Skip to main content

२ मिनेट समय दिएर यो अबश्य पढ्नु होला सायद तपाइको पनि मन छुन सक्छ आमाको चिठ्ठी

==========
मेरो बाबा
तिम्रो आमा हुँ म
तिमी सानोमा
रुदा फकाउने
तिमीलाई भोक लाग्यो होला भनेर
आफ्नो छाती चुसाउने
तिमीलाई जाडो भयो होला भनेर
न्यानो बनाउने
तिमी हिंड्न नसक्दा लड्न खोज्दा
साहरा दिने
तिमीलाई सानो चोट लाग्दा
आत्तिएर तिमीलाई अगाल्ने
मेरो बाबा भनेर सबैको सामु
गर्वका साथ भन्ने
तिम्रो आमा हुँ म
बाबु तिमी अब ठुलो भयौ
तिमीलाई अब मेरो साहराको जरुरत छैन
तिमी सबै थोक आँफै गर्न सक्छौ
तिम्रो आमा हुँ म
म अब बुढी भए
मलाई साहराको जरुरत छ
तर मेरो कुनै साहरा छैन
रुदा आसुँ पुछ्ने
भोक लाग्दा खान दिने
जाडो लाग्दा न्यानो लुगा दिने
चोट लाग्दा अगाल्ने
मेरो कोही छैन
तिम्रो आमा हुँ म
आज म बुढी भए
तिमीलाई आफ्नो आमा भनेर चिनाउन पनि
लाज लाग्छ होला ?????
फेरी पनि
तिम्रो आमा हुँ म
मेरो बाबा तिम्रो त्यो लामो जिन्दगीको
पहिलो पाइला हिंड्न मैले साथ दिए
आज मेरो जिन्दगीको अन्तिम पाइलामा
तिमी किन म सँग छैनौ ?????
फर्केर आउ मेरो बाबा
म तिम्रो बाटो हेरी बसेको छु ।
मेरो जिन्दिको अन्तिम घडीहरु
म तिम्रो साथमा बिताउन चाहन्छु
हो तिम्रै आमा हुँ म
फर्केर आउ मेरो बाबा
म तिम्रो बाटो हेरी बसेको छु ।
=
आमाको सम्झनामा १ सेयर गर्नु होला !

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...

बियोग भाग २

लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भए...