Skip to main content

पासोमुक्त जिन्दगी

"भाग ;- अन्तिम "

कसको हत्केलाले सूर्यलाई छेक्न सकेको छ र ? समय हो आफ्नै रफ्तारमा दौडिरहेको छ । एकपछि अर्को गर्दै कयौं दिनहरु बदलिसके । तर, सङ्गिताकाको भोलि भने उस्तै छ । उनी साथीहरुसँग पनि त्यति बोल्न मन गर्दिनन् । पढाइमा त उनको ध्यानै जान छोडिसक्यो । ‘भोलि के होला ? भोलि के होला ?’ मात्रै ‘भोलि के होला ?’ उनको भोलि पनि भोलिकै भुमरीमा फनफन घुमिरहेको छ ।
आज उनलाई बिहान उठेदेखि नै टाउको दुख्न थाल्छ । कलेज जान पनि मन छैन । सारा शरीर थाकेर लत्र्याकलुत्रुक भएको महसुस हुन्छ । त्यसैले निन्द्राविहीन आँखालाई खाटमा सुताइरहन्छिन् ।
वाक्क आन्द्रै बाहिर आउँलाझैँ गरेर उल्टी आउँछ । त्रासको कुनै सीमा छैन अब । उनका आँखाहरु ठूलाठूला हुन्छन् । किनभने उनको भोलि अब उनकासामु कालो वर्तमान बनेर ठिङ्ग उभिसकेको छ । चक्कनाचुर भएको सपनाका छालहरुले उनको जिन्दगीलाई उजाड किनारामा नराम्ररी पछारिदिन्छ ।
‘अब तेरो एउटै बाटो छ– आत्महत्या’, उनको मन चिच्याइ चिच्याइ भन्न थाल्छ ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’ त्यही वाक्य अब भद्रगोल कोठाका हर चिजले दोहो¥याउन थाल्छ, ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’
‘मैले मर्न आवश्यक छैन ।’ उनका काँपेका ओठ बरबराउन थाल्छ ।
‘दिपेशले तँलाई नभेटेको धेरै दिन भइसक्यो ।’, उनको मन उनीसँगै प्रतिवाद गर्न तम्सिन्छ ।
‘उसलाई फुर्सद नभएको हुन सक्छ ।’
‘मोज गर्ने बेला फुर्सद हुने, जिम्मेवारी लिने बेला फुर्सद नहुने ?’ मन भन्दै जान्छ ‘गाउँमा आफ्नो बाआमालाई कसरी मुख देखाउँछेस् तँैले ? अब तेरो एउटै बाटो छ– आत्माहत्या ।’
‘नाइँ, म मर्दिनँ । मेरा बूढा बाआमाका छोरा भने पनि छोरी भने पनि म मात्रै हुँ । मै मरे भने उहाँहरु पनि धेरै दिन बाँच्न सक्नुहुन्न । अनि त्यसको पाप मैले जुनीजुनी भोग्नुपर्नेछ । म मर्दैमर्दिनँ ।’
‘अनि के गर्छेस् त ? बाबुबिनाको सन्तान लिएर जान्छन् ती बूढा बाआमाको आगाडि ?’
‘नाइँ दिपेशलाई नभेटी मैले गलत कदम उठाउनु हुँदैन ।’
‘कसले भन्यो तँलाई यो गलत कदम’ मन उसलाई उचाल्दै जान्छ, ‘तँ र तेरा बूढा आमाबामाथि बर्सिन लागेको दुर्भाग्य छेक्ने ढाल हो यो । त्यसैले धेरै नसोच । आत्महत्याभन्दा सहज र सुन्दर बाटो अर्को छैन ।’
‘नाइँ मैले दिपेशलाई एकपटक भेट्नै पर्छ ।’
‘के भन्छेस् भेटेर ? तँसँग भेट्ने भए आफै आइहाल्थ्यो नि । विदेश जाने प्रोसेसमा थियो । यसबेलासम्म त उडिसक्यो होला ।’
‘अहँ त्यस्तो हुन सक्दैन । म अहिले नै दिपेशलाई भेट्छु ।’ उनी दौडिएर ढोकाको चुकुल समात्न पुग्छिन् ।
‘पख हतार नगर’ मन उसलाई रोक्छ, ‘आखिर के भन्छन् उसलाई भेटेर ? मैले तिम्रो गर्भ बोकेको छु । दिपेशको आमाबाले तँलाई भुत्ल्याएर आँगनमा पछार्नेछन् अनि भन्ने छन्– नकचरी कोकोसँग उठवस गरेर हाम्रो छोरालाई फसाउन आइछे ।’
‘यस्तो हुन सक्दैन ।’
‘यो बाहेक हुनलाई केही बाँकी छैन’ उसको मन सकुनी पारामा मुस्कुराउँदै भन्छ, ‘आत्महत्या गरिस भने सबै समस्या तँसँगै समाधान भएर जानेछ ।’
सङ्गिता दौडिएर आउँछिन् अनि खाटमा घोप्टो परेर भक्कानिन थाल्छिन् । अस्ताउँनै लागेका आफ्ना बाआमा सम्झेर रुन्छिन् । दिपेशसँगको उठबस सम्झेर रुन्छिन् । दुर्भाग्यको आँधीहुरीले कहिले उठ्न नसक्ने गरी भाँचेको फुलका डाली सम्झेर रुन्छिन् । अनि डडेर कालै भएको उनको त्यो भोलि सम्झेर रुन्छिन् ।
‘भयो नरो सङ्गिता’ मन उनलाई प्रेमले सम्सुम्याउँछ, ‘अहिले कोही आएर तेरो बारेमा थाह पायो भने क्षणभरमै हल्ला फैलिन्छ । अनि तँैले आत्महत्या गर्नु नगर्नुको केही अर्थ रहँदैन । उठ ढिलो नगर ।’
‘हो, मेरो अर्को कुनै विकल्प छैन’ आफ्नै मनको सकुनी चालमा उनी फस्दिै जान्छिन्, ‘मैले कत्ति पनि ढिला गर्नु हुँदैनँ ।’
उनी हत्तपत्त उठ्छिन् । ढोकाको छेउमा फालिरहेको सलको एक छेउ झ्यालमाथिको भ्यान्टिलेटरमा र अर्को छेउ आफ्नो घाँटीमा बाँध्छिन् । उनले एकपटक आफ्नो बूढा बाआमालाई सम्झिन्छिन् अनि क्षणभर दिपेशलाई पनि । उनको पूरै शरीर संवेदनहीन हुन थाल्छ । मृत्युले आफ्नो प्यारो अँगालो स्नेहपूर्वक उनीतिर बढाउँछ । उनले पनि मृत्युको अँगालोमा आफूलाई समर्पित गर्न आँखा चिम्म गर्छिन् । अनि सासलाई रोक्दै भित्रैदेखि उनले जीवनको अन्तिम हिम्मत जुटाउँछिन् ।
तर…, यत्तिकैमा उनले महसुस गर्छिन्, तिघ्रादेखि तल केही तातो तरल बगेको । उनका सूक्ष्म अनुभवले त्यसलाई ठम्याउँछ । एकोहोरिएका उनका आँखा हलचल गर्न थाल्छ । ठूलाठूला गाजालु आँखाले मुस्कुराउँदै परेलाको ढोका खोल्छ । जीवनमा मच्चिरहेको आँधीबेरी एक्कासि थामिन्छ । खुसीका हजारौँ दीपहरु उनका आँखामा प्रतिविम्बित हुन थाल्छन् । आँधीले भाँचेका फूलका डाली बिस्तारै उठेर पहिलेझै हावाको लहरसँगै झुल्न थाल्छन् । भत्केका विश्वासका महलहरु एकएक निर्माण हुन थाल्दछ ।
उनको खुसीको कुनै सीमा रहँदैन । आकाशका काला बादल एक्कासि फाटेर जान्छ । क्षितिजहरु बाँसुरीको सुन्दर धुन बजाउन थाल्छन् ।
लामो सुस्केरा हाल्दै आफ्नो घाँटीमा बाँधेको सल खोल्छिन् । आनन्दले मुसुक्क हाँसेर टेबलमा लडिरहेको पानीको बोतल उठाउँछिन् ।
‘थ्याङ्क गड’, उनी पानीको घुट्कोले पासोमुक्त जिन्दगी आनन्दले भिजाउँछिन्, ‘भोलिदेखि यस्तो गल्ती कहिले पनि गर्दिनँ ।’
समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: