Skip to main content

-एउटा दुखद/मन छुने प्रेम कथा-

एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन !
आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ !
कहिले हेर्छ,
कहिले मुस्कुराउछ,
कहिले लाज ले शिर निहुराउछ !
कहिले आँखा आँखा जुध्छन,
कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन,
दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् !
संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान
हर पल त्यो युवक ति युवति को घर वरिपरि देखिन थाल्यो !
दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ,
तर कुरा गर्न कसैले सकेको छैन,
युवति को मन मा पर्यो,
त्यो युवक पक्कै पनि मलाई मन पराउछ,
कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो,
हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो !
ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन !
सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे,
अनि एक पटक कुरा गर्ने सल्लाह दिए !
एक दिन ति युवति ले हिम्मत गरेर भनिन- ‘तिमि लाइ संधै म यहाँ देख्छु,
मैले थाहा पाएँ तिम्रो मनको कुरो, धेरै कुरें,
सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला,
कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने मा !
तर तिमि कहिल्यै बोलेनौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला,
त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें,
हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You ….
तिमि ढुक्क भएर मेरो घर मा आउ,
मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!
युवति बाट यति कुरा सुनेर युवक नर्भस थ्यो,
त्यही नि बडो साहस गरेर भन्यो-
‘सुन न .. म त त्यसै नर्भस थिएँ/भए ..
तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ,
त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त ….

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...