रयास गरे तर म अझ पानी कै गहिराई मा डुब्दै गए । मैले सोचे सायद यो मेरो अन्तिम दिन छ होला । पानी मेरो मुख भित्र जानु थाले मैले बिस्तारै बिस्तारै आफ्नो आखा बन्द गरे ।।

 Part 4


एकछिन पछि कसैले मेरो छातीमा एउटा ठुलो हथौड़ा ले हाने झै महसुस भयो । मेरो मुख बाट पानी सँगै र्याल निस्किदै थिए । मैले छटपटिदै शबाँस तान्दै आफ्नो आखालाई चिल्मिलाउदै बिस्तारै बिस्तारै खोल्दा एउटी केटीलाई मेरो अगाडी बसेकी हेरे । त्यो बेला मा म पुर्णले ठिक नभएकोले त्यो केटी को थिइन मैले राम्ररी हेर्नू पाएन तर उनीले मेरो टाउको आफ्नो घुडामा राखी मेरो पेट लाई थिचेर भित्र भएको पानीलाई मेरो मुख बाट निकाल्ने प्रयास गर्दै थिई । मेरो पेट भित्र भएको पानी निस्के पछि म आधा घण्टा सम्म त्यै आराम गरि रहे । जब मैले आखा खोलेर ती केटी तर्फ हेर्दा उनी त्यै मेला मा देखेको केटी रहेछे । म आश्चर्य भए जुन केटीलाई म यति दिन देखि खोज्दै थिए आज उनी नै मलाई मृत्यु बाट बचाएकी थिईन । मेरो जीवन नै उसकी कर्जदार भए , म उनी बाट अझै धेरै प्रभावित भए । म उठेर उनीलाई भने मलाई नया जीवन दिएको मा धेरै धेरै धन्यवाद । उसले भने " त्यसतो केही होईन , मैले तपाईं लाई डुब्दै गरेको देखेर बचाएकी मात्र हो , जन्म दिने र लिने काम भगवानले मात्र गर्छ । म उसकी स्वर र शब्द बाट उनी माथी धेरै नै प्रभावित हुँदै गए । उसले मलाई सोध्यो " सायद तपाईं यो गाउँमा नया हुनु हुन्छ , तपाईं को नाम के हो र यहाँ किज आउनु भएको ? । सोचे यदि मैले मेरो साचो नाम उनीलाई सुनाए भने साच्चै नै उनी मेरो नाम सुनेर हास्दै मेरो नामको खिल्ली उठाउँछन् होला । त्यै भएर मैले झुठो बोल्दै भने मेरो नाम लभ हो ( आखिर प्रेम लाई अँग्रेजीमा लभ नै भन्छन क्यारे ) , म यहा सिजन भन्ने मेरो एउटी साथीलाई भेट्नु आएको थिए । यो पोखरीलाई हेर्दा नुहाउनु मन लाग्यो तर यो पोखरी को गहिराइ यति धेरै छ भन्ने थाहा थिएन त्यै भएर डुब्नु लागेको थिए तर तपाईं ले मलाई बचाई म प्रति धेरै ठुलो उपकार गर्नु भयो । उसले छक्क परेको झै गरेर सोधिन तपाईं सिजनलाई चिन्नु हुन्छ र ? । मैले भने अह , उनी मेरो बच्चै देखि कि साथी हुन । मनमनै हल्का डर नि लाग्दै थियो कि सिजन उनी त छैन नी त्यै भएर मैले सोधे तपाईं को नाम के हो ? । उनी आफ्नो अोठलाई हल्का लम्बिआउदै जिब्रो लाई चटपटाउदै सिर्जना भनिन । उसले मलाइ सोधिन " तपाईं के गर्नु हुन्छ " मैले भने " म +2 मा पढ्छु अनि तपाईं भनेर प्रश्न फर्काए । उनीले भने " म केहि काम नपाएर बाख्रा चराउने गर्छु " म हल्का मुस्कुराउदै भने " के तपाईं लाई पढ्नु मन लाग्दैन र ? । उनीले हल्का लजाउदै भनिन " एस.एल.सी. मा दुई चोटी ? मैले बुझिसके उनीले एस.एल.सी. मा दुई चोटी फेल भएको भन्नु खोज्दैथे तर म उसकी खिल्ली उठाउछु सोचेर उनी प्रष्ट रुपले भन्नु खोजेन । म मनमनै हासे उसकी तर्फ हेेर्दा उनी पनि मीठो मुस्कान दिदै थिई । उनी मुस्कुराउदा उसकी गालाको बिच भागमा हल्का खुम्चिदै थिई । सोचे उनी डिम्पल वाली केटी रहेछे । उनीले मलाइ सोधिन " ठाउकोमा टुप्पी र जनेउ किन राख्नु भएछ , तपाईं पण्डित हुनु हुन्छ हो ? मैले कुरा लुकाउदै आफ्नो Expression देखाउनु को लागि भने होईन यो आजकलको अाधुनिक स्टाईल हो ।। उनी खिसिक्क हास्दै भने यस्तो पनि स्टाईल हुन्छ र ? । उनी हास्दा उसकी मीठो मुस्कानले मन भित्र गोली चलाउदै मन लाई नै छिया छिया गरेर राखे दिईन । उसले भनिन ल ल लभ ज्यु मलाई केही काम छ , समय भेटाए अर्को दिन भेटौला भन्दै उनी त्यहा बाट आफ्नो बाटो लागिन ।। म पनि फेरी फर्केर बिच गाउँ मा गई सिजन कि घर गए । बाटो मै त्यो महिला भेटिन उहाले सोध्नु भयो अोहो पण्डित ज्यु उता कहाँ जानू भएको ? मैले ( त्यो बिहान भेटेको बच्चा लाई इसारा गर्दै ) भने के भनु , त्यो बदमास पुच्चे ले मलाई आज मार्नु नै बनाएका थिए , धन्न भाग्य मेरो समय मै एउटी केटी आएर बचाए , नत्र अतिका बेला सम्म म परलोक पुगिसेको हुन्थे । ( नेवारको छोरा छोरी यती बदमास हुन्छ भन्ने कुरा मैले सोचेको नि थिएन ) त्यो महिला ले पुच्चेलाइ झपार्दै भन्नु भयो अोई तैले किन यस्तो गरिस । पुच्चेले सुक्कसुकाउदै रुदै भने यसले मेरो फुटवल लाई खुट्टाले हानेर त्यो घर को छाना मा पुर्याए दिए , अब मैले त्यो फुटवल लाई कसरी भुईमा झार्नु । ( मनमनै सोचे सायद मैले उनीहरूको फुटवल फालिदिएको ले पुच्चेले रिस ले जानीजानी म सँग यस्तो गरेका थिए । यसमा गल्ति मेरै थियो किन बेकारमा उसको फुटवललाई हाने सोच्दै आफ्नो गल्तिको पछुतो गरे । ) महिलाले भन्नु भयो छोड दिनु ई कुरा , जाउ भित्रै गएर पुजा को कार्यक्रम सुरू गर्नु । मैले हस भन्दै उनी सँग पुजा गर्ने कोठा मा गए । त्यहा सबै कुरो मिलाई सके पछि सोधे पुजा मा को बस्छ , छिटै बुलाउनु त । महिलाले सिजन बस्छे भनेर सिजनलाइ बुलाउनु थाले । त्यसपछि सिजन भन्ने केटि मेरो नजिक आउदै थिई , उसकी अनुहार लाई हेर्दा म आश्चर्य भए उनी त मेलामा र पोखरीमा भेटेकी केटी पो थिई । मैले आफु नजिक बसेको एउटा पुच्चे लाई सोधे अोई उसकी नाम त सिर्जना हो नी ? । उसले भनिन हो तर आमा बुबाले उसलाई मायाले सिजन भनेर बुलाउने गर्छन ।

 Part 5


ल अब डुब्ने भयो जिन्दगी । म उसैलाइ नै भन्दै थिए कि म सिजन कि बच्चै देखीको साथी हु । म एकदमै बिचलित भए हल्का डर नि लाग्दै थियो मैले झुठो बोलेको कुरो थाहा पाउदा खै कस्तो प्रतिक्रिया दिन्छे होला । हुन त उनी भेटेसी झुठो बोल्नु पनि अलि बढी नै सिकि सकेका थिए । उसले आफ्नो नजरले मेरो तर्फ हेर्दा उनी हल्का मुस्कुराउदै मेरो छेउ मा बसे । मैले सोचे सायद उसलाई मेरो बारेमा पहिला देखी नै थाहा रहेछ किनकी उनी मलाइ अचानक आफ्नै घरमा आएको पण्डित भएको देख्दा छक्क पर्दै नराम्रो प्रतिक्रिया दिन्थे होला तर उनी ले त्यसतो केही गरेन । म उसकी अगाडी सिर तल गर्दै पुजा अारम्भ गरे । उनीलाई देखे उनी मुस्कुराउदै पुजा मा व्यस्त थिई सायद मेरो कुरा सम्झेर हास्दै होली । उसकी मुस्कानले मेरो कुरालाई खिल्लि उठाउदै गरेको झै महसुस भयो । किताब बाट मन्त्रहरू पढ्ने बेलामा म उसकी डरले गर्दा तलको शब्द माथी र माथीको शब्द तल भन्दै थिए । मतलब बाङगो टिङगो तरिका ले पढ्दै थिई ।। त्यो महिला मेरो शब्दहरू सुनेर छक्क पर्दै भन्नु भयो के हो पण्डित ज्यु तपाईं पहिलो चोटी पुजा गर्नु आउनु भएछ हो , सराद ( मान्छे मरेको बेलामा ) को मन्त्र यो पुजा मा किन पढ्दै हुनु हुन्छ । मैले किताबको शीर्षक हेर्दा सराद मा पढ्ने किताब उलटाएर पढ्दै थिए । हे भगवान ! सिजनले के गर्यो थाहा पाउनु सकिन , उसले त मेरो मन तन र मस्तिष्कको सन्तुलन नै बिगारेर राखि दिईन । महिलाको कुरा सुनेर हल्का अहसहज अनुभव भयो तर त्यो महिला लाई के थाहा आखिर मेरो सम्सया के रहेछ । म हतारिदै झोला बाट पुजा मा पढ्ने किताब निकालेर पढ्नु थाले ।पुजा कहिले खत्म हुन्छ र म उसकी घर बाट कुन बेला भागु जस्तो लाग्दै थियो ।। हुदा हुँदै केही घण्टा पछि पुजा सकियो । पुजा सके पछि म हल्का खुसी भए कि अब म त्यहा बाट छिट्टै फर्किनेछु । म आफ्नो झोला र साइकल लिएर जानु थाले । अचानक सिजन आएर भनिन एक छिन है लभ ज्यु ! । म त्यै रुके अब उनी ले के भन्ला सोचेर हल्का डर पनि लाग्दै थियो । उनी मेरो नजिक आउदै भनिन लभ ज्युले त दक्षिणा पनि लिनु बिर्सिनु भएछ , ( पैसा दिदै ) ल इ लिनु तपाईको दक्षिणा । उनीलाई देखेर मलाई एकदमै अप्ठयारो अनुभव भयो मैले केही प्रतिक्रिया नदिई चुपचाप उभिरहे । उनीले के भयो किन नबोलेको भन्दा उनी सँग बोल्नु मलाई एकदमै गाह्रो भएको थियो । मैले केही जवाफ दिदा उनी बाघ झै मलाई निचोड छ कि भनेर बोल्नु नै सकिन ।। उनीले मेरो हात समाउदै भनिन ह्या तपाईं कस्तो के , के भयो किन न बोलेको ? । मैले हिच्किचाउदै सोरी भने । उनीले के को लागि सोरी भनेर सोधिन ? मैले भने अघि बिहान मैले तपाईलाइ झुठो बोलेकोले ! उनीले हास्दै भनिन त्यसतो केही होईन । मैले उसलाई सोधे तपाईलाई मेरो बारेमा पहिला देखि नै थाहा थियो हो ? उसले भनिन नाई , म घर आउदा खेरी आमाले पण्डित ज्यु लाई हेरिस भनेर सोध्नु भयो । मैले खोई यता त भेटिन भने , आमाले जा गएर हेर त , "नया मान्छे थियो खोइ कहाँ गयो" भन्नु भयो , मैले पण्डित ज्यु कस्तो छ भनेर सोध्दा आमाले भन्नु भयो अहिले भरखरको जवान केटा रहेछ , मैले हस म खोजेर आउछु भनेर बाटो तिर खोज्नु थाले , बाटो मा त्यो फुच्चे भेटायो मैले उसलाई पण्डित ज्यु लाई हेरिस भनेर सोध्दा उसले पोखरी तिर गएको हेरे थियो रे भन्यो । त्यै भएर म पोखरी नजिक आउदा तपाईं पानीमा डुब्दै हुनु हुन्थ्यो त्यै भएर बचाएकी । मलाइ तपाईं पण्डित ज्यु नै हो त्यो त थाहा थियो त्यै पनि हल्का सोध्नु मन लाग्यो तर तपाईं लाई सोध्दा हजुरले दिनु भएको उतरहरू सुन्दा एकदमै हासो लाग्यो । तर तपाई त्यसतो केही नसोच्नु हल्का गल्ति त सबै बाट भई हाल्छ ।। उसकी कुरा सुनेर म एकदमै खुसी भए, मनमा भएको सबै पिड हरू मेटियो । सोचे केटी सँग सुन्दरता की साथ बुद्धिजीवी र अरूको भावना बुझनु सक्ने क्षमता पनि रहेछे , अब त के नै थियो मैले उसलाई धेरै नै मन पराउनु थाले । उनी सँग दिनरात भरी कुरा गर्नु मन लाग्यो । तर उनीले भनिन ल दक्षिणा लिनु लभ ज्यु मलाई आमाले बुलाउदैछ । मैले ह्या पर्दैन भन्दा पनि उनी जबर्जस्ती मलाई केही पैसा दिएर गईन । म बाटो मा जाने बेलामा अघि बिहान भेटेको फुच्चे लाई भेटे मैले उसलाई अोई यता आइज भनेर बुलाउदा उ डराउदै मेरो छेउमा आए । मैले उसलाई सिजनले दिएको पैसा दिएर thanks भनेर आफ्नो घर फर्के ।। घर फर्किदा बाबा आइ सक्नु भएको थियो । घर आइ पुग्दा आमाले खाना लगाइ दिएकी छु , ल खाना खानु आइज भन्नु भयो । मैले हस आमा भन्दै खाना खानु थाले अचानक बाबाले सोध्नु भयो प्रेम आईस त्यो गाउँ बाट , खोई कति पैसा दक्षिणा दियो तलाई ।

 Part 6


ला म त दक्षिणाको पैसा त्यो फुच्चे लाई दिई सके , अब बाबालाई म के भनु । मैले भने बाबा दक्षिणा त हजार रुपैया दिएकी थिए तर पैसा चाहि बाटो मै झरे जस्तो छ । बाबा एकदमै अागो हुदै मलाई धेरै नै गाली गर्नु भयो । ( पण्डितहरूलाई केहि भन्दा र केही गर्दा , प्रायः रिसाउदैनन् तर यदि दक्षिणा दिएनन् भने साच्चै आगो नै हुन्छन भन्ने कुरा मैले त्यो बेला थाहा पाए ) उहाको कुरा सुनेर म आधी पेट खाना खाएर थाललाई छोडी आफ्नो कोठा मा गए । कोठामा गएर सोचे हैट कस्तो को घर मा म जन्म लिएको छु , पैसा बिना त खाना खानु पनि दिनु हुन्न । आफै माथी घृणा गर्दै म निदाए तर फेरी रात भरि सिजन सँग भएको कुरा सम्झिदै हासी रहे । राती 1 बजे तिर बाबा मेरो कोठा मा आएर मलाई एक लात हान्दै के भयो यति राती किन हासेको भन्नु भयो । मैले झस्सक बिउँझेर बाबालाई हेर्दा बाबा रिसाउनु भएको थियो मैले थाहा नभएको झै गरेर भने केही होईन , को हास्दै छ र ? । बाबाले कराउदै भन्नु भयो बढी नाटक गर्छस , चुपचाप राम्ररी सुत ।। अर्को दिन म कोलेज गए । कोलेज मा सिजनको धेरै याद आउदै थियौ उसलाई भेट्नु मन लाग्यो त्यै भएर म कोलेज छोडेर उसकी गाउँ को त्यै पोखरी नीर बसेर उसलाई पर्खि रहे । पर्खिदा पर्खिदै दुई घण्टा बित्यो तर उसकी केही अतो पतो थिएन म एकदमै निरास भए । सोचे उनी फेरी मलाई बचाउनु आउछ कि भनेर फेरी पोखरीमा हाम फालेर डुब्नु मन लाग्यो । तर सोचे नाई यदि उनी आएन भने म सिधै परलोक को यात्रामा पुग्छु होला हिजो त उनी त्यो फुच्चेको कारनले खोज्दै आएकी थिए तर आज कस्को लागि आउछे । यस्तै मनमा विभिन्न कुराहरू खेलाउदै किताब खोलेर पोेखरीको किनारामा बसेर पढ्दै थिए । अचानक कसैले मेरो टुप्पी तान्दै गरेको महसुस भयो । मैले सोचे साला कुनै बच्चाले मेरो टुप्पी देखेर तान्दै होला त्यै भएर मैले बिस्तारै बिस्तारै आफ्नो हातलाई पछाडि गरेर उसको हात लाई जोरले समात्दा सिजन पो थिई । सिजनलाई देखेर म छक्क पर्दै उसकी हातलाई छोडि दिए । उनी हास्दै भनिन के हो लभ ज्यु , आज फेरी कहाँ बाट बाटो बिराएर आउनु भयो । मैले मुस्कुराउदै भने फेरी यो पोखरीमा डुब्नु मन लाग्यो त्यै भएर आएको ? । उसले भनिन त्यसो भए डुब्नु न त । मैले भने यदि तिमीले बचाउछौ भने म फेरी डुब्नु त्यार छु । उसले मुस्कुराउदै भनिन मलाइ अरू काम छैन र ? जुन सधै म तपाईं लाई बचाई राखु ।। मैले पनि हास्दै भने भयो त्यसो भए किन डुब्नु ।। उनीले सोधिन आज तपाईं कोलेज जानू भएन ।। मैले भने अह अहिले कोलेज बाट त आएको । उनी फेरि सोधिन अती चाडो कोलेज बिदा भयो र ? मैले छैन , भागेर यता आएको भने । उसले थाहा नपाए झै गरि सोधे किन र ? मैले भने तिमीलाई भेटनु मन लाग्यो । उसले हास्दै मेरो कुरा लाई वास्ता नगरेको झै अभिनय गर्दै सोधिन के पण्डित हरूको ज्यान यो टुप्पीमा हुन्छ हो ? । उसकी कुरा सुनेर दिक्क लाग्यो , कस्तो रोमान्टिक कुरामा यो टुप्पी को कुरा कहाँ बाट आयो , मैले भने त्यसतो केही होईन , यो हाम्रो बाजे प्रदादाको पाला देखि नै टुप्पी राख्ने चलन चल्दै आइ रहेको छ । उसले फेरी भनिन साच्चै यसमा त ज्यान त हुदैन नी ? । मैले भने ह्या त्यसतो केही नाइ । उसले भनिन तपाईं क्या हेनडसम देख्नु हुन्छ तर तपाईलाई यो टुप्पि सुहाउदैन प्लिज तपाईं आफ्नो टुप्पी काटेर फालिदिनु । मैले बुझिसके उनी मलाई रुखमा चढाएर जरा नै काट्ने जुक्ति बनाउदै थिई । मैले भने हुन्छ कुनै बेला ,म सैलुन मा गएर काटौला । उनीले भनिन तपाईं लाई सैलुन मा जाने कुनै अावश्यकता छैन ,म आफै अहिले कैँची लिएर काटि दिन्छु । ( सोचे यो केटी ले साच्चै नै मार्ने भयो ) मैले भने तिमी किन परिसान हुन्छौ , म आफै सैलुनमा गएर काटौला नि । उनीले भनिन त्यसतो केही नसोच्नु , एकछिन म घर बाट कैची लिएर आउदैछु भन्दै उनी आफ्नो घर तिरको बाटो लागिन । मलाई त्यहा बाट भागु जस्तो मन लाग्यो तर सोचे यदि मैले त्यहा बाट भागे भने उसले मलाई कायर् सम्झिन्छे होला त्यै भएर म त्यै बसेर उनीलाइ पर्खि रहे । एकछिन पछि उनी आश्चर्य हुँदै मेरो नजिक आईन । मैले उसलाइ सोधे खई कैँची । उनी हास्दै भनिन हिही म त जिस्किदै थिए , मैले सोचे थिए तपाईं लाई टुप्पी काट्ने कुरा भन्छु भने तपाई यहाँ बाट भाग्नु हुन्छ कि के , तर तपाईं साच्चै नै अहिले सम्म बिना डरको यतै बस्नु भएछ । उसकी भाग्ने कुरा सुनेर मन एकदमै निरास भयो म त्यहा बाट उठेर भने तिमीले पहिला नै भन्नु पर्थ्यो कि म तिमीलाइ डिस्टर्व गर्दैछु ,तिमीले जा भनेको भए म अघि नै गई हाल्थे भन्दै म त्यहा बाट जानू खोजे । उनीले मेरो हात समाउदै भनिन ह्या लभ ज्यु पनि , तपाईं त स- साना कुराहरूलाई Seriously लिनु हुन्छ , आउ बस्नुस अनि अरू कुराहरू सुनाउनु ।।

 Part 7


यस्तै केही बेर सम्म हामी बिच कुराकानी भई रहियो । लाग्थ्यो यो समय त्यै रुकेको भए क्या रमाईलो हुने थियो । उनीले भनिन ल लभ ज्यु मलाई घर जानू पर्यो नत्र आमाले कराउनु हुन्छ । मैले हुन्छ भन्दै हामी दुबै आ- आफ्ना बाटो लाग्यौ । बाटो मा जादा जादै सिजनले भनेकी कुरा याद आयो । सोचे माया मा मान्छेहरू आफ्नो ज्यान पनि दिन सक्छन , के म टुप्पी को पनि बलिदान दिनु सक्दिन । त्यै सोच्दा सोच्दै म सैलुन मा गए । त्यहा जादा हजामले भन्यो के हो छोटु पण्डित ज्यु , आज कसरी हामीलाई सम्झिनु भएको ।। मैले भने के हामी सैलुन मा आउनु सक्दैनौ र ? । हजामले भन्यो किन होईन , ( एउटा कुर्सी दिदै ) ल कुर्सीमा बस्नुस अनि अरू सुनाउनु । मैले भने मलाई कपाल काट्नु छ । उसले भने तपाईं को कपाल त ठिकै छ अब यसमा के काट्नु छ र ? । मैले भने टुप्पी काट्नु बाकी छ , काटदिनु त ।। उसले छक्क पर्दै सोधे तपाईं पाग्ल त हुनु भए छैन नी , पण्डित भएर टुप्पी काट्ने । मैले भने के पण्डित मान्छे हुदैन र ? , तपाईं लाई काट्नु मन छ भने काट्नु नत्र म अरूको सैलुन मा गएर कटाउछु । उसले भने तपाईं कति छिटो रिसाउनु भएको , म काट दिन्छु नी । त्यसपछि उहाले मेरो टुप्पी काट्नु थाल्नु भयो । मैले भन्दिए हल्का स्टाईल बनाई दिनु है । उसले भने तपाईं चिन्ता नगर्नु न , म तपाईं लाई अजय देवगन जस्तो बनाई दिउला । उसले मेरो कपाल काटि सके पछि , म आफ्नो अनुहारलाई एेनामा हेर्दा आफुले नै आफुलाई चिन्नु गाह्रो भईसके थियो । मैले हजाम लाई पैसा दिदै भने हस , अब म लागे है । घरतिरको बाटोमा जादा थुप्रै बच्चाहरू सँगै मान्छेहरूले मलाई कहिले न हेरे झै छक्क पर्दै हेर्दै थिए । मायामा मैले टुप्पी त काटि दिए तर बाबाले मेरो कपाल हेरे पछि खोइ के भन्नु हुन्छ सोचेर पनि डर लाग्दै थियो । गोजी बाट रुमाल निकालेर मैले आफ्नो टाउको मा बाधे अनि बिस्तारै बिस्तारै ढोका खोलेर कोठा भित्र छिर्दा आमाले मलाइ हेर्नू भयो । उहाले तेरो टाउको मा के भयो , किन रुमाल बाधेको भन्नु भयो । मैले मेरो टाउको मा चोट लाग्यो भनेर झुठो बोले । आखिर आमा भनेको आमा नै रहेछ छोरालाई हल्का चोट लागेको कुरा सुन्दा पनि हतारिदै मेरो छेउ मा आएर खोई देखा त कहाँ चोट लागेछ भन्नु भयो । मैले भने ह्या आमा अलिकति मात्र चोट लागेछ , हजुरलाई चिन्ता गर्नु पर्दैन आफै ठिक भइ हाल्छ । उहाले भन्नु भयो नाई त्यसतो भन्नु हुदैन , टाउकोमा लागेको सानो चोट पछि ठुलो घाउ हुन सक्छ , पहिला देखा कस्तो चोट लागेछ भन्दै मेरो रुमाल लाई टाउको बाट तान्नु भयो । मैले टाउको लाई लुकाउनु धेरै प्रयास गरे तर उनीले हेरि सक्नु भयो । आमा छक्क पर्दै खोई तेरो टुप्पी भन्दै हल्का जोरले कराउनु थाल्नु भयो । त्यतिकै मा बाबा आफ्नो कोठा भित्र बाट निस्किदै के भयो भनेर सोध्नु भयो । म चुपचाप त्यही उभी रहे , एक्कासि बाबाको नजर मेरो कपालमा पर्दा उहा रिसले एकदमै आगो हुनु भयो । किन कटाईस टुप्पी , तैले हाम्रो कुलको नाम मान मर्यादा सत्यानास पार्ने भईस ईत्यादी भनेर गाली गर्दै कुुट्नु भयो । उहाको कुटाइले गर्दा मेरो मुखबाट आधा गाउँ नै सुन्ने गरि पीडाको अावाज निस्किदै थियो । करिब 1 घण्टा पछि बाबाले कुट्दा कुट्दै थाके सके पछि मलाई छोडि दिनु भयो र मलाई खाना खानु पनि दिनु भएन । म पीडा ले छट्पटी दै आफ्नो कोठामा गए तर सिजन कि याद आउदा त्यति चोटले पनि केही फरक नपरेको जस्तो महसुस भयो । सायद उसकी मायाको पहिलो मीठो पीडा भएर होला । एक दिनको कुटाईले अब त , मलाई टुप्पी राख्नु पर्दैन नी सोच्दै त्यति पिडामा नि म हास्दै थिए । जे भए पनि सिजनको सम्झना हुदा मलाइ अरु कुरा प्रति खासै मत्लब पनि थिएन । अरूले ज भनोस बाल नै भएन । रात भरी सोचिरहे मेरो नाम प्रेम हो र उसकी नाम सिर्जना , दुबै लाई मिलाए पछि प्रेमसिजर्ना हुन्छन क्या दामी जोडी रहेछ । अँग्रेजीमा मिलाउदा पनि मेरो नाम लभ र उसकी नाम सिजन , दुबै लाई मिलाउदा लभ-सिजन । सायद भगवानले नै धेरै सोचेर हाम्रो यति दामी जोडी बनाउनु भएछ ।। अर्को दिन म कोलेज न गई सिधै सिजनकी गाउँ कि पोखरी नीर गए । त्यहा जादा मैले सिजनलाई बसेकी हेरे , म बिस्तारै बिस्तारै उसकी पछाडी गएर उसकी आखालाई आफ्नो हातले छोपे । उनी आतिदै दुई चार अोटा केटाहरूको नाम भने तर त्यसमध्ये मेरो नाम नभनेकोले म एकदम निरास भई उसलाई छोडिदिए । उनी पछाडी फर्केर मलाई हेरेर आश्चर्य हुँदै भने लभ ज्यु , तपाईको आज Get Up नै चेन्ज भइसकेछ , खोई तपाईको टुप्पी । मैले भने तिमीले भनेकी थियौ नि , म हेन्डसम छु तर मेरो टुप्पीले सुहाउदैन त्यै भएर टुप्पीलाई काटि दिएको । उनीले हास्दै भनिन मैले ठट्टा पो गरेकी थिए , तपाई टुप्पीमा त यो भन्दा नि हेन्डसम देख्नु भएको थियो ।

 Part 8


उनीले हास्दै भनिन मैले ठट्टा मात्र गरेकी थिए , तपाई टुप्पीमा त यो भन्दा नि हेन्डसम देख्नु भएको थियो । मैले भने त्यसो भए फेरी टुप्पी टासिदेउ त । उनीले अझ धेरै हास्दै भनिन भयो पर्दैन , अहिले पनि राम्रै देख्नु भएछ । मैले धन्यबाद भन्दै एउटा कुरा सोधु भने । उसले हुन्छ सोध्नुस न भनिन । मैल भने अघि मैले हातले तिम्रो आखालाई छोपदा Guess गरेको चार अोटा नामहरू तिम्रो व्यायफ्रेन्ड हो र ? । उनीले भनिन हि ही नाई , मलाई थाहा थियो , तपाईं नै हुनु हुन्छ त्यै भएर मैले तपाईं लाई jealous बनाउनुको लागि भनेकि थिई । म छक्क पर्दै सोधे तिमीलाई म नै हु भनेर कसरी थाहा भयो । उसले भनिन हिजो र अस्ति तिर मैले तपाईं को हात समाउदा , तपाईको हात को स्पर्श ले अनुभव गरकि थिए । मैले भने साच्चै हो र ? , उसले हो नि त भनिन । हाम्रो अगाडी हेर्दा दुई अोटा पाठी चर्दै गरेको र एउटा बाख्रा निरास भइ भुम मा बसेकी थिए । मैले उसलाइ सोधे त्यो बाख्रा किन उदास बसेकी छे । बाख्रा को श्रीमान पोइला गई भन्दै उनी जोरले हास्नु थाले । उसकी कुरा सुनेर म पनि हास्दै सोधे ए साच्चै बाख्राहरूको पनि छोरा छोरी , श्रीमान श्रीमती , मामा माइजू , हजुरबा हजुरआमा इत्यादी नातेदार होली होईन र ? । उसले भनिन होला तर मैले बाख्रा लाई सोधेको छैन । मैले भने त्यसो भए सोध्न त ? । उसले भनिन म बाख्राको नातेदार हो र ? , बरू तपाईं सोध्नु मलाई लाग्छ बाख्रा सँग तपाईको पुरानो सम्बन्ध होला । मैले भने के रे पुरानो सम्बन्ध , आफै बाख्राकी दाजु भाई लाई काटेर खान्छौ अनि मलाई नातेदार भन्छौ ।। उनी धेरै नै हास्नु थाले , उसकी हासो ले मनलाई घात गर्दै थिए । मैले सोधे तिमी फेरी एस.एल.सी. किन दिदैनौँ । उनिले भनिन ह्या मलाई फेरी फेल हुनु मन लागेछ र ? । मैले भने पहिला दिएर त देख , पास पनि हुन सक्छौ । उनीले नाई भयो पर्दैन भनिन । यस्तै हामी बिच अरू थप कुराहरू भइ रहे । उनीलाई घर जानू थियो त्यै भएर हामी दुबै जना त्यहा बाट फर्के । यस्तै हरेक दिन म कोलेज न गई उनीलाई भेट्न त्यै पोखरी नीर जान्थे । उनी सँग कुरा हुदा एकदमै रमाइलो लाग्थे , राति सपनामा पनि मात्र उनी नै हुने गर्थे । जे भए पनि दिनहरू एउटा खुसी मय बित्दै थिए । केही महिना पछि सधैको झै म कोलेज नगई सिधै सिजन कि गाउँ तिर जादा त्यै गाउँ को एउटा मान्छेले भने के हो छोटु पण्डित ज्यु , आजकल तपाईं धेरै नै हाम्रो गाउँ आउनु हुन्छ ,आखिर कारन के हो ? । उहाको कुरा सुनेर म मौन भए , मैले सोचे हाम्रो सम्बन्धमा मान्छेहरू को कुदृस्ठि लाग्नु थालेछ । म उसलाई केही नभन्दै पोखरी नीर नै गए । त्यहा पुग्दा सिजन बसेकी थिई । म एकदमै निरास भइ उसकी छेउमा बसे । उनीले भने के भयो लब ज्यु आज किन उदास हुनु हुन्छ । मैले भने एउटा समस्या छ र त्यसको समाधान तिमी नै गर्नु सक्छु । उसले भनिन अचानक त्यसतो के समस्या पर्यो र ? । मैले भने पहिला भन तिमी मेरो समस्या को हल गर्नेछौ । हुन्छ पहिला भन्नु न , म आफु बाट सक्दो कोसिस गर्छु उसले भनिन । मैले भने " म तिमी सँग सधै भेट्नु चाहन्छु , कुरा गर्नु चाहन्छु तर तिम्रो गाउँको मान्छेहरुले हामीलाई गल्त नजरले हेर्नू थालेछ , त्यै भएर तिमी मैले पढ्ने कोलेजको स्कुल (कक्षा 1 देखि 12 सम्मको ) मा फेरी पढ् र हामी त्यै भेटौला , कुरा गरौला । उनीले भनिन ह्या म फेरी स्कुल जादिन । मैले भने हुन्छ , यदि तिमी मलाई भेट्नु चाह्दैनौ भने स्कुल नगए हुन्छ , अब भोली देखि म यता आउदिन । उनीले केही जवाफ दिएनन् , म फेरी उसलाई सोधे तिमी आउछौ कि नाई तर पनि उनिले एक शब्द नि बोलेनन् । त्यो भन्दा केही नबोली म त्यहा बाट घर फर्के । घर फर्किदा उसकै बारेमा चिन्ता लागे थियो उनी आउँछ कि आउदैन । राती मन एकदमै बेचेन थियो । मात्र उसकै बारेमा यो मस्तिष्क र मनले सोच्दै थे । अर्को दिन म कोलेज जादा उनीलाई त्यहा धेरै खोजे तर उनी साच्चै नै स्कुल मा आएकी थिएनन् । उनीलाई हेर्नू आखा एकदमै बिचलित भयो , उनी सँग कुरा गर्नु मन लाग्यो । फेरी उसकी गाउँ कि पोखरी तिर जानु मन लाग्यो तर खई कताकता बाट मनले भन्यौ यदि सिजन लाई तसँग बोल्नु मन छैन भने त किन उसलाई भेट्नु जाँदै छस । यो Ego भनेको कुराले मान्छेको हरेक नातालाई टोडाउने गर्छन । त्यै भएर म भित्रको Ego ले उसँग नभेट्नु बनाई दिएको थिए । उनी एकछिन पछि आउछ कि भनेर म छन छन मै आफ्नो कक्षा बाट निस्केर कोलेज को प्राङ्गणमा गएर उनीलाई खोजी रहे तर उसकी पाइतलो को छाप पनि कोलेज भित्र परेन । कोलेजमा बस्दा एकदमै खल्लो भयो । मेरो शरीर मात्र कोलेजमा थिए तर मेरो आत्मा सिजनलाई खोज्दै थियो ।

 Part 9


दिनभरी कुर्दा कुर्दै पनि उसकी केही पतो लागेन । एकछिन पछि कोलेज बिदा भयो म घर फर्के । घर फर्किदा बाबा पिढीउ मा बस्नु भएका थिए । बाबाले मलाई सोध्नु भयो आज अलि छिटै नै कोलेज बाट आईस , Extra Class गर्नु गइनस् । ( सिजन सँग भेट्नु जादा म सधै 5 बजे राति घर फर्किन्थे । बाबाले कोलेज 12 बजे सकिन्छ तर घर 5 बजे किन आउछस् भनेर सोध्नु हुदा मैले परीक्षा नजिकै आउदैछ त्यै भएर Extra Class गर्दैछु भन्ने बहाना बनाएका थिए ) सायद त्यै कारनले बाबाले सङका गर्नु भएछ । बाबा , अब देखि Extra Class गर्नु छोडदेको भनेर मैले बहाना बनाए । बाबाले किन छोडिस सोध्नु भयो , उहाको कुरा सुनेर म मौन भए । आईज कोठा भित्र उहाले भन्नु भयो , कोठा भित्र छिर्दा बाबाले मेरो बारेमा थाहा पाउनु भयो कि सोचेर हल्का डर नी लाग्दै थिए । कोठा भित्र आउदा बाबाले एउटा पातलो लठ्ठी लिएर मेरो शरीरमा जहाँ तहा कुट्नु थाल्नु भयो । मैले कराउदै भने बाबा अचानक के भयो किन कुट्नु भएको ? । बाबाले गाली गर्दै कुटिरहनु भयो शरीरमा चोटको रातो दाग देखिदै थिए । आमा त्यै बेला आएर बाबाको लठ्ठी समात्दै किन कुट्नु भएको भनेर सोध्नु भयो । बाबाले आमालाई भन्नु भयो सोध छोरालाई , आज यसको कारनले म गाउँमा हिड्नु नसक्ने भए । के गर्यो र ? त्यसतो आमाले बाबा माथी प्रश्न गर्नु भयो । ( बाबाले भन्नु भयो " आज बिहान म गाउँ तिर जाने बेलामा एउटा पल्लो गाउँको मान्छे सँग भेट भयो । त्यो मान्छेले भने तपाईं को छोरा हाम्रो गाउँको एउटी नेवार्नी केटी सँग रासलिला मनाउदैछ । मैले भने तपाईलाई भम्र भए होला मेरो छोरा कोलेज पढ्नु गएछ । मान्छेले भने आज कोलेज गएछनी बाकी दिन कहाँ जान्छ आफै गएर उसलाई सोध्नु होस । मलाइ बिश्बाँस नै भएन , मैले कोलेजको सरको घर गएर ( मेरो तिर हात देखाउदै ) यस्को बारेमा सोध्दा सरले एक महिना देखि आएको छैन भन्नु भयो । यसको कोलेजको केही साथीहरू सोध्दा पनि उनीहरूले उ सधै पल्लो गाउको पोखरीमा गएर त्यो नेेवार्नी केटी लाइ भेट्नु जान्छन् भने । बाबाको कुरा सुनेर आमा पनि रिसाउनु भयो । म चुपचाप सिर निहुराएर उहाहरूको अगाडी उभिएका थिए । बाबाले झपार्दै अब देखि त त्यो गाउँमा गएको थाहा पाए भने तेरो खुट्टा काटि दिउला भन्नु भयो । म मौन भई उहाको कुरा सुनिरहे, त्यसपछि म आफ्नो ड्रेस चेन्ज गरि खाना खाए । यो सिजन सँग को सम्बन्धले पनि मलाई मर्नु न बाच्नु बनाएका थि । उता बाबाले पल्लो गाउ नजाने भन्नु भयो , एता पटक पटक सिजन कै याद आउदै थिए । अर्को दिन कोलेज जादा उनी आज आएकी होली भन्ने आश मा उसलाइ खोजे तर त्यो दिन उनी आएनन् । सोचे सायद भगवानले हामी दुबै बिच त्यति समयको लागि मात्र सम्बन्ध गासनु भएका थिए । मन निराश भयो , सोचे उसलाई सम्झी सम्झी तडपिनु भन्दा अब उनीलाई बिर्सिनु नै परो , त्यै भएर उनी प्रति घृणा को भावना राखेर एक छिनको लागि बिर्सिनु खोजे । उनी सँग नबोलेको दुई दिन भइसकेथे , यी दुई दिनमा उनीलाई नसम्झेको कुनै पल थिएन । क्रमश तेस्रो दिन पनि म कोलेज गए ।किन किन कोलेज पुग्दा सिजन आएकी अाभास भयो । म उसलाई यताउता खोज्नु थाल्दा अचानक उनी मेरो तर्फ भाग्दै आउदै गरेको देखे । उनीलाई हेर्दा म जति खुसी भएका थिए त्यति नै मेरो मन उदास भएको थियो । सायद यति दिन पछि उसलाई आज मेरो याद आएको रहेछ । सोचे जसलाई हेर्नको लागि म तडपिदै थिए उसलाई यति दिन सम्म मेरो भावनाको कदर नै छैन । उनी ( थाकित भएकोले लामो शबाँस तान्दै अोठ भरी मुस्कान देखाउदै )मेरो नजिक आएर भनिन के छ लभ ज्यु । मैले उसलाई नचिनेको अभिनय गरेर को हो तिमी भनेर सोधे ? । उनीले म सिजन हु , मलाई चिन्नु भएन भनिन । मैले भने म सिजन भन्ने कुनै केटीलाई चिन्दिन । उसकी अोठको मुस्कान एकाएक निरासा मा परिवर्तन भयो । उसकी आखाबाट आशुको बुदा झर्छ कि जस्तो लाग्यो । उनीलाइ बोल्नु पनि गाह्रो भएको थियो । उनीले जसोतसो गरेर धन्यवाद भनेर कोलेजको प्रमुख गेट बाट बाहिर निस्किनु थाले । म भाग्दै उसको नजिक गएर उसकी हात समाउदै हास्दै भने अरे ! यार तिमी त मेरो कुरालाई Seriously लिएकी छौ , म अतिकै मजाक पो गर्दै थिए । उनी आफ्नो हातबाट मेरो हात छोडाउदै कराउदै भनिन नछुनु मलाई , तपाईं ठुलो मान्छे हुनु भएछ , अब तपाईले मलाई चिन्नु पनि हुन्न , त्यै भएर नचिनेको मान्छे सँग किन बोल्नु आउनु भएको । ( यति भन्दै उसकी आखाबाट टिप्लिक्क आसु खस्नु थाले ) ।

 Part 10


मैले भने सोरी यार , I was just kidding । त्यै पनि उनी मानेनन् र त्यहा बाट जानू थाले । म उसकी पछि पछि लाग्दै उसलाई फकाउनु धेरै प्रयास गरे तर उनीले मेरो एक शब्द पनि सुन्नु चाहेनन् । मलाई थाहा थियो उसले मेरो बारेमा के सोच्दै होली तर उनीलाई मेरो भावना को बारेमा पनि बुझ्नु पर्थ्यो नि । उनीलाई मैले अस्ति तिर नै स्कुल आउनु भनेका थिए । तर उनी नआउदा म कति तडपे , उसलाई पनि सोच्नु पर्थ्यो नि । हो उसले मलाई आफ्नो प्रेमी मानेकी रहेनछन् तर एउटा साथीको नाताले पनि साथीको अवस्थाको बारेमा बुझिदीएको भए क्या रमाइलो हुने थ्यो । प्रत्येक दिन हामी जो सँग कुरा गर्छौ उसै सँग हरेक पल कुरा गर्नु मन लाग्छ यो बुझ्नु एउटा समान्य कुरा हो ।। फेरी किन उनी ले यो कुरा बुझ्नु सकिन । उसलाई नचिनेको भन्नु मेरो कुनै रहर थिएन । यति मात्र हो कि उसले पनि मेरो भावनाको बारेमा बुझोस , कदर गरोस सोचेर मात्र भनेका थिए । खैर त्यो सबै कुरा बिती सकेका थिए त्यस बाट मलाई कुनै मतलब भएन । तर अहिले उनी म माथी रिसाएकी थिई त्यै भएर उसलाई जसरी भए पनि फकाउनु जरुरी थियो । कसरी फकाउ थाहा थिएन । बाटोमा हेरे एउटा मोटरसाइकल आउदै थिए , मैले केही न पाएर जानीजानी मोटरसाइकल को अगाडी गएर उभे । मोटरसाइकल चालकले ब्रेक हानेर रोक्ने धेरै प्रयास गरे तर उसले सकिन र मेरो खुट्टामा अगाडीको पाङग्राले ठोक्यो । म भुईमा लडे , खुट्टा बाट हल्का रगत निस्किदै थिए , म पिडाले छटपटाउनु थाले , सिजनले मलाई त्यसतो हालमा हेरेर भाग्दै मेरो नजिक आएर सोधिन तपाईले यस्तो के गर्नु भएको । पिडाले गर्दा म उसलाई केही जवाफ पनि दिनु सकिन । उसले आफ्नो चुन्नीले मेरो खुट्टामा बग्दै गरेको रगतलाई पुछ्नु थाले । त्यसपछि सिजनले मलाई हस्पुटल लगिन । मोटरसाइकल को गति एकदमै कम भएकोले खासै केही ठुलो सम्सया परेन । डक्टर ले मेरो खुट्टा मा बेन्डेज लगाई साथमा केही औषधी पनि दिनु भयो । सिजन मेरै छेउमा बसेकी थिई मैले उसलाई भने सोरी सिजन , मैले तिमी सँग मात्र जिस्केको थिए , प्लिज मलाई माफ गरिदेउ । उसले भनिन त्यसतो केहि नसोच्नु , मैले त्यो सब कुरा बिर्सि दिए । म एकदमै खुसी भए , हल्का चोट लगाएर पनि उसलाई फकाउनु सफल भए । तिमी भन्दै थियौ कि म स्कुल फेरी जादिन , अनि आज किन स्कुल आएको त भनेर मैले उसलाइ प्रश्न गरे । उसले भनिन के गर्नु , तपाईं पोखरी निर न आउदा , एकदमै खल्लो लाग्यो । तपाईं सँग गरेको हरेक कुरा याद आउदै थियो त्यै भएर तपाईलाई भेट्नु मन लाग्यो । मैले भने म तिम्रो पोखरी मा आउथे तर ( असती बाबाले कुटेको कुरा भन्दै ) यहि कुराले गर्दा आउनु सकिन । बाबाले कुटेको कुरा सुन्दा उनी हास्नु थाले । उनी सँग दुई दिन पछि यस्तो अवस्था मा भेटदा पनि रमाइलो लाग्दै थिए । हामी बिच यस्तै कुराहरू हुनु थाले । अचानक ढोका खोलेर मेरो बाबा आउनु भयो , मैले आखाको इसाराले सिजनलाई बाहिर जाउ भनिदिए । सिजन त्यहा बाट निस्केर बाहिर गइन । (खई कसले बाबालाई मेरो दुर्घटनाको बारेमा भनिदेको रहेछ , बुढा त कुद्दै आउनु भएका थिए ) मेरो नजिक आएर लामो शबाँस तान्दै हल्का थकाई मार्दै यो कसरी भयो भनेर सोध्नु भयो । मैले कुरा लुकाउदै भने कोलेज बाहिर मेरो किताब झरेको थिए त्यै भएर मैले किताब लिनु जादा मोटरसाइकल बाट ठोकेर यस्तो भयो । बाबाले मेरो टाउको मा एक थप्पड हान्दै भन्नु भयो तेरो दुई अोटा किताब मात्र हुन्छ त्यो पनि समहाल्नु सक्दैनस् । उहाको कुरा सुनेर म मौन भए , त्यस बाहेक अरू केही भन्दा बाबाले अझ बढी कुट्नु हुन्छ कि सोचेर केही बोलेन । बाबाले फेरी सोध्नु भयो अघी आएकी केटी को थियो ,त्यै पल्लो गाउकी नेवार्नी त हैनन् नी । बाबाको कुरा सुनेर म डराए , उहाले सिजन लाई कहिले हेर्नू भएका थिएनन् त्यै भएर मैले भने होईन बाबा , त्यो नेवार्नी पल्लो गाउँमा बस्छे मेरो कोलेजमा कसरी आउनु सक्छे र ? । उहाले फेरी सोध्नु भयो अनि को हो त ? । मैले भने खई मलाई के थाहा ,मलाई घाइते अवस्थामा देखेर उनीले सहयोग पो गरेकी थिई । मैले भने साच्चै नै उनी दयालु रहेछे , नत्र आजकल को दुनियामा मान्छेहरूले चिनेका लाई नी मद्दत गर्दैन तर उनीले मलाई नचिने पनि घाइते अवस्थामा देखेर हस्पिटल पुर्याईन ।

 Part 11


बाबाले भन्नु भयो भइगो , धेरै तारिफ गर्नु पर्दैन , ल हिन घर । मैले भने एकछिन त्यो केटीलाई बुलाई दिनु न बाबा , म उसलाई धन्यबाद भन्नु चाहान्छु । बाबाले सिजनलाई बाहिर बाट बुलाएर लाउनु भयो । अचानक मेरो बाबाले उसलाई बुलाउदा उनी छक्क परेकी थिई त्यो कुरा उसकी अनुहार बाट मैले थाहा पाए । सिजन मेरो नजिक आएर बिस्तारै सोधिन " के हो , अस्ती तिर मेरै कारनले तपाईं लाई उहाले कुट्नु भएको थियो तर आज उहाले आफै बुलाएर तपाईं लाई भेट्नु भन्नु भयो । मैले हास्दै भने तिमी त्यै पल्लो गाउँ कि नेेवार्नी केटीको त्यो बाबालाइ थाहा छैन । मैले उसकी बारेमा अरू केही नै बाबालाई भनेका थिए त्यो उसले थाहा पाई सकेकी थिई ।। मैले उसलाई भने ल बाई , भोली कोलेज मै भेटौला । उनीले यस्तो हालतमा पनि तपाईं कोलेज आउनु हुन्छ भनेर सोधिन । मेलै भने चिन्ता नगर , तिमी कोलेज आउनु म जसरी भए नी आउनेछु । उसले हस , त्यसो भए भोली भेटौला भनिन । मैले बाई भन्दै बाबा सँगै घर फर्के । घर फर्किदा मात्र उसकै बारेमा सोचिरहे । अब उनी पनि मेरै कोलजमा पढ्ने भइ । सोचे अब फेरी हामी सधै भेट्नेछौ , कुरा गर्नेछौ , क्या रमाईलो हुनेछ । अर्को दिन म कोेलेज जानू लाग्दा बाबा आमाले यस्तो हालतमा कोलेज नजाउ भन्नु भयो । मैले भने तपाईं चिन्ता नगर्नु केही हुदैन , मेरो परीक्षा नजिकै आउदैछ , त्यसैले मलाई जानू पर्छ । उहाहरूले केही पनि बोल्नु भएन ।। त्यसपछि म खुटटालाइ घिसार्दै कोलेज गए । खुट्टामा हल्का पिडा हुदा पनि सिजनलाई भेट्नु जाँदै छु सम्झेर त्यसतो केही महसुस भएन । कोलेज पुग्दा सिजनले मलाई पर्खिदै बसेकी थिई । म उसकी नजिक पुग्दा उसले तपाईं लाई कस्तो छ भनेर सोधिन । मैले भने ठिकै छ अनि तिम्रो ? । त्यसपछि हामी बिच विभिन्न कुराहरू हुन थाले । हामी सधै कोलेज मै भेट्ने गर्थे , सनिवार भएको दिन उनी सँग भेट नहुदा वाक्क लाग्थ्यो , सोच्थे सनिवार पनि पढाइ भइ दिएको भए क्या रमाईलो हुन्थ्यो वा हप्ता बाट सनिबार नै निकालेर हटाएर एक हप्तामा 6 दिन मात्र भइ दिएको भए मज्जै हुन्थे । तर सोचे मेरो ती सब कुराहरू को कुनै अर्थे नै थिएन । त्यो सँसारकै नियम हो र मैले गर्दा त्यो सब नियम परिवर्तन हुन्छ त्यो म कल्पना पनि गर्नु सक्दिन । बरु इ सब सोचेर म आफ्नो मनलाई जसोतसो गरेरे रुझाउने गर्थे ।। फेरी आइतवार आउथ्यो र हाम्रो मिलन फेरी हुन्थ्यो । यस्तै क्रमशः एक बर्ष बित्यो । ती एक बर्षमा थुप्रै कुराहरू बित्यो जुन मेरो जीवनको रामईलो पल थियो । एस.एल.सी. नजिक आयो , सिजन फेल भयो भने मलाइ सम्सया हुन्थे किनकी मैले नै उसलाई पास हुने आशा मा फेरि स्कुल पढ्नु लगाएका थिए । एस.एल.सी. को पहिलो परीक्षाको दिन आयो , हामी दुबै जना परीक्षा केन्द्र गए । मैले उसलाई सोधे तिमी राम्ररी त्यारी गरेर आएकी छौ नी ? , उसले भनिन छैन , दुई बर्ष देखि मैले किताब लाई पलटाएको पनि छैन , अनि कस्तो त्यारी गरेको छु , त्यो तपाईं आफै सम्झिनु न । हे भगवान , सिजन कस्तो केटी रहेछे , आज परीक्षा हो थाहा हुदा हुँदै पनि किताब नि पटलाएको छैनन् । मैले आफ्नो टाउको मा हात राख्दै भने अरे यार , एकचोटी पढेको भए हुन्थ्यो नि । उसले भनिन ह्या छोडदिनु ,मैले तपाईको लागि मात्र फेरी स्कुल पढ्नु गएको थियो , अब फेल भए पनि केही फरक पर्दैन ।। मैले उसलाई सोधे तिम्रो प्याड खोई । उसले भनिन ला म त ल्याउनै बिर्से । अरे यार परिक्षाको दिन पनि उनीले केही ल्याएकी थिएन । ( उनीले जानीजानी नाटक गर्दैछे कि के , त्यो मैले बुझ्नु सकिन ) मलाई थाहा थियो उनीले त्यसतो गर्छिन त्यै भएर मैले उसकी लागि पहिला देखि नै प्याड , अौचार बाकस , गेस पेपर , गाइड बुक ल्याएको थिए । मैले उसलाई ती सब कुरा दिदै भने ल राम्ररी बुक लुकाएर लैजाउ । उनीले हुन्छ भनि भित्र गईन , मैले हेरे Guard ले चेक गर्ने बेलामा मैले उसलाई दिएको बुकहरू ले गार्डले खोस्यो । अब उनी परीक्षामा के लेख्छे , कसरी लेख्छे सोचेर टेनस्न भयो । परीक्षा केन्द्र भित्र एउटा मन्दिर थियो र त्यो मन्दिरको छेउमा स्टिलको जाली ले घेरिएको थियो । म बिस्तारै त्यो जालीको छेउमा गएर सिजन भनेर जोरले कराए । उनीले मेरो कुरा सुनेर भाग्दै मन्दिर नजिक आइन , मैले अर्को गेस पेपेर जाली बाट फ्यालेर उसलाई दिए । उनीले गेस पेपर लिएर भित्र गइन । उनीलाई गेस पेपर दिए पछि म ढुक्क भए । अचानक पुलिस गार्ड हरू सिजन कि नजिक आएर त्यहा भएको बिधार्थीहरू चेक गर्नु थाले , पुलिसले सिजनलाई पनि चेक गरि कि नाई त्यो त मैले थाहा पाउनु सकिन । किनकी त्यहा बाट उनीहरूलाई हेर्नू सकिरहेको थिएन ।

 Part 12


म परीक्षा केन्द्रको बाहिेर बाट पनि आफु सक्दो उसलाई चिट दिने कोसिस गरे । एकचोटी त पुलिसले हेर्नू भयो र लौरो ले मलाई खुट्टामा हान्नु भयो । म जसोतसो गरेर लडखडाउदै त्यहा बाट भागे र सिजन कि प्रतीक्षा गर्नु थाले । केही समय पछि सिजन हल्का मुस्कुराउदै आइन , मैले सोधे कस्तो रहियो परीक्षा अनि कति अोटा प्रश्नहरूको उतर लेख्यौ । उसले प्रश्न पेपर मलाई दिदै भने यसमा कलम ले चिनो लगाएको सबै बनाए । मैले प्रश्न पेपर मा हेर्दा उनीले 32 वटा प्रश्नहरूमा 14 अोटा बनाएकी रहेछे । मैले अँङक जोड्दा यदि उसको सबै उतरहरू सही भयो भने उनी पास हुनु सक्थे । सोचे अब त केही हुनु वाला छैन , सिजन फेल हुने निश्चित नै थिए । किनकी उनीले उतर लेख्दा केही न केही गलत भएकै होला र अँग्रेजी बिषय पनि उस्तै हो एउटा शब्द गल्ति हुदा पनि पेपर चेक गर्ने शिक्षकले आधा अँङक काटि दिनु हुन्छ । सोचे जे भए पनि , पछि हेरौला तर अहिले सिजनकी मनोबल बढाउनु जरुरी थिए । मैले भने ठिेकै छ , ल अब भोलीको बिषयको राम्ररी त्यारी गरेर आउनु । उनीले हस भन्दै हामी आ- आफ्ना घरको बाटो लागे । यस्तै क्रमशः सबै परीक्षा सक्यो , परीक्षा सकेर आउदा खेरी उसकी प्रतिक्रिया देख्दा मलाई लागेन उनी पास हुन्छे होली । तर मन भित्र एउटा आश थियो कि उनी अवस्य पास हुन्छे । एस.एल.सी सके पछि हामी सँग भेट्ने कुनै उपाय थिएन , अब फेरी कसरी भेट्ने , कहाँ भेट्ने इत्यादी कुराले अतिधिक सताउनु थाले । मैले उसलाई सोधे अब कसरी भेट्ने , उनी भनिन खोई थाहा छैन । मैले सोधे तिम्रो घरमा मोबाईल छ , उसले छैन टेलिफोन छ भनिन । ( त्यो बेला खासै टेलिफोन , मोबाईलहरू सुबिधा थिएन , कुनै कुनै मान्छेहरूले मात्र मोबाइल बोक्थे , मेरो छिमेकी मा बस्ने एउटा साथीको बाबा बिदेश बस्नु हुन्थ्यो त्यै भएर उसको घरमा एउटा नोकियाको सानो मोबाईल थियो ) मैले उसलाई सोधे तिम्रो टेलिफोन को नो. देउ त । उनीले नाइ भनिन , मैले सोधे किन नाई भनेकी , म सँग कुरा गर्ने मन लागेन र ? । उनीले भनिन लाग्छ तर तपाईलाइ यदि मैले नो. दिए भने जुन सुकै बेला फोन गर्नु भयो भने मलाई मेरो आमा बाबाले कुट्नु हुन्छ । मैले भने तिमी चिन्ता नगर , जब तिमी भन्छौ त्यै बेला म फोन गर्नेछु । उनीले नो. दिदै भनिन राती 10 बजे तिर गर्नु ल ।। मैले हुन्छ भन्दै अन्तिम पल्ट भेटेर घर फर्के । घर आउदा किन किन मेरो शरीरको एउटा अँङग कतै छुट्यो जस्तै लाग्यो । घरमा बस्नु पनि फिटिकै मन लागेन , राती को 10 कहिले बज्छ भनेर प्रतीक्षा गर्नु थाले । दिनभरी मा हजारौं पटक घडि हेरे , खोई किन हो त्यो दिन समय को गति नै कम भए जस्तो लाग्यो । जसोतसो गरेर रातीको 9 बज्यो । म आफ्नो साथीको घर गए , साथी बाहिर आफ्नो पिढिमा बसेको थियो । साथीले यति राती किन आएको भनेर सोधे , मैले भने एकछिन बाहिर आइज , बाहिर नै भन्छु । उ बाहिर आए , मैले उसलाई सोधे तेरो मोबाइल खइ , उसले सोधे किन ? , मैले भने एउटा साथीलाई फोन गर्नु छ , उसले सोधे कुन साथीलाइ , मैले भने ह्या लिएर आइज न पहिला , उसले भने मोबाइल मा चार्ज छैन , मैले सोचे उसले झुठो बोल्दैछ होला , त्यै भएर पहिला लिएर आइज भने । उसले आफ्नो नोकिया 1100 मोेडेल भएको मोबाइल ल्यायो । मैले मोबाईल लिएर हेर्दा साच्चै नै चार्ज थिएन र त्यो बेला बिजुली पनि थिएन । सोचे अब के गर्ने ,सिजन ले मेरो फोन को लागि प्रतीक्षा गर्दै होली । मैले फोन नगर्दा उनीले मेरो बारेमा कति नराम्रो सोच्छे होला । कति धेरै गाली गर्नेछे होला त्यो त म आफै अनुमान लगाउनु सक्थे । म पनि के गरू , साथीको मोबाइलको आसा मा सिजन लाई फोन गर्छु भनेका थिए , तर मोबाईलको चार्जले धोका दियो ।। सिजन कि बारेमा सोचेर चिन्तित भए । यस्तै समय ले आफ्नो गति बढाउदै जादा राती को 12 बजि सक्यो । उसकी सम्झनाले गर्दा निन्द्रा नी लागेन । रात भरी चिन्ताले छटपटाई रहे । अर्को दिन बिहानै बिजुली आएको थियो । मैले साथीलाई भनेर मोबाईल चार्जमा हाल्नु लगाए । मोबाइल को ब्याट्री फुल भए पछि साथीले मोबाईल ल्याएर ल फोन गर भने । मैले मोबाइल लिएर सिजन कि टेलिफोन नो. Dial गरेर फोन गर्नु थाले । तर अचानक सिजनले राती 10 बजे मात्र फोन गर्नु भनेको कुरा याद आयो । मैले छिट्टै फोन काटेर साथीलाई मोबाईल दिदै भने ल अहिले राख राती तिर मलाइ दिनु । उसले सोधे किन अहिले के भयो र ? । मैले भने केही होईन , साथीले राति तिर मात्र फोन गर्नु भनेको छ । मैले केटीलाई फोन लगाउनु खोजेको उसले मेरो बोल्ने शैली बाट थाहा पाई सकेका थिए । हुन त कुनै केटाले केटीलाई पहिलो चोटी फोन लगाउदा खेरी हल्का लजाएको अभिनय गर्छ र पटक पटक बिस्तारै बोलेर आफैले आफ्नो स्वरलाई चेक गर्ने गर्छन |

 Part 13


त्यस्तै मैले पनि गरेको थिए , त्यै भएर साथीले थाहा पाए । उसले मोबाइल लिएर आफ्नो घर फर्कियो । म 10 बजे रातीको प्रतिक्षामा बस्नु थाले । दिनभरी म राती 10 बजे सिजन सँग कुरा गर्दा को कल्पना गरिरहे । दिन काट्नु एकदमै गाह्रो भइसकेको थ्यो , जसोतसो गरेर राती 9;40 भयो । मैले सोचे आज पनि सिजनले मेरो फोनको प्रतीक्षा गर्दै होली । त्यै भएर म साथीको घर गए , त्यो दिन उसलाई पिडि मा बसेको देखिन ।( साथीको नाम रोसन थियो ) मैले उसको आमा लाई रोसन कहा गएको छ भनेर सोधे । उसको आमाले भन्नु भयो अचानक रोसनलाई केहि जरूरी काम परेकोले बेलुका 5 बजे नै आफ्नो आफ्नतको मा जानू पर्यो । म उदास हुँदै सोधे अब उ कति बजे फर्किन्छ । उसको आमाले भन्नु भयो भोली बिहान आउछ होला , किन के काम थियो र ? । आज नि सिजनलाई फोन गर्नु नसक्दा म धेरै चिन्तित भए । म चुपचाप निरास भइ त्यै उभिरहे । उसको आमा ले फेरी सोध्नु भयो " भनन् के काम थियो " । मैले हेरे मोबाईल एउटा टेबुलमा राखे थियो । म उहालाई मोबाइल चाहियो भन्नु चाहन्थे तर उनीले यति राती मोबाइल किन माग्दैछ भनेर सङ्का गर्नु हुन्छ कि सोचेर भन्नु सकेन । मन भित्र को व्यथा लुकाएर मैले हल्का मुस्कुराउदै भने" केहि होईन Aunty अतिकै सोधेको " त्यति भन्दै म त्यहा बाट आफ्नो घर फर्के । रोसन माथी एकदमै रिस उठ्दै थियो । साले ले जाने बेलामा एक चोटी पनि भनेन । आज पनि सिजन लाई फोन नगर्दा , खइ उनीले मेरो बारेमा कति धेरै नराम्रो सोच्दै होली । उनी सँग दुई दिन सम्म कुरा नहुदा मन बिच्लित भयो । त्यो दिन पनि रात भरी उसकी चिन्ताले गर्दा सुत्नु सकिन । अर्को दिन बिहान उठ्दा दुई दिन सम्म नसुतेकोले आखा रातो भइसकेका थिए । सिजनकी याद ले गर्दा आखा रसाउछ कि जस्तो लाग्दै थियो । रोसन पनि आफ्नो आफ्नत बाट आइ सकेका थिए । म उसलाई सोधे साले जाने बेला मा त एक चोटी पनि भन्नु पर्थ्यो नी , हिजो राती पनि उसलाई फोन नगर्दा मलाई कति टेन्सन भएछ तलाई थाहा छ । उसले भने सोरी यार , म हतार हतारमा तलाई भन्नै बिर्से , तर त मेरो घरमा गएर मेरो आमा बाट मोबाइल माग्नु सक्थे नि ? । मैले भने चुप यति राति मोबाइल माग्दा उहाले के सोच्नु हुन्छ त्यै भएर भन्नु सकिन । उसले मोबाइल लिएर मलाई दिदै भने " ल यो मोबाइल आफै राख , मेरो आफ्नतहरु को फोन आयो भने नउठाउने । मैले उसको मोबाइल लिई हुन्छ भन्दै घर फर्के । दिनभरी त्यो मोबाइल लाई हेर्दै बसिरहे , सोचे आखिर यो मोबाइलमा के हुन्छ त्यसतो जस्को सहयताले हामी करोडौं माइल दुरी मा बसेको मान्छेहरू सँग कुरा गर्नु सक्छौँ । मान्छेहरू पनि अच्ममका रहेछन् , उहाहरू हामी कहिले कल्पना नगर्नु सक्ने कुराहरू बनाउनु भएछन् , पता लगाउनु भएका छन् । त्यो बेला नि मोबाइल , टेलिफोन मा कसैलाई बोलेको हेरेर पुराना बुढापाकाहरू आश्चर्य हुन्थे । दिनभरी सिजनकी टेलीफोन नो . Dial गरेर Ring जानू भन्दा अघि नै फोन काटि दिन्थे । 10 बजे को प्रतिक्षामा म खाना खानु पनि बिर्सि सकेका थिए । बल्ल तल्ल 10 बज्यो म हल्का खुसी हुँदै उसकी टेलीफोन नो. मा फोन गरे । दुई चोटी नेटवर्क को व्यस्तता का कारन फोन लाग्नु सकेन । साले यो नेटवर्क लाई पनि अहिले नै व्यस्त हुनु पर्छ भन्दै मनमनै नेटवर्क लाई गाली गर्दैथे । हुन त मेरो गाली ले गर्दा नेटवर्क त ठिक हुदैन , त्यै पनि मन लाई शान्त बनाउनु को लागि ती भावनाहरू मन भित्र एकाएक उत्पन्न हुने गर्छन् । फेरी फोन लगाए , फोन लाग्यो उता बाट फोन उठाइन । ( केटीको आवाज रहेछ , मैले थाहा पाइसके उनी सिजन नै रहेछ ) म अलि मीठो स्वरमा हेलो भने उनीले को बोल्नु भएको भनेर सोधिन मैले भने म लव , मलाई चिनेनौँ ? उनीले भनिन अहँ चिनेन मैले भने साच्चै मलाई चिनेनौँ ? उनीले अहँ , म लव भन्ने कुनै मान्छेलाइ चिन्दिन । ( मन एकदमै उदास भयो , मैले भने सोरी , सायद Wrong Number लागेको रहेछ ) त्यसपछि उनिले फोन काटि दिइन । ( अस्ति तिर उसले आफ्नो टेलीफोन नो . लेखेकी कागजमा हेर्दा नम्बर ठिकै थियो । ) त्यसैले मैले फेरी फोन लगाए तर उनीले फोन उठाइन । मैले धेरै चोटी Try गर्दा पनि खासै राम्रो प्रतिक्रिया आएन । सायद मैले उनीलाई दुई दिन फोन नगर्दा रिसाएकी रहेछ त्यै भएर म सँग नबोलेर म माथी आफ्नो रिस पोख्नु खोज्दैछे । दुई घण्टा सम्म उनीले फोन नउठाउदा म दिक्क मानेर फोन गर्नु छोडि दिए । म मोबाईल लाई आफ्नो छेउमा राखेर निदाए । करिब 2 बजे तिर मोबाइलमा Ring बज्यो । मैले सोचे सायद रोसनको पापाको फोन रहेछ , किन कि उहाँ कतार मा हुनु हुन्थ्यो र कतार र हाम्रो देशको समय मा करिब तीन घण्टा जति फरक हुने गर्छन । नेपालमा दुई बजे छ भने सायद कतार मा 11 बजे को होला । सोचे उहाले ड्युटी सकेर फोन गरेको हुनु पर्छ । आखा चिम्लाउदै नम्बर पनि नहेरी फोन उठाउदा उता बाट केटीको अावाज सुनियो ।

 Part 14


उनीले भनिन " मेरो निन्द्रा उडाएर आफै निदाउनु भएछ हो " मैले भने " को बोलेको ? उनीले भनिन " म सिजन अति छाडो बिर्सिनु भएको ? मैले भने " अघि फोन गर्दा आफैले मलाई नचिनेको भन्दै थियौ अनि अहिले कसरी चिन्यौ नी । उनीले हास्दै भनिन म अतिकै जिस्किदै थिए । मैले भने अह ! तिमी मान्छेलाइ नै मार्ने गरि जिस्कौउन । उनीले भनिन हजुरले आफै यसरी मजाक गरिन्छ भन्ने सिकाउनु भएको होईन र ? ( आफु ले नै एकदिन यस्तो गरेको कुरा याद आयो । त्यै भएर म उनी माथी रिसाउनु सकिन ।) म पनि हल्का मुस्कुराउदै भने "अनि मेरो Copy गर्ने " । उनी भनिन Ummm , पहिला भन्नु त दुई दिन सम्म किन फोन गर्नु भएनन् ? । मैले उनाई अस्ति दुई दिन घटेको सबै घटनाको बारेमा सुनाए । उनीले भनिन तपाईंलाई थाहा छ ,म दुई दिन राती 10 बजे देखि 2 बजे सम्म टेलिफोनलाई छेउमै राखी तपाईं को फोनको प्रतिक्षा गरिरहे तर हजुरले एकचोटी पनि फोन नगर्दा म धेरै चिन्तित भएकी थिए । तपाईलाई मनमनै धेरै गाली गरे र सोचे सायद तपाईले मलाई बिर्सिनु भएछ । त्यसपछि मैले सोचे अब म तपाईं सँग कहिले बोल्दिन त्यै भएर हजुरले अघि फोन गर्ने बेलामा नचिनेको भने । तर केही बेर सम्म तपाईं कै बारेमा सोचि रहदा हजुर सँग नबोली बस्नै सकिन । खइ किन किन तपाईंको बोली नसुन्दा आजकल बस्नु पनि गाह्रो भई सकेछ ।। सिजनकी कुरा सुन्दा " मनमनै सोचे सायद बिस्तारै बिस्तारै उनी पनि मेरो प्रेममा पर्दैछे तर किन होला न त उनी भन्नु सक्थे , न त म नै भन्नु सके । मलाई त त्यै बेला उनीलाई प्रोपोज गरु जस्तो लाग्यो तर सोचे अहिले होईन , उचित समय आएपछि म उसलाई प्रोपोज गर्छु र उनीले नाई भन्नु पनि पाउने छैन । त्यस पश्चात् उनी सँग करिब 4 बजे राति सम्म कुरा गरे , उनी सँग दुई दिन पछि कुरा हुदा म एकदमै खुसी भए र राती उसकै सपना हेरी मस्त निन्द्रा मा निदाए ।। त्यसपछि दैनिक हामी बिच राती 10 बजे देखि करिब 4 बजे राती सम्म कुरा हुन्थे । एकदिन मैले भने सिजन तिमी लाई हेर्नू मन लाग्यो ? । उनीले पनि मलाई हेर्नू मन लाग्यो तर कसरी भेट्ने भनिन । उसकी र मेरो गाउँ को छेउमा एउटा अर्को गाउँ थिए जहाँ हप्ताको सनिबारको दिन बजार लाग्ने गर्थे । मैले उसलाई सनिबार को दिन त्यो गाउको बजार मा भेट्नु भने । उसले पनि हुन्छ भनिन । शनिबारको दिन करिब 3 बजे दिउँसो म पल्लो गाउको बजार छिर्ने गेट को छेउमै बसेर उसकी प्रतीक्षा गर्नु थाले । करिब आधा घण्टा पछि उनी र उसकी आमा सँगै एउटा झोला लिई बजार आइन । उसकी नजर मेरो तर्फ पर्दा उनी हल्का लजाएर मुस्कुराइ , म पनि उनीलाई हात देखाएर हाई भन्दै मुस्कुराए । उनीहरु बजार भित्र गई , म पनि उसकी पछि पछि बजार तिर लागे । म उनी सँग बोल्नु चाहन्थे तर उसकी आमा भएको कारनले त्यो सम्भव थिएन । सिजन र उसकी आमा दुबै जना तरकारी बजारमा गएर तरकारी किन्नु थाले । म पनि उनीहरू बिपरित तर्फ उभेएर उसलाई आखाले इसारा गर्दै यता आउ भने । उनी आफ्नो आखाले " आमा लाई देखाउदै आमाले जानू दिनु हुन्न "आखाको इसाराले भन्दै थिई । त्यै पनि मैले जसरी भए पनि यता आउ आफ्नो आखाले भनि रहे । करिब आधा घण्टा पछि उसले आफ्नो आमालाई " म एकछिन मासु किनेर आउछु भनिन । उसकी आमाले पनि हुन्छ जाउ तर छिटै आउ म यहि हुन्छ भन्नु भयो । सिजन पनि हस आमा भन्दै राँगा को मासु बेच्ने बजार तिर लागे । म पनि उसकि पछि पछि लागेर मासुको बजार मा पुगे , त्यहा पुग्दा भैसीको दुर्गन्ध आउदै थियो । मनमनै सिजन माथी रिस नि उठ्दै थियो , म पण्डित हु थाहा हुदा हुदेै पनि उनीले जानीजानी मलाई मासु बजार मा आउनु बाध्य बनाई । उनी एकछिन रोकिए , म उसकी नजिक जादा उनीले सन्चै हुनु हुन्छ भनेर सोधिन् । मैले भने तिमीलाई अलिकति पनि लाज लाग्दैन , मलाई मासु बजार मा लाएर सन्चै हो भनेर सोध्दैछौ । उनीले हास्दै भनिन अनि म गरू त , आमा बाट टाढा आउनु कुनै बहाना भेटाएन त्यै भएर यता आउनु पर्यो । उसकी सम्सया मैले बुझे त्यै भएर उनी सँग रिसाएनन् । करिब 15 मिनेट सम्म हामी बिच यताउताको बारेमा कुराकानी भइ रहियो । उनीले मासु किन्दै ल अब म जान्छु , राती फोन मै अरू कुरा गरुला भनिन । मैले भने हुन्छ , उनी त्यहा बाट गइन । मैले अचानक आफ्नो गाउँ कै एउटा मासु बेच्ने मान्छेलाई भेटाए । उहाले सोध्नु भयो के हो छोटु पण्डित ज्यु , आज कहाँ बाट मासु बजारमा आउनु भएको , मासु खानु मन लाग्यो हो ? ।

 Part 15


उहाको कुरा सुनेर म धेरै नै डराए, उहाँ मेरो बाबालाइ चिन्नु हुन्थ्यो , यदि उहाले मेरो बाबालाई म मासु बजारमा आएको कुरा भनिदिनु भयो भने फेरी नया लफडा पर्नेछ होला । मैले भने होईन , एउटा साथीले यता भेट्नु आउ भनेका थिए त्यै भएर आएको , प्लिज यसको बारेमा मेरो बाबालाई नभन्नु भन्दै अनुरोध गरे । उहाले हुन्छ तर तपाईं छिट्टै यता बाट जानू भन्नु भयो । मैले हस भन्दै सिजनलाई बजार मा खोज्नु थाले । एकछिन पछि मैले उनी र उसकी आमालाई Cosmetic बजारमा उभिएको हेरे । उनी भएकी ठाउमा जानू मन लाग्यो तर सोचे नाई , उसकी आमाले मलाई अघि देखि नोटिस गर्दै छे त्यै भएर म त्यहा नगई घर फर्के । घर फर्किदा आमा बाबाको प्रतिक्रिया मा कुनै फरक देखिन । सोचे त्यो मासु बेच्ने मान्छेले मेरो बारेमा बाबालाई केही भन्नु भएको छैन । 10 बजे राति म सिजनलाई फोन गरे । हामी बिच यसरी नै क्रमशः फोनमा कुराकनी भइरहियो ।। तीन महिना पछि एस.एल.सी. परीक्षाको नतिजा प्रकाशित हुने दिन आयो । त्यो दिन सिजनले दिउँसो नै फोन गरेकी थिई । त्यो बेला मोबाइल रोसन सँग थिए त्यै भएर सिजनकी फोन आउनु साथ उसले भाग्दै मोबाइल लिएर मलाई दिए । म आश्चर्य भए , मैले उसलाई सोधे आज कसरी दिउँसो नै हामीलाई सम्झेकी ? । उसले भनिन हजुरलाई थाहा छैन र ? , आज कुन दिन हो । मैले भने आज बुधबार हो नी । उनीले ह्या तपाईं कस्तो के , आज एस.एल.सी. परीक्षाको नतिजा प्रकाशित हुने दिन हो नी । ( हुन त मलाइ यसको बारेमा केहि थाहा थिएन । मैले इच्छुक हुँदै सोधे अनि नतिजा कस्तो भयो ? । उनीले मुस्कुराउदै भनिन म सेकेन्ड डिभिजन ले पास भएकी छु । उनी पास भएकी कुरा सुन्दा म एकदमै खुसी भए । मैले उसलाइ सोधे अनि खोइ त पार्टी ? , उसले भनिन आउनु न दिउला नी । मैले भने सिजन आज भेट्म न , तिमी हेर्नु मन लाग्यो । उनीले पनि हुन्छ भनिन । त्यसपछि म उसकी गाउँको चौरमा गएर एकान्त मा बसी उसकी प्रतीक्षा गर्नु थाले । करिब 5 मिनेट पछि उनी मुस्कुराउदै आइन , मेरो मनमा नि खुसीको लहर छाएको थियो । आज उसलाई प्रोपोज गर्छु सोचेर मनमनै अभयास गर्दै थिए । उसले मेरो नजिक आएर सोधिन " ल , अब भन्नु पार्टिमा के खानु हुन्छ । ( उसलाइ किस खान्छु , दिन्छौ ? भनेर भन्नु चाहन्थे तर भन्ने आट भएन । ) । मैले भने " सिजन म तिमीलाई केहि भन्नु चाहन्छु । उनीले भनिन अनि भन्नु त , किन डराउनु भएको । प्रोपोज गरे पछि को उसकी प्रतिक्रिया लाई कल्पना गर्दा मनभित्र खुलडुली र हल्का डर पनि लाग्दै थियो । म दुई मिनेट सम्म केही बोल्नै सकिन । उनी मेरो हातमा आफ्नो हात राखी भनिन " प्लिज भन्नु न , के भन्नु चाहन्छु हुन्छ । उसकी हातले मेरो हातलाई स्पर्श अचानक मन भित्र केही भिन्न नसा छायो । उसले आफै बारम्बार सोध्दा पनि मैले आफ्नो मनको कुरा उनीलाई भन्नु नसक्दा आफु प्रति कायरताको भावना जाग्नु थाले । म पनि उसकी हातलाई आफ्नो हातले सुमसुमाउदै भने सिजन , हुन त मान्छेहरू खुसी विभिन्न तरिकाले पाउने गर्छन् । कसैको घरमा सन्तान जन्मेर हुन्छन् , त स - साना बच्चाहरूले आफ्नो आमा बुबाले ल्याइ दिएको खेलौला देखेर खुसी हुने गर्छन , तर जुन दिन देखी मैले आफ्नो जिन्दगी मा तिमीलाई भेटाए । मेरो खुसी को सिमा नै रहेन । तिमीलाई म जिबनभरी साथ दिएर , तिम्रो ती सबै खुसीहरूको ऋण तिर्नु चाहन्छु । हो सिजन , समयको बढ्दो गती सँगै तिम्रो मायाले मेरो मनमा क्षति पुर्याउदै छन् । अब इ मनले थाम्नु नसक्ने भयो । कृपया मेरो मनको वेदना सम्झी मलाई आफ्नो मुटुको कुनै कुना मा राखि देउन । आइ लव यु सिजन के तिमी पनि मलाई माया गर्छौ ? । मेरो कुरा उनी रोमाञ्चक भइ सुन्दै थिई । मैले आफ्नो कुरा भनि सक्दा उनीले हास्दै भनिन " वाह वाह , आज यो लाइन कहाँ बाट याद गर्नु भयो । उसले मेरो कुराको खिल्लि उठाउदा मलाई एकदमै नरमाईलो लाग्यो । हुन त ती साहित्यीक शब्दहरू मैले कसरी मैले भने त्यो कुरा म आफ्नै बुझ्न सकिन । सायद मनले एकाएक ती शब्दहरू उत्पन्न गराएर उसकी सामु आफ्नो भावनाहरू पोेखेको होला । मैले भने " तिमीलाई मन परेन र ? , उनीले भनिन मन पर्यो त्यै भएर कहाँ बाट याद गर्नु भएको भनेर सोधे नी । उनीले फेरी याद गरेको भन्दा , उसकी कुराले मेरो मजाक उडाए जस्तो महसुस भयो । त्यसपछि मैले उनीलाई केही नभनी चुपचाप शान्त भएर बसि रहे । करिब 5 मिनेट सम्म पनि म नबोल्दा उनी मुस्कुराउदै भनि किन रिसाउनु भएको मेरो लभ ज्यु । म पनि तपाईलाई धेरै धेरै माया गर्छु , तर तपाईंले यति कुरा भन्नुको लागि यति धेरै समय लगाउनु भएको मा म तपाई सँग धेरै रिसाएकी छु ।

 Part 16


उनीले पनि मलाई मन पराएको कुरा सुनेर म धेरै खुसी भए । तर सोचे हैट ! हाम्रो प्रेम कथा सुरू भएको मात्र एक मिनेट भएछ र उनीले अहिले देखि रिसाउनु थाले । खोई केटीहरू कि मन कस्तो हुन्छ त्यो त मलाई थाहा थिएन तर साच्चै यी केटीहरूले धेरै नखरा गर्ने , भाउ खोज्ने , जानीजानी तडपाउने गर्छिन । अब उसलाई फकाउनु को लागि म के गरू भनि सोचिरहे । मैले आफ्नो कानलाई हातले समात्दै भने सोरी बेबी । उनीले हास्दै भनिन अहिले देखि बेबी भन्नु सुरू गरि दिनु भयो । मैले भने अब तिमी यो लभको सिजन छौ , तिमी मेरो मुटु छौ , मेरो प्राण छौ त्यै भएर मलाई जे भन्नु मन लाग्छ , म त्यै भन्छु । उनीले हास्दै भनिन अोहो बिहे भएको छैन , अहिेले देखि तिमीले मलाई आफ्नो बनायौँ । सधै मलाई तपाईं भनेर सम्बोधन गर्ने सिजन आज प्रेम सुरू भए पछि मलाई तिमी भन्दा म छक्क परे । हुन त उनीले मलाई तपाईं भन्दा मलाई अप्ठ्यारो महसुस हुन्थ्यो तर आज उनी तिमी भन्दा रमाईलो लाग्यो त्यै भएर मैले खासै त्यसतो केही सोचेन । मैले भने गरौला नी कुनै दिन , के तिमीलाई आजै गर्नु मन लाग्यो हो ? । उनीले हास्दै भनिन नाई ! म अतिकै जिस्किदै भने । त्यसपछि हाम्रो प्रेमकथा सुरू भयो । त्यस दिन देखि म सिजनलाई बिहान बेलुका र राति फोन गर्नु थाले । हुन त साथीको मोबाईल माग्नु जादा अप्ठ्यारो जस्तो लाग्थे । त्यै भएर आफु पनि मोबाईल किन्नु सोचे तर पैसा कहाँ बाट ल्याउ थाहा थिएन । मेरो घरमा सबै पैसा बाबाले दराजमा राख्नु हुन्थ्यो र त्यसको साचो आफै सँग राखी घुम्नु हुन्थ्यो । एक राति करिब 12 बजे तिर बाबा सुत्नु भएको हुदा , म बिस्तारै उहाको कोठा तिर गए , ढोका खुल्लै थियो , म भित्र छिरे , कोठा मा अँध्यारो थियो , मैले टर्च बालेर बाबा लाई हेर्दा उहाँ मस्त निन्द्रामा निदाउनु भएका थिए । मैले उहाको झोला , किताब ,इत्यादी गरेर कोठा भरी खोज्दा नी साचो कतै भेटेन । मैले बाबाको शरिर तिर राम्ररी टर्च बालेर हेर्दा उहाले आफ्नो कमरमा बाधेको डोरी ( जनेउ ) मा साचो लाई बाधेर राख्नु भएका थिए । मैले बिस्तारै बिस्तरै आफ्नो हातलाई अगाडी बढाउदै उहाको कमर बाट साचो निकाल्नु खोज्दा अचानक बाबा पल्टिनु भयो । मेरो हात उहाको कमरमा थिचिए । बाबाले बिउझेर मलाई यति राती आफ्नो कोठामा हेरे भने मलाई के के गर्नु हुन्छ , सोच्दा डर नि लाग्दै थियो । तर उहाँ मस्त निन्द्रामा भएकोले उहाँ बिउझिनु भएन । म बिस्तारै साचो लिई जसोतसो गरेर आफ्नो हातलाई उहाको कमर बाट निकालेेर आफ्नो कोठामा फर्के । म डरले कापेर , पसिनाले पुरै भिजे सकेका थिए । म आफ्नो कपडाले शरिरलाई पुछ्दै निदाए । भोलि बिहान आमा मन्दिर जानू भएकी थिइ । बाबा घरबाट कहिले जानु हुन्छ , सोचेर उहाँ घरबाट निस्किने बेला को प्रतीक्षा गर्दैथे । करिब सात बजे तिर उहा घर बाट निस्केर बाहिर जानु भयो । म खुसी हुँदै उहाको कोठामा गई दराज खोलेर केही पैसा निकाली , गोजी भित्र हाले र पुनः दराजमा ताल्चा लगाइ कोठा बाट निस्किदै थिए कि अचानक बाबालाई देखे । उहालाइ देख्दा म डरले थरथर काप्नु थाले , मेरो शरीर बाट पसिना बग्नु थाले । उहाले मलाई सोध्नु भयो त मेरो कोठामा के गर्दै छस ? , म डरले हिच्किदाउदै केही नपाएर " ग्रङथ लिनु आएको " भने । उहाले भन्नु भयो पहिला पहिला म तलाई ग्रङथहरु पढ्नु लगाउदा पढ्दिन भन थिस तर आज अचानक तलाई कसरी ग्रङथ पढ्नु मन लाग्यो । उहाले सङका गरेको मैले बुझिसके , मैले भने अतिकै , काम नपाएर त्यै पढ्नु मन लाग्यो । उहाले आफै मलाई ग्रङथ दिएर , आफ्नो अोछ्यान तथा कोठा भरी केही खोज्नु थाले । मैले बुझिसके उहाले के खोज्दै हुनु हुन्थ्यो । मैले ( थाहा नपाएको अभिनय गरेर ) सोधे बाबा के खोज्दै हुनु हुन्छ । उहाले भन्नु भयो " मेरो साचो कतै झरे जस्तो छ , के तैले भेटाइस । मैले बाबालाई " अहँ ! मैले त भेटिन " भन्दै बाबा सँग जानीजानी साचो खोज्ने नाटक गर्नु थाले । म आफ्नो गोजी बाट साचो निकालेर बिस्तारै बाबाको पछाडी तर्फ राखि दिए । मैले भने बाबा , तपाईं पछाडी फर्केर हेर्नु न , साचो त्यै रहेछ । बाबाले पछाडि फर्केर साचो भेटाए , त्यसपछि उहाले दराज खोल्नु थाले । सोचे " यदि बाबाले पैसा गिन्ति गरे भने आज पक्कै बाम धुलाई खानु पर्छ " । डरले मेरो खुट्टा थरथर काप्दै थे । दुई मिनेट पछि बाबाले पुनः दराज बन्द गरेर साचो लिई कोठा बाट बाहिर जानू भयो । मलाई थाहा भयो सायद बाबाले पैसा गिन्ति गर्नु भएको रहेनछन् । म ढुक्क भइ लामो शबाँस तान्ने आफ्नो कोठा मा फर्के ।।

 Part 17


आज नै मोबाईल किनेर ल्याउ जस्तो लाग्दै थियो । तर सोचे होईन , यदि बाबाले कुनै बेला पैसा गिन्ति गर्नु भयो भने साचो हराएको बेला म नै उहाको कोठामा थिए । त्यै भएर उहाले म माथी नै सँङका गर्नु हुनेछ । म दुई दिन सम्म त्यो पैसा लाई यथावत् राखे । दुई दिन सम्म हुदा नि बाबा बाट कुनै प्रतिक्रिया नहेर्दा मैले सोचे बाबाले पैसा गिन्ति गर्नु हुन्न रहेछ । म दुकानमा गएर एउटा सानो नोकिया को मोबाइल र सिम किने । त्यसपछि मैले पहिलो फोन सिजन लाई गरे । हुन त उनी बाहेक म सँग अरू कसैको नम्बर पनि थिएन र मलाई अरू कसैलाई फोन गर्नु नी थिएन । सिजनले फोन उठाएर आज कस्को नम्बर बाट फोन गरेको भनेर सोधिन । मैले भने आज मैले आफैले नया मोबाइलको किनेको । उनीले पैसा कहाँ बाट ल्यायौ भनेर सोध्दा , मैले आफैले सानै देखि जम्मा गरेको पैसा थियो त्यैेले किनेको भनेर झुठो बोले । यस्तै हामी बिच विभिन्न कुराहरू भइ रहियो ।। एक हप्ता पछि आमाले बाबा सँग केही कामको लागि पैसा माग्नु भएछे । म त्यो बेला घरमा बसेर सिजन कै बारेमा सोच्दै थिए । बाबाले पैसा निकाल्नुको लागि आफ्नो कोठामा गई दराज लाई खोल्नु भयो । दराज बाट पैसा निकाली जोरले कराएर आमालाई बुलाउनु भयो । बाबाको कुरा सुनेर , अचानक बाबालाइ के भयो सोचेर म र आमा दुबै जना बाबाको कोठामा गए । बाबाले आमालाई सोध्नु भयो " तिमीले मेरो दराज बाट पैसा निकालेकी छौ हो " । पैसाको नाम सुनेर म डरले थरथर काप्नु थाले । आमाले छक्क पर्दै भनिन म किन निकाल्नु , तपाईं को पैसा , मैले निकालेको भए अहिले पैसा किन माग्थे र ? । बाबाले अलि जोरले भन्नु भयो अनि खोई त मैले राखेको पैसा । आमाले फेरी भन्नु भयो मलाई के थाहा , तपाईले राखेको पैसाको बारेमा तपाईं लाई नै थाहा होला । त्यसपछि बाबाले मलाई सोध्नु भयो " अोई तैले पैसा निकालेको छस । मैले भने म कसरी निकाल्नु , हजुरले त दराजको साचो आफै लिएर घुम्नु हुन्छ । बाबाले भन्नु भयो तिमीहरूले पैसा निकालेको छैनौ भने कहा गयो पैसा , दराजले खायौ ?? त्यतिकै मा मेरो गोजीमा भएको मोबाईल बाट रिङग बज्यो । मैले मोबाईल निकालेर हेर्दा सिजनले पो फोन गरेकी रहेछे । यो सिजनलाइ पनि अहिले नै फोन गर्नु पर्छ भनेर उनीलाई मनमनै गाली गरे । बाबाले सोध्नु भयो तैले मोबाईल कहाँ बाट ल्याइस । म अल्मलिए , बाबाले म माथी सङका गर्नु थाल्नु भयो । अब बाबालाई के भनु , कसरी भनु , डर पनि लाग्दै थियो । मेरो शरीरबाट पसिना निस्केर , मैले लगाएका कपडा हरू भिजाईसकेका थिए । मैले भने बाबा यो मोबाईल मेरो साथी को हो । उहाले कुन साथी हो भनेर उसको नाम सोध्नु भयो । म आतिए अब कस्को नाम भनु सोच्दै हतपतमा मुख बाट रोसनको नाम निस्कियो । उहाले चल हिड त रोसनको घर भन्दै मलाई हातले तान्दै रोसनको घर लगे । रोसन आफ्नो घरको बाहिर बसेको थियो । बाबाले रोसनलाइ ( मसँग भएको मोबाईल देखाउदै ) सोध्नु भयो " यो मोबाइल तेरो हो ? । मैले आखाले इसारा गर्दै रोसनलाई हो भन्देउ भने । रोसनले भने हो यो मेरो मोबाईल हो , प्रेमले बिहान गेम खेल्नुको लागि लगेका थिए ।। रोसनको कुरा सुनेर बाबा अलि शान्त हनु भए , उहाले म माथी गरेको सङ्का अलि कम भयो । अचानक रोसनको आमा कसै सँग फोनमा बोल्दै बाहिर आउनु भयो । बाबाले दुई अोटा मोबाईल देखेर फेरी सङ्का गर्नु थाल्नु भयो । उहाले फेरी रोसन लाई सोध्नु भयो " अनि तेरो आमाले चलाउदै गरेको मोबाईल कस्को हो । बाबाको कुरा सुनेर रोसन पनि डराउनु थाले । त्यसपछि रोसनले पुरै सत्य कुरा भनिदिए । भन्छन नि चोरले हजार बच्ने उपाय लगाउदा पनि एक दिन अवश्य समातिन्छ । म पनि त्यसतै अवस्था मा थिए । बाबा म माथी रिसले आगो भइसक्नु भएका थिए।। बाबाले रोसन बाट मोबाइल खोसी , मलाई हातले तान्दै घर लग्नु भयो । घर पुग्दा मलाई एउटा कोठामा राखी ढोका बन्द गरी , अहिले देखि चोरी गर्छस भन्दै गाली गर्दै जे पाई त्यही ले कुट्नु थाल्नु भयो । म पिडाले कराउदै मलाई माफ गरिदिनु बाबा भन्दा पनि अझ कुटिरहनु भयो । एक घण्टा पछि कुट्दा कुट्दै बाबाले थाकेर , त्यो मोबाईललाई भुई मा फालि तोडि दिनु भयो । पीडाले म छटपटाउदै थे , कराउदै थे , आखाबाट आसु बग्दै थिए । हैट ! म कस्तो काम गरेको थिए कि त्यो दिन म आफ्नो आमा बाबाको नजरमा घृणित भए । कोठा बाहिर गएर बाबाले आमालाई " अब देखी यो चोरलाइ खाना खानु नदिनु भनेर जोरले कराउदै भन्नु भयो । बिहान देखि राति 12 बजे सम्म म भोकै कोठामा रुदै भुईमा लडेर निदाएका थिए । खाना खानु मन थियो तर बाबाले खानु नदिनु भनेको कुरा सुन्दा खाना खानु मन लागेन ।

 Part 18


यो माया भनेको चिज नै कस्तो रहेछ । जिबनमा मान्छेहरू लाई कती सम्म के के गराउँछ त्यो त म आफ्नै अवस्था देखेर बुझिसकेका थिए । पहिला पहिला म सधै मेरो लभ कहिले पर्छ भनेर भगवानलाई प्राथर्ना गर्थे तर अब म भगवानलाइ मेरो लभ किन पार्नु भयो भनेर गाली गर्दै थिए । एकदिन रोहितले तेरो जातमा लभ गर्ने अनुमति छैन भनेका कुरा सम्झिए । सायद त्यसतै भई दिएको भए आज मेरो अवस्था पहिला जस्तै ठिक ठाक नै हुनेथे होला । त्यै पनि मैले माया गरिसकेका थिए , त्यसैले अब जे भए पनि पछि हटदिन भनेर अटोट गरे । करिब राती दुई बजे तिर आमाले मेरो कोठा मा आएर मेरो लागि खाना ल्याई दिनु भयो । आमाको मन साच्चै नै कोमल रहेछ , आफ्नो सन्तानले जे जति गल्ति गर्दा पनि उहालाई सन्तानको अवस्था देखेर माया लागि हाल्छ । आमाले भन्नु भयो ल उठेर खाना खाउ । म बिउझेर हात मुख धोएर खाना खानु थाले । खाना खाइ सक्दा आमाले बाबाको पैसा किन चोरिस भनेर सोध्नु भयो । उहाको कुरा सुनेर म अवाक भए । सोचे अब उहाको प्रश्नको के उतर दिउ , पाच मिनेट सम्म म चुपचाप बसिरहे । मैले कारन नबताउनु चाहेको कुरा उहाले आफै बुझिसक्नु भयो । त्यसपछि उहाले थाल लिएर मेरो कोठा बाट निस्कि सुत्नु जानू भयो । अर्को दिन बिहान 5 बजे तिर उठेर सबै भन्दा पहिला म आफ्नो मोबाईलाई खोजे । मोबाईल भेटाउदा , बाबाले तुटाइ सक्नु भएका थिए , मोबाईलको ब्याट्री अर्को तिर फालेको थिए र मोबाइल अर्कै तिर थिए । म ब्याट्री लिएर मोबाईलमा हाली स्वीच अन गर्दा नोकियाको मोबाईल भएकोले ठिकै थियो मात्र बाहिरी भागहरू तुटेका थिए । मैले टेप लिएर मोबाईल मा टासी फेरी नया जस्तो बनाए । त्यसपछि सिजनलाई फोन लगाउदा 4/5 पटक सम्म उनीले उठाएनन् । उसलाई के भयो किन नउठाएकी होली सोचेर टेनसन हुँदै थिए । फेरी फोन लगाउदा उनी यो पल्ट उठाइन , म हल्का खुसी भए । मैले भने हाई बेबी । उनीले केही जवाफ दिएन । मैले सोधे मेरो बेबी रिसाएकी छे हो ? त्यै पनि उनीले केही बोलेनन् । ( एक त उसकी कारनले बाबाबाट कुटाई खानु परेका थिए र अहिले उसैले नै भाउ खोज्नु थालेकी छे ) मैले फेरी भने " बोल्नु मन छ भने बोल तर मेरो दिमाग खराब नगर । त्यसपछि उनीले फोन काटि दिईन । मैले बुझे उनी धेरै रिसाएकी छिन तर मेरो पनि समस्याको बारेमा उनीलाई बुझ्नु पर्थ्यो नि । कोठा बाट बाहिर निस्केर बाबा सँग माफी माग्नु खोजे तर उहाले म सँग एक शब्द नि बोल्नु भएन । अनुहार हेर्दा अचेल रिसाउनु भएकै थिए । दिनभरी बाबालाई सम्झेर चिन्तित भए । राती 10 बजे तिर सिजनकी याद ले धेरै सताउनु थाले । मैले उनीलाई फोन गरे , सायद उनी पनि मेरै फोन कै प्रतीक्षा गर्दै थिई होली किनकी मेरो फोनको पहिलो घण्टी जादा नै उनीले फोन उठाइन । मैले भने I am sorry । उनीले झर्किदै भनिन भयो पर्दैन । मैले मायालु स्वरमा भने किन यति धेरै रिसाएकी छे मेरो बेबी । उनीले भनिन तिमी लाई म सँग बोल्दा दिमाग खराब हुन्छ भने अब देखि फोन नगर्नु । मैले भने अनि कसलाई फोन गर्नु त । उनीले भनिन होला नि म जस्तै अरू कोइ । मैले भने अह ! छ नी एउटी त्यो भैसी खाने च्वाक मोटी सिर्जना , त्यसलाई फोन गरू । उनीले रिसाउदै भने के रे मलाई मोटी भन्ने । मैले भने " मैले भनेको होईन ? उनीले फेरी सोधिन अनि कस्ले भनेको । मैले भने मेरो यो साला पागल मुटुले तिमीलाई मोटि भन्नु लगायो । उनीले भनिन मलाई त्यो मुटु लाई भेट्नु त देउ , म त्यसलाई गोली हानी दिउला । मैले भने हुन्छ भेट्यो भने मलाई नि भन ल , हामी सँगै गोली हानौला । उनीले हास्दै भनिन हुन्छ । ( मैले उसलाइ जसरी भए नी फकाउनु सफल भए । ) उनीले फेरी सोधिन अनि तिमीले हिजो मैले फोन गर्दा किन नउठाएको । मैले उसलाई घटेको सबै घटणा हरू को बारेमा बिसृत रुप मा बताए । उनीले हास्दै भनिन मलाई अस्ति तिर सानै देखि जम्मा गरेको पैसाले किनेको भनेर झुठो बोल्ने , ठिक पर्यो तिमीलाई । मैले भने Shut up , सब तिम्रो कारनले भएको हो । उनीले भनिन के रे पैसा चोरेर मोबाईल आफैले किन्ने अनि मलाई दोष लगाउने । मैले भने हो नि त , यदि तिमी नभेटको भए , न त तिमी सँग प्रेम मा पर्थे र न त मलाई तिमीलाई फोन गर्नुको लागि मोबाईल किन्नै पैसा बाबाको दराज बाट चोर्नु पर्थ्यो । उनीले भनिन त्यसो भए मलाई छोड देउन त । मैले भने त्यो कहाँ सजिलो छ र ? , आजकल मेरो मुटुको धडकन , मैले फेर्ने हरेक शबाँस मात्र तिम्रो नाम लिई चल्छन् भने तिमी नै भन म तिमीलाई कसरी छोडि दिउ । तिमी नहुदा मेरो अस्तिव मात्र एउटा बजारमा पाइने पुतलाको जस्तो हुनेछ । अब जे गर्नु परोस , जसरी गर्नु परोस तिमीलाई कहिले छोडने कुराको बारेमा म कल्पना पनि गर्नु सक्दिन ।

 Part 19


सिजनले हास्दै भनिन thanks my love and Same here । त्यसपछि हामी बिच विभिन्न कुराहरू भयो । त्यसदिन देखि म सधै उनीलाई दिनभरी फोन गर्थे । तर हाम्रो भेट भनेको मात्र सपना मै सिमित थिए । मान्छेहरूले सङ्का गर्छ कि सोचेर कहिले भेट्नु खोजेनन् । यस्तै दिनहरू रमाईलो सरी बित्दै जादा 1 बर्ष बित्यो । ती एक बर्षमा उनी धेरै चोटी रिसाएकी थे र म सधै उनीलाई फकाउथे , माया गर्थे । धेरै दिन हामी बिच दुरि हुनु खोजे तर पछि आफै हाम्रो सम्बन्ध मा सुधार हुने गर्थे । भन्छन नी रिस मायाको प्रतीक हो त्यै भएर उनी रिसाउदा पनि म कहिले हामी बिच दुरी बनाउनु खोजेनन् । कहिले काहीँ Altitude को भावना आउदा हप्तो सम्म कुरा बन्द हुन्थे । उसको गल्ति हुदा हुदै पनि म आफ्नै गल्ति हो भनेर क्षमा माग्थे । उनले एकदिन तिमी मलाई कति माया गर्छौ भनेर सोध्दा मैले आफु भन्दा बढी , तिम्रो लागि त यो ज्यानै दिन्छु भनेका थिए । उनले फेरी सोधिन त्यसतो भए तिमी मेरो लागि भैसीको मासु खानु सक्छौ ? । म उसकी कुरा सुनेर छक्क परे , छि उनी कस्तो छे , अरूको धर्म को खिल्लि उडाउनु खोज्ने , मलाई उनी माथी एकदमै रिस उठ्यो । माया प्रमाणित गर्नुको लागि भैसीको मासु खानै पर्छ भनेर मैले उसकी तर्फ प्रश्न फर्काए । उनीले भनिन अघि आफै मेरो लागि ज्यानै दिन्छु भनेको होईन , के मेरो लागि तिमी भैसीको मासु पनि खानु सक्दैनौ ? । मैले भने ठिकै छ , यदि मैले मेरो माया प्रमाणित गर्नुको लागि धर्म त्यागनै पर्छ भने , म अहिले नै त्यागी दिन्छु । उनीले हास्दै भनि परदैन , मैले अतिकै जिस्किदै थिए । उनीले जिस्के पनि त्यो प्रश्नले मेरो मनमा काडा झै चुब्दै थिए । मैले त्यै बेला भगवान सँग क्षमा माग्दै आफ्नो जनेउ निकालेर फालिदिए । कसैलाई थाहा नहुनु दिई रोसनलाई भनेर मासु ल्याउनु पठाए । मैले मासु को नाम भन्दा उसले छक्क पर्दै साले पागल भईस भनेर प्रश्न गरे । मैले भने ह्या त लिएर आइज न , उसले मासु लिएर आयो । हुन त मासुको गन्ध जति मीठो भए पनि पण्डितहरूको लागि दुर्गन्ध र घिन झै लाग्छ । मेरो अवस्था नि त्यसतै थियो । मैले मासुको एउटा डल्लो समाउदा केही नौलो , अनौठौ झै लागे । लाग्थ्यो मैले कुन बस्तु लाई समाते मेरो अौला नै चिप्लिदै थिए । पहिलो चोटी मासुको एउटा डल्लो खादा वाकवाकी भयो । खोई किन कारन त थाहा थिएन , सोचेे मैले घिन मानेर होला । त्यसपछि म कहिले काही मन लागे भने गाउ बाट टाढा गएर मासु खान्थे तर मासु खाए पछि राम्ररी मुख धुन्थे , लँग इलाइजी , सौफ भन्ने चिजहरू खाएर मासुको दुर्गन्ध लाई मेटाउथे र शरीर भरी perfume लगाएर घर फर्किन्थे । बाबा आमा मेरो चाल ढाल देखेर हल्का सँङका नि गर्थे तर उनीहरू सँग कुनै प्रमाण नभएकोले उहाहरुले कहिले केही भन्नु भएन । कति दिन मैले जनेउ न लगाएको हेर्दा गाली पर्नु गर्नु हुन्थ्यो , त्यै पनि म उहाको गालीको वास्ता गर्नु छोडि सकेका थिए । यस्तै दिनहरू बित्दै गयो ।। एकदिन राती 10 बजे उता बाट फोन आयो । दिनमा केही काम गरेकोले म थाकेर निदाउनु खोज्दै थे । उताबाट उनी रोहिरहेको अवाज सुने । "के भो , किन यसरी रोको??" मैले आतिदै उन्लाई सोधे । "कुरा धेरै नै सिरिएस छ, म भोलि भेटेर भन्ने छु", रुदै उन्ले भनिन । मन निकै आतिएको थियो, उन्लाई कलब्याक गर्दा फोन अफ थियो। रातभर चिन्ता अनि डर मै बित्यो । उसकी कुरा सुनेर मेरो निन्द्रा हराइ सकेका थिए । भोलि पल्ट हामी उसकी गाउँकी एकान्त चौरमा गएर भेटयौ । निकै फरक थियो त्यो दिन उन्को अनुहार, रातभर रोएर होकी चिन्ताले हो अनुहार निकै उदास थियो । केही बेरको कुरा पछि आँखाबाट आँसु बगाउदै उन्ले भनिन्, " लभ हामी अब कहिलै एक हुन सक्दैनौ " । उन्को मुखबाट यो शब्द सुन्न साथ म त छागाबाट खसे झै भए। आँखा नै धमिलो भए झै भो, सास रोकिए झै भयो, म त होस बिहिन झै भए । उता आँसु बगाउदै उनी एकनासले भन्दै थिइन्, "तिमी बाहुन म नेवार" मेरो परिवारले यो कुरा कदापि स्वीकार गर्दैनन् र तिम्रो बाबा पनि एकदमै strict हुनुहुन्छ । "एक्कसी २ बर्ष पछि फेरि यो कुरा कसरी निस्कियो । जब कि जुन दिन हामी सम्बन्धमा बाधियौ, म मेरो परिवारलाई मनाउन सक्छु, आजकल बाहुन-नेवार को नातालाई समाजले अन्तर जातिय विवाह भन्दैन, तिमी नि आफ्नो लक्ष्य अनि सपना पूरा गर, म नि आफ्नो सपना पूरा गर्छु अनि त मेरो परिवारले खुसी भएर हाम्रो बिहे गर्दिन्छन भन्या होइन?? " म रुदै उनलाई प्रश्न गर्दै थ्ये । त्यो पल उन्का आँखामा आँसुका खोला थिए, त्यहि आँसुको कसम मैले उन्लाई तेति धेरै बिश्वास गर्थ्ये, जति आफूलाई नि गर्दिन थ्ये ।

 Part 20


उनीले भनिन हो मैले भनेका थिए , तर मलाई थाहा थिएन परिस्थिति बदलेर अचानक यस्तो दिन आउने छन् भनेर । मैले उसलाइ आतिदै सोधे कस्तो दिन ? । उनीले भनिन लभ आज मेरो घरमा केटा तर्फको मान्छेहरू मलाई हेर्नु आएका थिए । अब मेरो बिहे हुदैछ , न त म तिमीलाई छोड्नु सक्छु , न त म अरूलाई अपनाउनु सक्छु , अब तिमी नै भन म के गरू । उसकी बिहे हुदैछ भन्ने कुरा सुन्दै म अवाक भए । मेरो शरीरको अँङकहरूले काम गर्नु छोडेको जस्तो लाग्यो । पुरै सँसारमै ग्रहण लागे झै जहातहा अँध्यारो भएको झै लाग्यो । उडिरहेको चराहरू , हावाको लहरमा हल्लिदै गरेका ती रुख बिरूवा हरू रोके झै लाग्यो । सँसारकै सबैभन्दा ठुलो साहारा मरूभुमी मा मलाई कसैले एक्लै छोडेर गए झै लाग्यो । मेरो आखा बाट आशु झर्दै मेरो अनुहारमा खोलाले बगे झै धर्सो बनाइ सकेका थिए । अब के गर्ने म त केही सोच्नै सकिन । उनलाई जिबनसाथी बनाउने सजाएका ती सपनाहरू एकै छिन मा नष्ट भयो । उनी सँग जुनीजुनी सँगै बाच्ने मर्ने ती खाएको कसमहरूको कुनै अर्थ नै नभए झै लाग्यो । मन लाई थाम्दै उनीलाई अँगालोमा बेर्दै भने नरोउ सिजन , भगवानले नै गासेको हाम्रो सम्बन्ध मा मान्छेहरूले जति नजर लगाउदा नि टुट्ने छैन । उनी अझै धेरै रुदै भनि नजर लागिसक्यो , अब फेरी गास्नु नमिल्ने भयो । मैले भने चिन्ता नगर आजै म बाबालाई भनेर बिहाको कुरा गर्छु । आखिर हाम्रो देशले पनि अन्तर जातिय बिवाहमा कुनै प्रतिबन्ध लगाएको छैन । अनि किन मान्नु हुन्न र ? उहाहरूले , मान्छेहरूको जात फरक भए पनि , आखिर मन त एउटै छ नी । उहाहरूले पनि हाम्रो भावनाको कदर गर्नु पर्छ नी । "तिमी केही बुझ्दैनौ , तिमी सोछे जस्तो छैन हाम्रो परिवार । हाम्रो परिवारलाई कदापि स्वीकार हुदैन हाम्रो नाता। बरु किसान-हलि संग बिहे गर्दिन्छन तर जे गर्दा नि हामी बाहुन र नेवारको मिलन यो समाजले स्वीकार दैन । please मलाई बुझ्ने प्रयास गर, म नी तिमी बिना बाच्नु सक्दिन , उनले मलाई अङ्गालोमा बाध्दै रुदै भनिन । मैले भने एकचोटी बाबालाई सोध्नु त देउ , बाबाले कस्तो प्रतिक्रिया दिनु हुन्छ हेरेर अगाडी को बारेमा सोचौला । उनीले हुन्छ तिमी एकचोटी तिम्रो बाबालाई सोध , म नि आफ्नो घरमा आमालाई सोध्छु । त्यसपछि हामी एक अर्काका आखाको आशु पुछ्दै आ- आफ्ना घर तिरको बाटो लागे । बाटोमा जादा बाबालाई कसरी भनु सोचेर चिन्तित थिए । मैले त मात्र सिजन कि आत्मबल बढाउनुको लागि त्यसतो भनेका थिए । एकदिन बाबालाई एकजना मान्छेले म उसकी गाउकी पोखरी मा गएर उसलाई भेट्ने गर्छु भन्दा उहाले मलाई त्यति धेरै कुट्नु भएका थिए । यदि अब म नै उहालाई सिजन सँग बिहे गरिदिनु प्रस्ताव राख्दा उहाले मलाई कति कुट्नु हुनेछ , त्यो म सोचन नी सक्दिन । हुन त म पनि सानो थिएन , ठुलो भइ सकेका थिए तर त्यति पनि ठुलो भएको थिएन कि आफ्नो बाबा सँग मुखामुख कुरा गरू , उहालाई आदर गर्नु छोडु , उहाँ सँग अलि चर्को अवाजमा बोल्नु सकु , उहाहरूको बिरूद्ध काम गरू । भन्छन कि बच्चाहरूले आफ्नो बाबा आमाले सिकाएको नियम , सँस्कार लाई पालन गर्छन । त्यसतै मेरो आमा बाबाले मलाइ राम्रो सँस्कार सिकाउदा पनि मैले मेरो मायाको लागि धेरै नियमहरू तोडि सकेका थिए । तर अब तोड्दिन , जे भए पनि बाबा सँग अस्भय व्यहबार गर्दिन । म घर पुगे , बाबा एउटा कुर्सी मा बसेर भगवानको भजन गाउदै हुनु हुन्थ्यो । म उहाको नजिक गएर हल्का डराउदै भने बाबा तपाई सँग एउटा कुरा सोध्नु छ ? । बाबाले भजन गाउनु बन्द गर्नु भयो , अह भन भनेर सोध्नु भयो । डरले मलाई केही भन्नु नै अाट आएन । म पाँच मिनेट सम्म चुपचाप उभिए रहे , उहाले फेरी सोध्नु भयो के भयो , किन नबोलेको ? मैले भने तपाईं भजन गाउनुमा व्यस्त हुनु हुन्छ , म एकछिन पछि सोध्छु । उहाले हुन्छ भन्दै फेरी भजन गाउनु थाल्नु भयो । म त्यहा बाट हतारिदै कोठमा गए अनि लामो शबाँस ताने । कोठामा गएर हया म बाबालाई भन्दिन भनी मनमनै सोचे तर सिजन कि याद आउदा अती नै चिन्तित भए । यदि मैले समय मै केही उपाय निकालेन भने मेरो अाखा अगाडि नै अरू कसैले उसकी सिउदोमा सिन्दुर हाल्नेछ र म चुपचाप हेरिरहनेछु । जुन म कदापी हुन दिन्न थे , म जे हाल मा भए पनि सिजनलाइ गुमाउनु सक्दिनथे , किनकी उनी मेरो लागि सबथोक थिई , मेरो प्रण , मेरो मुटु इत्यादी । उ बिनाको जीवन म कल्पना नि गर्नु सक्दैनथे । सिजन लाई सम्झेर एउटा नया जोस जाग्यो । म फेरी बाबाको छेउमा गएर , तपाईं सँग केही सोध्नु छ भने । उहाले ल भन न त अघि देखी केही सोध्नु छ भनेर भन्दै थिईस , भन कुरो के हो । मैले हिच्किउदै सोधे बाबा यो अन्तर जातिय बिबाह भनेको के हो ? । हुन त यो सानै वाक्य थियो तर यो वाक्य भन्ने बेलामा मेरो ज्यान निस्किनु लागे झै भएका थिए । बाबाले सङका गर्दै किन भनेर सोध्नु भयो । उहाको किन सुनेर म डरले थर थर काप्नु थाले ,मेरो टाउको बाट पसिना निस्किनु थाले । अब उहालाई के भनु , कसरी भनु , मन निकै नै बिचलित भयो ।

 Part 21


"एउटा केिताबमा यो शब्द लेखेको देखे थिए , यसको अर्थ थाहा नभएर तपाईं सँग सोध्नु मन लाग्यो " मैले हिच्किचाउदै एकनास भन्दै गए । बाबाले भन्नु भयो " कुनै पनि जात बर्णका मान्छेहरूले आफु भन्दा भिन्न थरी जातिका मान्छे सँग बिहे गर्नु लाई अन्तरजातिय बिबाह भन्छन । यो बिकसित देशहरू मात्र लागु हुने गर्छन । यस्तो गर्ने हाम्रो देशमा अनुमति दिएका छैन । मैले फेरी सोधे बाबा के हामी पण्डितहरू ले नेवार्नी सँग बिहे गर्नु सक्दैनौ र ? । मेरो कुरा सुनेर उहाँ छक्क पर्दै अलि सङका गर्नु भयो र छैन भन्नु भयो , मैले कारन सोध्दा उहाले भन्नु भयो कि हाम्रो पुर्खा बाजे हरूले चलाएको यो परम्परा हो , जसलाई कसैले उलङघन गर्नु सक्दैन ? र हामीले पनि उहाहरूको नियम सधै पालन गरि राख्नु पर्छ । मैले प्रश्न नै घुमाएर सोधेको हुनाले उहाले पनि नम्र स्वरले जवाफ दिनु भएका थियो । मैल बुझि सके अब केही हुनु वाला छैन , उहाले सिजन लाई यो जुनी मा कहिले बुहारीको रुपमा स्वीकार्नु हुन्न । म धेरै चिन्तित भए । एकछिन पछि मोबाइल मा रिङ बज्यो , नम्बर हेर्दा सिजनले फोन गरेकि थिई , उता बाट उनी रुदै गरेको अवाज सुने । मैले के भयो भनेर आतिदै सोधे । "मेरो आमालाई तिम्रो बारेमा भन्दा धेरै गाली गर्नु भयो र अर्को हप्ता मेरो बिहे गरिदिने मिति पनि तोकि दिनु भयो " उनीले रुदै भन्दै थिइ । मेरो आखा मा नी आसु खस्नु थाले , मन भित्र पहिरो आएको झै भयो । बिस्तारै बिस्तारै समयले नै हामीलाई बाधा मा पुर्याउनु खोज्दै थिए । मान्छेको नजर लाग्दा केही हुन्न सुनेको थिए । सायद दैव कै नजर हाम्रो सम्बन्धमा लागेको रहेछ । अब यी उल्झन बाट कसरी निस्किनु जहाँ तहा हाम्रो मायाको बिरुधी हरू नै थिए । कसलाई आफ्नो भावना सुनाउ , कसले बुझिदेला हाम्रो माया । खोई हामीले माया गरेर के पाप गरेको थिए र ? , के माया गर्नु पाप हो र ? , अचानक किन भगवानले नै गासेको हाम्रो सम्बन्ध आज किन उहाले आफै तोड्नु खोज्दैछ । जब मान्छेको जिबनमा कुनै राम्रो काम हुन्छ उसले सबै भन्दा पहिला भगवानलाई नै सम्झिएर धन्यबाद दिने गर्छन र जब मान्छेको जिबनमा कुनै सम्सया उतपन्न वा नराम्रो काम हुन्छ उसले सबै भन्दा पहिला भगवानलाई नै गाली गर्छन , दोषी ठान्छन । त्यसतै म पनि भगवानलाई गाली गर्दै आफ्नो मन लाई रुझाउदै थिए । सब थोक मान्छेहरू को आफ्नो कर्मले नै हुने गर्छन , भगवानले त मात्र सत्यको बाटो देखाउनु हुन्छ तर त्यसमा हिड्नु हाम्रो कर्तव्य हो , बाटोमा काडा हुदा , राम्ररी हेरेर जानू वा काडा टेकेर जानु त्यो त मान्छेमा निर्भर हुन्छन । यो उपदेश एकदिन मैले गितामा पढेको थिए । सायद आज मेरो जिबनमा नी त्यसतै भएको रहेछ , भगवानले मलाई सिजनलाई देखाउनु भएको थियो तर सिजन पाउनु कति काडामा टेकेर जानू पर्ला त्यो मैले सोचेका थिएन । अब त्यो काडाहरू बिस्तारै बिस्तारै बिझ्नु लागेका थिए । मैले भने सिजन मैले बाबालाई सोध्दा उहाले पनि नाइ भन्नु भयो । " म तिमी बिना बाच्नु सक्दिन , मलाइ तिम्रो बानी परिसकेछ प्लिज केही गर " उनी रुदै छटपटाउदै भन्दै थिई । मैले भने सिजन , यो समाजमा हाम्रो भावनाको कदर गर्ने कोई छैन , हामी अन्तै कतै जानु पर्यो , जहाँ मात्र तिमी र म हुनेछौँ र एउटा हाम्रो सुन्दर सँसार हुनेछ । सिजनले भनिन नाइ , म आफ्नो घर छोडेर , आमाको अनुमति बिना म कतै जादिन । मैले झर्किदै भने त्यसतो भए जाउ , तिम्रो आमाले जहाँ बिहे गरिदिनु हुन्छ त्यै बस्नु । उनी चुपचाप एक शब्द न बोली फोन मा रुदै थिई । मैले भने तिमी किन बुझ्दैनौ हामी सँग अरू केही उपाय पनि छैन । न त तिम्रो आमाले मलाई स्वीकार्नु हुन्छ , न त मेरो बाबाले तिमीलाई स्वीकार्नु हुन्छ । हाम्रो सम्बन्धमा पहिरो आइ पुगेछ , सयम मै निस्केनौ भने पहिरोेले हाम्रो सम्बन्ध लाई सदाको लागि बगाएर लान्छ । जहाँ बाट हामी फेरी भेट्नु सम्भव हुदैन र एकदिन हामी तडपि तडपि रुदै मर्नेछौ । यदि तिमी मलाई साच्चै माया गर्छौ भने आउ सँगै यो समाज लाइ सधैको छोडेर जाउ । उनीले फोन काटि दिईन । सायद उनी सोच्नुको लागी समय लिएकी रहेछे । मस्तिष्क भरी उसकि सम्झना , आखा भरी आसु , मुटु भरी बिछोड हुने लागेको पीडा ले मलाई तडपाउदै थिए । एक घण्टा पछि उसकी फेरी फोन आयो । उनिले भनिन आज सम्म म कसैलाई आफु भन्दा धेरै माया गरेकी छु ,त्यो तिमी मात्र हौ । मैले बुझिसके उनी पनि म सँग भाग्नु त्यार भइसकेकी छे । मैले उनीलाई मेरो उपाय को बारेमा भनिदिए ।

 Part 22


गोजी मा हेरे एक रुपैया नि थिएन । अन्त कतै बाँस बस्नु , खाना खानु , पिउनु को लागि पैसा हुनु अावश्यक थियो । चार जना साथीहरूलाई केही अापतकालिन सम्सया परेको हुनाले केही सहयोग गर पछि तिर्छु भनेर पैसा मागे । दुई जना साथीले दिएनन् तर दुई जना साथी सँग एकदमै घनिष्ठ मित्रता भएकोले उनीहरूले नाई भन्नु सकेनन् । उनीहरूले एक एक हजार गरि दुई हजार रुपैया दिए । साथीहरूले अचानक के सम्सया पर्यो भनेर सोध्दा मैले मेरो बाबा सँग झग्डा परेकोले माग्दैछु भनेर झुठो बोले । साथीहरूलाई मेरो बाबा अलि रिसाउने खाले मान्छे हुन भनेर थाहा थियो । त्यै भएर उनीहरूले त्यै कुरा आफु सँग गोप्य राखी कसैलाइ सेयर गर्नु खोजेनन् । घर फर्के , एउटा हाते झोलामा केही कपडाहरु प्याक गरे । प्याक गर्दा आमाले हेर्नु भयो अनि किन प्याक गरेको , कहा जान लागिस भनेर छक्क पर्दै सोध्नु भयो । मैले भने कतै होईन , कपडाहरू यताउता फालेको थिए त्यै भएर अलि मिलाएर झोलामा राखेको । त्यसपछि आमाले केही भन्नु भएन । राति खाना खाएर कोठामा सुत्नु गए तर भाग्ने टेनसनले गर्दा निन्द्रा नी लागेन । राती 1 बज्यो । म आफ्नो कोठा बाट निस्केर हातमा झोला लिइ आमा बाबाको कोठा तिर उहाहरूलाई चेक गर्नु थाले । अचानक बाबाले आखा चिम्लाउदै मेरो नजिक आउदै गरेको हेरे । म डरले थरथर काप्नु थाले , उहाँ मेरो छेउ बाट जादा पनि केही भन्नु भएन । मैले सोचे सायद बाबा निन्द्रा र अँध्यारो मा भएकोले अगाडीको बस्तु लाई देख्नु सक्नु भएन । बाल बाल बचे , लामो शबाँस फेरेर , आफ्नो घर बाट निस्के , बाहिर पुरै अँध्यारो थियो । मोबाइलमा भएको टर्च बाले , आखालाई यताउता डुलाइ मान्छेहरूलाई हेर्दै बिस्तारै बिस्तारै गल्लीको बाटो जाँनु थाले , मान्छेहरू निदाइ सकेका थिए , तर मान्छे भन्दा नि बढि डर बाटोमा कराउदै गरेको कुकुर बाट हुँदै थिए । एउटा कुकुर मेरो छेउमा आएर हाउ हाउ गरेर कराउनु थाले , म डर त्रासले गर्दा पसिना पसिना भइसकेका थिए त्यै पनि आफ्नो पाइला अगाडी बढाइ रहे । एकछिन हिड्दा म खेत नजिक आइ पुगे , कुकुर पनि मेरो पछि लाग्नु छोडेर अन्तै कतै भागे । म ढुक्क भए र खेतमा भएको अालिको बाटो मा हिड्नु थाले । हुन त म मेन रोड बाट नि जानू सक्थे तर मेन रोडमा भएको केही दुकानहरू राति 1 बजे सम्म खु्ल्लै हुन्थे । दुकानदारहरूले मलाई यति राती कहाँ जादै छन भनेर सङका नि गर्नु सक्थे । अाली आलि हिड्दा खेरी दुई चार चोटी चिप्लेर मान्छेहरूले दिशा गरेको ठाउमा झरे । खुट्टा भरी दिशा लागिसकेथे , खेतमा फलेको बिरुवाहरूको पात तोडेर र पराल लिएर खुट्टा मा लागेको दिसालाई पुछे । नियमित म अगाडी बढ्दै गए , जुक्ति अनुसार जुन ठाउमा हामीलाई भेट्नु थियो त्यो ठाउमा जानुको लागि एउटा लामो 500 मिटर को रुखको बगैंचा ( सानो जङ्गल ) बाट जानू पर्थ्यो । जङ्गल बाट जानू खासै अप्ठ्यारो थिएन तर सम्स्या यो थियो कि त्यो जङ्गल मा भुत छन भनेका सुनेका थिए र केही दिन अघी त्यहाँ एउटा मरेको मान्छेलाई जलाएका थिए । डरले जानू मन लागेन तर सिजन मेरो प्रतीक्षा गर्दै होली सोचेर म जङ्गल भित्र छिरे । फ्याउरो कराउदै गरेको अवाज सुने , लाटोकोसेरो ले आफ्नो निलु आखाको ज्योतिको मद्दत ले उडदै गरेको देखे , केही चराहरू ची ची गरि कराउदै गरेको अवाज सुने । एउटा रुखको टुप्पोमा हेर्दा कसैले हागाँलाई हलाउदै गरेको देखे , डरले थरथर काप्दै , हनुमान चलिसा गाउदै आफ्नो आखा मात्र बाटोमा केन्द्रित गरि अलि हतारिदै हिडि रहे । 40 मिनेटको यात्रा बल्लतल्ल मैले 25 मिनेट मा पार गरेका थिए । उनीलाई म एउटा मन्दिरको छेउमा गएर पर्खिनु भनेका थिए । म पनि त्यै मन्दिर तिर गए , मन्दिरको वरिपरि सिजनलाई खोजे तर कतै भेटेनन् । उनी नभेट्दा मन निकै नै अातिएको थियो । सायद उनी केही समस्या परेर आएकी रहन्छ वा जानीजानी आउनु खोजेनन् । त्यो त मलाई थाहा थिएन । उनीले मसँग बिश्वासघात गरेकी झै लाग्यो । तर फेरी सोचे होईन उनी पक्कै आउछे , मेरो माया प्रति मलाई पुर्ण बिश्वास थियो । 1 मिनेट बित्यो , 5 मिनेट बित्यो , 10 मिनेट बित्दा पनि उनी आएनन् । उसकी चिन्ताले आखा रसाउनु वाध्य भइसकेका थिए । जीवन मा पहिलो चोटी यति राती हिड्नु परेका थिए , त्यै पनि उनी आएनन् । त्यो बेला घर फर्किनु खोजे तर सोचे यति राती फेरी कसरी जाउ , त्यै भएर निरासीएका अनुहार लिई मन्दिर मै बसेर आखा बाट आसु बगाउदै सिजनकी बारेमा सोच्दै थिए । आखालाई बाटो तिर डुलाउदा , कोई आउदै गरेको झै लागे । खइ त्यो भुत हो कि सिजन त्यो त ठम्याउनु सकिन । त्यो मेरो नजिक नै आउदै थिए , भुत सम्झेर हल्का डर लाग्दै थिए , त सिजन छे सम्झेर खुसी नि भएका थिए ।

 Part 23


मन्दिर मा बसेर भुत आएको सोच्नु , मेरो मुर्खता थियो । म आफ्नो मोबाइलको टर्च त्यस माथी देखाउदा सिजन एउटा झोला लिएर आएकी थिई । मन भित्र भएको पीडाहरू एकाएक नष्ट भयो , म खुसी ले हर्षित भए , आखामा झर्दै गरेको आसु पुग्दै उसकी नजिक गएर उनीलाई आफ्नो अँगालोमा बेरे । उनीलाई किन यति ढिलो आएकी भनेर सोध्दा बाटोमा एक्लै हिड्दै गर्दा उनीलाई एकदमै डर लाग्दै थियो त्यै भएर डराउदै बिस्तारै आए उनीले भनिन । हामी दुबैको अनुहारमा हासो थियो , यो समाज लाई छोडेर हामी सधै सँगै एकान्तमा बस्नु पाउदा धेरै नै खुसी थिए । म उसकी झोला लिई दुबै जना कुराकानी गर्दै बाटोमा हिड्नु थले । हामी जिस्किदै , हास्दै , फकाउदै यात्रा लाई रमाइलो बनाउदै थिए । हिड्दा हिड्दै बाटोमा भएको एउटा ढुङगाले उसकी खु्ट्टामा ठेस लागे । उनी पिडाले छटपटाउनु थाले , म उसलाई समातेर राम्रो ठाउमा बसाई , एक छिन अाराम गरे । 10 मिनेट पछी हामी फेरी अगाडी बढ्दै गए । बाटो काट्दा उनीलाई अप्ठयारो हुँदै थे । मैले उनीलाइ अँगालोमा बोकु भन्दा उनीले नाइ , म आफै हिड्छु भनिन र जसोतसो गरी खुट्टा लडबडाउदै हिड्दै थिई । करिब तीन घण्टा सम्म बाटो काटी रहदा हामी नेपाल इन्डियाको बोडर मा पुगे । बिहान भइसकेथे , सुर्यको किरनले एउटा नौलो बिहानी लिएर आउदै थिए , हिजो र आज को दिन मा धेरै कुरो परीबर्तन भए जस्तो लाग्दै थिए । मैले इन्डिया तिर जाने बस कति बजे खुल्छ भनेर बस काउनटरमा गएर सोध्दा एक छिन पछि खुल्छ भन्नु भयो । मैले दुई अोटा टिकट लिए । म र सिजन त्यहा भएको धारामा गएर मुख धोए , अनि म एउटा पसलमा गएर चिया अोडर गरे । हामी सँगै थे त्यै भएर रमाईलो नै लाग्दै थियो । चिया खादा , सिजनले म एकछिन टोइलेट बाट आउछु भनिन । मैले उसलाई हुन्छ भने , उनी टोइलेट तिर गइन । म चिया खाइ सके र पाच मिनेट सम्म उनीलाई पर्खि रहे तर उनि भित्रै थिई , त्यसपछि म फेरी बस काउनटरमा गएर बस कति बज्छ खुल्छ भनेर सोध्दा उहाले अब खुल्नु लागिसके भन्नु भयो । म त्यहा बाट हतारिदै टोइलेट तिर गई सिजन , सिजन भनेर बुलाउनु थाले । त्यै पनि उनी त्यहा बाट निस्केनन् ,पाच मिनेट पछि कसैले टोइलेटको ढोका भित्र बाट खोली निस्किदा अरू कोई नै थिए । अब सिजन कहाँ गई भनेर म यताउता खोज्नु थाले , तर कतै भेटेन । हे भगवान ! यो अन्जान ठाउँमा उनी कहाँ गएकी होली सोचेर धेरै नै चिन्ता लाग्नु थाले । दस मिनेट पछि मैले एउटा दुकानको छेउमा सिजनलाई एउटा अपरिचित मान्छे सँग बोल्दै गरेको हेरे । उनी भेटाकोमा म thanks god भन्दै , अलि खुसी हुँदै उसकी नजिक गएर उसकी हात समाउदै हतारिदै भने जाउ सिजन बस खुल्नु थाले । तर उनी जानै मानेनन् , मैले भने ह्या जाउन ढिलो भयो त्यै पनि उनी जानू खोजेन । पाच मिनेट सम्म जाउ भन्दा नि जानू खोजेनन् । बस गइसक्यो मैले सोधे के भयो , जादैनौँ । उनीले निरास हुदै उहाँ मेरो बाबा हुनु हुन्छ भनिन । ( लेखक ;- उसकी बाबा इन्डियामा भएको गोरखा पलटनमा काम गर्ने एउटा इन्डियन लाहुरे हुनु हुन्थ्यो । उहाँ त्यहा बाट 2 बर्ष पछि घर फर्किनु लागे थे तर अचानक बोडर मा सिजन लाई दखेर कता जाँदै हो भनेर सोध्नु भयो । हुन त सिजनले साथीको मा आएको छु भनी बहाना बनाउनु खोजेकी थिईन तर अचानक लभले उसकी हात समातेर जाउन भन्दा उसकी बाबाले उनीहरूले घर छोडी भाग्दै गरेको थाहा पाउनु भयो । ) अचानक त्यो मान्छे उसकी बाबा हो भनेको सुन्दा , म डरले थरथर काप्नु थाले । मेरो शरिरको रौ हरू खडा हुनु थाले । म अवाक भए , अब उहाले हामीलाई के गर्नु हुन्छ सोचेर एकदमै टेन्सन हुनु थाले । उहालाई किन यस्तो बेलामा भेटाइस भनेर म समयलाई गाली गर्नु थाले । उसकी बाबाले हामीलाई समातेर फेरी गाउँ फर्काउनु भयो । उहाले हामीलाई गाउको पण्चायत भवनको एउटा कोठामा राखेर बाहिर बाट ताल्चा लगाई दिनु भयो । गाउँ भरी फलाना गाउको पण्डित को छोराले , फलाना गाउँ कि नेवारकी छोरीलाई लिएर भाग्दै हरेको हल्ला फैलियो । हामी लाई हेर्नू को लागि दुबै गाउँ को मान्छेहरु भाग्दै पण्चायत भवनमा आउनु थाले । जहातहा हाम्रै बारेमा चर्चा चल्दै थिए ,सबै जना हामी लाई विभिन्न थरीका गाली गर्दै थिए । दुई घण्टा पछि गाउँ को प्रमुख मान्छेहरू सँगै गाउभरीका मान्छेहरू पण्चायत भवन मा आउनु भयो । हामीलाई कोठा बाट निकालेर बाहिर लाउनु भयो , हामी दुबै जना सिर झुकाएर उभिएका थिए । बाबालाई हेरे उहाँ निरास भइ सिर झुकाएर उभेएका थिए । सबै मान्छेहरू बाबालाई गाली गर्दै , विभिन्न कुराहरू भन्दै थिए । मैले बाबाको मान मर्यादा प्रतिष्ठा मा ठुलो असर पुर्याइ सकेका थिए । गाउकै सबै भन्दा ठुलो मान्छे मा मेरो बाबा पनि एक पर्नु हुन्थ्यो , पहिला पहिला गाउमा केही काण्ड हुदा उहाले नै फैसाला गर्नु हुन्थ्यो तर आज आफ्नै छोराले यस्तो गर्दा , उहाको हालत कस्तो होला म सोच्नु नि सक्दैनथे ।

 Part 24


पण्डित तथा नेवार जात का प्रमुख मान्छेहरू एकआपसमा छलफल गर्दै थिए । " केटीले नै केटालाइ प्रेम जाल मा फसाएर भाग्नु भनेकि हुनु पर्छ नत्र हामी पण्डित हरू कुनै नेवार्नी सँग त बोल्दैनौ भाग्नु कुरो त परि जाअोस " भनेर पण्डित तर्फका मान्छेहरू भन्दै थिए । होईन , केटाले नै केटीलाई फकाइ फुस्लाई लग्नु परेको हुनु पर्छ नत्र कहिले गाउँ बाट बाहिर नजाने केटी , हिजो अपरीचित मान्छे सँग अन्त कतै कसरी जानू सक्छे भनेर नेवारी तर्फका मान्छेहरू भन्दै थिए । गाउँको एउटा प्रमुख मान्छे मुखियाले सिजनलाई सोध्नु भयो " तिमी आफै भागेकी थियौ कि यो केटाले तिमीलाई भाग्नु लगाएका थिए ? । सिजन चुपचाप शान्त भइ प्रश्न सुन्दै थिए , उनीले केहि जवाफ दिएनन् । उसकी गाउँ कि मान्छेहरू तथा आफ्नतहरू ले " हो नि ! यही केटाले फसाएर केही कुरो को लोभ लालज देखाई भगाउनु बाध्य बनाएकी थिए होला "भनि मुखियालाई भन्दै थिइ । मुखियाले तपाईं सबै किन कराउनु भएको अहिले केही प्रमाणित भएको छैन भन्नु भयो । फेरी मुखियाले सिजनलाई सोध्नु भयो " भन न आफै भागेकी थियौ कि यो केटाले भाग्नु भनेका थिए । त्यै पनि सिजनले केही जवाफ दिएनन् । मुखियाले त्यै प्रश्न म सँग सोध्नु भयो । मैले भने हो , मैले नै सिजनलाई ( पैसा , जागिर ) इत्यादीको लोभ दिएर भाग्नु भनेका थिए । मेरो कुरा सुनेर सबै मान्छेहरू तथा सिजन छक्क परिन । अब पुर्ण रुप ले दोष म माथी आइ पुग्यो । मेरा आफ्नत तथा गाउँ भरीका मान्छेहरूले मलाई घृणा को नजरले हेर्दै गाली गर्नु थाल्नु भयो । नेवार जाति का मान्छेहरू छाति तानेर सिर ठाडो गरि उभिएका थिए , त यता पण्डित जातका मान्छेहरू सिर निहुराई बसेका थिए । मैले गर्दा पुरै पण्डित कुल कै बदनामी भएका थिए । गाउकै इतिहास मा पण्डित जात मा भएका केटाहरू मध्ये , अरू केटि सँग भाग्ने पहिलो मान्छे म नै थिए । हुन त म भन्नु सक्थे कि हामी दुबै जना एकअर्कालाई अतिधिक माया गर्छौ तर यो समाजले न स्वीकारेकोले भाग्नु बाध्य भएका थिए । तर म त्यसतो भन्नु खोजिन किन कि मलाई थाहा थियो , मैले त्यसतो भन्दा पनि यो समाजले हामीलाई कहिले स्वीकार्ने थिएन । बरू हामी दुबै जना लाई विभिन्न तरिका का सजायहरू दिई , पुरै गाउ , जिल्ला भरी अपमानित गर्ने थे । म केटा मान्छे थे , मेरो अपमान हुदा खासै फरक पर्ने थिएन । तर सिजन कि बिहेको दिन पनि तोकिसकेका थिए । त्यसमा नि उनी केटी मान्छे थिइ , केटी मान्छेको इज्जतमा हल्का दाग पर्दा कुनै केटाले बिहे गर्नु तयार हुदैन । त्यै भएर म चाहन्न थे कि मेरो कारनले उसकी जीवन बर्बाद होस । हुन सक्छ केही दिन उनीलाई म बिना बाच्नु गाह्रो हुनेछ होला तर पछि आफै नया ठाउँ , घर परिवेशमा जादा मलाई बिर्सिदै नया जिन्दगी को सुरूवात गर्ने छे । त्यै भएर भन्नु बाध्य भएका थिए । मुखियाले मेरो बाबालाई सोध्नु भयो " अब तपाई नै भन्नु , तपाईको छोरालाई कुन सजाइ दिनु पर्छ । " बाबालाई बोल्नु नी गाह्रो हुँदै थियो , बोल्नु पनि कसरी जब कि मैले नै उहाको आत्मास्वाभिमान, आत्मासम्मानलाई खोलाको पानी झै बगाइ दिएका थिए । मेरो बाबाले नै पहिला देखि एउटा नियम बनाउनु भएका थिए । यदि कुनै अरू जातको केटा वा केटीले अरू जात कि केटा वा केटी लाई भागाएर लग्यो भने त्यसको बुबालाई थुक चटाउने र केटा / केटीलाई गाउँभरी गधामा बसाएर घुमाउने र सधैको लागि यो गाउँ सँगै जिल्ला निकाला गर्नेछ । आज त्यै नियम बाबालाई आफु सँग लागू हुदा उहाको मन मा के दसा बिते होला त्यो त मलाइ कल्पना गर्नु नै गाह्रो थियो । गाउभरीको मान्छेहरूले घेरा बनाएका थिए र त्यो भित्र म र मेरो बाबा थिए । बाबाले मेरो बारेमा के सोच्दै होला त्यो म मनोबैज्ञानिक रुपले बुझ्नु सक्थे । " के म यसलाई यहि दिन देखाउनुको लागि जन्माए , हुर्काए , पढाए , यति राम्रो तरिकाले पालनपोषण गरेका थिए । पोइला जादा सबै भन्दा सम्सया भनेको पहिला आमा बुबालाई पर्ने गर्छन । आफ्नो छोरा / छोरी को वियोग मा तथा समाज भरीका मान्छेहरू घृणाको नजरले हेर्दा , उनीहरू कसरी बाच्दै होला त्यो त उनीहरूलाई नै थाहा होला । तर म प्रेममा अन्धो भइसकेका थिए उहाहरूको भावना लाई बुझ्नु सकेनन् । बर्षौ देखि बनाएका मान मर्यादा एक सेकेन्डमा टुट्दा कति धेरै पीडा भए होला । यो प्रेम भनेको चिज धेरै नै खराब रहेछ , एउटा खुसायली जिवनलाई नर्क सम्मान बनाई दिन्छन । एक छिन पछि बाबाले आफै थुक जमिनमा फाली , घुडाको बल जमिन मा झर्दै थुक चाट्नु लाग्दै थिए । बाबाको अवस्था हेर्दा मेरो आखा बाट टपटप गरि आसु बग्नु थाले , म भाग्दै बाबाको नजिक गएर थुक लाई लातले पुछ्दै गाउको मुखियालाई भने कृपया मलाई तपाईं जे सुकै सजाय दिनु , मलाई मारिदिनु वा प्रहरी चौकीमा बन्द गरिदिनु तर मेरो बाबालाई यस्तो गर्नु नलगाउनु । गल्ति त मैले गरे तर यसको सजाय मेरो बाबालाई किन ? , भन्दै रुदै म सबैको अगाडी कराउदै भन्दै थिए ।

 Part 25


बाबाको अवस्था देखेर उहाहरूलाइ पनि धेरै माया लाग्यो , त्यसपछि उहाहरूले ल हुन्छ तेरो बाबालाइ केही गर्नु भन्दिन भन्नु भयो । म बाबाको काधमा हात राखी बाबा उठ्नु भने । उहाले मेरो हातलाई आफ्नो काध बाट हटाइ । " न छु मलाई , मेरो कुनै छोरा छैन , म बिर्सि सके मेरो कुनै छोेरा थियो , त जस्तो सन्तान जन्माउनु भन्दा बरू निसन्तान हुनु नै राम्रो । जा मलाई फेरी कहिले आफ्नो अनुहार नदेखाउनु उहाले रुदै झर्किदै भन्नु भयो । म बाबाको हालतलाई बुझ्नु सक्थे त्यै भएर उहाको शब्द लाई केही नराम्रो सोचिन । मलाई कसै माथी कुनै गुनासो थिएन , थिए त मात्र त्यो भगवान माथी जसले मलाइ प्रेमको मार्गमा हिड्नु सिकाए र आज यो अवस्थामा पुर्याए । एउटा हजाम आएर मेरो कपाल काटिदिनु भयो , अनि एउटा गधामा बसाएर , मुख भरी कालो रँग पोतेर गाउँ भरी घुमाई रहे , कसैले गाली त , कसैले ढुङगा , चप्पलले हान्दै थिए । ती सबै बाट मलाई कुनै चोट लागे झै महसुस भएन , पीडा भए त त्यो बेला जब मैले बाबाको आखामा आसु हेरे । सिजन सँग बिछोड हुदा , मेरो प्रेम असफल हुदा , मेरो सपनाहरू टुक्रिदा मेरो बाच्ने आश सबै मरिसकेका थिए। म बिस्तारै बिस्तारै सबै सजाय पूरा गर्दै थिए , अन्तिम मा समाज निकाला गर्ने समय आइ सकेका थिए । म फेरी पण्चायत भवन गए , त्यहा अझै मेरो बाबा आखा बाट आसु बगाउदै उभिएका थिए , सिजन रुदै छटपटाउदै थिए । अन्तिम चोटी म बाबाको छेउमा गई उहाको खुट्टालाई ढोग्नु खोजे तर मैले ढोग्ने बेलामा उहाँ पछाडि सर्नु भयो । आमा पनि छेउमै थिई , ढोग्ने बेलामा उहाँ पनि पछि सर्नु हुन्छ कि सोचेर अलि परेै बाट दुई हात जोडी प्रणाम गरे र अन्तिम चोटी सिजन लाई हेरे , उनी म सँग बोल्नु रुदै छटपटाउदै थिई तर उसकी बाबाले उनीलाई समात्नु भएका थिए । त्यसपछि म एक्लै बाटोमा पैदल हिड्दै गए । एउटा बस भेटियो , त्यसमा बसे , आमा बाबालाइ सम्झि म जोरले रुदै थिए । सबै यात्रीहरू आश्चर्य भइ मलाई हेेर्दै थिए , बस हिड्नु थाले । मेरो सारा सँसार नै खत्म भइसकेका थिए । खलासीले कहाँ जाने हो भाई भनेर 4/5 चोटी सोध्नु भयो तर मैले केही जवाफ दिनु सकेन । बस मा बस्दा बस्दै राति करिब 7 बज्यो , बस पनि रोकियो सबै मान्छेहरू अोर्लिसकेका थिए तर अझै पनि म मेरो बितेका पल सम्झी सपनामा हराइ सकेका थिए । खलासी बति बाल्दै मेरो नजिक आएर मलाई उठाउनु थाले , त्यै पनि म आफ्नो अतित मै थिए । त्यसपछि खलासीले मेरो अनुहारमा पानी फाले , म झसक्क बिउझे , खलासीले सोध्नु भयो कहाँ जाने हो भाइ , गाडी अब यो भन्दा अगाडी जादैन । म सिट बाट उठेर उहालाई भाडाको पैसा दिदै बसबाट अोर्ले । बाहिर आउदा म कहाँ थिए थाहै भएन , जहाँतहा अँध्यारो नै थिए , केही दुकानहरू खुल्लै थिए , भोक लागे पनि खानु मन लागेन , प्यास लागे पनि पिउनु मन लागेन । घरपरीवार तथा सिजनलाई सम्झेर टाउको नै बलास्ट हुन्छ जस्तो लाग्यो । एउटा दुकानको छेउमा बेन्च राखेको थियो । म बेन्चमा बसी अाराम गर्दै निदाउनु खोजे । अचानक दुकानदार आएर " उता जा " भनेर कराउनु भयो । परिस्थिति नै यस्तो थियो कि कसैले केही भन्दा नी जवाफ दिनु सक्दैन्थे । यताउता आखा डुलाइ सुत्ने ठाउ खोजे तर कतै देखिएनन् । अचानक मैले कुकुरको छेउमा एउटा काटुन फालेको देखे , त्यै भएर म कुकुरको नजिक गएर काटुनलाई तान्नु खोजे तर कुकुर पनि त्यस माथी नै सुतेकोले काटुन निकाल्नु सकिन । त्यसपछि म कुकुर सँगै त्यै काटुन मा निदाए । राती सपनामा पनि त्यै कुराहरु सम्झिदा म जोरले रुदै थिए । म कराउदै गरेको सुनेर छेउमा सुतेको कुकुर पनि डराएर भागे । बिहान बिउझिदा आफुलाई बाटोमा सुते छु भन्ने थाहा पाए । त्यहाँ बाट उठेर म बाटोमा हिड्नु थाले , तर म कता जाँदै छु "लक्ष्य" नै थाहा थिएन । च्यातिएको पेन्ट र सर्ट लगाइ बाटो मै हिडि रहे , सिजन कि एकदमै याद आउदै थियो , कुनै केटीलाई बाटोमा देख्दा सिजन नै होली सोची त्यसको पछाडी गएर उनीलाई एकहोरो नजरले हेर्थे । केटीहरू मलाई पागल सोचेर मलाई हेर्ने साथ भाग्थे । रुखको पातहरू ग्रीष्म ऋतुमा जुन तरिकाले अोर्लिएर झर्छन् मेरो जीवन पनि त्यसरी नी एकएक गरि झर्दै थिए । एकचोटी त पुलमा हिड्दा सिजन लाई जाँदै गरेको देखे अनि उसकी पछाडि पछाडी हिड्नु थाले । अचानक सिजन पुलको घेरा माथी चढेर नदीमा हाम फाल्दै गायब भइन । म पनि उसकी पछि पछि जाँदै घेरा माथी चढेर हाम फाल्नु खोज्दा घेरामा खुट्टा चिप्लेर फुल मै झरे । मेरो खुट्टा बाट रगत निस्किदै थिए र चोट पनि धेरै लागे थिए । तर मेरो जीवन मा पहिला नै धेरै चोट लागेकोले त्यो चोटले केही असर परेन । सायद सिजनलाई हेरेको मेरो भ्रम रहेछ । प्रेम ले मलाई कहिले निको नहुने पीडा दिएका थिए र त्यै पिडाको साहाराले म बाच्दै थिए ।

 Part 26


आसुको बाध नै टुटे झै हर पल मेरो आखाबाट आसु झर्दै थिए । मेरो जीवन नर्क जस्तो बनिसकेका थिए । म बाटो मा हिड्दा बच्चहरुले मलाई पागल सम्झी पत्थरले हान्दै थिए । हुन त पागल मान्छेलाई हेर्दा घिन लाग्छ तर कहिले उनीहरूको भावना लाई , उनीहरूको जीवन लाई बुझ्ने कोसिस गर्नु , उहाहरू कुन पीडा मा बाच्दै हुन्छन । मान्छेहरूले जानीजानी पागल बन्नु खोज्दैनन् , त्यसको पछाडि एउटा ठुलो रहस्य हुन्छन् , कहिले तपाईं उनीहरूको जीवन गाथा सुन्नु तपाई को मन रोई दिन्छ । प्रायः मान्छेहरू पागल हुनु कारन समाज; , परिवार र प्रेम नै हुने गर्छन । यसरी दिन बित्यो , महिना बित्यौ म पागल झै गरेर हिडी रहे , भोक लाग्दा भुईमा फालेको खाने कुरा खान्थे , सुत्नु मन लाग्दा आकाश लाई छाना र जमिन लाई पलङ बनाई सुत्थे । कपाल लामो र अनुहार भरी जुङ्गा फैलिदै थिए । प्रेममा चोट खाएको मान्छे म , यो सँसारलाई वास्ता गर्नु छोडि सकेका थिए । करिब 3 महिना पछि एक दिन म खेतको आलि तिर पागल झै घुम्दै थिए । अगाडी बाट एउटा केटाले गोरू लाई समातेर आउदै थिए । अचानक उसको हातबाट गोरु बाधेको डोरी चिप्लियो र गोरू स्वतन्त्र भई भाग्दै मेरो नजिक आएर मलाई आफ्नो सिङ्ग ले मेरो शरिरमा हानेर अलि पर सम्म पुर्याइ ,अनि त्यहा बाट भाग्यो । मेरो शरीर बाट रगत निस्किनु थाले , चोट धेरै नै लागे थे तर मलाई पीडा भएको महसुस भएन । त्यो केटा भाग्दै मेरो नजिक आएर , मलाई उठाइ आफ्नो घर लगे । घर लग्दा उसको आमा बुबा आउनु भयो र मलाई मलहम लगाई दिनु भयो । उनीहरूले मलाई नचिने पनि मेरो घाउ मा मलहम लगाउदा आखा बाट आसु खस्नु थाले । सोचे अझै पनि यो सँसारमा मानवता भन्ने धर्मको पालन गर्ने मान्छेहरू छन । उसकी बाबाले मलाई " छोरा , तिमी कहाँ बाट आएको , तिम्रो नाम के हो , घर कहाँ छ इत्यादी भनेर प्रश्नहरू सोध्नु भयो । उहाको प्रश्न सुनेर म अवाक भए , उहा लाइ अब के भनु , कसरी भनु सोच्नु नि गाह्रो हुँदै थियो । म चुपचाप त्यै बसिरहे । त्यो केटाले भने " सायद यी टुहुरो रहेछ ,आमा बुबा , घर परिवार इत्यादी केही छैन होला । उसकी बाबा आमा ले भन्नु भयो " खइ , होला " । उनीहरूले मेरो लागि खाना लाउनु भयो । खाना ल्याएको हेर्दा आमाको याद आएर म जोरले रुनु थाले । उसको आमाले भन्नु भयो " किन रोएको छोरा , नरोउ तिम्रो कोई नभए पनि हामी छौ नी , अब देखि तिमी हाम्रै घर मा बस । एउटा अपरिचित मान्छे लाई यस्तो अवस्थमा आफ्नो घर मा बाँस दिदा , म कुन शब्दले उनीहरूलाई धन्यवाद गरू थाहा थिएन । धर्ति मा पनि भगवान हुन्छन भन्ने कुरा म उनीहरूलाई देखेर थाहा पाए । सुरू मा " होईन , म हजुर हरूको बोझ बन्नु चाह्दिन , म आफ्नै ठाउँमा ठिक छु भनेर जानू खोजे तर उनीहरूले नाई , के हामी मा दुई अोटा छोरा पाल्नु सक्ने अौकाद छैन र ? भन्दै मलाई आफ्नो छोराको दर्जा दिनु भयो। त्यसपछि मैले एउट नया सँसार पाए , नया घर पाए , नया परिवार पाए । त्यो घरमा बाबा , आमा , एउटा छोरा र एउटी छोरी बस्थे तर अब म थपिएर जम्मा पाच जना को परीवार भए । उहाहरूले मलाई एउटा नाम , परिचय, इज्जत, सम्मान, नयाँ जिन्दगी, नयाँ साथीभाइ, खुसी , आत्मसम्मान दिनु भएका थिए । त्यो एउटा किसानको घर थियो र खेती पाति गरेर उनीहरू आफ्नो जीवन धान्ने गर्थे । म पनि परिबारको एउटा सदस्य भएकोले ,मेरो पनि कर्तव्त बन्थ्यो कि उहाको काम मा सहयोग गरु । पहिला मैले आफ्नो कपाल , जुङगा काटे , नया कपडा लगाएर , आफ्नो गेट अप परीवर्तन गरेर एउटा समान्य किसान जस्तो भए । जुन केटाले मलाइ खेत बाट उठाएर ल्याएका थिए त्यसको नाम रबि थिए । अब रबि मेरो साथी सँगै भाइ पनि भए । त्यसपछि हामी दुबै जना खेत मा गएर हल्लो , कोदाली चलाएर खेती पाती गर्नु थाले । सुरू सुरू मा हल्लो , कोदाली चलाउदा एकदमै गाह्रो भएका थिए किनकी म एउटा पण्डितको छोरो थिए र मैले जीवन भरीमा कहिले हल्लो , कोदाली लाई छोएको पनि थिएन । यस्तै बानी पर्दै जादा खेतमा काम गर्नु एकदमै रमाईलो लाग्थ्यो । सधै राती सिजन र आमा बाबाको याद आउदा म एकान्तमा गएर रुने गर्थे । कति दिन रबिले मलाई रोएको देखेर के भयो भनेर सोधे तर मैले केही होईन , अतिकै रुनु मन लाग्यो भनेर मेरो बितेका पल लाई गोप्य नै राखे । नया आमा बाबा , भाई बहिनी पाउँदा म धेरै नै खुसी थिए । म उहाहरू लाई पनि उहाकै छोरा जस्तै मान सम्मान आदर गर्थे । दिनहरू रमाइलो सरी बित्दै थियो । 1 बर्ष पछि एक दिन म एक्लै घरमा बसेका थिए । एउटा मान्छे साइकलमा आएर कार्ड दिनु भयो । मैले के को कार्ड हो भनेर हेर्दा , बिहेको कार्ड जस्तो लाग्यो । मैले सोचे सायद आफ्नतको बाट बिहे को कार्ड आएको रहेछ त्यसैले केही वास्तै नगरी घरमा भएको टेबुलमा राखि दिए ।

 Part 27


केही बेर पछि आमा बुबा र रबि आउनु भयो । उनीहरु आउनु साथ , मैले भने "कसैले बिहेको कार्ड दिनु भएको छ " । बाबाले सोध्नु भयो " कसको बिहे को कार्ड हो " । मैले भने " खोई कसको हो , मैले खोलेर त हेरिन " । रबिले सोध्यो खई त कार्ड , मैले टेबुलमा राखि दिएको छु भने । रबिले टेबुल बाट कार्ड लिई , त्यसलाई खोलेर पढ्नु थाले । " शुभ विवाह मिती ; ( साल, महिना , गते ) को दिन फालाना गाउको श्री बलबहादुर श्रेष्ठ को छोरा " सुकुमार अमित को बिहे , फलाना गाउको श्री रनबहादुर श्रेष्ठ की छोरी सुकुमारी सिर्जना को साथ हुदैछ । " सिर्जना कि नाम सुनेर म छक्क परे । जुन गाउको नाम उसले भनेका थिए त्यो सिजन कि गाउँ थिए । मैले हतारिदै रबी बाट कार्ड लिएर आफै पढ्नु थाले । साच्चै नै त्यो सिजन कै बिहेकी कार्ड थिए । सोचे सिजन कि बिहे त एक बर्ष पहिला नै तोकेको थिए तर अब यी को हुन । केटिको बाबाको नाम हेर्दा त्यो सिजनकै बाबाको नाम थियो । मलाई त बिश्वास नै भएन कि सिजन कि बिहे अहिले हुनु लागेछ । मेरो अनुहार देखेर बाबाले सोध्नु भयो " के भयो , अचानक किन आश्चर्तचकित भएको " । मैले भने बाबा यो कसको बिहे को कार्ड हो र यो अमीत भन्ने को हो । बाबाले भन्नु भयो " अमित मेरो एउटा सानै देखि को मित्र श्री बलबहादुर श्रेष्ठको छोरा हुन " । सायद उसको छोरा को बिहे हुन लागेछ त्यै भएर उनीहरुले हामीलाई आमन्त्रित गरेको रहेछ । मिती अनुसार अमित को बिहे भोलीको दिन नै थिए । भोली नै सिजन कि घर अमितको जन्तीहरू जाने थिए । बाबाले फेरी सोेध्नु भयो अचानक के भयो तिमीलाई , किन यो सब को बारेमा सोध्दै छस । मैले भने बाबा जुन केटी सँग अमीत को बिहे हुनु लागेछ त्यो मेरी प्रेमिका हुन , आज म जुन अवस्थामा पुगे , सब उसकै कारनले भएकै थिए । मेरो कुरा सुनेर आमा बाबा र रबि सबै जना छक्क पर्दै विभिन्न प्रश्नहरु सोध्नु थाल्नु भयो । मैले मेरो र सिजनकी प्रेमकथा सुनाउनु थाले । मेरो प्रेमकथा सुन्ने बेला मा सबै जना को आखाबाट आसु खस्नु थाले । सुनाउदा सुनाउदै कथा अन्त भयो , बाबाआमाले मलाइ अँगाल्दै भन्नु भयो " चिन्ता नगर छोरा , तेरो प्रेमकथा अवश्य सफल हुने छ " । उहाहरूले सहयोगको भावना देखाइ मेरो मनोबल बढाउनु भयो । राती म र रबि मिलेर केही जुक्ति बनाए । अर्को दिन मैले रबीलाई जन्तिमा जा , बिहे हुने केटी सिजन नै हुन कि अरू कोई हो भनेर कन्फर्म गरेर आइज भने । उसले हुन्छ भने , मैले सिजन कि बिषेश्ता तथा उसकी अनुहार , रुप , रँगको बारेमा भनिदिए । त्यसपछि उ अमितको जन्ति बनी गयो । सिजन र ती बितेका पल लाई सम्झी आखा बाट आसु बग्दै थिए । मन भित्र हजारौ पिडाहरू लुकाई , मन लाई छोट पुर्याउदै थिए । कति दिन देखि सिजन लाई हेर्नू न पाउदा , उनी सँग बोल्नु न पाउँदा हरेक राती रुदै छटपटिएका थिए । मैले सोचे थे सिजन कि बिहे भइसके होला र उनी आफ्नो नया घर , परिवार , नया जीवन पाउँदा एकदमै खुसी छिन त्यै भएर उनीहरूलाई फेरी भेट्नु खोजेका थिएन । करिब 6 बजे राती सिजनकी घर बाट जन्ति फर्कियो । उनी सिजन नै हो कि अरू कोई जान्नुको लागि मेरो मन बिचलित भएको थियो । म रबि लाई यता उता खोज्नु थाले । रबि खुसी हुँदै मेरो पछाडी आएर मलाई बधाई छ भने । मैले के भयो भनेर सोध्दा " त्यो केटी सिजन नै छे" उसले भने । म धेरै नै खुसी भए तर म खुसी हुनु मेरो मुर्खता थियो किनकी आफ्नो प्रेमिका आज अरूको स्वास्नी बनेर आएकी थिईन । उसकी सिउदो मा अरूको सिन्दुर थिए । उसकी हातमा अरूको नामको मेहेन्दी थियो । तर मलाई थाहा थियो कि उसले आफ्नो मुटु मा मेरो बाहेक अरू कसैको नाम लेख्नु सकेकी थिएन होला । एक दिन मेरो लागि मर्नु मिट्नु कसम खाएकी केटी , म सँग एक बर्ष मात्र बिछोड हुदा कहा यती सजिलो बिर्सिनु सक्छे र ? । मन भित्र त्यै आस लिई , मैले रबीकी बहिनी लाइ अमीत को घर गएर बेउली सँग एकान्तमा भेट्नु भने र उनीलाई मेरो र सिजन बीच मात्र भएको केही गोप्य कुराहरु भने ता कि सिजनले बहिनी कि कुरा सुनेर उनीले मलाई सम्झेली । बहिनी सिजनकी घर भित्र गइन । बहिनी फर्केर आउछे भनी आशमा म बाहिर बसी उसकी प्रतीक्षा गर्नु थाले । करिब दुई घण्टा पश्चात् बहिनी फर्केर आइन । बहिनी कि कुरा सुन्नु म एकदमै उत्साहित थिए । बहिनी आउनु साथ मैले सोधे के भयो , सिजन मलाई बिर्सेकी छे कि अचेल याद गर्दै छे । बहिनीले रुदै भने सम्झेकी मात्र होईन प्रत्येक दिन उनी तपाईं कि याद मा तडपिदै मर्दैछे , तपाईको नाम सुन्नु साथ सिजन धेरै खुसी भइन र खुसीकी साथ उनीले आखा बाट आशु को सागर बगाउनु थाले । उनीले आफ्नो हातमा आगोले पोलेर लभ नाम लेखेकी देखाइन । " लभलाई भनेर मलाई यो नर्क बाट निकालेर लैई जाउ " उनीले रुदै भन्दै थिई । उनीले मात्र आफ्नो आमा बाबाको खुसीको लागि मात्र बिहे गर्नु बाध्य भएकी थिई नत्र उनी उहिले नै आत्महत्या गरिसकेकी हुनेथे ।

 Part 28


बहिनी कि कुरा सुनेर मेरो आखा बाट अझ धेरै बेगले आसु खस्नु थाले । सोचे उनी अझै पनि मलाई धेरै माया गर्दै रहेछे , म त उसकी प्रेममा मात्र पागल भएकी थिए तर उनी पागल को साथ मरेको लास झै भएकी थिए । बहिनी ले रुदै भनिन " प्लिज दादा , सिजनलाई भगाएर लैजानुस , उनीलाई यो नर्क बाट निकालेर लैजानुस । मैले बहिनीलाई अँगाल्दै भने न रोउ , बहिनी म सिजन लाई जसरी पनि यहाँ बाट निकालेर लैजान्छु । अब यहि मौका थियो , उनीलाई फेरी आफ्नो बनाउनु , आफ्नो जिन्दगी लाई यी नर्क बाट निकालेर पुनः नया जिबनको निर्माण गर्नु । मैले भने बहिनी एउटा हेल्प अरु गर , म 10 बजे तिर सबै बति बन्द गर्छु तिमी कोठामा गई सिजनलाई घरको पछाडी बाट लिएर आउ । बहिनी ले हुन्छ भनि कोठा भित्र गई । गाउमा त्यो बेला बिजुलीको सुबिधा थिएन । त्यो दिन अमीत को घरमा जेनरेटर भाडा मा ल्याई बती बालेका थिए । करिब 10 बजे राती म बिस्तारै म जेनरेटर को डिजल टैकीँ खोलेर त्यसमा पानी हालिदिए । एकछिन पछि जेनरेटर आफै बन्द भयो । बति निभ्दा अमितको घरमा भएको मान्छेहरूले के भयो भनेर हल्ला गर्नु थाले । त्यसपछि म अमीत कि घर को पछाडी गएर सिजन र बहिनी कि प्रतीक्षा गर्नु थाले । बाहिर अँध्यारो भएकोले केही देख्नु सकिन । एकछिन पछि दुई अोटा केटीहरू म तिर आउदै गरेको जस्तो लाग्यो । बहिनी र सिजन नै हुन भनेर मैल मनमनै अनुमान लगाए । दुबै केटीहरू नजिक आएर बहिनीले ल दादा , छिट्टै यहाँ बाट निस्किनु भने । हामी बिस्तारै बिस्तारै चुपचाप निस्केर रबी कि घर गए । रबीले एउटा साईकल को ब्यबस्था मिलाएका थिए । बाबा आमाले मलाई केही पैसा दिदै राम्ररी जानू भयो । मैले पर्दैन भन्दा पनि यात्रा गर्दा काम लाग्छ भनेर जिद्दी गर्नु भयो । मैले पैसा गोजीमा हाले र अन्तिम पल्ट आमा बाबा लाई ढोग्दै साईकल लिएर घर बाट निस्किनु खोजे । रबीले एउटा कागजको टुक्रा दिदै भने यसमा मेरो काकाको छोरा को मोबाइल नो. , उहाँ इन्डियाको सुरत भन्ने सहरमा बस्नु हुन्छ । तिमी यसलाई फोन गर्नु , उहा स्टेसन मा तिमीहरू लाई लिन आउँछ । मैले कागज गोजीमा राखि धन्यबाद भाइ भनि साईकलको अगाडी सिटमा म र सिजनलाई पछाडी सिटमा बसाई हतारिदै बाटो तिर जानु थाले । त्यहा बाट इन्डिया नेपालको बोडर करिब 40 किलोमिटर जति टाढा थिए । अमीत को घर को मान्छेहरू बेउली लाई खोज्दै आउदै होला सोचेर डरले साइकलको गति बढाए । करिब 1 घण्टा पछि म इन्डियाको जयनगर भन्ने स्टेसन मा पुगे । ट्रेन हर्न दिदै थिए सायद खुल्नु लागेको रहेछ होला । साईकल लाई त्यै फालेर म र सिजन टिकट काउन्टरमा गई दुई अोटा टिकट लिएर ट्रेन भित्र गई एउटा सिटमा बसे । ट्रेन खुल्यो र बिस्तारै बिस्तारै आफ्नो गती बढाउदै गए । ट्रेन खुल्दा म ढुक्क भए , साईकल चलाउदा चलाउदा मेरो शरिरबाट पसिना बग्दै थिए । भाग्नु चक्करमा म सिजनलाई राम्ररी हेर्नु पनि बिर्सेका थिए । म आफ्नो आखा लाई सिजन तर्फ गर्दा , उसकी अनुहार शरिरमा निकै नै फरक देखिएका थिए । उनि पहिला भन्दा अलि दुब्ली भएकी थिई , सधै आसु बगाउदै गरेकोले अनुहारमा खोला बगे झै धर्सो बनेका थिए । भाग्ने हतार मा उनी बेउली कै पोशाक मा आएकी थिई । हातमा मेहेन्दी , सिउदो मा सिन्दुर र एउटा धोक्रो बोकेकी थिइन । उसकी देब्रे हात समातेर हेर्दा उनी साच्चै नै हातमा आगोले पोलेर मेरो नाम लेखेकी थिई । घाउको दाग हेर्दा आखा बाट आसु खस्नु थाले । सिजनले एकछिन म टोइटेल बाट आउछु भनिन । उनी टोइटेल तिर गइ र करिब 10 मिनेट पछि फर्किन । उनी फर्किर आउदा बेउली ले लगाउने पोशाक निकालेर कुर्ता सुरूवाल लगाएकी थिई । सिउदो मा भएको सिन्दुर लाई पानीले धोएर सफा गरेकी थिई । उनी एउटी समान्य केटी जस्तो देखिकी थिईन । उनी मेरो छेउमा भएको एउटा सिटमा आएर बसिन । मैले उसलाई तानेर आफ्नो अँगालोमा बेरे । बिछोड पछि को मिलन एकदमै रमाईलो हुन्छ भनेको मैले सुनेका थिए । साच्चै नै हो रहेछ । मनमा भएको पीडा , दुख , अत्रो दिनको छटपटाई सबै टाढा भयो । उनी पनि मेरो अँगालो मा लिप्टिएर रुदै थिईन । उसँग कुरा गर्नु मन एकदमै अतुर भएका थिए । हुन त उनी धेरै दुब्लाएकी थिई त्यै पनि मैले "के छ मोटी " भनेर सोधे । उनी अाखा ठुलो गरि रिसाउदै मेरो अँगालो बाट निस्किदै भनिन " के रे , मलाई मोटी भन्ने " । मैले भने " मैले भनेको होईन , उनीले कसले भनेको भनेर सोधिन । मैले मेरो मुटुमा हात राखी " यसले तिमीलाई मोटी भन्नु लगायो " भने । उसले हातले मेरो छातीमा हान्दै भनिन " मलाई मोटी भन्ने , तलाई त म मारि दिन्छु " । पहिला जस्तै हामी जिस्किदा फेरी त्यो दिन फर्केर आयो जस्तो लाग्यो । एक बर्ष पछि हामी दुबै यति पीडा मा नी हास्दै थिए र हास्दा हास्दै आखा बाट आशु बग्नु थाले । सायद मनले खुसि थाम्नु नसकेर आखा बाट आसु को रुपमा बगाएका थिए ।

 Part 29


मैले उसकी आसु पुछ्दै फेरी उनीलाई अँगालोमा बेरे । ट्रेन आफ्नो गतिमा बढ्दै थियो , यता हामी जिस्किदै , हास्दै , एकअर्कालाई फकाउदै थिए । एकछिन पछि केही कुरा सम्झेर एकदमै जोरले हासो उठ्यो । उसले के भयो , किन यति जोरले हासेको ? भनेर सोधिन । मैले भने अमीतको बारेमा सोच्दै छु , आज उसको सुहागरात कै दिन उसको बेउली लाई भगाएर लादा , उसको हालत कस्तो भए होला । बिचाराको अरमान , चाहना , सपना हरू टुट्दा उसलाई कस्तो भयो होला । मेरो कुरा सुनेर उनी पनि जोरले हास्नु थाले । करिब एक घण्टा पछि अचानक बिच बाटो मै ट्रेन रोकियो । सबै जना ट्रेन रुकेको ले अाश्चर्य भए । यात्रीहरूले के भयो , के भयो गरेर जोरले कराउनु थाले । मैले एउटा यात्रीलाई के भयो भनेर सोध्दा बिपरित दिशा बाट आउदै गरेको ट्रक अचानक रेल गुड्ने ट्रयाक मा पल्टेर दुर्घटना भएको छ यात्रीले भने । मैले फेरी सोधे अब कति बजे ट्रेन खुल्छ । उसले भने केही निश्चित छैन , जब सम्म दुर्घटना मा परेको टर्क लाई निकाल्दैन । तब सम्म खुल्नै छैन ,सायद भोली बिहान सम्म खुल्छ होला । मन निकै आतियो , अमीत को घर बाट मान्छेहरू बेउलीलाई खोज्दा आउदै होला त्यै सोचेर डर पनि लाग्दै थियो । मैले फेरी सोधे " यसको नजिक कुनै बस स्टेसन वा रेल्वे स्टेसन छैन र ? । उसले यहाँ बाट करिब 60 किलोमिटर टाढा गए पछि मधुवनी भन्ने सहर आउछ र त्यै बस स्टेसन छ भने । मैले फेरी सोधे त्यहा जानुको लागि कुन बाटो बाट जानु पर्छ । उसले औला ले एउटा बाटो तिर देखाउदै यसको सिधा जाउ , एकैचोटी उतै पुग्छौ भने । त्यसपछि म र सिजन ट्रेन बाट अोर्ले । हामी दुबै एकअर्काका हात समाति बाटो तिर अगाडी बढ्दै गए । अमीतको घरको मान्छेहरू हाम्रो पछाडी बाट आउदैछ कि सोचेर डरले पटक पटक पछाडी हेर्दै थिए । हामी चुपचाप बाटो काट्दै थिए , करिब आधा धण्टा पछि सिजनले थाकेर अब म पैदल हिड्नु सक्दिन भनिन । त्यसपछि मैले उसलाई आफ्नो अँगालोमा बोकेर रोमान्टिक पारा मा जानू थाले । म सँग बिछोड भए पछि उनी कसरी यति दिन काटिन , उनीलाई सोध्नु मन लाग्यो । मैले सोधे " सिजन म सँग बिछोड हुदा तिमी मलाई एक चोटी पनि सम्झिएकी थियौ कि नाई " । उसले रिसाउदै भनिन " के रे एकचोटी नसम्झिएको भए , आज आफ्नो लोग्ने लाई छोडी, तिम्रो अँगालोमा यसरी बसेको हुन्थे र ? । मैले हास्दै भने " नरिसाउ , मैले मजाक गरे " । उनीले पनि हास्दै भनिन मलाई थाहा छ , ल म भन्दै छु तिमी सँग बिछोड हुदा म कसरी मरी मरी बाचेकी थिई । ( सिजनले आफु सँग बितेका पल को बारेमा सुनाउनु थाले । सिजनकै अवाज मा ) हामी घर बाट भागेर नेपाल इन्डिया को बोडर मा भएको बेला । तिमी चिया खादै थियौ र म टोइलेट गएकी थिए । टोइलेट बाट निस्किदा तिमीलाई चिया पसलमा देखिन । म आतिदै तिमीलाई यताउता खोज्नु थाले । सोचे तिमी बसमा गएर बसेको छौ होला , त्यै भएर म बस तिर गई तिमीलाई खोज्नु थाले । बस मा खोज्दा खोज्दै तिमी भेटेनौ तर अचानक मैले बाबालाई भेटाए । बाबालाई हेरेर मेरो सातो उडिसकेकी थिए । उहाँ पनि मलाई बोडर मा हेर्दा अाश्चर्य हुदै " सिजन तिमी यता के गर्दै छौ " भनेर सोध्नु भयो । उहाको अवाज नै सुनेर म डरले थरथर काप्नु थाले । म अवाक भए , पुतला झै उहाको अगाडी उभि रहे । उहाले आफ्नो हातले मलाई काध मा राख्दै के भयो , किन नबोलेकी भन्नु भयो । उहालाई के जवाफ दिउ , कसरी दिउ , म सोच्नै सकिन । हतार हतार मा मेरो मुखबाट " म मेरो साथीको मा आएको छु " भनि निस्कियो । उहाले को साथी , कहाको साथी , यो बोडर मा तिम्रो कहाँ बाट साथी बन्यो भनि विभिन्न प्रश्नहरु सोध्नु भयो । उहाको प्रश्नहरू को उतर मसँग थिएन त्यै भएर म चुपचाप उभि रहे । त्यति कै मा तिमी मेरो नजिक आएर मेरो हात समाती जानू भन्नु थाल्यो । मैले बाबाको डरले तिम्रो हात छुटाउनु खोजे त्यै पनि तिमीले मेरो हात छोडेनौँ । त्यसपछि हामी घर छोडी हिडेका थियौ भनी बाबाले थाहा पाउनु भयो । अब अगाडी के हुन्छ त्यसको कल्पना पनि गर्नु गाह्रो भएको थियो । बाबाले हामीलाई पण्चायत भवन मा बन्द गर्दा , हाम्रो अवस्था को बारेमा कल्पना गरी म चिन्तित थिए । गाउभरी बाबा आमा को कती धेरै बदनामी हुनेछ , उहाहरूले मलाई कुन नजरले हेर्नू हुन्छ सोची रुदै थिए । सोचे सायद माया गरेर मैले धेरै ठुलो भुल गरेको रहेछु किनकी जस्ले मलाई जन्म दिएका थिए । आज आफ्नै कारन ले उनीहरूको खिल्ली उडाउनु पुगे थे । जब मुखियाले मलाइ प्रश्न सोध्नु भयो त्यो बेला म के भनु , कसरी भनु , केही थाहा थिएन । सोचे गल्ति त गरिसकेथे अब उनीहरूले मलाई जे सजाय दिए पनि म खुसी खुसी स्वीकार्नेछु त्यै भएर उतर दिनु खोजेन । तर जब तिमीले मलाई लोभ लालज दिई भगाएका भन्यौ र सबै दोष आफु माथी लियौ । त्यो बेला मलाई बिजुलीको झट्का लागे झै महसुस भयो ।

 Part 30


म मरेको लास झै भए , मेरो आखा बाट आसु बग्दै थिए र आफु अगाडी के हुँदैछ इ आखाले देखेर पनि नदेखे झै गरे । मात्र मेरो शरिर त्यहा थियो नत्र मेरो प्राण निस्केर अन्त कतै गईसकेका थिए । त्यसपछि के के भयो त्यो मलाई थाहा भएन । तिमी गाउँ छोडेर जानू अघि जब तिमी फर्केर पण्चायत भवनमा आयौ , तिमीले रुदै गरेको अवाज सुनेर म झक्कस बिउझे र तिमीलाई भेट्नु खोज्दै थिए । तर बाबाले मलाई समाति रहनु भयो , तिमी सँग भेट्नु को लागि म रुदै छटपटाउदै थिए त्यै पनि बाबाले मलाई छोड्नु भएन । त्यसपछि तिमी गाउँ छोडेर अन्त कतै गयौ । तर म प्रत्येक दिन तिमी लाई सम्झेर धेरै रुन्थे , तिमी सँग को मिलन को लागि तडपिन्थे । बिहेको एकदिन अघी मैले लभ बाहेक अरू कसै सँग बिहे गर्दिन भनि लाखौ चोटी आमा बाबाको खुट्टा मा झरेर रुदै चिच्याउदै भने । त्यै पनि उहाहरूले मान्नु भएन । केही नपाएर तिमीलाई सम्झे कोठा मा गई मैले आगोले आफ्नो देब्रे हातमा पोलेर तिम्रो नाम लेखे । लेख्ने बेलामा धेरै नै पीडा भए पनि मलाई खासै असर परेन किनकी तिमी सँग बिछोड भएकोले , म त्यो भन्दा बढी पीडा मा बाच्दै थिए । पोले को पीडा म अौषधी लगाई ठिक पार्नु सक्थे तर तिमी सँग बिछोडको पीडा मा जति औषधी लगाए पनि कहिले निको हुने थिएन । हात पोले सके पछि दर्द ले म बेहोस भए । जब आखा खोले आफु हस्पिटल मा छु भन्ने थाहा पाए । म किन मरिन , अरू को स्वास्नी बनेर बाच्नु भन्दा मर्नु नै राम्रो हुन्छ सोची बीष खानु मन लाग्यो तर अचानक बाबा ले म सँग बिहे हुने केटाको दुर्घटना भएको छ भन्नु भयो । ( केटा कतार मा काम गर्थे । त्यो दिन उ बिहे को लागि कतार एयरपोर्ट मा जादै थिए । तर अचानक उ बसेको कार सँग अर्को गाडीले टक्कर हान्दा दुर्घटना भयो । ) बिहे Cancel भयो । केटालाई दुर्घट्ना मा पारी भगवानले मलाई बिहे गर्नु बाट बचाउनु भएको मा म धेरै खुसी भए । सायद भगवानले पनि चाहन्नु हुन्न थ्यो कि त्यो केटा सँग मेरो बिहे होस । भगवानले मेरो मनोबल बढाउनु भयो त्यै भएर मैले बीष खाएनन् । केही दिन पछि म हस्पिटल बाट फर्के । त्यसदिन देखि मलाई हेर्ने धेरै केटाहरू मेरो घर आउने गर्थे तर तिमी सँग भागेको कुरा उनीहरूले थाहा पाउदा आफै मलाई अस्वीकार गरि घर फर्किन्थे । प्रत्येक राती तिम्रो आउदा म रुदै , आफ्नो आसु ले सिरानी भिजाउथे । जब म पोखरी मा जान्थे , तिमी सँग को पहिलो भेट लाई याद गर्थे । एक दिन म पोखरी मा बसेको बेला , अचानक पोखरी मा तिमी डुब्दै गरेको झै लागेर पोखरीमा हाम फाले । तिम्रो नजिक गइ , तिमीलाई बचाउनु खोजे तर तिमी गायब भयौ । म दिन भरी त्यो पोखरी मा तिमीलाई खोजी रहे तर कतै भेटिन । तिम्रो याद ले मलाई बेसरी सताउथ्यो , रुवाउथ्यो , तडपाउथ्यो । मलाई जिउने न मर्ने बनाउथ्यो । एक दिन म घर बाट भागेर तिमी लाई धेरै ठाउमा खोजे । तर तिमी कतै नभेटना म एकदम निरास भई फेरी घर फर्के । घर मा बाबा आमाले जे भन्दा नि टेर्देेन्थे , मात्र तिमी लाई सम्झि सम्झि रुने गर्थे । करिब एघार महिना पछि एक दिन अमीत र उसको बाबा मलाइ हेर्नू घर आउनु भएका थिए । मैले अमीत सँग एकान्तमा गई तिम्रो र मेरो प्रेमकथा सुनाए । उसले भने " मलाई तिम्रो बानी बेहोरा , रुप , रँग हरेक कुरा एकदम मन पर्यो तर सबै भन्दा बढी तिम्रो सत्य बोल्ने बानी मन पर्यो । किनकी आजकल का मान्छेहरूले बिहे गरेर पनि आफ्नो कुराहरू एकअर्कालाई सेयर गर्दैन तर तिमी सँग बिहे नहुदा पनि तिमीले मलाई आफ्नो अतितको बारेमा भन्यौ । प्रेम गर्नु नराम्रो कुरो होइन तर प्रेमी सँग बिछोड हुनु नराम्रो कुरो हो । मलाई थाहा छ तिम्रो हालत कस्तो होला । तर तिमी आफै सोच आज एक बर्ष बित्न लाग्यो त्यै पनि लभ को केही पता लागेन , हुन सक्छ यदि जीवन भर लभ नभेट्दा के तिमी उसकै याद मा आफ्नो जीवन बर्बाद गर्छौ । मैले लभ लाइ बिर्सिदेउ भनेको होइन , मैले मात्र आफ्नो अतितलाई बिर्सि एउटा नया जिवनको सुरूवात गर भनेको मात्र हो बाकी अब तिम्रो इच्छा ।। अमितको कुराले मेरो मन लाई छोयो । उ जस्तो मान्छे जीवन मा म पहिलो चोटी भेटेका थिए । साच्चै नै उ एक असल व्याक्ति थिए , जसमा अरूको भावना बुझ्नु सक्ने क्षमता थिए । हुन त घरमा पनि जवान छोरी को बिहे नहुदा आमा बाबालाई एकदमै टेनसन भइरहेको थियो । केटा तर्फ का मान्छेहरू मेरो घरबाट फर्केर जादा , आमा बाबा लाई गाउको मान्छे हरु धेरै नै बेजती गर्ने गर्थे । त्यै भएर सोचे मैले एउटा प्रेमीका को कर्तव्य निभाउनु नसके पनि एउटी छोरी को कर्तव्य निभाउनु पर्छ । त्यसपछि म सिजन भएर होईन , मेरो आमा बाबाको एउटी छोरी भएर अमीत सँग बिहे गरे । किनकी सिजन मात्र लभ कै हुन , र मेरो अन्तिम शबाँस रहुन्जेल मात्र लभ कै हुनेछ ।

 Part 31


बिहे गरेर म अमीत को घर फर्के । नया ठाउमा आउदा अलि अप्ठयारो जस्तो महसुस भएको थियो । अमीत को घर आउदा , बिहे को रिति रिवाज पूरा गरि उसको घरको बुहारीको रुप मा उसको घरमा प्रबेश गरे । मलाई देउता को कोठामा लगेर पुजा गर्नु लगाउदा , रबि कि बहिनी सँग भेट भयो । बहिनीले मलाई के छ मोटी भनेर बुलाउनु भयो । सधै तिमीले मात्र मलाई मोटी भनेर बुलाउने गर्थ्यो तर अचानक बहिनीले मलाई मोटी भनेर बुलाउदा म छक्क परे । मेरो मन भित्र मरेको सिजन फेरी जिवित भयो । म बहिनी सँग एउटा कोठामा गई एकान्तमा कुरा गर्नु थाले । बहिनी ले तिम्रो बारेमा भन्दा म धेरै नै खुसी भए । तिम्रो याद ले गर्दा म धेरै जोरले रुनू थाले , आफ्नो अवस्थाको बारेमा बहिनीलाई भनि तिमीलाइ भन्नु लगाए । एक छिन पछि कोठा बाट निस्केर तिमी लाई भेट्दा म खुसीले हर्षित भए । त्यसपछि के के भयो त्यो त तिमीलाई थाहा छ र अहिले तिम्रो अँगालोमा लिप्टेर बसेकी छु । ( सिजनको बितेका पल सकियो । ) सिजनकी कुरा सुनेर अोठ मा हासो र आखा बाट आसु झर्दै थिए । साच्चै मायाले धेरै परीक्षा लिदो रहेछ । प्रायः मान्छेहरू परीक्षा दिदा हार मानेर फर्किन्छ , तर थोरै मान्छेहरु जति परीक्षा लिदा , जति पीडामा भए पनि कहिले पछाडी फर्केर देख्दैन । हामीलाई पनि समयले जति परिक्षा लिदा पनि सहदै थिए र आज साच्चै नै हाम्रो माया सफल हुन लागे थियो । करिब 2 घण्टा पछि सिजनलाई अँगालोमा बोक्दा बोक्दै मेरो हात दुखि सकेका थिए । हाम्रो अगाडी बति बल्दै गरेको घरहरू देखा परे । सोचे सायद त्यै नै मधुवनी सहर रहेछ । मैले उनी लाई आफ्नो अँगालो बाट तल झारे र हामी दुबै हिड्दै सहर भित्र छिरे । सहर भित्र छिर्दा दुकानहरु बन्द थियो , मान्छेहरूको केही अतोपतो थिएन । बस स्टेसन लाई यताउता खोज्नु थाले तर कतै भेटिन । सहर मा घुम्दा घुम्दा वेलकम नामको लज खुलेको देखे र त्यसमा एउटा मान्छे काउन्टरमा बसेका थिए । हामी दुबै जना त्यो लजको मान्छे निर गई , बस स्टेसन कहाँ छ भनेर सोधे । उहाले दस मिनेटको बाटो काटे पछि बस स्टेसन आउछ तर अहिले कुनै बस छैन होला , बिहान 5 बजे तिर आउनेछ भन्नु भयो । हामी निरास भए र अलि अलि निन्द्रा पनि लाग्दै थियो । मैले त्यो मान्छेलाई कोठा खाली छ भनेर सोधे । उहाले एउटा सिगँल बेडको कोठा खाली छ भन्नु भयो । मैले सिजनलाई के गर्ने हो सोधे , उनीले हुन्छ Adjust गरौला नी भनिन । हामीले त्यो मान्छेलाई हुन्छ भने , उहाले हामीलाई एउटा कोठा देखाइ दिनु भयो । सिजनले भोक लागेछ भनिन । मैले त्यो मान्छेलाई खाना छ भनेर सोधे । उहाले बाख्राको मासु र भात मात्रै छ भन्नु भयो । मैले मान्छेलाई हुन्छ ल्याई दिनु भने । एक छिन पछि उहाले खाना ल्याइ दिनु भयो । सिजनले मासु भात देखेर " पण्डित भएर तिमी पनि मासु खाने भनेर " सोधिन । मैले भने अब म पण्डित होईन , सिजन कि लभ हो , तिमीले एकदिन आफै भनेकी थियौ नी यदि म साच्चै तिमीलाई माया गर्छु भने भैसीको मासु खानु पर्छ , त्यै दिन देखि मैले मासु खानु सुरू गरेका थिए । उनीले हास्दै भनिन म त मात्र जिस्केको थिए । मैले भने ल अब भोक लाग्यो , अनि दुबै जना एउटै थाली मा खाना खाए । निन्द्राले आखा धमिलो बनाएका थिए । कोठामा एउटा बेड र एउटा चादर मात्र थियो । हामी बेडमा गई एकअर्काको अनुहार बिपरित दिशामा गरि निदाए । करिब एक घण्टा पछि आखा खोल्दा हामीले अोढेको चादर भुइमा झरेको देखे र सिजनकी एउटा खुट्टा मेरो खुट्टा माथी थियो । उसकी कपडा पनि अलि माथी सरेका थिए । उसकी योवन , उसकी आखा , उसकी अोठ ले मलाई उत्तेजित गर्दै थिए । मन भित्र बेग्लै नसा छाएको थिए । उनी सँग जिस्किनु मन लाग्यो । मैले आफ्नो हात उसकी कम्मर माथी राखेर , उसकी कम्मर मा फेर्नु थाले । उसकी शरीरमा मा करेन्ट लागे झै , उनी शरीरलाई उकुसमुकुस गर्नु थाले । त्यसपछि म अगाडी बढ्दै उसकी कपाल लाई हटाउदै उसकी घाटीमा किस गर्नु थाले । उनीले आखा चिम्लाउदै ह्या के गरेको भनिन । मैले भने " आज तिम्रो सुहागरात होइन र ? , त्यै भएर मनाउनु मन लाग्यो " । उनी हल्का मुस्कुराउदै " बदमास " भनिन । त्यसपछि मैले उसकी दुबै हातलाइ आफ्नो हातले समाती उसकी गुलाफी अोठलाई चुम्नु थाले । उनी मौन भइ विभिन्न थरीका अवाज निकाल्दै थिइ । बिस्तारै बिस्तारै उसकी गाला , घाटी , अोठ लयागत हेरेक अँङक लाई चुम्दै थिए । उनी मेरो शरिरमा कसेर लप्टेकी थिईन । शरीर भित्र अागो बले झै , पसिना निस्किदै थिई । एक बेग्लै मज्जा थियो , धर्तिमा भएर स्वर्गको आन्नद लिदै थिए । करिब 15 मिनेट सम्म किस गरेसके पछि , कन्ट्रोल भएन र ज्वाला विस्फोट भयो र हामी एकअर्काका अँगालो मै लिप्टेर निदाए ।

 Part 32


बिहान 4 बजे तिर बिउझे । आ- आफ्ना कपडा लाई ठिक गरि बाथरुम बाट फ्रेस भएर लजको काउन्टरमा गई रुम भाडा र खानाको पैसा तिरे । त्यहा बाट 10 मिनेट पैदल जादा जाँदै बस स्टेसनमा पुगेर पटना जाने दुई अोटा टिकट लिए । एउटा पानीको बोतल किनेर बसको सिट मा दुबै जना बसे र बस कुदनु थाले । दुबै जना एउटै सिटमा बसेका थिए , यात्रा रमाईलो सरी नै कट्दै थिए । करिब 6 बजे राती हामी पटनाको बस स्टेसन मा अोर्लेर एउटा अोटो समाती रेलवे स्टेसन सम्म गए । अोटो बाट अोर्लिदा नै एउटा बिहारी मान्छे हाम्रो नजिक आएर कहाँ जाने भनेर सोध्नु थाले । मैले सुरत जाने हो भने , उसले ल आउ म तिमीहरू लाई सुरत जाने सस्तो टिकट दिन्छु । पहिलो चोटी म इन्डिया गएको मान्छे थिए , आफु लाई सब नौलो लाग्दै थिए । बिहारी मान्छेले भने झै उसको पछि पछि टिकट किन्नु गए । त्यो मान्छेले हामीलाई सानो गल्ली मा लाग्नु भयो । उसले दुई जना को चार - चार सय गरि अाठ सय रुपैया लिएर दुई अोटा टिकट दिए । त्यसपछि त्यो मान्छेले हामीलाई सुरत जाने ट्रेन देखाई दिनु भयो । हामी ट्रेन भित्र गई , सिटमा बसे , एकछिन पछि अर्को यात्री आएर यो मेरो सिट हो , यता बाट उठेर भनेर झर्किदै भने । मैले भने होईन यो हाम्रो सिट हो । उसले खोई टिकट देखा त भन्नु भयो । मैले उसलाई टिकट निकालेर देखाउदा , उसले हास्दै यो Expire टिकट हो भने । त्यसपछि मैले टिकटको मिती हेर्दा त्यो दुई दिन पहिला कै टिकट थियो । त्यो बिहारीले हामीलाई ठगेको थाहा पाए । म पनि कस्तो मूर्ख , एक चोटी मलाई मिति त हेर्नू पर्थ्यो । साले यो बिहारी खाते लाई मनमनै JPT गाली दिनु थाले । त्यो सिट छोडेर हामी दुबै जना रेल बाट बाहिर निस्के । बाहिर निस्किदा अचानक माइति नेपाल को मान्छेहरू भेट्यो । उनीहरूलाई देखेर हामी डरले थरथर काप्नु थाले । किनकी यदि माईति नेपाल ले हामीलाई समात्यो भने चेलीबेटी बेचबिखनको आरोप मा नेपाल फर्काइ आजीवन कारावास तथा टेभी , रेडियो तथा समाचार पत्र मा फोटो सहित को समाचार दिनेथे । माइति नेपालको मान्छेले मेरो नजिक आएर सोध्यो " को हो यो केटी " । मैले भने " उनी मेरी स्वास्नी हुन " । फेरी उसले सोध्यो " अनि खोई त यसको सिउदो सिन्दुर लागेछ " । ( सोचे यदि म उसको जवाफ को उतर दिनु हल्का नि हिच्किचाए भने उनीहरूले हामी माथी सँङका गर्ने थे ) । मैले एकानास भने " नुहाएर सिन्दुर लाउनु बिर्सेछे होली" । उसले भन्यो नाई तिमी झुठो बोल्दैछौ , खोई बिबाह दर्ता देखाउ त । मैले भने " अस्ति भरखर बिहे गरेको थिए , हतार हतार घर बाट बिबाह दर्ता लाउनु बिर्सेछु । उसले सोध्यो " के प्रमाण छ उनी तिम्रो स्वासनी नै हो " । मैले सिजनकी हातलाई देखाउदै भने " हेर्नुस अझै पनि बिहेको मेहेन्दीको रँग उसकी हातमा लागे कै छ । उसले सिन्दुरको बट्टा दिएर भने ल यदि साच्चै नै उनी तिम्रो स्वास्नी हो भने उसकी सिउदो मा सिन्दुर लगाई देउ । सोचे एकदिन हामीलाई बिहे गर्नु नै पर्नेछ र यस्तो परिस्थिति मा अरू कुनै उपाय पनि थिएन । त्यसेैले म उहाको हात बाट सिन्दुर लिई सिजनकी सिउदो मा लगाई दिई । पहिला उनी मात्र मेरी प्रेमिका थिईन तर अब उनी पुर्णरुपले मेरी स्वास्नी भइन । त्यसपछि त्यहा बाट माईति नेपालको मान्छेहरू जानू भयो । उहाहरू जादा लामो शबाँस फेरे , उनीहरूको प्रश्नको जवाफ दिदा मेरो प्राण नै निस्के झै लाग्यो । अनि रेलवे को टिकट काउन्टर मा गए । आफु सँग पैसा थोरै भएकोले दुई अोटा लोकल डब्बा को टिकट लिए । मैले हाम्रो छेउमा भएको एउटा सानो कोठा मा टेलिफोन राखेको हेरे । गोजी बाट रबिले दिएको कागज निकालेर फोन गरे । उता बाट फोन उठायो । मैले आफ्नो बारेमा उहालाइ बताउदा , रबिले उहालाई पहिला नै भनिदिएको छ भन्नु भयो । उहाले कहाँ छौ भनेर सोध्नु भयो । मैले भने म अहिले पटना रेलवे स्टेसनमा छु , सायद दुई दिन पछि सुरत स्टेसन पुग्छु होला , म त्यै स्टेशनमा तपाईको प्रतिक्षा गरीरहनेछु , आउनु ल । उहाले सुरत पुगेर मलाई फोन गर्नु , म तिमीहरूलाई लिन आउछु भन्नु भयो । मैले हस भनेर फोन काटिदिए । अनि सुरत जाने ट्रेन को लोकल डब्बा मा छिरे । हे भगवान त्यो डब्बा भित्र छिर्दा एकदमै दुर्गन्ध आउदै थियो , नाक थिचेर डब्बा भित्र छिरे । त्यो डब्बामा खुट्टा राख्नु सक्ने ठाउ समेत थिएन । 50 जना बस्ने डब्बामा 200 जना मान्छेहरु थिए । कोई ढोका मा लट्केको थिए त , कोई टोईलेटको ढोका को छेउमा बसेका थिए , कोई भुई मै निदाएका थिए । हामी दुबै जना टोईलेटको छेउ मा नाक थिचि उभि रहे । ट्रेन खुल्यो र आफ्नो गति मा जानू थाले । त्यो डब्बा भित्र भएको पँखा बिग्रेकोले हामी दुबै जना गर्मीले पसिना पसिना भइसकेका थिए । करिब 1 घण्टा पछि उभिदा उभिदा सिजनले खुट्टा दुख्यो भनिन । उसकी अवस्थालाई म बुझ्न सक्थे तर केही गर्नु सक्दिनथे । मैले सिजन लाई भने " के गर्ने कतै बस्ने ठाउ नी छैन , एकछिन उभि राख्न , हामी छिट्टै सुरत स्टेसन पुगि हाल्छौ , तब तिमी दिन भरी बस्नु ल भनि उसकी मनोबल बढाउदै थिए ।

 Part 33


सुरत पुग्नु दुई दिन लाग्छ त्यै पनि मैले उसकि मनोबल बढाउदै छु भनी सिजनलाई थाहा थियो । सिजन ले पनि हुन्छ भनी उभिरहिन । उसकी खुट्टा दुखेर उनी कुनै बेला भुइमा बस्थे , त कुनै बेला फेरी उठेर खडा हुन्थे । एउटा अगाडीको सिटमा बसेकी बुढी आइमाई सिजनको अवस्था देखेर माया लागेछ । उहाले आउ छोरी , मेरो काखमा बस भन्नु भयो । सिजन ले जाउ कि नजाउ भनि मलाई सोधिन । मैले भने हुन्छ जाउ , तिम्रो आमा सम्मान छे , केही हुदैन । त्यसपछि सिजन त्यो आइमाई कि काखमा गई बसे । ट्रेन आफ्नो गति मा हिडि धेरै स्टेशन हरू पार गरिसकेका थिए । सुरत कुन बेला आउँछ , हामी कुन बेला बाट यो ट्रेन बाट अोर्लिन्छौ भनि सोचिरहे । करिब 10 घण्टा सम्म उभिदा उभिदा मेरो पनि खुट्टा दुखिसकेका थे । केही बेर पछि एउटा स्टेशन आउदा यात्रीहरू त्यहा अोर्ले । त्यसपछि मैले पनि एउटा सिट भेटाए । त्यो बुढी आइमाई लाई धन्यबाद भनि मेलै सिजन लाई आफ्नो सिट मा ल्याए । बाहिर अँध्यारो हुन लागेथे , हामीलाई निन्द्रा पनि लाग्नु थाले । सिजन कतै जान्छ होला वा कसैले राती उनीलाई अपहरन गर्छ कि डर ले , मैले उनीलाई आफ्नो काखमा राखी , उनीलाई हातले कसेर हामी दुबै जना निदाए । जब आखा खोले बिहानको 6 बजे सके थे । हामी टोइटेल बाट फ्रेस भएर आई फेरी आफ्नो सिटमा । एकछिन पछि ट्रेन एउटा स्टेशन मा गएर रोकियो । बाहिर बाट केही मान्छेहरू ( चिया , सेन्डविच , वडापाउ ) इत्यादी बेच्नु आए । सिजनले भोक लाग्यो भनिन , हुन त मलाई पनि एकदमै भोक लागिसकेका थिए । मैले वडापाउ बेच्ने मान्छे बाट दुई अोटा वडापाउ लिएर , कति रुपैया भयो भनेर सोध्दा उहाले दस रुपैया भन्नु भयो । म आफ्नो गोजी बाट पैसा निकालेर उसलाइ दिनु खोजे तर पैसा थिएन । म उठेर आफ्नो सबै गोजीमा खोज्नु थाले तर भेटिन । राती सुत्ने बेला मा कसैले मेरो गोजी बाट चोरेको रहेछ भन्ने थाहा पाए । बिहार भनेको ठाउँ नै त्यसतै हो , हरेक पाइला मा चोर , ठग हरू हुन्छन । मैले त्यो मान्छेलाई वडापाउ फिर्दा दिई , भने सोरि दाइ कसैले मेेरो गोजी बाट पैसा निकालेको छ । मान्छेले गाली गर्दै भने " पैसा नभएको मान्छेले वडापाउ खानु आएछ भनि रिसाएर गयो । यता सिजन भोकले छटपटाउदै थिई । तर म के गर्नु सक्थे , हाम्रो अवस्था नै त्यसतै थियो । मैले सिजनलाई पानी खाउ भने , तर बिना खानाको पानी पनि रुचेनन् । उनी पानी खादा अझ पेट दुख्दै छ भन्दै थिई । म जसोतसो गरेर उसकी मनोबल बढाउदै थिए । ट्रेन खुल्यो र फेरी आफ्नो गति मा जानू थाले । यस्तै जादा जादा हाम्रो दुई दिनको यात्रा पूरा हुनु लागे थियो । मैले एकजना यात्रु लाई सुरत कहिले आउछ भनि सोध्दा तीन घण्टा पछि आउनेछ भन्नु भयो । यो तीन घण्टा कहिले बित्छ भनि हरेक सेकेन्ड मा घडी हेर्दै थिए । एकछिन पछि भुसावल भन्ने स्टेसन आयो , यात्रीहरू ट्रेनमा चढ्दै अोर्लिदै थिए । भोक ले पेट दुखेर निदाउनु मन लाग्यो । 5 मिनेट सम्म आखा बन्द गरेर फेरी खोल्दा त्यहा सिजन थिएन । मन निकै आतियो , यो अन्जान ठाउँमा उनी कहाँ गए होली सोच्दै चिन्तित भए । म पनि ट्रेन बाट बाहिर निस्केर उनीलाइ स्टेसन भरी खोज्नु थाले तर कतै भेटिन । उनीलाई सम्झेर आखा बाट आसु झर्नु थाले । उनीलाई पागल जस्तै हरेक दुकान , मान्छेहरू लाई सोधपुछ गर्नु थाले । तर उनीहरूले सिजन लाई देखिन भन्नु भयो । उनीलाई कसैले अपहरन गर्यो कि सोचेर डर पनि लागे । केही बेर पछि ट्रेन खुल्यो र बिस्तारै बिस्तारै हिड्नु थाले , मैले सोचे हुन सक्छ सिजन फेरी ट्रेनमा गई बसेकी होली । त्यै भएर म फेरि आफ्नो सिटमा गई सिजन लाई खोजे तर कतै भेटिन । सिजन नभेट्दा म धेरै जोरले रुदै ट्रेनको ढोका मा उभिएर आखा डुलाई सिजन लाइ स्टेसन भरी खोज्दै थिए तर पनि कतै देखिन । ट्रेन बिस्तारै आफ्नो गति बढाउदै , स्टेसन लाई छोड्नु लागे थे कि अचानक सिजन लाई भाग्दै गरेको देखे । म स्टेसन बाट अोर्लिनु खोजे तर ट्रेनको गति धेरै भएकोले झर्नु सकिन । झ्यालको माथी एउटा चेन राखेको थियो , त्यसमा लेखेथे कि अापतकालिन अवस्थामा चेक लाई तान्नु । त्यो पटनामा नै देखेको थिए , त्यै बेला मैले सिजन लाई केही सम्सया परे भने चेनलाई तान्नु भन्देको थिए । चेन तान्ने बेला आइसक्यो , मैले चेन लाई खिजे , अचानक ट्रेन रोकियो म ट्रेन बाट अोर्लेर सिजन नजिक गई । रिसले उसलाई एक थप्पड हान्दै भने बाहिर निस्किनु भन्दा पहिला मलाई एकचोटि भन्नु पर्थ्यो नी । उनी अझै जोरले रुनू थाले , उसकी हातमा हेर्दा केही खाना कुरा ल्याएकि थिई । सायद बाहिर खाना कुरा फालेको हेर्दा भोक थाम्नु नसकेर ल्याउनु गएकी रहेछ । मैले बेकार मा उनीलाइ थप्पड हाने भनी पछुतो गरे । किनकी खाली पेटले मान्छेलाई धेरै कुरा सिकाउछ , गराउछँ । त्यसमा नी हामीले मधुवनी हुदा राति मासुभात खाए पछि । दुई दिन देखि अरू केही खानु पाएको थिएन ।

 Part 34


मैले उसलाई सोरी भन्दै फकाए अनि अँगालोमा बेरी फेरी ट्रेनको सिटमा गई बसे । उसले मलाई खानु को लागि भनिन , मलाई भोक छैन भनि मैले खाएन । किन कि त्यो खाने कुरा थोरै नै थियो , आधा पेट नि पुग्नु सक्दैन्थे । त्यै भएर उनी नै खाओस , म जसरी भए पनि कन्ट्रोल गरिहाल्छु सोची मना गर्नु बाध्य भए । केही बेर पछि सुरत स्टेशन आयो । हामी खुसि हुँदै ट्रेन बाट अोर्ले । दुई दिन सम्म लोकल डब्बामा यात्रा गर्दा गर्दै पसिना , धुलो ले गर्दा हाम्रो कपडा एकदमै फोहोर भइ सकेका थिए । एउटा बेन्चमा बसेर एकछिन आराम गरे । अनि झसक्क रबिको दाईले भनेको कुरा याद आयो , सुरत पुगेर मलाई फोन गर्नु , म तिमीहरूलाई लिन आउँछु भन्नु भएका थिए । गोजी बाट उहाको मोबाइल नो. लेखेका कागज निकाल्नु खोजे तर थिएन । सायद ट्रेन मा सुतेको बेला चोरले पैसा सहित कागज पनि चोरेछ । अब उहालाई कसरी फोन गर्ने , नम्बर पनि याद थिएन । उहाको नाम समेत सोध्नु बिर्सेका थिए । न त उहाले मलाई कहिले देख्नु भएका थिए , न त मैले उहालाई देखेको थिए । दुबै एकअर्का बाट अन्जान थिए । ल अब कसरी यत्रो ठुलो स्टेशनमा , यत्रो मान्छेहरूको बिच एकअर्कालाइ कसरी भेट्ने भनि चिन्तित भए । हाम्रो जिन्दगी पनि कस्तो अचम्मका थियो । एक एक गरि समस्याहरू आउदै थिए । अब जे हुन्छ ! त्यो सबै भगवानले गर्छ सोची भगवान माथि आस राखेर स्टेशनको बेन्चमा निरास भइ बसिरहे । समय आफ्नै गतिमा चल्दै थियो । बिहान 8 बजे देखि बस्दा बस्दै रातको करिब 7 बजे सकिके का थिए । भोकले मेरो पेट खुम्चिसकेका थिए । त्यहा बाट अब कहाँ जाउ , कसरी जाउ केही थाहा थिएन । रितो पेट , रितो गोजी सँगै हाम्रो मस्तिष्क र मन पनि रितो भइसकेका थिए । सिजन ले अब के गर्ने भनि सोध्दै थिई , मैले भने हिम्मत न हार , यदि भगवानले हामीलाई घरबाट यति टाढा ल्याउनु भएछ भने पक्कै उहाले हामीलाई अगाडीको मार्ग पनि देखाउनु हुन्छ । जब मान्छे आफ्नो कर्म बाट असफल हुन्छ तब उसको अास भगवान माथी नै हुन्छ । हामी पनि असफल भएर , हार मानेर , जिन्दगीलाइ भगवान कै आस मा छोडि दिए । करिब 10 बजे राति एउटा मान्छे हाम्रो नजिक आउदै गरेको देखे । बिहान देखि हामी त्यै बेन्चमा बसेकोले , उहाँ गाली गर्नु आउदै हुनु हुन्छ कि सोचेर डरले काप्दै थिए । के थाहा नया देश , नया सहर , नया ठाउ को नियम कानुन कस्तो हुन्छ । त्यो मान्छे हाम्रो छेउमा आएर तिमीहरू नै लभ सिजन हो भनेर सोध्नु भयो । उहाले हाम्रो नाम लिदा हामी अाश्चर्य चकित भए । मैले उहालाई हामी नै हो , तर तपाईं को हुनु हुन्छ भनेर सोधे । उहाले म रमन , रबि को दाइ हु भन्नु भयो । जुन मान्छेलाई हामी यति बेर देखि पर्खिदै थिए । त्यो मान्छे अचानक आफै भेट्दा हामी कति धेरै खुसी भएका थिए त्यो कुरा शब्दले बयान गर्नु सक्दिन । उहाँ हाम्रो लागि भगवान नै बनी आएका थिए । मैले आखा बन्द गरि मनमनै भगवानलाई ढोगेर धन्यबाद भने । उहाले ल जाउ भन्नु भयो । हामी एउटा अोटो रिक्सा मा बसेर उहाको कोठा तिर जानू थाले । उहाले हामीलाई अचानक कसरी भेट्नु भएको कुरा सोध्नु मन लाग्यो । मैले सोधे दादा , तपाईं हामीलाई कसरी चिन्नु भयो । उहाले भन्नु भयो " पटना बाट सुरत आउने ट्रेन 8 बजे आउँछ भन्ने मलाई थाहा थियो । त्यै भएर म कोठा बाट करिब 7 बजे नै स्टेसनमा आएर तिमीहरूलाई पर्खिदै थिए । करिब 8 बजे तिर ट्रेन आउदा , तिमीले फोन गर्छौ कि सोचेर तिम्रो फोनको प्रतीक्षा गर्नु थाले तर तिमीले फोन गरेनौँ । त्यस पश्चात म तिमीहरु लाई स्टेसन भरी खोजिरहे तर मैले तिमीलाई कहिले देखेको पनि थिए । त्यै भएर मैले तिमीहरूलाई खोज्नु मेरो मुर्खता थियो । मैले तिमीहरू लाई त्यो बेन्चमा बिहान पनि बसेको देखेका थिए तर तिमीहरू नै लभसिजन छौ भनि ठम्याउनु सकिन । मेरो ड्युटी 10 बजे देखि सुरू हुन्थे । त्यै भएर म त्यहा बाट फर्केर ड्युटी गए । बेलुका करिब 5 बजे तिर ड्युटि सकिदा मैले घरमा रबिलाई फोन गरेर तिम्रो बारेमा सोधे । " लभ ले सेतो सर्ट र कालो पेन्ट लगाएका छन र सिजन बेउली कै पोसाक मा घर बाट गएकी छे " भनि रबि ले भनेका थिए । किन किन बिहानै स्टेशनमा हुदा एउटा सेतो सर्ट र कालो पेन्ट भएका केटा लाई देखे झै लाग्यो । म फेरी स्टेसन गई लभ र सिजनलाई खोज्नु थाले । तिमीहरूलाई बिहानै देखी एउटै बेन्चमा बसेको बसै हेरे । तिम्रो सर्ट र पेन्ट पनि रबिले भने झै लाग्यो र सिजन लाई हेर्दा कुर्ता सुरूवाल लगाएकी थिइ तर रबीले बेउली कि पोशाक लगाएका छ भनेका थिए । त्यै भएर आफ्नो आखा अगाडी तिमीहरूलाई हेर्दा पनि चिनेन । यस्तै म स्टेसन मा खोज्दा अरू पनि कालो सर्ट र पेन्ट भएको मान्छेलाई भेटाए तर उनीहरू सिँगल थिए । करिब 10 बजे तिर सोचे तिमी हरू नै लभ र सिजन छौ किनकी बिहान देखि राति सम्म कतै नजादा मेरै प्रतीक्षा मै बसेको होला झै लाग्यो । त्यसपछि म तिम्रो छेउमा गएर नेपाली मा बोल्दा , तिमीले बुझ्यौ र मलाई पनि तिमीहरू नै लभसिजन हो , बिश्वास भयो ।

 Part 35 ( अन्तिम भाग )


दादाको कुरा सुनेर उहालाई पनि हामीलाई खोज्नु धेरै गाह्राे नै भएका थिए भन्ने कुरा थाहा पाए । हो नि यार एक अन्जान ठाउमा अन्जान मान्छे लाई भेट्नु धेरै नै गाह्रो हुन्छ । अोटो रिक्सा रोकियो , सायद दादाको कोठा आइ पुगेको रहेछ । दादाले हामीलाई आफ्नो कोठामा लानु भयो । त्यहा हामीले भाउजु र उहाको एउटा छोरा सँग भेट भयो । हामी बाथरूम बाट नुहाएर आए , दादाले हामी लाई लगाउनु को लागि केही कपडा दिनु भयो । भाउजु ले हाम्रो लागि खाना ल्याई दिनु भयो । तीन दिन सम्म भोकले गर्दा दुई थाल भात खाए । दादा को घरमा आइ पुग्दा ढुक्क भए । हाम्रो माया सफल भयो । यस्तै हामी दादाको घर मा बसिरहे । करिब 6 महिना पछि सिजनकी भुडी फुकेर ठुलो भएका थिए । दादाको सेलरी पनि थोरै थियो । यति दिन सम्म उहाको घर मा बसिरहदा , आफै लाई नराम्रो झै लाग्यो । सोचे दादा को सेलरी ले उहाको घर पनि राम्ररी चलिरहेको छैन । त्यसमा नी हामी लाई घर मा राखेर पाल्दा कति धेरै अप्ठयारो भए होला । हो एकदिन उहाले हामीलाई सम्सया परेको बेला सहयोग गर्नु भएका थिए , हामीलाई भगबान झै मद्दत गर्नु भएका थिए । यसको मतलब होईन कि उहाले नै हामीलाई सधै खुवाइ रहनेछ , हाम्रो पनि केही आफ्नो कर्तव्य हुन्छ । त्यै भएर सोचे उहाहरू को माथी बोझ हुनु भन्दा आफै कुनै काम खोजेर खादा नि राम्रो हुन्छ । त्यसमा नी हाम्रो सन्तान हुनु लागेथे , आफ्नो भबिष्यको बारेमा नसोचे पनि सन्तानको भबिष्यको बारेमा सोच्नु जरूरी थियो । मैले एकदिन भाउजु लाई मात्र भनि घर बाट निस्केर " उमरा गाउँ " भन्ने ठाउमा बस्नु थाले । सुरू सुरू मा काम नपाएर होटेल को भाडा माज्नु पर्यो , हाउसकिपीङ भएर घर लाई सरसफाई गर्नु परेका थिए । काम जस्तो भए पनि मन लगाएर गर्दा घिन लाग्दैन । त्यै भएर जसरी भए पनि काम गरि आफ्नो र सिजनको पेट पाल्दै थिए । केही दिन पछि म जुन होटेल मा काम गर्दै थिए । त्यो होटेल मा एउटा सुपरभाइजर को नोकरी खाली थियो । मैले मेनेजरलाई आफ्नो पढाइ , ज्ञान र सारक्षताको बारेमा भन्दा उहाले हुन्छ म पछि हेर्छु भन्नु भयो । करिब 3 महिना पछि हाम्रो एउटी छोरी जन्मियो । त्यै दिन होटेल बाट मेरो प्रोमोसन लेटर पनि आएका थिए । भन्छन छोरी भनेको लक्ष्मी को बाँस हुन्छन , उनी आउदा साथ उनीले हाम्रो जिबनमा खुसीको लहर पनि ल्याएकी थिइ । त्यसपछि म एउटी बाउ सँगै होटेलको एउटा सुपरभाइजर पनि भए । मैले हाम्रो छोरी लाई रोजी भनेर नाम दिए । किनकी उनी एउटा काडा बाट फक्रेकी फुल थिई , उनी लभसिजन बाट जन्मेकी गुलाफ " Rose " थिई । हाम्रो जीवन सुखद मय कट्दै थियो । करिब 2 बर्ष पछि मैले राम्रै पैसा कमाएका थिए र घरपरिवार आमा बाबा सबैको बेसरी याद आउदै थियो । सोचे बिदेशमा कमाउनु भन्दा घरमै गएर कुनै ब्यापार गरेर बस्नु नै राम्रो होला । त्यसपछि मैले रमन दादा लाई बुलाएर आफ्नो पद उहालाई दिई रबिको घर फर्के । आफ्नो घर जानू मन लागेथ्यो तर मलाई त्यो गाउँ बाट सदैवको लागि निकाला गरेका थिए । त्यै भएर आफ्नो बाबाले नै बनाएका नियम तोड्नु मन लागेन । रबिको घर पुग्दा रबि , आमा बाबा र बहिनीलाई भेटाए , हामी फेरी फर्किदा उहाहरू पनि धेरै खुसी हुनु भएका थिए । मैले खेत बाट उत्पादन गरेको तरकारी , धान , गहु जिल्ला जिल्ला मा Supply गर्ने व्यापार खोले । एकदिन खोई कहाँ बाट अमीत हाम्रो घर आएका थिए । उ आउदा हामी आश्चर्य भए । उसलाई घर भित्र आउ भने एउटा कुर्सी दिई बस्नु लगाए । हामीले बितेका पललाई सम्झेर उसलाई सोरी भने , उसले भने त्यसतो केही होईन , तिमीहरू लाई अझै मैले धन्यबाद दिनु पर्छ किनकी म पनि एउटी बाहुन केटीलाई माया गर्थे तर परिवारको कारन ले सिजन सँग बिहे गर्नु बाध्य भएका थिए । तर जब लभसिजनको प्रेमकथा सुने मलाई पनि मेरी बाहुन प्रेमिका लाई पाउने चाहाना बढ्यो । " हामीले आ- आफ्ना घरपरीवार लाई हाम्रो बिहे गरिदिनु नत्र हामी सधैको लागि घर छोडेर भाग्नेछौ । त्यो बेला तपाईं सबैले आफ्नो गल्तिको पछुतो गर्नु हुनेछ तर पनि हामी कहिले फर्किने छैनौ " भनेका थिए । त्यसपछि हाम्रो परिवारले पनि हुन्छ भनि हाम्रो बिहे गरिदिनु भयो र आज हामी सँगै छौ । अमीत को कुरा सुनेर एकदमै खुसी लाग्यो । आखिर हामीले भोगेको पीडा , उसलाई नभोगेर पनि उसको प्रेम सफल भयो । केही दिन पछि सिजनले आफ्नो आमा बाबालाई भेट्नु मन लाग्यो भनिन । मलाई मात्र गाउँ फर्किनु प्रतिबन्ध लगाएका थिए । मैले उसलाई हुन्छ तिमी गएर आमा बाबालाई भेटेर आउ भने । सिजन ले रोसीलाई लिएर फेरी गाउँ फर्किन र मेरो र आफ्नो आमा बाबा लाई भेटेर फर्किन । उसले मलाई भनिन कि गाउको मान्छेहरूले तिमीलाई फेरी गाउँ फर्किनु भन्दैछ , अब उनिहरूले अन्तरजातिय बिबाह गर्नु दिनेछ , किनकी उनीहरूले थाहा पाउनु भएछ कि जब आफ्नो मान्छे टाढा जान्छ , उसको बिछोडको पिडाले आखा बाट बग्दै गरेको आसु लाई त्यो बेला ती नियम कानुन ले आएर पुछि दिदैन । बल्ल मान्छेहरू बुद्धि आएको रहेछ । मैले हुन्छ भनि घर फर्किनु सोचे । जब म घर फर्के । मलाई र सिजन लाई हेर्नू गाउँ भरीका मान्छेहरू मेरो घर आएका थिए । सबै जना हामीलाई सोरी भन्दै क्षता याचना गर्दै थिए । मैले उनीहरूलाई भने त्यसतो केही होईन , आज तपाईं सबैकै कारनले गर्दा ती नियम हरू आफै टुट्नु बाध्य भएका छन नत्र सधै यो नियम लागू नै रहने थिए होला । त्यसपछि सबै जना खुसी हुनु भयो र हामी सबै जना आज खुसी भई बस्दै गरेका छौ । आज हाम्रो गाउमा मान्छेहरू थरले मात्र बाहुन , नेवार , लिम्बू , तमाङग , थारू इत्यादी छन तर मन ले सबै एउटै हुन । र आज हाम्रो गाउँ छुवाछुत , जातिय बिबाह जस्ता प्रथाहरू बाट मुक्त भएका छन ।
Happily Ending

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: