आज "समर लभ"को चौथो एनिभर्सरी ।
मनदेखि लेखिएको कुराले अन्तमा छुने पनि मनै रहेछ ।
समर लभका मलाई मन पर्ने केही लाइन । यहाँहरुलाई मन पर्ने केही भए पक्कै सेयर गर्नुहोला
-सबभन्दा नराम्रो लत त यादहरु नै रैछन् । अनि प्रेमिका ? ती पनि त लतै हुन् । पाउँदा चरम आनन्द, नपाउँदा छट्पटी, बेचैनी, डिप्रेसन आदि आदि ।
-छोयो, भोग्यो अनि सकियो । यसरी निमेषभर झिलिक्क बलेर निभिजाने प्रकाशजस्तो प्रेमको के अर्थ ?
-रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिल्यै डुबिसक्थ्यो
-हो, साया आजकाल म धेरै रून थालेको छु । कहिलेकाहीँ लाग्छ नवजात शिशुहरु पनि मजति रूँदैनन् होला । अनि उनीहरुको रूवाइ र मेरो रूवाइमा के फरक छ र ? उनीहरु चिच्याएर रून्छन्, म चुपचाप रून्छु ।
-यो ओठमा दुई चीजलाई मात्र ठाउँ छ । कि तिमी कि चुरोट । कुनै एउटा नभई बस्नै
सक्दैन ।
-संसारमा मैले सबभन्दा बढी प्रेम गरेको मान्छे म आफैँ । तिमी त यसै बाटामा भेटिएकी पो !
-कहीँ रोकिनू थियो । यहीँ रोकिएँ । आफ्नो ख्याल गर्नू । अलबिदा ।
-साला यो रक्सी पनि तिमीजस्तै गद्दार निक्ल्यो । मेरो लिभरसित एफेयर चलाइदियो ।
-प्रेम एकथोक बनेर आउँछ, अनि सबथोक लिएर जान्छ ।
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments