एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन !
आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ !
कहिले हेर्छ,
कहिले मुस्कुराउछ,
कहिले लाज ले शिर निहुराउछ !
कहिले आँखा आँखा जुध्छन,
कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन,
दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् !
संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान
हर पल त्यो युवक ति युवति को घर वरिपरि देखिन थाल्यो !
दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ,
तर कुरा गर्न कसैले सकेको छैन,
युवति को मन मा पर्यो,
त्यो युवक पक्कै पनि मलाई मन पराउछ,
कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो,
हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो !
ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन !
सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे,
अनि एक पटक कुरा गर्ने सल्लाह दिए !
एक दिन ति युवति ले हिम्मत गरेर भनिन- ‘तिमि लाइ संधै म यहाँ देख्छु,
मैले थाहा पाएँ तिम्रो मनको कुरो, धेरै कुरें,
सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला,
कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने मा !
तर तिमि कहिल्यै बोलेनौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला,
त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें,
हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You ….
तिमि ढुक्क भएर मेरो घर मा आउ,
मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!
युवति बाट यति कुरा सुनेर युवक नर्भस थ्यो,
त्यही नि बडो साहस गरेर भन्यो-
‘सुन न .. म त त्यसै नर्भस थिएँ/भए ..
तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ,
त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त ….
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments